Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

देशभर फैलियो मनसुनी वायु, अझै दुई दिनसम्म वर्षा हुन्छ : मौसमविद

८ असार, काठमाडौं । मनसुन सक्रिय भएसँगै देशभर वर्षा भएको छ । कतिपय स्थानमा बाढी र पहिरोसमेत आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १२ देखि पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन आइतबार सुदूर प्रदेशसम्म फैलिएको छ । मनसुन अवधिभर पश्चिमी वायुको प्रभावलाई मनसुनी वायुले विस्थापित गर्दछ र वर्षा हुन्छ । मौसमविद मिन […]

राष्ट्रिय गौरव र रुपान्तरणकारी ३८ आयोजनालाई डेढ खर्ब बजेट

३२ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ठूला र रुपान्तरणकारी आयोजनालाई प्राथमिकता दिने बताएको छ । सोहीअनुसार सरकारले राष्ट्रिय गौरवका २१ आयोजना र रुपान्तरणकारी नाम दिइएका १४ आयोजनाले बजेट पाएका छन् । विकास बजेटतर्फको सबैभन्दा ठूलो बजेट यी ३८ वटा आयोजना/कार्यक्रममा खर्च गर्ने लक्ष्य सरकारको रहेको छ । यी ३८ वटा आयोजनालाई १ खर्ब […]

हेटौंडा-काठमाडौं सडकखण्डमा पहिरोले अवरूद्ध

८ असार, मकवानपुर । हेटौंडा-कुलेखानी-काठमाडौं सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरीखेत र इन्द्र सरोवर गाउँपलिका–२ हेभीमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको छ । अहिले पहिरो गएका ती दुई ठाउँको सडक खुलाउन स्काभेटरले पहिरो हटाउने काम शुरु गरिसकिएको र सम्भवतः आज दिउँसोसम्ममा सडक आवागमन पुनः शुरु हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए । […]

तनाव चीन र भारतको, चिन्ता गोर्खालीको

८ असार, काठमाडौं । दुई विशाल छिमेकी देशहरु सीमा क्षेत्रमा आमने–सामने भइरहँदा नेपालीहरुको पनि यथेष्ट ध्यान तानिएको छ । भारत र चीनबीचको जारी तनावले युद्धको रुप नलेओस् भन्ने कामना नेपालीहरुले पनि गरिरहेका छन् । छिमेकी देशहरु युद्धमा होमिएको खण्डमा नेपाललाई प्रत्यक्ष/परोक्ष असर त परिहाल्छ । त्यसबाहेक नेपालीहरुले चिन्ता लिनुको अर्को महत्वपूर्ण कारण हो, सम्भावित लडाईंमा […]

सरकारलाई गर्भवतीको प्रश्न : यो उद्धार हो कि सैनिक शासन ?

८ असार, काठमाडौं । दुबईबाट शुक्रबार हुने दोस्रो चार्टर्ड फ्लाइटमा नेपाल फर्किन शर्मिला रेग्मीले टिकट काटिन् । गर्भवती अवस्थामा रहेकाले उनी स्वदेश फर्कने प्राथमिकताको सूचीमा परेकी थिइन् । स्थानीय समय अनुसार बिहीबार बेलुकी ६ (नेपालको बेलुकी ७.४५) बजे उनी दुबईको एयरपोर्टमा छिरिन् । उडान दुबईको समय अनुसार राति १ बजे (नेपालको बिहान २.४५ बजे) हुने […]

सरकारले उत्पादक र आपूर्तिकर्तासँग माग्यो विद्युतीय बसबारे जानकारी

८ असार, काठमाडौं । साझा यातायातलाई दिएको ३ अर्ब फिर्ता लिएको ५ महिनापछि सरकारले विद्युतीय बस किन्न प्रक्रिया सुरु गरेको छ । सरकारले सोमबार एक सार्वजनिक सूचना निकालेर विद्युतीय बसको उत्पादक र आपूर्तिकर्ता कम्पनीसँग ‘जानकारी’ मागेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक सूचना जारी गर्दै जुलाई १ तारेकसम्म आफूसँग उपलब्ध विद्युतीय बसबारे विस्तृत […]

भारतमा रोकिएन कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा ४४५ को मृत्यु

८ असार, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा करिब १५ हजार नयाँ संक्रमित भेटिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा १४ हजार ८२१ नयाँ संक्रमित भेटिएका छन् । यससँगै भारतमा कोरोना भाइरसका संक्रमितको संख्या पनि चार लाख २५ हजार २८२ पुगेको छ । अघिल्लो २४ घण्टामा पनि भारतमा कोरोना भाइरसका […]

विश्वभर एकैदिन भेटिए सबैभन्दा धेरै कोरोना संक्रमित

८ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरस (कोभिड–१९) का अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा विश्वभर एक लाख ८३ हजार नयाँ संक्रमित फेला परेका छन् । यीमध्ये ६० प्रतिशत उत्तर र दक्षिणी अमेरिकामा छन् । पछिल्लो समय विश्वका धेरैजसो मुलुकले बिस्तारै […]

गुल्मीमा ८ महिने शिशुसहित १४ जना कोरोना संक्रमितलाई घर पठाइयो

८ असार, गुल्मी । कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएको भन्दै गुल्मीमा आठ महिने शिशुसहित १४ जना संक्रमितलाई घर पठाइएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर ४ का आठ महिने शिशुसहित १४ जना डिस्चार्ज भएका रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए । संक्रमित भएकाहरुमा कुनै पनि लक्षण नदेखिएकाले कोरोना मुक्त भए/नभएको जाँच नगरी घर पठाइएको […]

नेकपाकै कारण गिजोलियो एमसीसी : के भन्छन् स्थायी कमिटीका नेता ?

८ असार, काठमाडौं । चिया पसलदेखि भट्टीपसलसम्म अहिले सर्वाधिक चर्चा र चासोको ‘टपिक’ बनेको छ एमसीसी । राजनीतिको शीर्ष तहमा रहेका नेतादेखि युट्युबरले बनाएका भाइरल मेनहरु पनि एमसीसीकै बहसमा केन्द्रित भइरहेका छन् । यस्तोबेला संसदबाट सम्झौता पारित गर्ने वा नगर्ने निर्णायक ठाउँमा चाहिँ सत्तारुढ नेकपा छ । अमेरिकी विकास सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सेवा सुरु

८ असार, घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा सोमबारबाट उपचार सेवा सुरु भएको छ । ५ असारमा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीसहित चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि ६ असारदेखि दुई दिनका लागि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएको थियो । अस्पताल क्षेत्रलाई स्यानिटाइज गरेर सोमबारदेखि उपचार सेवा सुरु गरेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाशप्रसाद […]

गुल्मी सदरमुकाम नजिकै पहिरो, ७ घर जोखिममा

८ असार, गुल्मी । अविरल वर्षासँगै आएको पहिरोले गुल्मीको सदरमुकाम नजिकै ७ वटा घर जोखिममा परेका छन् । निर्माणाधीन तम्घास–खाम्सेपानी सडक खण्डमा पर्ने रेसुङ्गा नगरपालिका वडा नम्बर–७ स्थित बेतुखर्कमा पहिरो जाँदा घरहरु जोखिममा परेका हुन् । पहिरोबाट राम बहादुर खड्का, लक्ष्मी कुवँर, पदम विष्ट, मुमेन्द्र थापा मगर, पोम नारायण सुवेदी, दीपक सुनार र विष्णु कुँवरको […]

चितवनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

८ असार, चितवन । चितवनमा मोटरसाइकल दुर्घटनामा परी एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–४ का २७ वर्षीय राम महतो रहेको प्रहरीले जनाएको छ । कालिका नगरपालिका–६, स्थित भित्री सडक खण्डमा गएराति १ बजेतिर कमलपुरबाट स्वामीपुरतर्फ गइरहेको प्रदेश ३–०३–००२ प २०२३ नम्बरको मोटरसाइकल कल्भर्टबाट खसेको थियो । दुर्घटनामा गम्भिर घाइते भएका अन्दाजी […]

लकडाउनमा महँगो भाडा लिएर यात्रु ओसार्दै यातायात व्यवसायी

८ असार, काठमाडौं । लकडाउनका बेला पनि सवारी पासविनै महँगो भाडा लिएर यातायात व्यवसायीले गाडी चलाउने गरेको खुलेको छ । महानगरीय प्रहरी वृत्त, थानकोटले नेपालगञ्ज र झापाबाट आएका तीन वटा गाडीलाई नियन्त्रणमा लिएसँगै सार्वजनिक यातायात चलाउन थालेको खुलेको हो । थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार पासविना कोरोनाको परीक्षण समेत नभएका व्यक्तिलाई महँगोमा ओसारेको अभियोगमा तीन […]

प्रदेश ५ मा कोरोना संक्रमित २४ सय बढी, ८ हजार बढी स्वाब परीक्षण हुन बाँकी

८ असार, बुटवल । प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २ हजार ४ सय ३९ पुगेको छ । आइतबार देशभर ४ सय २१ जना नयाँ संक्रमित थपिँदा प्रदेश ५ मा १ सय ४६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो । आइतबार अर्घाखाँची जिल्लामा सबैभन्दा धेरै ६५ जनामा कोरोना संक्रमण देखिएको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ […]

चितवनमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

८ असार, काठमाडौं । चितवनमा थप पाँच जना कोरोना संक्रमित फेला परेका छन् । माडी नगरपालिकामा ४ जना र भरतपुर महानगरपालिकामा १ जना कोरोना संक्रमित फेला परेका हुन् । भरतपुरस्थित प्रयोगशालामा पछिल्लो पटक कूल २७० नमुना परीक्षण गरिएकामा चितवनका ५ र पूर्वी नवलपरासीका १६ जनामा कोरोना पुष्टि भएको छ । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा […]

झापामा नागरिक स्तरबाट पीसीआर ल्याब बन्दै

७ असार, झापा । झापाको कनकाई नगरपालिकास्थित कोटिहोममा नागरिकस्तरबाट पीसीआर ल्याब स्थापना हुने भएको छ । एकका लागि एक अभियानमार्फत रकम संकलन गरी कोरोना भाइरस परीक्षण गर्ने पीसीआर ल्याब स्थापना गर्न लागिएको हो । कोटिहोममा रहेको समर्पण भवनको दुईवटा कोठामा ल्याब सञ्चालन गर्ने तयारी गरिएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए । आइतबार बिर्तामोडमा बसेको […]

नवलपुरका थप १६ जनामा कोरोना, बुलिङ्गटारमा मात्रै १४ संक्रमित

८ असार, काठमाडौं । पूर्वी नवलपरासी (नवलपुर)मा थप १६ जना कोरोना संक्रमित फेला परेका छन् । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुर जिल्लाको बुलिङ्गटार गाउँपालिकाका १४ र गैंडाकोट नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो । यससँगै सोमबार विहानमात्रै नवलपुरमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या २४ पुगेको छ । यसअघि सोमबार बिहान नै गण्डकी प्रदेशको […]

भारतको डान्स बारबाट नेपाली बालिकाको उद्दार, दुई जना पक्राउ

८ असार, काठमाडौं । ललितपुर–५, लगनखेलबाट १३ वर्षीया बालिकालाई काममा लगाइदिन्छु भनेर भारतमा विक्री गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ इटहरी बस्दै आएका कृष्ण मगर र कास्की लेकसाइड बस्दै आएका प्रविण तामाङ छन् । नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले भारतीय प्रहरीको सहयोगमा पीडितलाई उद्दार गरी दुई जनालाई […]

‘नगरले तोकेको मापदण्डमा चियाको मूल्य देऊ’

८ असार, इलाम । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले सूर्योदय नगरपालिकाले तोकेको हरियो चियाको न्यूनतम समर्थन मूल्य किसानले पाउनुपर्ने बताएका छन् । उद्योगीले नगरले तोकेको समर्थन मूल्य नदिएको गुनासो गर्दै किसानले हरियो चियापत्तीको मूल्य बढाई दिन माग गर्दै आन्दोलन शुरु गरेका बेला उनले चिया उद्योगीको कुनै समस्या भए बोर्ड […]

स्याङ्जाका १२ र नवलपुरका ८ जनामा कोरोना संक्रमण पुष्टि

८ असार, काठमाडौं । गण्डकी प्रदेशका दुई जिल्लामा थप २० जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । स्याङ्जामा १२ र नवलपुरमा ८ जना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ५ सय ४० पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका […]



from समाचार – Online Khabar https://ift.tt/3hR34f6
via IFTTT
Powered by Blogger.