समाचार
८ असार, काठमाडौं । संसदमा छलफलकै क्रममा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, तेस्रो संशोधन विधेयक, २०७६ विषयलाई लिएर केही दिनयता निजी क्षेत्र डराएको छ । अख्तियारलाई निजी क्षेत्र समेत हेर्न सक्नेगरी क्षेत्राधिकार तोकिएको भन्दै निजी क्षेत्र डराएको हो । यसै सन्दर्भलाई लिएर उद्योगीहरूको संगठन नेपाल उद्योग परिसंघको टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको छ […]
८ असार, जनकपुरधाम । नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने विषय राखेको विरोधमा सोमबार साँझ जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सात बर्षपछि अंगीकृत नागरिकता दिने निर्णय गरेपछि त्यसको भोलिपल्ट संसदको राज्य व्यवस्था समितिले नागरिकता विधेयकमा सहमति जुटाएको थियो […]
८ असार, सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ४९ करोड २१ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । सोमबार आयोजित छैठौं गाउँसभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याएको हो । गाउँपालिकाले आन्तरिक आम्दानी ५६ लाख ४० हजार, नेपाल सरकारको वित्तिय समानीकरणबाट १० करोड ३३ लाख, […]
८ असार, बुटवल । पाल्पाको तानसेन नगरपालिका–११ सम्मोबारीमा पहिरोले दुई वटा गाडी बगाउँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेका एउटा मिनी ट्रक र पानी बोक्ने ट्यांकर पहिरोले बगाउँदा तीन जना पुरुषको मृत्यु भएको हो । तीनजना मध्ये दुईजनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी […]
८ असार, गुल्मी । गुल्मीमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टेकु, काठमाडौं र प्रदेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीमा सोमबार ४४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा मालिका गाउँपालिकाका ९, इस्मा गाउँपालिकाका ३२, मुसिकोट नगरपालिकाका १ र रुरुक्षेत्र गाउँपालिकाका २ जना गरी कुल ४४ जनामा कोरोना […]
८ असार, काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेसँगै काठमाडौंका अस्थायी बासिन्दा गत चैतमा गृहजिल्लातिर लागेका थिए । कोही पैदल हिँडेरै गाउँसम्म पुगे, कसैले मालवाहक सवारी साधनमा कष्टपूर्ण यात्रा गरे । सरकारले ८० दिनको लकडाउनपछि असार १ गतेबाट जिल्लाभित्र जोर–बिजोर प्रणाली लागु गर्दै लकडाउनलाई खुकुलो बनाएको छ । सीमित जनशक्ति राखेर उद्योग […]
८ असार, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं बाहिर जानेको लागि पनि पास वितरणमा कडाइ गरेको छ । सोमबार सूचना जारी गरी उपत्यकाबाहिर जाँदा नियमपूर्वक क्वारेन्टिनमा राख्ने व्यहोरा सम्बन्धित स्थानीय तहले प्रमाणित गरेपछि मात्रै पास वितरण गर्ने उल्लेख गरेको हो । अब जुन स्थानीय तहमा जानको लागि पास माग गरिन्छ सोही स्थानीय तहले नियमपूर्वक […]
८ असार, काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच सोमबार भेटवार्ता भएको छ । भेटका क्रममा राजदूत क्वात्राले दुई देशबीचको सदियौदेखिको सम्बन्ध र नेपाल भारतबीच सम्पन्न भएका र सम्पन्न हुने क्रममा रहेका विकास आयोजनाका बारेमा छलफल भएको महान्यायाधिवक्ताको कार्याललयले जानकारी दिएको छ । महान्यायाधिवक्ता खरेलले संविधान सभाबाट बनेको नेपालको संविधान […]
७ असार, काठमाडौं । ‘यस्तो भीड हुन्छ भन्ने थाहा पाएको भए यहाँ आउने नै थिइनँ,’ अनामनगरको भाटभटेनी सपिङ कम्प्लेक्सबाट दुई झोला सामान लिएर निस्कका एक वृद्ध भुत्भुताउँदै थिए । मैतीदेवीमा बस्ने यी वृद्ध लकडाउनमा करिब ३ महिनासम्म घरभित्रै थुनिएर बसे । निजामति सेवाबाट अवकास पाएको बताउने उनी अनुशासनपूर्वक लकडाउन पालना गरे पनि त्यसको उपलब्धी केही […]
८, असार हेटौंडा । असार २ गते घरकै भान्सा कोठामा मृत भेटिएकी हेटौंडा उपमहानगरपालिका– ४ गर्दोही सूर्यचोककी सुस्मिता थापाको हत्यामा ससुरा र नन्दको संलग्नता देखिएको छ । एकसाता लामो अनुसन्धानपछि हत्यामा सुस्मिताका ससुरा प्रकाश थापा र नन्द सीताको संलग्नता पुष्टि हुने आधार भेटिएको मकवानपुरका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए । त्यस दिन खाना […]
८ असार, दाङ । दाङमा एक जना जनप्रतिनिधिसहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै दाङमा कोरोना संक्रमितको संख्या २८५ र घोराही उपमहानगरपालिकामा १ सय ४७ पुगेको छ । सोमबार देखिएका नयाँ संक्रमितहरु सबै घोराही उपमहानगरपालिकाका हुन् । जनप्रतिनिधि घोराही उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष हुन् भने अन्य १२ जना भारतबाट […]
८ असार, काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको बंगेरी पुल नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निजगढ नगरपालिका वडा नम्बर १० का ३४ वर्षीय डम्बर लामा र सोही ठाउँ बस्ने ४० वर्षीय रामबहादुर मोक्तान रहेका छन् । बाराका प्रहरी निरीक्षक रुद्र कँडेलका अनुसार मोटरसाइकलमा सवार लामाको घट्ना स्थलमै […]
८ असार, काठमाडौं । निजी शैक्षिक संस्थाले बन्द रहेको अवधिको शुल्क असुल गर्न लागेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आपत्ति जनाएको छ । निजी विद्यालय सञ्चालकहरुका संस्था प्याव्सन र एनप्याब्सनले अभिभावकलाई बाँकी रकम चुक्ता गर्न अपिल गरेपछि नेविसंघले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो । अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गर्दै पढाइ नभएको अवधिको […]
८ असार, सप्तरी । सप्तरीमा कोरोना संक्रमण पुष्टि भएको थाहापाए लगत्तै एक व्यक्ति क्वारेन्टिनबाटै भागेका छन् । हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर १ भारदहस्थित वीपी माविको क्वारेन्टिनमा बसेका २४ वर्षीय युवक क्वारेन्टिनबाट भागेका हुन् । उनको पीसीआर परीक्षणको रिपोर्ट सोमबार आएको थियो । रिपोर्ट पोजेटिभ आएको थाहा पाएपछि उनलाई छुट्टै कोठामा राखिएको थियो । तर […]
८ असार,विराटनगर । काठमाडौं प्रवेश गर्न अवरोध गरेको भन्दै नेपाली कांग्रेसले सोमबार प्रदेश १ को प्रदेशसभा अवरुद्ध गरेको छ । केन्द्र सरकारले आफ्ना नागरिकलाई दुःख दिँदा प्रदेश सरकार चुप बसेको भन्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो । कांग्रेसको अवरोधपछि सोमबारको प्रदेशसभा बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । कांग्रेसका प्रमुख सचेतक केदार […]
८ असार, काठमाडौं । जवाफदेहीता निगरानी समितिले नागरिकता विधेयकलाई भेदभावरहित बनाउन अपिल गरेको छ । राज्य व्यवस्था समितिबाट पारित नेपाल नागरिकता ऐन (पहिलो संशोधन) विधेयकमा ‘नेपाली पुरुष नागरिकसँग विवाह गरेका महिलालाई अङ्गीकृत नागरिकता प्राप्त गर्न कम्तिमा ७ बर्ष कुर्नुपर्ने र नेपाली महिला नागरिकले विदेशी पुरुषसँग विबाह गरेमा उक्त व्यवस्था लागू नहुने’ भन्ने प्रावधान भेदभावपूर्ण रहेको […]
८ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ९५०० नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवाबाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो पटक ओखलढुंगाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कहाँ कहाँ थपिए संक्रमित […]
८ असार, काठमाडौं । पाल्पाको तानसेन रिडी सडक खण्ड अन्तर्गत तानसेन नगरपालिका-११ स्थित सम्मोबारी भन्ने ठाउँमा पहिरोले दुई वटा गाडी बगाएकाे छ । पहिरोले एउटा ट्याङ्कर र एउटा मिनीट्रक बगाउँदा दुई जनाको शव भेटिएको पाल्पाका डीएसपी मदन गिरीले अनलाइनखबरलाई बताए । गिरीका अनुसार एक जनाको उद्धार गरिएको छ । डीएसपी गिरीले भने, ‘पहिरोले दुई वटा […]
८ असार, डोटी । डोटीको बडीकेदार गाउँपालिकाले कोरोनाको संक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको बैठकले गरेको निर्णयअनुसार गाउँपालिकाका कुनै पनि वासिन्दाको रोना संक्रमणको कारण मृत्यु भएको पुष्टि भए परिवारले ५० हजार पाउने छन् । बैठकले गाउँपालिकाभित्रका संक्रमितहरुलाई जनही १५०० रुपैयाँ दिने निर्णय पनि गरेको अध्यक्ष […]
८ असार, पोखरा । कास्कीको रुपा गाउँपालिकाले कोभिड–१९ लक्षित ४३ करोड १६ लाख ८१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । रोजगार गुमाएर फर्केकालाई स्वरोजगार बनाउने र उद्यम गर्न चाहनेलाई सहुलियतलाई ऋण दिने गरी सोमबार गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । गाउँसभामा गाउँपालिका अध्यक्ष नवराज ओझाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै […]
८ असार, काठमाडौं । असार १० गतेपछि लकडाउन पुनः कडाइ गर्ने कुनै तयारी नभएको सरकारी अधिकारीहरुले बताएका छन् । अहिले पनि लकडाउन कायमै रहेको र जनजीवनलाई सामान्य गराउन सीमित गतिविधिहरु खुकुलो गरिएको सरकारको भनाइ छ । कोभिड–१९ संकट व्यवस्थापन समितिका संयोजक ईश्वर पोखरेलले असार १० देखि पूर्ण लकडाउन हुने हल्ला निराधार रहेको बताए । जनताको […]
from समाचार – Online Khabar https://ift.tt/3dp8n1Z
via IFTTT





















