समाचार
११ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बल ३८ नं. गुल्म हेडक्वाटर (राजश्व तथा भन्सार सुरक्षा गस्ती)मा कार्यरत दुईजना इन्सपेक्टरमाथि डिएसपीलाई कुटपिट गरेको आरोप लागेको छ । प्रहरी निरीक्षकद्वय केशव भट्टराई र दयाराम पौडेलले मादक पदार्थ सेवन गरी सोही बयारेकमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) मानबहादुर थापालाई कुटपिट गरेको आरोप लागेको हो । सशस्त्र प्रहरी बलका […]
११ वैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघ प्युठान शाखाकी उपाध्यक्ष बसन्ता भट्टको ४४ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि उपचार गराउँदै आएकी भट्टको बिहीबार बिहान ९ः४५ बजे सदरमुकाम खलंगास्थित निवासमै निधन भएको हो । महासंघ प्यूठान शाखाको कोषाध्यक्ष हुँदै हाल उपाध्यक्ष पदमा रहेर क्रियाशील भट्ट विकास सामुदायिक रेडियो महिला आवाज प्यूठानकी अध्यक्षसमेत थिइन् […]
११ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्वसचिव भीम उपाध्यायलाई विनासर्त तत्काल रिहा गर्न माग गरेको छ । छाया सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका संयोजक बहादुरसिंह लामाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी उपाध्यायलाई पक्रनु संविधानको मर्म र भावना विपरित रहेकाे भन्दै उनलाई तत्काल विनासर्त रिहा गर्न सरकारसँग माग गरेका हुन् । […]
११ वैशाख, काठमाडौं । पार्टीभित्र र बाहिरबाट चर्को विरोध आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः विवादास्पद अध्यादेश फिर्ता लिन तयार भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीबीच अध्यादेशबारे छलफल भएको थियो । छलफलमा प्रचण्डले नेताहरुको मागबमोजिम तत्काल स्थायी कमिटीको बैठक बोलाउन र विवादास्पद अध्यादेश […]
११ वैशाख, तुलसीपुर । लुलसीपुर उपमहानगरपालिकाले दीर्घरोगीलाई घरमै औषधि पुर्याउने गरेको छ । नियमित औषधि सेवन गर्नु पर्ने बिरामीलाई लकडाउनमा समस्या नहोस् भनी नगरपालिका आफै बिरामीको घरमै औषधि पुर्याउन थालेको हो । दीर्घरोगीहरुले उपमहानगरपालिकाको टोलफ्री नम्बर १६६०८२५२००० मा सम्पर्क गरेपछि उनीहरुलाई आवश्यक औषधि घरैसम्मै पुर्याइदिने गरिएको जनस्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक विमले केसीले जानकारी दिए । […]
११ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व अर्थतन्त्र सबैभन्दा खतरनाक मोडमा पुगेको विश्व बैंकले विश्लेषण गरेको छ । पछिल्लो एक शताब्दीयता आएका विनासकारी महामारीका कारण पुगेको असरको विश्लेषण गर्दै विश्व बैंकले कोरोना महामारीले सबैभन्दा बढी आर्थिक क्षति गर्ने प्रक्षेपण गरेको हो । विश्व बैंकका अनुसार कोरोना महामारीले सबैभन्दा बढी प्रभावित मुलुकको कुल […]
११ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट जर्मनीमा मृत्यु हुनेको संख्या पाँच हजार नाघेको छ । बिहीबार दिइएको जानकारीअनुसार जर्मनीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पाँच हजार ९४ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र जर्मनीमा दुई सय १५ जनाको मृत्यु भएको थियो । सरकारले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार जर्मनीमा अहिलेसम्म संक्रमित हुने मानिसको […]
११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मातातीर्थ औंसीको दिन आफूलाई जन्म दिने आमालाई स्मरण गर्दै मातृभूमिको रक्षा गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी आएको बताएका छन् । उनले सर्वसत्तावाद र अधिनायकवादबाट देशलाई जोगाउन संघर्ष गरिरहने पनि बताएका छन् । ‘मानव जीवनको चोला सार्थक बनाउनु छ । नेपाल देश पनि आमा हुन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई […]
११ वैशाख, गुल्मी । गुल्मी जिल्ला अदालतले हिरासतमा भएका कैदीबन्दीहरूमा कोरोना भाइरस संक्रमण भए-नभएको यकिन गरेर मात्रै अदालतमा उपस्थित गराउन आदेश दिएको छ । कर्तव्य ज्यान मुद्दामा हिरासतमा रहेका २२ वर्षीय अनिल कुँवर र अर्जुन कुमाल तथा बलात्कार मुद्दामा हिरासतमा रहेका २० वर्षीय प्रेम बहादुर गुरुङलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले अदालतमा उपस्थित गराउने तयारी गरेको […]
११ वैशाख, काठमाडौं । देशमा अहिले कोरोना भाइरसको ‘ट्रेसिङ’ अर्थात् खोजी चलिरहेको छ । सिङ्गै देश लकडाउनमा छ । यहीबेला बुधबार दिउँसो पूर्वआईजीपी सर्वेन्द्र खनाल र नेकपाका सांसदद्वय महेश बस्नेत (भक्तपुर) र किसान श्रेष्ठ (तनहुँ) जनकपुरधाममा डा. सुरेन्द्र यादवलाई खोज्नतिर लागे । कोरोनासँग लड्नका लागि डाक्टर यादवको खोजी भएको होइन । खनाल, बस्नेत र श्रेष्ठ […]
११ वैशाख, विराटनगर । कोरोना महामारी नियन्त्रणका लागि ११ चैत यता लकडाउन गरेको सरकारले भारतसँगको नाका बन्द गरेको छ । नाका बन्द गरिए पनि अत्यावश्यक सामग्री बोकेका मालबाहक गाडीहरुको आवत–जावत जारी छ । विराटनगरको रानी भन्सार नाकाबाट दैनिक एकसय हाराहारी मालबाहक गाडी प्रवेश गर्छन् । प्रत्येक गाडीमा चालक र सहचालक हुन्छन् । यस हिसाबले कम्तिमा […]
११ बैशाख, काठमाडौं । पूर्वआइजीपी सर्वेन्द्र खनाल, नेकपा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठले जनकपुरबाट रातारात काठमाडौं ल्याएका सांसद डा. सुरेन्द्र यादवले राजपा र समाजवादी पार्टी एक भएकोमा खुशी व्यक्त गरेका छन् । मधेसका जनताको मुद्दा उठाउँदै आएका पार्टीहरु एक हुनुपर्छ भन्ने आफ्नो सपना पूरा भएको भन्दै यादवले खुशी प्रकट गरेका हुन् । पार्टी एकीकरण […]
११ वैशाख, काठमाडौं । पूर्वमन्त्री एवं समाजवादी पार्टीका नेता तथा सांसद मोहम्मद इस्तियाक राईले आफूहरूले पार्टी फुटाउँछन् भन्ने कुरा हल्ला मात्र भएको बताएका छन् । समाजवादी पार्टीका ४० प्रतिशत सांसदले पार्टी फुटाउन लागेका हुन् ? भन्ने प्रश्नमा उनले भने, ‘मैले पाँच दिनदेखि लगातार भन्दै आएको छु हामीले पार्टी फुटाउने सम्भावना १०१ प्रतिशत छैन ।’ पूर्वमन्त्री […]
११ वैशाख, काठमाडौं । कोरोना नियन्त्रणका लागि भारतले सहयोगमा दिएको औषधि नेपालमा दर्ता नै नभएको पाइएको छ । भारत सरकारले बुधबार उपलव्ध गराएको औषधिको सूचीमा प्यारासिटामोल ३२५ एमजी र डाइसाइक्लोमिन एचसीआई २० एमजी ३ लाख २० हजार ट्यावलेट नेपाललाई दिएको थियो । तर दुबै औषधि औषधि व्यवस्था विभाग (डीडीए) मा दर्ता नै छैन । विभागमा […]
११ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेताहरुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर पार्टी एकताको जानकारी गराएका छन् । सभामुखको सचिवालय सिंहदरबार पुगेर जसपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ लगायतले पार्टी एकता भएको र नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको जानकारी दिएका हुन् । बुधबार राति तत्कालीन राजपा नेपाल र समाजवादी […]
११ वैशाख, वीरगञ्ज । नारायणी अस्पताललाई जनरल अस्पताल कायम गर्न माग गर्दै वीरगञ्जमा प्रदर्शन गरिएको छ । तत्कालिन राजपा नेपाल वीरगञ्ज महानगर कमिटिको आयोजनामा सामाजिक दुरी कायम गर्दै प्रदर्शन गरिएको हो । कोभिड १९ अस्पताल अन्यत्रै बनाउनुपर्ने माग उनीहरुको छ । सरकारले नारायणीलाई लेभल २ को कोभिड अस्पताल घोषणा गरेपछि अस्पतालबाट प्रवाह हुने आकस्मिक र […]
११ वैशाख, काठमाडौं । खाद्य तथा दाना आयात निर्यात अनुमति अब इमेलबाटै पाईने भएको छ । लकडाउनका कारण अनुमति पत्रका लिन कठिनाई हुने व्यवसायीलाई सहजीकरण गर्न यस्तो व्यवस्था गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । ईमेल र फोनबाट व्यवसायीलाई सहजीकरण गर्न थालीएको विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले जानकारी दिईन । विभागले […]
११ वैशाख, काठमाडौं । उदयपुर जिल्लामा मात्रै २७ कोरोना संक्रमित भेटिएपछि स्थानीय राजनीतिक दलहरूले सरकारलाई गम्भीर बन्न आग्रह गरेका छन् । उदयपुरको गाईघाटमा बसेको राजनीतिक दलहरूको बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै पर्याप्त स्वास्थ्य सामग्री उपलब्ध गराउन साथै उदयपुरमै परीक्षणको व्यवस्था मिलाउन संघीय सरकारसँग आग्रह गरेका हुन् । नेकपा जिल्ला अध्यक्ष विनोद कटुवाल, नेपाली कांग्रेसका जिल्ला […]
११ वैशाख, काठमाडौं । नेपाल तरुण दलले पूर्वसचिव भीम उपाध्यायलाई रिहा गर्न माग गरेको छ । सामाजिक सन्जालमा जथाभावी लेखेको आरोपमा बुधबार उपाध्याय पक्राउ परेको थियो । तरुण दल अध्यक्ष जीतजंग बस्नेतले बिहीबार विज्ञप्ति जारी गरी उपाध्यायलाई विनासर्त रिहा गर्न माग गरिएको छ । उपाध्यायलाई झुटा आरोप लगाई पक्राउ गरिएको तरुण दलको भनाइ छ । […]
११ बैशाख, विराटनगर । ‘जनता समाजवादी पार्टी’ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । बिहीबार बिहान ११ बजेर १६ मिनेटमा निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ को निवेदन दर्ता भएको हो । दर्ता नम्बर १३८८ छ । बुधबार राति समाजवादी र राजपाबीच पार्टी एकता भएको थियो । एकतापछि नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ […]
११ वैशाख, काठमाडौं । सरकारले गहुँको सर्मथन मूल्य प्रतिक्विन्टल तीन हजार १५ रुपैयाँ तोक्ने तयारी गरेको छ । गहुँको सर्मथन मूल्य मन्त्रिपरिषद्मा प्रस्तावको रुपमा पठाइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । यो वर्ष गहुँको सर्मथन मूल्य बुधबार मन्त्रिपरिषद्मा पेश गरिएकाे मन्त्रालयकी साहायक प्रवक्ता उर्मिला केसीले जानकारी दिईन। कृषि तथा पशुपंछि विकास मन्त्रालयको प्रस्तावमा […]
from समाचार – Online Khabar https://ift.tt/3cJKFxt
via IFTTT






















