Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

आत्महत्या रोक्न राष्ट्रिय रणनीति ल्याउँ : डा. ओझा

११ असार, काठमाडौं । मनोचिकित्सक प्राध्यापक डा. सरोजप्रसाद ओझाले आत्महत्या रोकथामका लागि राष्ट्रिय रणनीति आवश्यक रहेको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत उनले यस्तो आग्रह गरेका हुन् । प्रा.डा.ओझाले कोभिड–१९ का कारण लगाइएको लकडाउनका बेला करिब २० प्रतिशतले आत्महत्या बढेको भन्दै रोकथामको पहल गर्नुपर्ने बताए । उनले भने, ‘आत्महत्या […]

अमेरिकामा एकैदिन भेटिए ३४ हजारभन्दा धेरै नयाँ संक्रमित

११ असार, काठमाडौं । अमेरिकामा मंगलबार एकैदिन ३४ हजारभन्दा धेरै नयाँ कोरोना संक्रमित फेला परेका छन् । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार मंगलबार ३४ हजार ७२० नयाँ संक्रमित फेला परेका हुन् । मंगलबार अमेरिकाका तीन राज्यमा अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । क्यालिफोर्निया, टेक्सास र फ्लोरिडामा अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला […]

भारतमा एकैदिन थपिए कोरोनाका करिब १७ हजार नयाँ संक्रमित

११ असार, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का करिब १७ हजार नयाँ संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १६ हजार ९२२ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चार लाख ७३ हजार १०५ पुगेको छ । अहिलेसम्म […]

कोभिड–१९ सँगै विपद् प्रतिकार्यमा पनि तयार रहन सेनाको निर्देशन

११ असार, काठमाडौं । नेपाली सेनाको जंगीअड्डाले कोरोना (कोभिड–१९) भाइरस नियन्त्रणसँगै विपद् प्रतिकार्यमा पनि तयार रहन निर्देशन दिएको छ । सेनाले मातहतका पृतनाहरुलाई विपद् प्रतिकार्यको तयारी गर्न ‘अपरेशन अर्डर’ जारी गरेको हो । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले मनसुन भित्रिएसँगै आउन सक्ने बाढी, पहिरो जस्ता सम्भावित प्रकोपको प्रतिकार्यका लागि तयारीमा रहन निर्देशन दिइएको अनलाइनखबरलाई बताए […]

व्यापारमा दम छैन, अब कृषिमा होमिने हो : दीपक मल्होत्रा

११ असार, काठमाडौं । फागुन अन्तिम साताको कुरा हो । कोरोना भाइरस (कोभिड–१९) को विश्वभर फैलिँदै गरेको महामारीसँगै नेपालमा पनि यसको त्रास बढिरहेको थियो । यद्यपि, त्यसबेला नेपालमा भेटिएका एक जना संक्रमित निको भइसकेका थिए भने थप संक्रमितहरू देखिएका थिएनन् । नेपाल ग्रिन जोनमै भए पनि जनमानसमा डर बढ्दै गयो । कोरोनाविरुद्धको सतर्कताका सामग्रीहरूको खोजी […]

कतारबाट १५८ जना नेपाली स्वदेश फर्किए

११ असार, कतार । कतारबाट उद्धार उडानमार्फत् बिहीबार विहान १ सय ५८ जना नेपाली स्वदेश फर्केका छन् । नेपाली राजदूतावास दोहा कतारले दिएको जानकारी अनुसार पहिलो चरणको तेस्रो उडानमार्फत् ३ जना गर्भवती, ७ जना सुत्केरी, २ जना नाबालक र १ सय ४६ जना पुरुष स्वदेश फर्केका हुन् । कतारको दोह स्थित हमाद अन्र्तराष्ट्रिय विमान स्थलबाट […]

केही स्थानमा भारी वर्षा हुने, कुन नदीको अवस्था कस्तो ?

११ असार, काठमाडौं । मनसुन सक्रिय भएकाले केही स्थानमा भारी वर्षा हुने र नदीहरुमा बहाव बढ्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । पानी पर्ने क्रम बढेसँगै देशका बिभिन्न स्थानका नदीहरुमा पनि बहाव बढ्ने छ । आजबाट कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबईलगायत सबै प्रदेशका तराई भई […]

पोखरामा एक जना कोरोना संक्रमितको मृत्यु

११ असार, कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएको अस्पतालका सहप्रध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए । यससँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिहरुको संख्या २५ पुगेको छ । उनलाई यही असार […]

‘कोरोना संक्रमित १ करोड पुग्नलाग्दा अक्सिजन दिने मेसिन अभाव’

११ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वभर कोरोना संक्रमित व्यक्तिहरुको संख्या एक करोड पुग्नैलाग्दा अक्सिजन दिने मेसिन अभाव भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोसले पत्रकार भेटघाटमा भने, ‘धेरै देश अक्सिजन कन्सेन्ट्रेटर (मेसिन)को अभावसँग जुधिरहेका छन् । हाल यो मेसिनको माग बढी भएको छ ।’ उनले भने, अहिलेसम्म विश्वमा ९३ लाख जना कोरोना […]

पूर्व मुख्य सचिव पौडेल गृहजिल्लामा धान रोप्न व्यस्त

११ असार, गुल्मी । पूर्व मुख्य सचिव तथा चीनका लागि नेपाली पूर्वराजदूत लिलामणी पौडेल गृहजिल्ला गुल्मीमा धान रोप्न व्यस्त छन् । पौडेलको घर रुरु क्षेत्र गााउँपालिका वडा नम्बर–५ को बम्घामा पर्दछ । पौडेलले आफ्नै खेत घीउबेसीमा पुगेर धान रोपाइँ गरे । जागिरे अवधीमा पनि गृह जिल्ला आएको बेलामा समेत कृषि क्षेत्रसँग नजिक रहेर काम गर्ने […]

हल्दिबारीको गाउँसभामा कुटाकुट

११ असार, झापा । झापाको हल्दिवारी गाउँपालिकाको गाउँसभामा कुटाकुट भएको छ । गाउँसभाका केही सदस्यले अध्यक्ष रविन्द्र लिङ्गदेनलाई मुक्का प्रहार गरेका हुन् । उनको अहिले भद्रपुरस्थित मेची अस्पतालमा उपचार भइरहेको छ । घटनामा पालिकाका केही कुर्सी, टेबल पनि भाँचिएका छन् । अध्यक्ष लिङ्गदेनले गाउँसभा विथोल्न आएका अराजक व्यक्तिकोे आक्रमणबाट झ्याल, ढोका, टेवल कुर्सीलगायत कार्यालयका भौतिक […]

अर्थव्यवस्थामा सुरुको अनुमानभन्दा बढी असर : आईएमएफ

११ असार, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले कोरोना महामारीका कारण विश्वको अर्थव्यवस्थामा सुरुमा अनुमान गरिएभन्दा पनि ठूलो असर पर्ने बताएको छ । आईएमएफका अनुसार विश्वभर आर्थिक गतिविधिमा यस वर्ष १० प्रतिशतले गिरावट आउने छ । गत अप्रिलमा अर्थव्यवस्थामा पाँच प्रतिशतले कमी आउने आईएमएफले जनाएको थियो । कोरोना महामारीबाट जोगिन बिभिन्न देशहरुले जारी राखेको लकडाउनको […]

कोरोना महामारीकै बीच एक हजार नेपाली सैनिक शान्ति मिसनको तयारीमा

१० असार, काठमाडौं । कोरोना (कोभिड-१९) भाइरसका कारण रोकिएको संयुक्त राष्ट्र संघको शान्ति मिसनको ‘रोटेसन’ अब सुरु हुने भएको छ । यूएन मिसनले नेपाली सेनालाई बदली गर्नुपर्ने फौज तयारी अवस्थामा राख्न भनेको हो । जसअनुसार पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा एक हजार सैनिक अधिकारीलाई क्वारेन्टिनमा राखिएको छ । जंगीअड्डाका एक सैनिक अधिकृतका अनुसार यूएनले […]

मेलम्चीमा सरकारको नयाँ भाका : जनताले पानी पाउन अझै एक वर्ष कुर्नुपर्ने

१० असार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा ‘मेलम्ची खानेपानी आयोजनाको आधारभूत पूर्वाधार निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न गरी आगामी आर्थिक वर्षको शुरुदेखि उपत्यकामा खानेपानी वितरण गर्ने’ घोषणा गर्‍यो । संसदमा सांसदहरुले पत्याएनन्, मन्त्रीको जवाफ मागे । खानेपानी तथा सरसफाइमन्त्री विना मगरले जवाफ फर्काइन्, ‘मेलम्ची खानेपानीका सन्दर्भमा उठाइएका प्रश्नहरुको बिट मार्ने […]

चोचोमोचोमा ब्रेकअप !

१० असार, काठमाडौं । मञ्चमा पार्टीको झण्डा नै नराखी प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बस्यो । विधानको प्रावधान नाघेर सात महिनाको अन्तरालमा आयोजित बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले लगभग एक/एक घण्टा मन्तव्य दिए । अध्यक्षद्वयको मन्तव्यपछि शुक्रबार बिहान ११ बजे पुनः बस्ने गरी बैठक […]

आइसोलेसनमा राजु सदाको मृत्यु : पखाला लाग्दा जीवनजल नपाएर घण्टौं छटपटाए

स्थान : प्रादेशिक अस्पताल, जनकपुर । समय : आइतबार राति । धनुषाको हंसपुर नगरपालिका प्रसाहीका १६ वर्षीय राजु सदा अस्पतालको आइसोलेसन वार्डको भुइँमा छठपटाइरहेका थिए । उनी कतिबेला खुट्टा उचाल्थे त कति बेला हात चलाउँथे । कहिले कपाल बेस्सरी लुछ्थे । तर स्वास्थ्यकर्मी, चिकित्सक कोही पनि हेर्न आएनन् । राजुको पीडा देख्न नसकेरै सँगै आइसोलेसनमा […]

पूर्वराजा ज्ञानेन्द्रको प्रश्न : युवाहरू किन सडकमा उत्रिरहनुपर्छ ?

१० असार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसको महामारी कारण जनताले भोग्नुपरेको समस्या समाधान गर्न आग्रह गरेका छन् । शाहले बुधबार सन्देश जारी गर्दै कोरोनाबाट मृत्यु भएकाहरूप्रति श्रद्धा व्यक्त गरेका छन् भने संक्रमितको स्वास्थ्य लाभको कामना गरेका छन् । अहिले चुनौतीसँग अवसर पनि आएको भन्दै उनले विभिन्न कारणले स्वदेश फर्किएकाहरूलाई देशभित्र इलम, उद्यम र कामधन्दाको […]

काठमाडौंमा मोनोरेल हरायो, पोखरामा पुरानो शैलीको घर बनाउनेलाई सहुलियत

१० असार, काठमाडौं । देशभरका अधिकांश स्थानीय तहले बुधबार आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । काठमाडौंसहित देशभरका ६ वटै महानगरपालिकाले एकै दिन बजेट ल्याएका छन्, जसमध्ये सबैभन्दा ठूलो आकार काठमाडौं महानगरपालिकाको छ । काठमाडौंले १६ अर्ब ४२ करोड रुपैयाँको बजेट ल्याएको हो । बजेटमा प्रशासनिक खर्च कटौती र […]

आलोपालो छाडेर गल्ती गरेछु, ओलीमा अहंकारमात्र बढ्यो : प्रचण्ड

१०, असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो प्रधानमन्त्री हुने सहमति छाडेर गल्ती गरेँ भन्ने महसुस भएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री ओलीमा अहंकार बढेको निष्कर्षसमेत निकालेका छन् । बुधबारदेखि सुरु भएको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमाथि कडा आक्रोश पोखे । बैठकमा प्रचण्डको कडा […]

नेतृत्वलाई खुइल्याएर कद बढ्दैन, पार्टीमा बहुमतको खेल भयो : ओली

१० असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र बहुमतको खेल सुरु भएको भन्दै असन्तुष्टि जनाएका छन् । त्यही गुटबन्दी र बहुमतको खेलकै कारण अघिल्लो बैठकको पूर्वसन्ध्यामा पार्टी विभाजनको संघारमा पुगेको ओलीले बताए । बुधबारदेखि सुरु भएको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं अध्यक्ष ओलीले महाधिवेशनसम्म […]

सैनामैनाको बजेट ७० करोड ८३ लाख

१० असार, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ७० करोड ८३ लाख ७७ हजार ५ सय ४६ रुपैयाँको बजेट ल्याएको छ । यो बजेट गत वर्षभन्दा करिव २० करोडले कम हो । नगर उपप्रमुख विना रानाले बुधबार प्रस्तुत गरेको कुल बजेटमध्ये चालू खर्चतर्फ ४५ करोड ९४ लाख ८७ हजार ५ […]



from समाचार – Online Khabar https://ift.tt/3exAsFn
via IFTTT
Powered by Blogger.