Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

असार १० पछि लकडाउन कडा हुने हल्ला निराधार : उपप्रधानमन्त्री पोखरेल

८ असार, काठमाडौं । असार १० गतेपछि लकडाउन पुनः कडाइ गर्ने कुनै तयारी नभएको सरकारी अधिकारीहरुले बताएका छन् । अहिले पनि लकडाउन कायमै रहेको र जनजीवनलाई सामान्य गराउन सीमित गतिविधिहरु खुकुलो गरिएको सरकारको भनाइ छ । कोभिड–१९ संकट व्यवस्थापन समितिका संयोजक ईश्वर पोखरेलले असार १० देखि पूर्ण लकडाउन हुने हल्ला निराधार रहेको बताए । जनताको […]

नेकपाको विद्यार्थी संगठनले भन्यो : निजी विद्यालयको शुल्क नतिर्नू

८ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले लकडाउन अवधिको कुनै पनि शुल्क नलिन निजी विद्यालयलाई आग्रह गरेको छ । निजी विद्यालयको प्रतिनिधिमूलक संस्था प्याब्सन र एनप्याब्सनले अभिभावकलाई शुल्क तिर्न आह्वान गरेको भोलिपल्ट अनेरास्ववियूले निजी विद्यालयको उक्त निर्णयको विरोध गर्दै शुल्क नलिन आग्रह गरेको हो । ‘कोरोना कहरका कारण लकडाउनले गर्दा आम […]

घटनाप्रति क्षमाप्राथी छौं, छानविन हुन्छ : पर्यटन बोर्ड

८ असार, काठमाडौं । नेपाल पर्यटन बोर्डले सोमबार आयोजना गरेको भर्चुअल मिटिङका दौरान भएको घटनाबारे क्षमा मागेको छ । पर्यटन क्षेत्रको व्यवसाय सञ्चालनका लागि बनेको निर्देशिका जारी गर्न आयोजना भएको मिटिङका दौरान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सम्बोधन गर्ने क्रममा पोर्न भिडियो बजेको थियो । मिटिङका क्रममा हृयाक भएर असामान्य परिस्थिति सिर्जना […]

एकैदिन ८० संक्रमित थपिएपछि आइसोलेन बनाउँदै पूर्वखोला गाउँपालिका

८ असार, काठमाडौं । पाल्पाको पूर्वखोला गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारका लागि आफैंले निर्माण गरेको आइसोलेसन प्रयोग गर्ने भएको छ । सोमबार एकै पटक ८० जनामा कोरोना संक्रमण पुष्टि भएपछि वडा नम्बर २ मा रहेको सरस्वती मावि र वडा नम्बर ३ मा रहेको उद्ध माविमा ५० बेडको आइसोलेसन बनाएर संक्रमितको उपचार गरिने गाउँपालिकाका स्वास्थ्य […]

प्रदेश २ मा १२८ जना कोरोना संक्रमित थपिए

८ असार, वीरगञ्ज । प्रदेश २ मा थप १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार १४ जना महिला र ११४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सर्लाहीमा ४७, रौतहट ३४, सिराहा २३, सप्तरीमा १३, धनुषामा १० र महोत्तरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको […]

संक्रमित युवकको सम्पर्कमा पुगेका ३८ जनाको नमुना संकलन

८ असार, काठमाडौं । गत शुक्रबार कोरोना संक्रमण पुष्टि भएका भीमसेन थापा गाउँपालिका–८ महादेवटारका युवकको सम्पर्कमा आएका ३८ जनाको सोमबार नमुना संकलन गरिएको छ । संक्रमित युवकसँग प्रत्यक्ष सम्पर्क भएका ३८ जनाको नमुना संकलन गरेर परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको वडाध्यक्ष बासु थापाले जानकारी दिए । सोमबार वडा नं ८ को जागेश्वर […]

प्रदेश १ मा १५ जना कोरोना संक्रमित थपिए, ४ जना एकै परिवारका

८ असार, विराटनगर । प्रदेश १ मा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार मोरङका १२ जना र झापा तीनजना गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले बताए । मोरङको रंगेली नगरपालिकाका ८ जना र सुन्दरहरैचा नगरपालिकाका ४ जनामा कोरोना पोजेटिभ देखिएको हो […]

बालबालिकको अनलाइन सुरक्षाप्रति शक्ति समूहको चासो

८ असार,काठमाडौं । लकडाउनको बेला विशेष गरी शिक्षण संस्थाहरु बन्द भएकाले बालबालिको मनोसामाजिक अवस्था र अनलाइन सुरक्षाबारे शक्ति समूहले अध्ययन थालेको छ । शक्ति समूहले बालबालिकाको अनलाइन सुरक्षा सम्बन्धि सचेतनामूलक भिडियो समेत सार्वजनिक गरेको छ । मानव बेचबिखन र आधुनिक दासता विरुद्धको अभियान चलाउँदै आएको शक्ति समूहले कोभिड १९ महामारीको बेला बालवालिकाको अनलाइन सुरक्षाप्रति चासो […]

कर्णालीमा थपिए २६ जना कोरोना संक्रमित

८ असार, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्ऽको प्रयोगशालमा भएको परीक्षणबाट सोमबार २६ जनामा कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये सुर्खेका १८, सल्यानका ४, दैलेख २ जना र हुम्लाका एक जना रहेको सामाजिक विकास […]

डब्ल्यूएचओ नेपालको अपिल : कोरोना महामारी सकिएको छैन, सतर्कता अपनाऔं

८ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को नेपाल कार्यालयले कोभिड–१९ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ । नेपाल सरकारले लडकडाउन खुकुलो बनाए पनि कोभिड–१९ को महामारी टरिनसकेकाले सतर्कता अपनाउनुपर्ने संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले बताए । उनले भने, ‘हामीले याद गर्नुपर्ने के हो भने महामारी अझै पनि छ […]

कस्ता समस्या भोग्दै छन् स्वास्थ्यकर्मीहरू ?

८ असार, काठमाडौं । दिल्लीको एक अस्पतालमा काम गर्ने ३१ वर्षीया कीर्ति शाह (परिवर्तित नाम) कोरोना भाइरसको यो आपतकालीन अवस्थामा पनि नियमित काममा सकि्रय छिन् । अस्पतालको आईसीयूमा काम गर्ने उनको आत्मविश्वासलाई कोरोनाको त्रासले कमी ल्याउन सकेको छैन । तर कोरोना महामारीसँगै उनलाई छुट्टै किसिमको कठिनाइले गाँज्ने गरेको छ । शाह भन्छिन् ‘मेरा लागि पछिल्लो […]

पाल्पामा एकैदिन थपिए ८२ जना कोरोना संक्रमित

८ असार, बुटवल । पाल्पामा एकैदिन ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको पूर्वखोला गाउँपालिकाको क्वारेन्टिनमा रहेका ८० जनामा र माथागढी गाउँपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सोमबार ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालका निमित्त प्रमुख विश्वराज […]

ठोरीमा वडा कार्यालयको ताला खुल्यो

८ असार, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका–१ मा विवादित बनेको स्वास्थ्य चौकी भवन निर्माण स्थल छनोट गर्न समिति गठन गरिएको छ । वडा समितिको बैठकले स्वास्थ्यचौकी बनाउने स्थान छनोट गर्न गणेशबहादुर बोहरा संयोजक रहने गरी १५ सदस्यीय समिति गठन वडाध्यक्ष रामप्रकाश कुँवरले जानकारी दिए । समिति गठन गर्ने सहमति भएपछि स्थानीयले वडा कार्यालयमा आइतबार लगाएको […]

उद्योग वाणिज्य महासंघको चुनाव साउन अन्तिम साता

८ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचत साउन मसान्तमा गर्ने निर्णय भएको छ । आइतबार महासंघको पदाधिकारीहरु बैठक बसी साउन अन्तिम साता साधारण सभा गराउने निर्णय गरेको थियो । दाधिकारी बैठकले गरेको निर्णयलाई सोमबार कार्यसमिति बैठकले अनुमोदन गर्ने महासंघका उपाध्यक्ष चन्द्र ढकालले जानकारी दिए । चैतमा नै साधारणसभा गर्नु पर्नेमा कोभिड-१९ को महामारीका […]

नारायणी लिफ्ट सिँचाइको नहरमा असार दोस्रो साता पानी छाडिने

८, असार, चितवन । पश्चिम चितवनमा सिँचाइको भरपर्दो स्रोत नारायणी लिफ्ट सिँचाइ आयोजनाले असार तेस्रो सातादेखि नहरमा पानी छाड्ने भएको छ । नहरमा पानी पठाउने चारवटा पम्प मर्मतका लागि बुटबल पठाइएकोमा दुईवटा मर्मत गरेर ल्याइएको छ । ती पम्प जडानको क्रममा रहेको नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालय प्रमुख खेमबहादुर पाठकले जानकारी दिए । बाँकी […]

सुदूरपश्चिमका ७० प्रतिशत कोरोना संक्रमित युवा

८ असार, डोटी । सुदूरपश्चिम प्रदेशमा पुष्टि भएका कोरोना भाइरस (कोभिड-१९)का संक्रमितहरुमध्ये धेरै युवाहरु रहेको पाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सुदूरपश्चिममा आइतबारसम्म पुष्टि भएको १००७ जना संक्रमितमध्ये करिब ७० प्रतिशत २० देखि ३९ वर्ष उमेर समूहका रहेका छन् । संक्रमित हुनेहरुमा नौ वर्षसम्मका बालबालिकाहरुको संख्या ४.४६ प्रतिशत र ६० वर्षभन्दा […]

गुल्मीमा १४ जना कोरोना संक्रमित थपिए

८ असार, गुल्मी । गुल्मीमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुरुक्षेत्र गाउँपालिकामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा रुरुक्षेत्र गाउँपालिकाका २६ वर्षीया एक महिला र १८ देखि ४९ वर्षसम्मका १३ जना पुरुष रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक छत्र अधिकारीले बताए । उनीहरु सबै […]

नेकपालाई कांग्रेसको चेतावनी : राजनीतिक दुर्घटना हुन्छ, सहमति नतोड्नुस्

८ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले अंगीकृत नागरिकताका विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको निर्णयले मुलुकलाई राजनीतिक दुर्घटनातिर लगेको बताएका छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै कांग्रेस सांसद देवले नेकपाको निर्णय अत्यन्त अदूरदर्शी, अपरिपक्व, मुलुकमा साम्प्रदायिक दङ्गा भड्काउने र प्रकारान्तरले मुलुकलाई नै विभाजनमा लैजाने खालको भएको टिप्पणी गरेका हुन् । […]

संघीय सरकारसँग प्रदेश २ को आग्रह– मल आपूर्तिमा गम्भीर बन

८ असार, जनकपुरधाम । प्रदेश २ को भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानका लागि मलको व्यवस्था गर्न संघीय सरकारको ध्यानकर्षण गराएको छ । मन्त्रालयले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘देशकै कुल उत्पादनमध्ये ३० देखि ४० प्रतिशतसम्म धान उत्पादन हुने प्रदेश २ मा अहिलेसम्म करिब २० प्रतिशत धान रोपाइँ भएको र अबको केही […]

दीपक मनाङेले दिए संसदीय समितिबाट राजीनामा, भने- लाज लाग्यो

८ असार, पोखरा । दीपक मनाङे भनेर चिनिने सांसद राजीव गुरुङले गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् । समितिको सदस्य भएर केही काम गर्न नसकेको र समितिको पनि काम नदेखेको भन्दै राजीनामा दिएको उनले अनलाइनखबरलाई बताए । ‘न सांसदको काम छ, न कुनै समितिको जिम्मेवारीअनुसार भूमिका छ । कामै नलाग्ने त्यस्तो […]

पर्यटनमन्त्री भट्टराई बोल्दाबोल्दै भर्चुअल मिटिङमा जब पोर्न भिडियो बज्यो…

८ असार, काठमाडौं । नेपाल पर्यटन बोर्डले सोमबार दिउँसो पर्यटनसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न ‘जुम एप’ भर्चुअल बैठक आयोजना गरेको थियो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई प्रमुख अतिथि थिए । जब सार्वजनिक भर्चुअल कार्यक्रममा मन्त्री बोल्न सुरु गरे, त्यसपछि एक्कसी पोर्न भिडियो बज्न थाल्यो । अनधिकृत रुपमा भर्चुअल मिटिङमा […]



from समाचार – Online Khabar https://ift.tt/2zY2PxK
via IFTTT
Powered by Blogger.