समाचार
११ वैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघले सञ्चारकर्मीहरुको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । काठमाडौंमा बिहीबार बसेको महासंघको बैठकले उच्च जोखिमका बीच पनि सञ्चारकर्मीहरुले जनतालाई सुसूचित गराइरहेको निष्कर्ष निकाल्दै कोरोना संक्रमण देखिएका जिल्लासहित सबै जिल्लामा अग्रभागमा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुको र्यापिड टेस्ट गराउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको हो । […]
११ वैशाख, काठमाडौं । पूर्वसचिव भीम उपाध्यायलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । विद्युतीय कारोबार ऐनमा व्याख्या भएको कसूर अनुसार अनुसन्धानका लागि उपाध्यायलाई तीन दिन हिरासतमा राख्न प्रहरीले अदालतबाट अनुमति पाएको हो । जिल्ला अदालत, काठमाडौंले अनुसन्धानका लागि अनुमति दिएको नेपाल प्रहरीको साइबर ब्युरोका एसएसपी नविन्द अर्यालले अनलाइनखबरलाई बताए । यसअघि बुधबार […]
११ वैशाख, बैतडी । भारतबाट आएका बैतडीका चार हजारभन्दा बढीको र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) गर्ने भएको छ । भारतबाट जिल्ला भित्रिएका चार हजार १२२ जनाको आरडीटी गरिने भएको हो । चैत महिनामा भारतबाट फर्केका सबैको आरडीटी गरिने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । चैत महिनामा मात्रै भारतबाट ४ हजार ८२२ जना जिल्ला भित्रिएका […]
११ वैशाख, काठमाडौं । चीनले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)लाई थप ३ करोड अमेरिकी डलर दिने घोषणा गरेको छ । अमेरिकाले डब्ल्यूएचओलाई दिने सहयोग रोक्ने निर्णय गरेको केही समयपछि चीनले यस्तो घोषणा गरेको हो । चीनले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको लडाइँका लागि यो सहयोग लिन लागिएको बताएको छ । यसअघि अमेरिकाले डब्ल्यूएचओले यो महामारीलाई नियन्त्रण गर्न […]
११ वैशाख, दार्चुला । बैतडी डिलाशैनी–४ का ४५ वर्षीय लालबहादुर नेगी र २१ वर्षीय दिपेन्द्र नेगी बुबा छोरा हुन् । दुबै जना गत मंसिर महिनामा भारतको पिथौरागढस्थित मदकोट क्षेत्रमा मजदुरी गर्न गएका थिए । नयाँ वर्ष (विषु तिहार) का लागि घर फर्किने तयारी गरेको बेला नेपाल भारत दुबैतर्फ लकडाउन सुरु भयो । लकडाउनका कारण विषुमा […]
११ वैशाख, काठमाडौं । मातातीर्थ औँसीको दिन बिहीबार पशुपति क्षेत्र सुनसानप्रायः रहृयो । हरेक मातातीर्थ औँसीको दिन भस्मेश्वर घाटको पारिपट्टि आफ्ना दिवंगत आमाहरूलाई सम्झन एवं तर्पण दिन आउनेहरूको भिड अरू समयमा जस्तो थिएन । अरु समय शव जलाउन र मलामी आउनेहरूको समेत भिड हुने भस्मेश्वर घाटमा पनि खासै चहलपहल थिएन । आमालाई सम्झन आउनेहरूले सोही […]
११ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बल ३८ नं. गुल्म हेडक्वाटर (राजश्व तथा भन्सार सुरक्षा गस्ती)मा कार्यरत दुईजना इन्सपेक्टरमाथि डिएसपीलाई कुटपिट गरेको आरोप लागेको छ । प्रहरी निरीक्षकद्वय केशव भट्टराई र दयाराम पौडेलले मादक पदार्थ सेवन गरी सोही बयारेकमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) मानबहादुर थापालाई कुटपिट गरेको आरोप लागेको हो । सशस्त्र प्रहरी बलका […]
११ वैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघ प्युठान शाखाकी उपाध्यक्ष बसन्ता भट्टको ४४ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि उपचार गराउँदै आएकी भट्टको बिहीबार बिहान ९ः४५ बजे सदरमुकाम खलंगास्थित निवासमै निधन भएको हो । महासंघ प्यूठान शाखाको कोषाध्यक्ष हुँदै हाल उपाध्यक्ष पदमा रहेर क्रियाशील भट्ट विकास सामुदायिक रेडियो महिला आवाज प्यूठानकी अध्यक्षसमेत थिइन् […]
११ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्वसचिव भीम उपाध्यायलाई विनासर्त तत्काल रिहा गर्न माग गरेको छ । छाया सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका संयोजक बहादुरसिंह लामाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी उपाध्यायलाई पक्रनु संविधानको मर्म र भावना विपरित रहेकाे भन्दै उनलाई तत्काल विनासर्त रिहा गर्न सरकारसँग माग गरेका हुन् । […]
११ वैशाख, काठमाडौं । पार्टीभित्र र बाहिरबाट चर्को विरोध आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः विवादास्पद अध्यादेश फिर्ता लिन तयार भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीबीच अध्यादेशबारे छलफल भएको थियो । छलफलमा प्रचण्डले नेताहरुको मागबमोजिम तत्काल स्थायी कमिटीको बैठक बोलाउन र विवादास्पद अध्यादेश […]
११ वैशाख, काठमाडौं । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई उनकै सहमतिमा जनकपुरबाट काठमाडौं ल्याइएको पूर्वप्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले बताएका छन् । यादवलाई अपहरण गरिएको भन्ने भनाइ सत्य नभएको खनालको प्रतिक्रिया छ । सांसद यादवले विहीबार होटलमा सबै सांसदसँग भेट हुने लागेको अवस्थामा मुड चेञ्ज गर्नू उनको गल्ती भएको खनालको भनाइ छ । ‘अस्ति […]
११ वैशाख, काठमाडौं । झमक्कै साँझ परेको छ । चोकको लागेको मान्छेको भिडले दशैंको बेलाको बसपार्कको झल्को दिइरहेको छ । कसैले नानीबाबु च्यापेका छन्, कोही ज्येष्ठ नागरिकलाई साहारा दिँदै हिँडेका छन् । झोला, पोका, सा–साना सुटकेश नबोक्ने कोही छैनन् । सबै गाडीको पर्खाइमा छन् । बुधबार साँझ जडिबुटीमा क्षेत्रमा जम्मा भएकाहरु ‘गाडी आउँछ कि आउँदैन […]
११ वैशाख, तुलसीपुर । लुलसीपुर उपमहानगरपालिकाले दीर्घरोगीलाई घरमै औषधि पुर्याउने गरेको छ । नियमित औषधि सेवन गर्नु पर्ने बिरामीलाई लकडाउनमा समस्या नहोस् भनी नगरपालिका आफै बिरामीको घरमै औषधि पुर्याउन थालेको हो । दीर्घरोगीहरुले उपमहानगरपालिकाको टोलफ्री नम्बर १६६०८२५२००० मा सम्पर्क गरेपछि उनीहरुलाई आवश्यक औषधि घरैसम्मै पुर्याइदिने गरिएको जनस्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक विमले केसीले जानकारी दिए । […]
११ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व अर्थतन्त्र सबैभन्दा खतरनाक मोडमा पुगेको विश्व बैंकले विश्लेषण गरेको छ । पछिल्लो एक शताब्दीयता आएका विनासकारी महामारीका कारण पुगेको असरको विश्लेषण गर्दै विश्व बैंकले कोरोना महामारीले सबैभन्दा बढी आर्थिक क्षति गर्ने प्रक्षेपण गरेको हो । विश्व बैंकका अनुसार कोरोना महामारीले सबैभन्दा बढी प्रभावित मुलुकको कुल […]
११ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट जर्मनीमा मृत्यु हुनेको संख्या पाँच हजार नाघेको छ । बिहीबार दिइएको जानकारीअनुसार जर्मनीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पाँच हजार ९४ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र जर्मनीमा दुई सय १५ जनाको मृत्यु भएको थियो । सरकारले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार जर्मनीमा अहिलेसम्म संक्रमित हुने मानिसको […]
११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मातातीर्थ औंसीको दिन आफूलाई जन्म दिने आमालाई स्मरण गर्दै मातृभूमिको रक्षा गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी आएको बताएका छन् । उनले सर्वसत्तावाद र अधिनायकवादबाट देशलाई जोगाउन संघर्ष गरिरहने पनि बताएका छन् । ‘मानव जीवनको चोला सार्थक बनाउनु छ । नेपाल देश पनि आमा हुन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई […]
११ वैशाख, गुल्मी । गुल्मी जिल्ला अदालतले हिरासतमा भएका कैदीबन्दीहरूमा कोरोना भाइरस संक्रमण भए-नभएको यकिन गरेर मात्रै अदालतमा उपस्थित गराउन आदेश दिएको छ । कर्तव्य ज्यान मुद्दामा हिरासतमा रहेका २२ वर्षीय अनिल कुँवर र अर्जुन कुमाल तथा बलात्कार मुद्दामा हिरासतमा रहेका २० वर्षीय प्रेम बहादुर गुरुङलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले अदालतमा उपस्थित गराउने तयारी गरेको […]
११ वैशाख, काठमाडौं । देशमा अहिले कोरोना भाइरसको ‘ट्रेसिङ’ अर्थात् खोजी चलिरहेको छ । सिङ्गै देश लकडाउनमा छ । यहीबेला बुधबार दिउँसो पूर्वआईजीपी सर्वेन्द्र खनाल र नेकपाका सांसदद्वय महेश बस्नेत (भक्तपुर) र किसान श्रेष्ठ (तनहुँ) जनकपुरधाममा डा. सुरेन्द्र यादवलाई खोज्नतिर लागे । कोरोनासँग लड्नका लागि डाक्टर यादवको खोजी भएको होइन । खनाल, बस्नेत र श्रेष्ठ […]
११ वैशाख, विराटनगर । कोरोना महामारी नियन्त्रणका लागि ११ चैत यता लकडाउन गरेको सरकारले भारतसँगको नाका बन्द गरेको छ । नाका बन्द गरिए पनि अत्यावश्यक सामग्री बोकेका मालबाहक गाडीहरुको आवत–जावत जारी छ । विराटनगरको रानी भन्सार नाकाबाट दैनिक एकसय हाराहारी मालबाहक गाडी प्रवेश गर्छन् । प्रत्येक गाडीमा चालक र सहचालक हुन्छन् । यस हिसाबले कम्तिमा […]
११ बैशाख, काठमाडौं । पूर्वआइजीपी सर्वेन्द्र खनाल, नेकपा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठले जनकपुरबाट रातारात काठमाडौं ल्याएका सांसद डा. सुरेन्द्र यादवले राजपा र समाजवादी पार्टी एक भएकोमा खुशी व्यक्त गरेका छन् । मधेसका जनताको मुद्दा उठाउँदै आएका पार्टीहरु एक हुनुपर्छ भन्ने आफ्नो सपना पूरा भएको भन्दै यादवले खुशी प्रकट गरेका हुन् । पार्टी एकीकरण […]
११ वैशाख, काठमाडौं । पूर्वमन्त्री एवं समाजवादी पार्टीका नेता तथा सांसद मोहम्मद इस्तियाक राईले आफूहरूले पार्टी फुटाउँछन् भन्ने कुरा हल्ला मात्र भएको बताएका छन् । समाजवादी पार्टीका ४० प्रतिशत सांसदले पार्टी फुटाउन लागेका हुन् ? भन्ने प्रश्नमा उनले भने, ‘मैले पाँच दिनदेखि लगातार भन्दै आएको छु हामीले पार्टी फुटाउने सम्भावना १०१ प्रतिशत छैन ।’ पूर्वमन्त्री […]
from समाचार – Online Khabar https://ift.tt/2xRVM8G
via IFTTT






















