Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

‘कोरोना संक्रमित १ करोड पुग्नलाग्दा अक्सिजन दिने मेसिन अभाव’

११ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वभर कोरोना संक्रमित व्यक्तिहरुको संख्या एक करोड पुग्नैलाग्दा अक्सिजन दिने मेसिन अभाव भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोसले पत्रकार भेटघाटमा भने, ‘धेरै देश अक्सिजन कन्स्नट्रेटर (मेसिन)को अभावसँग जुधिरहेका छन् । हाल यो मेसिनको माग बढी भएको छ ।’ उनले भने, अहिलेसम्म विश्वमा ९३ लाख जना कोरोना […]

पूर्व मुख्य सचिव पौडेल गृहजिल्लामा धान रोप्न व्यस्त

११ असार, गुल्मी । पूर्व मुख्य सचिव तथा चीनका लागि नेपाली पूर्वराजदूत लिलामणी पौडेल गृहजिल्ला गुल्मीमा धान रोप्न व्यस्त छन् । पौडेलको घर रुरु क्षेत्र गााउँपालिका वडा नम्बर–५ को बम्घामा पर्दछ । पौडेलले आफ्नै खेत घीउबेसीमा पुगेर धान रोपाइँ गरे । जागिरे अवधीमा पनि गृह जिल्ला आएको बेलामा समेत कृषि क्षेत्रसँग नजिक रहेर काम गर्ने […]

हल्दिबारीको गाउँसभामा कुटाकुट

११ असार, झापा । झापाको हल्दिवारी गाउँपालिकाको गाउँसभामा कुटाकुट भएको छ । गाउँसभाका केही सदस्यले अध्यक्ष रविन्द्र लिङ्गदेनलाई मुक्का प्रहार गरेका हुन् । उनको अहिले भद्रपुरस्थित मेची अस्पतालमा उपचार भइरहेको छ । घटनामा पालिकाका केही कुर्सी, टेबल पनि भाँचिएका छन् । अध्यक्ष लिङ्गदेनले गाउँसभा विथोल्न आएका अराजक व्यक्तिकोे आक्रमणबाट झ्याल, ढोका, टेवल कुर्सीलगायत कार्यालयका भौतिक […]

अर्थव्यवस्थामा सुरुको अनुमानभन्दा बढी असर : आईएमएफ

११ असार, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले कोरोना महामारीका कारण विश्वको अर्थव्यवस्थामा सुरुमा अनुमान गरिएभन्दा पनि ठूलो असर पर्ने बताएको छ । आईएमएफका अनुसार विश्वभर आर्थिक गतिविधिमा यस वर्ष १० प्रतिशतले गिरावट आउने छ । गत अप्रिलमा अर्थव्यवस्थामा पाँच प्रतिशतले कमी आउने आईएमएफले जनाएको थियो । कोरोना महामारीबाट जोगिन बिभिन्न देशहरुले जारी राखेको लकडाउनको […]

कोरोना महामारीकै बीच एक हजार नेपाली सैनिक शान्ति मिसनको तयारीमा

१० असार, काठमाडौं । कोरोना (कोभिड-१९) भाइरसका कारण रोकिएको संयुक्त राष्ट्र संघको शान्ति मिसनको ‘रोटेसन’ अब सुरु हुने भएको छ । यूएन मिसनले नेपाली सेनालाई बदली गर्नुपर्ने फौज तयारी अवस्थामा राख्न भनेको हो । जसअनुसार पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा एक हजार सैनिक अधिकारीलाई क्वारेन्टिनमा राखिएको छ । जंगीअड्डाका एक सैनिक अधिकृतका अनुसार यूएनले […]

मेलम्चीमा सरकारको नयाँ भाका : जनताले पानी पाउन अझै एक वर्ष कुर्नुपर्ने

१० असार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा ‘मेलम्ची खानेपानी आयोजनाको आधारभूत पूर्वाधार निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न गरी आगामी आर्थिक वर्षको शुरुदेखि उपत्यकामा खानेपानी वितरण गर्ने’ घोषणा गर्‍यो । संसदमा सांसदहरुले पत्याएनन्, मन्त्रीको जवाफ मागे । खानेपानी तथा सरसफाइमन्त्री विना मगरले जवाफ फर्काइन्, ‘मेलम्ची खानेपानीका सन्दर्भमा उठाइएका प्रश्नहरुको बिट मार्ने […]

चोचोमोचोमा ब्रेकअप !

१० असार, काठमाडौं । मञ्चमा पार्टीको झण्डा नै नराखी प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बस्यो । विधानको प्रावधान नाघेर सात महिनाको अन्तरालमा आयोजित बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले लगभग एक/एक घण्टा मन्तव्य दिए । अध्यक्षद्वयको मन्तव्यपछि शुक्रबार बिहान ११ बजे पुनः बस्ने गरी बैठक […]

आइसोलेसनमा राजु सदाको मृत्यु : पखाला लाग्दा जीवनजल नपाएर घण्टौं छटपटाए

स्थान : प्रादेशिक अस्पताल, जनकपुर । समय : आइतबार राति । धनुषाको हंसपुर नगरपालिका प्रसाहीका १६ वर्षीय राजु सदा अस्पतालको आइसोलेसन वार्डको भुइँमा छठपटाइरहेका थिए । उनी कतिबेला खुट्टा उचाल्थे त कति बेला हात चलाउँथे । कहिले कपाल बेस्सरी लुछ्थे । तर स्वास्थ्यकर्मी, चिकित्सक कोही पनि हेर्न आएनन् । राजुको पीडा देख्न नसकेरै सँगै आइसोलेसनमा […]

पूर्वराजा ज्ञानेन्द्रको प्रश्न : युवाहरू किन सडकमा उत्रिरहनुपर्छ ?

१० असार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसको महामारी कारण जनताले भोग्नुपरेको समस्या समाधान गर्न आग्रह गरेका छन् । शाहले बुधबार सन्देश जारी गर्दै कोरोनाबाट मृत्यु भएकाहरूप्रति श्रद्धा व्यक्त गरेका छन् भने संक्रमितको स्वास्थ्य लाभको कामना गरेका छन् । अहिले चुनौतीसँग अवसर पनि आएको भन्दै उनले विभिन्न कारणले स्वदेश फर्किएकाहरूलाई देशभित्र इलम, उद्यम र कामधन्दाको […]

काठमाडौंमा मोनोरेल हरायो, पोखरामा पुरानो शैलीको घर बनाउनेलाई सहुलियत

१० असार, काठमाडौं । देशभरका अधिकांश स्थानीय तहले बुधबार आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । काठमाडौंसहित देशभरका ६ वटै महानगरपालिकाले एकै दिन बजेट ल्याएका छन्, जसमध्ये सबैभन्दा ठूलो आकार काठमाडौं महानगरपालिकाको छ । काठमाडौंले १६ अर्ब ४२ करोड रुपैयाँको बजेट ल्याएको हो । बजेटमा प्रशासनिक खर्च कटौती र […]

आलोपालो छाडेर गल्ती गरेछु, ओलीमा अहंकारमात्र बढ्यो : प्रचण्ड

१०, असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो प्रधानमन्त्री हुने सहमति छाडेर गल्ती गरेँ भन्ने महसुस भएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री ओलीमा अहंकार बढेको निष्कर्षसमेत निकालेका छन् । बुधबारदेखि सुरु भएको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमाथि कडा आक्रोश पोखे । बैठकमा प्रचण्डको कडा […]

नेतृत्वलाई खुइल्याएर कद बढ्दैन, पार्टीमा बहुमतको खेल भयो : ओली

१० असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र बहुमतको खेल सुरु भएको भन्दै असन्तुष्टि जनाएका छन् । त्यही गुटबन्दी र बहुमतको खेलकै कारण अघिल्लो बैठकको पूर्वसन्ध्यामा पार्टी विभाजनको संघारमा पुगेको ओलीले बताए । बुधबारदेखि सुरु भएको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं अध्यक्ष ओलीले महाधिवेशनसम्म […]

सैनामैनाको बजेट ७० करोड ८३ लाख

१० असार, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ७० करोड ८३ लाख ७७ हजार ५ सय ४६ रुपैयाँको बजेट ल्याएको छ । यो बजेट गत वर्षभन्दा करिव २० करोडले कम हो । नगर उपप्रमुख विना रानाले बुधबार प्रस्तुत गरेको कुल बजेटमध्ये चालू खर्चतर्फ ४५ करोड ९४ लाख ८७ हजार ५ […]

अख्तियारसम्बन्धी विधेयक रोक्ने नेकपाको निर्णय

१० असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयक तत्काल अगाडि नबढाउने निर्णय गरेको छ । बुधबार बसेको नेकपा स्थायी कमिटीको बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले  अख्तियारलाई अर्को सत्ता बनाउने गरी विधेयक आएको भन्दै विरोध गरेका थिए । अख्तियारलाई संविधानले दिएकोभन्दा बढी अधिकार दिन खोजिएको र यो भोलिको दिनमा […]

चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै संसदमा संकल्प प्रस्ताव

१० असार, काठमाडौं । चीनले नेपालको भूमि अतिक्रमण गरेको भन्दै त्यसलाई फिर्ता ल्याउने पहल गर्न माग गर्दै संघीय संसदको प्रतिनिधि सभामा संकल्प प्रस्ताव पेश भएको छ । नेपाली कांग्रेसका सांसदहरु देवेन्द्रराज कंडेल, सत्यनारायण शर्मा खनाल र सञ्जयकुमार गौतमले बुधबार प्रतिनिधि सभामा संकल्प प्रस्ताव पेश गरेका हुन् । ‘नेपालका विभिन्न जिल्लाहरु दोलखा, हुम्ला, सिन्धुपाल्चोक, संखुवासभा, गोरखा […]

भारतको रणनीति : तत्काल ओली सरकारसँग वार्ता नगर्ने

१० असार, काठमाडौं । के नेपाल-भारत सम्बन्ध पाँच वर्षअघिकै अवस्थामा फर्किएको हो ? पाँच वर्षअघि आफ्नो आग्रह नसुनेर नेपालको संविधानसभाले संविधान जारी गरेपछि भारतले अघोषित नाकाबन्दी लगाएको थियो । अहिले नेपाल भारत सम्बन्ध पछिल्ला केही प्रकरणबाट देखिने र बुझिने गरी बिग्रिएको छ । अहिले नेपालका संसदले संविधान संशोधन गरेर लिम्पियाधुरासहितको भूमि समेटिएको नक्सा र निशानछापलाई […]

रुकुम घटनामा २३ जना पुर्पक्षका लागि थुनामा

१० असार, काठमाडौं । रुकुम पश्चिमको चौरजहारीमा भएको सामूहिक हत्या काण्डमा संलग्न रहेको अभियोग लागेका २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । तीन जनालाई साधारण तारेख र एक जनालाई धरौटीमा छाड्न आदेश भएको छ । जिल्ला अदालत, रुकुमका न्यायाधीश विद्याराज पौडेलको इजलासले २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको सरकारी […]

बजेट सुन्दासुन्दै वडाध्यक्षले कोरोना संक्रमित भएको खबर पाए

१० असार, काठमाडौं । दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष मेघराज रानालाई कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा वडाध्यक्ष रानामा बुधबार संक्रमण पुष्टि भएको हो । वडाध्यक्ष रानाले अनलाइखबरसँग भने, ‘गाउँसभाको बैठक चलिरहेकै समयमा स्वास्थ्य संयोजकले मलाई बाहिर बोलाउनुभयो । तपाईंमा संक्रमण पुष्टि भएको छ भनेर […]

न्युरोडबाट १० लाख लुटेको अभियोगमा दुई जना प्रहरी पक्राउ

१० असार, काठमाडौं । लुटपाटमा संलग्न भएको अभियोगमा दुई जना प्रहरी पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले हल्वदार धिरेन विष्ट र प्रहरी जवान बिक्रमकुमार चन्दलाई पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी दिपककुमार थापाका अनुसार विष्ट काठमाडौं प्रहरी परिसर, टेकुको घुमुवा टोलीमा कार्यरत थिए भने चन्द २ नम्बर गणमा कार्यरत थिए । […]

प्रदेश १ को बजेटप्रति सत्तापक्षकै सांसद असन्तुष्ट

१० असार, विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट प्रति सत्तापक्षकै सांसदले असन्तुष्टि जनाएका छन । बुधबारको प्रदेशसभा बैठकमा नेकपाका सांसद उपेन्द्रप्रसाद घिमिरे सामाजिक विकास मन्त्रालयको ५ अर्ब ३० करोडको बजेट ढोके–चम्चेहरूले बनाए जस्तो देखिएको बताए । उनले बजेट कर्मचारी र ढोके हुक्के चम्चेहरूले मात्र बनाए कि मन्त्रीले पनि हेर्नुभयो भन्ने […]

नागरिकता विधेयकको विरोधमा जसपाले प्रदर्शन गर्ने

१० असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको विरोधमा देशका विभिन्न सहरमा विरोध प्रदर्शन गर्ने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएर प्रतिनिधि सभामा पुगेको नागरिकता विधेयकका कतिपय प्रावधान विभेदकारी भएको जसपाको ठहर छ । असार १६ गते जिल्ला सदरमुकाम र मुख्य सहरहरूमा विरोध […]



from समाचार – Online Khabar https://ift.tt/3hVBUUt
via IFTTT
Powered by Blogger.