Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

वीरेन्द्रनगरको बजेट एक अर्ब ४२ करोड, काँक्रेविहारमा चिडियाखाना

१० असार, सुर्खेत । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष ०७७/०७८ का लागि एक अर्ब ४२ करोड बढीको बजेट ल्याएको छ । ९९ लाख ९१ हजार रुपैयाँको बजेट ल्याएको छ । सातौं नगरसभामा कार्यबहाक नगर प्रमुख तथा उपमेयर मोहोनमाया ढकालले आर्थिक वर्ष २०७७/०७८ का लागि एक अर्ब ४२ करोड ९९ लाख ९१ हजार […]

तिलोत्तमाको बजेट १ अर्ब ८९ करोड २६ लाख

१० असार, बुटवल । तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को लागि १ अर्ब ८९ करोड २६ लाखको बजेट सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तुलनामा तिलोत्तमाले आगामी आर्थिक वर्षको बजेट ३५ करोडले बढी हो । बुधबार सातौं नगरसभाको तेस्रो बैठकमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधार विकासमा केन्द्रीत बजेट प्रस्तुत गरेकी […]

डोटी बोगटान गाउँपालिकाको बजेट ४१ करोड ३५ लाख

१० असार, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४१ करोड ३५ लाख ८९ हजार ६ सय ९० रुपैयाँको बजेट ल्याएको छ । जसमध्ये चालुतर्फ २० करोड ५६ लाख ६७ हजार र पुँजीगततर्फ २० करोड ७९ लाख २२ हजार ६ सय ९० रुपैयाँ विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत शंकर सुचिकारले जानकारी दिए […]

स्थायी कमिटीका सदस्यको आपत्तिपछि नेकपा बैठकको एजेण्डा फेरियो

१० असार, काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट (नेकपा) स्थायी कमिटी बैठक झण्डै सात महिनापछि बुधबार बालुवाटारमा बस्यो । तर, बैठकको सुरुमा नै नेतृत्वले विरोधको सामना गर्नुपर्‍यो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकका एजेण्डामै स्थायी कमिटीका सदस्यहरुले आपत्ति जनाएका छन् । अध्यक्षद्वयका तर्फबाट भन्दै महासचिव विष्णु पौडेलेले बैठकको सुरुमा पाँच बुँदे एजेण्डा प्रस्तुत गरेका थिए । […]

प्रदेश २ मा १०३ जना कोरोना संक्रमित थपिए

१० असार, वीरगञ्ज । पछिल्लो २४ घण्टामा प्रदेश २ मा १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार २१ जना महिलासहित १ सय ३ जनामा संक्रमण देखिएको हो । यो सँगै प्रदेशमा संक्रमितको संख्या ३ हजार २ सय पुगेको छ । सबैभन्दा बढी संक्रमित रौतहटमा देखिएका छन् […]

तुलसीपुर उपमहानगरको बजेट २ अर्ब ३४ करोड

१० असार, काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाकाले आर्थिक वर्ष ०७७/०७८ का लागि दुई अर्व ३४ करोडको बजेट ल्याएको छ । नगरसभाको पाँचौ अबिधेशनको तेस्रो बैठकमा बुधबार उपमेयर माया शर्माले दुई अर्ब ३४ करोड ३७ लाख ६४ हजारको बजेट पेस गरेकी हुन् । पुँजीगततर्फ नगर र वडास्तरीय पूर्वाधार विकास र अन्य ससर्त कार्यक्रम तथा विकास कार्यक्रमका […]

अदालतको अवहेलना मुद्धामा सर्वोच्चले प्रधानमन्त्रीलाई बोलायो

१० असार, काठमाडौं । सर्वोच्च अदालतले कोरोना महामारीका समयमा अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयनका बारेमा जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आदेश दिएको छ । मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कोरोना महामारीका समयमा अदालतले दिएका विभिन्न ७ वटा अन्तरिम आदेशको पालना कसरी भइरहेको छ, ती आदेश पालना नगर्न कुनै निर्णय, निर्देशन दियएको हो वा […]

नयाँ नक्सा अनुमोदन गरेकोमा दलहरुलाई राष्ट्रपतिको बधाई

१० असार, काठमाडौं । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नक्सा सर्वसम्मत अनुमोदन गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई बधाई दिएकी छन् । राष्ट्रिपति भण्डारीले बुधबार अपराह्न संसदमा रहेका प्रमुख दलका शीर्ष नेताहरु र पूर्व प्रधानमन्त्रीहरुलाई शीतल निवासमा बोलाएर छलफल गरेकी थिइन् । नयाँ नक्सा पास गर्न दलहरुबीच राष्ट्रिय सहमति बनेकोमा उनले बधाई दिएकी […]

प्युठानमा थपिए १० जना कोरोना संक्रमित

१० असार, काठमाडौं । प्युठानमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पछिल्लो परीक्षणमा प्युठानमा बुधबार १० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा माण्डवी गाउँपालिकाका ६ जना, मल्लरानी गाउँपालिकाका ३ जना र झिम्रुक गाउँपालिकाका एक जना छन् । प्युठानको माण्डवी गाउँपालिकाबाट संकलन गरिएको १३ जनाको […]

दाङमा जनप्रतिनिधिसहित ७६ जनामा कोरोना संक्रमण पुष्टि

१० असार, घोराही । दाङमा जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहित एकैदिन ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बंगलाचुली गाउँपालिकाका ४२ र घोराही उपमहानगरपालिकाका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर-२ बाट ८४ जनाको स्वाब संकलन गरिएकोमा ४९ जनाको परीक्षण सकिँदा तीन जना महिलासहित ४२ जनामा […]

राप्ती नगरपालिकाका वडाध्यक्ष तामाङको मृत्यु

१० असार, चितवन । चितवन राप्ती नगरपालिका ११ का वडाअध्यक्ष हितबहादुर तामाङको मृत्यु  भएको छ । मकवानपुरको भीमफेदीमा उपचारको क्रममा बुधबार दिउँसो उनको मृत्यु  भएको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले बताइन् । उनी लामो समयदेखि कलेजो तथा जन्डिस रोगको उपचार गराइरहेका थिए । लामो समय चितवन मेडिकल कलेजमा उपचार गराएका उनलाई केही दिनअघि आयुर्वेदिक पद्धतिबाट […]

नेपाली महिलासँग विवाह गरेका पुरुषलाई पनि नागरिकताको व्यवस्था गरौं : देउवा

१० असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकता दिँदा महिला र पुरुषबीच विभेदको रेखा कोर्न नहुनेमा जोड दिएका छन् । नेपाली महिलासँग विवाह गरेका विदेशी पुरुषलाई पनि नागरिकता दिनुपर्ने देउवाको माग छ । ‘नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले नागरिकता पाउने तर नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषले नागरिकता नपाउने गरी विभेदको रेखा […]

वीरगञ्ज महानगरको बजेट ३ अर्ब ८६ करोड ५१ लाख

१० असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष ०७७/०७८ को लागि ३ अर्ब ८६ करोड ५१ लाख ९० हजार ३ सय ३५ रुपैयाँको बजेट ल्याएको छ । महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीले बुधबार नगर सभाको सातौं अधिवेशनमा नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् । जसमा चालुतर्फ १ अर्व ६२ करोड ६९ लाख १८ हजार […]

दोलखामा करेन्ट लागेर एक जनाको मृत्यु

१० असार, काठमाडौं । दोलखामा करेन्ट लागेर बुधबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेलुङ गाउँपालिका–७ ज्यामिरेका ३० वर्षीय सुवास कार्की रहेका छन् । घरदेखि अन्दाजी १ किमी दक्षिणतर्फ रहेको आफ्नै खेतमा रोपाइँका लागि मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट सर्ट हुँदा उनी गम्भीर घाइते भएका थिए । करेन्ट लागेर घाइते भएका कार्कीको […]

एउटा खाली सिसीमा अब एक रुपैयाँ कर !

१० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । बजेटले करको दायरा विस्तार गर्ने क्रममा यसपटक जडीबुटी, कवाडी र जीवजन्तुमा कर लगाउने घोषणा गरेको छ । सोही अनुसार अब वियरको बोतल (खाली सिसी)मा प्रतिगोटा एक रुपैयाँका दरले महानगरपालिकाले कर असुुल गर्ने भएको छ । स्वदेशमा […]

आइसोलेसनमा राजु सदाको मृत्यु : पखाला लाग्दा जीवनजल नपाएर घण्टौं छटपटाए

स्थान : प्रादेशिक अस्पताल, जनकपुर । समय : आइतबार राति । धनुषाको हंसपुर नगरपालिका प्रसाहीका १६ वर्षीय राजु सदा अस्पतालको आइसोलेसन वार्डको भुइँमा छठपटाइरहेका थिए । उनी कतिबेला खुट्टा उचाल्थे त कति बेला हात चलाउँथे । कहिले कपाल बेस्सरी लुछ्थे । तर स्वास्थ्यकर्मी, चिकित्सक कोही पनि हेर्न आएनन् । राजुको पीडा देख्न नसकेरै सँगै आइसोलेसनमा […]

नागरिकता विधेयकको विरोधमा जसपाले प्रदर्शन गर्ने

१० असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको विरोधमा देशका विभिन्न सहरमा विरोध प्रदर्शन गर्ने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएर प्रतिनिधि सभामा पुगेको नागरिकता विधेयकका कतिपय प्रावधान विभेदकारी भएको जसपाको ठहर छ । असार १६ गते जिल्ला सदरमुकाम र मुख्य सहरहरूमा विरोध […]

रैनादेवी छहरा–७ का वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

१० असार, काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष देवेन्द्र पुनविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । वडाध्यक्ष पुनले काठ लिलाम तथा निकासी गर्ने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग पटक–पटक गरी ३ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उनीविरुद्ध मुद्दा दायर गरेको हो । अनुसन्धानको […]

एक महिनाको घरभाडा नलिए महानगरबाट बहाल कर छुट

१० असार, काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस (कोभिड-१९)को प्रभावले घर भाडामा बस्ने नगरवासीहरुलाई पर्न गएको असरलाई मध्यनजर गरी कम्तिमा एक महिनाको घर बहाल छुट दिने घरधनीलाई वार्षिक बहाल करमा छुट दिने घोषणा गरेको छ । घरभाडा छुट दिएको स्वघोषणा गरी आर्थिक बर्ष २०७६/७७ मा बुझाउनुपर्ने घर बहाल कर चुक्ता गर्न आएमा बाषिर्क बहाल करमा […]

सुरु भयो रातो मत्स्येन्द्रनाथको रथ निर्माण (फोटो फिचर)

१० असार, काठमाडौं । खडेरीबाट मुक्त हुनको लागि ललितपुरमा सबैभन्दा लामो समय मनाइने रातो मत्स्येन्द्रनाथको रथ निर्माणको काम फेरि सुरु भएको छ । कोभिड १९ को महामारीका कारण जारी लकडाउनले गर्दा गत २८ चैतमा अनिश्चितकालका लागि स्थगित गरिएको सो रथयात्राका लागि रथ निर्माणको काम सुरु गरिएको पाटनको तलेजु भवानी मन्दिरका पुजारी रक्षण राजोपाध्यायले जानकारी दिए […]

कोरोना रोकथामको खर्च विवरण माग्दै सुदूरपश्चिममा कांग्रेसद्वारा संसद अवरुद्ध

१० असार, कैलाली । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना महामारी रोकथाम र नियन्त्रणमा भएको खर्च सार्वजनिक गर्न माग गर्दै सुदूरपश्चिम प्रदेशको प्रदेशसभा अवरुद्ध गरेको छ । बुधबारको बैठकमा कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले कोरोना नियन्त्रणमा गरेको खर्च विवरण सार्वजनिक गर्न माग गरे । ‘कोरोनाको नाममा ५७ करोड रुपैयाँ खर्च भएको हामीले बुझ्यौँ । […]



from समाचार – Online Khabar https://ift.tt/2NqljKj
via IFTTT
Powered by Blogger.