समाचार
८ असार, चितवन । चितवनमा मोटरसाइकल दुर्घटनामा परी एक पुरुषको मृत्यु भएको छ । कालिका नगरपालिका–६, स्थित भित्री सडक खण्डमा गएराति १ बजेतिर कमलपुरबाट स्वामीपुरतर्फ गइरहेको प्रदेश ३–०३–००२ प २०२३ नम्बरको मोटरसाइकल कल्भर्टबाट खसेको थियो । दुर्घटनामा गम्भिर घाइते भएको अन्दाजी ३२ वर्षीय पुरुषलाई तत्काल भरतपुर अस्पताल पठाइएको थियो । उनको उपचारको क्रममा सोमबार विहान […]
८ असार, बुटवल । प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २ हजार ४ सय ३९ पुगेको छ । आइतबार देशभर ४ सय २१ जना नयाँ संक्रमित थपिँदा प्रदेश ५ मा १ सय ४६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो । आइतबार अर्घाखाँची जिल्लामा सबैभन्दा धेरै ६५ जनामा कोरोना संक्रमण देखिएको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ […]
८ असार, काठमाडौं । चितवनमा थप पाँच जना कोरोना संक्रमित फेला परेका छन् । माडी नगरपालिकामा ४ जना र भरतपुर महानगरपालिकामा १ जना कोरोना संक्रमित फेला परेका हुन् । भरतपुरस्थित प्रयोगशालामा पछिल्लो पटक कूल २७० नमुना परीक्षण गरिएकामा चितवनका ५ र पूर्वी नवलपरासीका १६ जनामा कोरोना पुष्टि भएको छ । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा […]
७ असार, झापा । झापाको कनकाई नगरपालिकास्थित कोटिहोममा नागरिकस्तरबाट पीसीआर ल्याब स्थापना हुने भएको छ । एकका लागि एक अभियानमार्फत रकम संकलन गरी कोरोना भाइरस परीक्षण गर्ने पीसीआर ल्याब स्थापना गर्न लागिएको हो । कोटिहोममा रहेको समर्पण भवनको दुईवटा कोठामा ल्याब सञ्चालन गर्ने तयारी गरिएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए । आइतबार बिर्तामोडमा बसेको […]
८ असार, काठमाडौं । ललितपुर–५, लगनखेलबाट १३ वर्षीया बालिकालाई काममा लगाइदिन्छु भनेर भारतमा विक्री गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ इटहरी बस्दै आएका कृष्ण मगर र कास्की लेकसाइड बस्दै आएका प्रविण तामाङ छन् । नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले भारतीय प्रहरीको सहयोगमा पीडितलाई उद्दार गरी दुई जनालाई […]
८ असार, इलाम । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले सूर्योदय नगरपालिकाले तोकेको हरियो चियाको न्यूनतम समर्थन मूल्य किसानले पाउनुपर्ने बताएका छन् । उद्योगीले नगरले तोकेको समर्थन मूल्य नदिएको गुनासो गर्दै किसानले हरियो चियापत्तीको मूल्य बढाई दिन माग गर्दै आन्दोलन शुरु गरेका बेला उनले चिया उद्योगीको कुनै समस्या भए बोर्ड […]
८ असार, काठमाडौं । गण्डकी प्रदेशका दुई जिल्लामा थप २० जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । स्याङ्जामा १२ र नवलपुरमा ८ जना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ५ सय ४० पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका […]
८ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कोभिड–१९ को रोकथाम, उपचार, व्यवस्थापनलगायतका काममा भएको खर्च विवरण सार्वजनिक गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले हालसम्म ५७ करोड ४८ लाख रुपैयाँ खर्च भएको जानकारी दिएको छ । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले कोरोना भाइरसको रोकथाम उपचार र व्यवस्थापनका लागि खडा गरिएको कोषबाट […]
८ असार, काठमाडौं । ब्राजिलमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । कोरोनाबाट सबैभन्दा धेरै मृत्यु हुने देशहरुको सूचीमा अमेरिकापछि ब्राजिल दोस्रो स्थानमा छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार ब्राजिलमा कोरोना भाइरसका कारण ५० हजार ५ सय ९१ जनाको मृत्यु भएको छ । कोरोना संक्रमितको संख्या १० लाख ८३ हजारभन्दा […]
८ असार, ओखलढुंगा । ओखलढुंगामा पहिलो पटक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लिखु गाउँपालिकाका एक २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । भारतबाट फर्किएका उनको पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै आइतबार साँझ ओखलढुंगामा कोरोना संक्रमित भेटिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए । संक्रमित लिखु गाउँपालिकाको क्वारेन्टिनमा छन् । भारतको […]
७ असार, काठमाडौं । धादिङका टंकबहादुर श्रेष्ठले भाडाको ट्याक्सी चलाउन थालेको २० वर्ष भयो । परिवारको जीविकोपार्जनका लागि एउटै मात्र आम्दानीको स्रोत रहेको उनको ट्याक्सी लकडाउनका कारण लामो समय थन्कियो । सरकारले जेठ ३२ देखि लकडाउन खुकुलो पारे पनि अहिलेसम्म भाडाका ट्याक्सी चलाउन अनुमति दिएको छैन । तर सरकारले अनुमति नदिएर के भो ? जनताका […]
७ असार, काठमाडौं । वैवाहिक अंगीकृत नागरिकताको प्राप्तिको प्रावधानबारे हुने गरेको एउटा तीतो टिप्पणी हो- एक हातमा सिन्दुर र एक हातमा नागरिकता । तर, यो व्यवस्था हटाउने गरी आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन’ बहुमतका आधारमा पास गरेको छ । राज्य व्यवस्था समितिको प्रतिवेदनसहित […]
यो राष्ट्रवाद जागेको बेला हो । यतिबेला राष्ट्रवादीहरुको भाष्यभन्दा फरक धारमा बोल्नु आफैंमा जोखिमपूर्ण हुन सक्छ । आज नेपालीसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नेपालको नागरिकता दिने प्रस्ताव नेकपाले पारित गरिसकेको छ । यो निर्णयले नेपालको आम मधेसी समुदायमा एकखालको मनोवैज्ञानिक त्रास पैदा गरेको छ । नेपालको संविधानको धारा २८९(१) ले पहिले नै […]
७ असार, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा करिब २ बर्षदेखि अडि्कएको नागरिकता विधेयकको एउटा विवादित विषय थियो- नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषलाई पनि अंगीकृत नागरिकता दिनुपर्ने प्रस्ताव । खासगरी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का यशोदा सुवेदी गुरुङ, रेखा शर्मालगायतका महिला सांसदहरुले यो विषयलाई उठाउँदै आएका थिए । त्यही बहसका क्रममा […]
७ असार, काठमाडौं । विद्यालय सञ्चालकहरूले सरकारको निर्णय विपरीत लकडाउनको समयको पनि शुल्क बुझाउन अभिभावकहरूलाई आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले आइतबार संयुक्त रुपमा शुल्क तिर्न अभिभावकलाई आग्रह गरेको हो । प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन-प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाद्वारा […]
७ असार, काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई कडा आदेश दिएको छ– लकडाउन पूर्णरुपमा खुलेको एक महिनाभित्र कर उठाउनू । सरकारको तर्क छ– लकडाउन असार १ गतेबाटै खुलिसक्यो, अब व्यवसायीले असार मसान्तभित्र कर बुझाइसक्नुपर्छ । सर्वोच्चले दिएको कर तिर्ने ‘टाइमलाइन’ र सरकारले गरेको दाबी एकाआपसमा बाझिएका छन् । सरकारले जेठ मसान्तपछि लकडाउन थपेको घोषणा गरेको छैन […]
७ असार, काठमाडौं । नेपाली सेनाले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध राम्रो काम गर्दागर्दै विवादमा मुछिएको भन्दै असन्तुष्टि जनाएको छ । सैनिक नीति तथा योजना तय गर्न छलफल गरिने ‘पृतनापति समन्वयात्मक बैठक’मा महामारीमा सेनाले गरेका कामकारबाहीबारे छलफल भएको थियो । जङ्गी अड्डामा दुई दिनसम्म चलेको बैठकमा सहभागी एक उच्च सैन्य अधिकृतका अनुसार कोरोना महामारीमा राम्रो काम […]
७ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या नौ हजार २६ पुगेको छ । उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने एक हजार ७७२ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १९४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको […]
७ असार, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिबाट आइतबार नेपाल नागरिकता ऐन (पहिलो संशोधन) विधेयक २०७५ पारित भएको छ । संघीय संसदमा सुविधाजनक बहुमत रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेपालीसँग बिहे गरेका विदेशी महिलालाई वैवाहिक सम्बन्ध कायम गरेर नेपालमा निरन्तर सात वर्ष स्थायी बसोबास गरेपछि अंगीकृत नागरिकता दिने निर्णय गरेको भोलिपल्ट मिनी संसदबाट […]
७ असार, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्ष स्थायी बसोबास गरेपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्थासहित नागरिकता विधेयक बहुमतले पास गरेको छ । समितिको यो निर्णयमा विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (राजपा र समाजवादी)ले फरक मत राखेका छन् । वैवाहिक अंगीकृत नागरिकताबारे सहमति […]
७ असार, जनकपुरधाम । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने राज्य व्यवस्था समितिको प्रस्तावको विरोधमा प्रदेश २ का जिल्लामा आइतबार प्रदर्शन भएको छ । नेपाली कांग्रेस, उसका भ्रातृ संगठन तरुण दल, जनता समाजवादी पार्टी तथा सीके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयकविरुद्व प्रदर्शन गरेका छन् । प्रदर्शन गर्दै उनीहरुले उक्त […]
from समाचार – Online Khabar https://ift.tt/3hSYBIW
via IFTTT






















