समाचार
२१ असार, काठमाडौं । दिनको समयमा वर्षा हुन छाडेपछि काठमाडौं उपत्यकामा गर्मी हृवात्तै बढेको छ । रातिमा वर्षा भए पनि दिनमा चर्को घाम लाग्ने हुनाले गर्मी बढेको छ । विगतका वर्षमा गर्मी मौसममा स्वीमिङ पुलमा पौडी खेल्नेहरुको संख्या धेरै हुन्थ्यो । तर यसवर्ष कोरोना महामारीका कारण स्वीमिङ पुलहरु बन्द छन् । भक्तपुरमा केही बालबालिकाले नःपोखरीमा […]
२१ असार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष प्रचण्डसँग वार्ता गरिरहेका बेला नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् । प्रधानमन्त्रीको सन्देश बोकेर नेम्वाङले आइतवार बिहान देउवालाई भेटेका हुन् । देउवासँग प्रधानमन्त्रीले दुई दिनअघि छलफल गरेका थिए । नेम्वाङले भने संवैधानिक परिषद बैठक र एमसीसी लगायतका विषयमा विपक्षीय […]
२१ असार, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई)मा थप छ, भारतमा पाँच, ओमान र कुवेतमा एक/एक नेपालीको मृत्यु भएको हो । समितिका अनुसार शनिबार साँझसम्म विभिन्न १४ देशमा १४३ नेपालीको कोरोना संक्रमणबाट मृत्यु […]
२१ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु भएका बाग्लुङका पुरुष असार एक गते भारतबाट नेपाल आएका थिए । नेपाल आएको २१ औं दिनमा उनको मृत्यु भयो । परिवारसहित मजदुरी गर्न गएका उनको भारतमै क्षयरोगको उपचार गरिएको थियो । तर २९ वर्षीय श्रीमान्को उपचारका लागि खर्च जुटाउन नसकेपछि श्रीमती छोराछोरीसहित बिरामी श्रीमान्लाई लिएर […]
२१ असार, काठमाडौं । प्रहरीले सामूहिक बलात्कार गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका बस्ने दोलखाका पासाङ शेर्पा र कागेश्वरी मनोहरा बस्ने सिन्धुपाल्चोकका भुवन विष्ट छन् । महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी नविन कार्कीका अनुसार पीडितले खबर गरेलगत्तै शनिबार राति नै उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार महिला पसल […]
२१ असार, काठमाडौं । चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकहरूले प्रदर्शन गरेका छन् । झापाको मेडिका हस्पिटलमा कार्यरत डा. सुधाकर झामाथि कुटपिट गर्नेहरूमाथि कारबाहीको माग गर्दै चिकित्सकको एउटा टोलीले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । असार ११ गते मेडिका हस्पिटलको इमर्जेन्सीमा कार्यरत डा. झामाथि बिरामी कुरुवाको १० जनाजतिको समूहले कुटपिट गरेको थियो । घटना भएको […]
२१ असार, विराटनगर । मोरङको विराटनगरमा एक निजी अस्पतालले अनुमति नै नलिई ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना एन्टीबडी परीक्षण गरेको खुलेको छ । म्याक्स इन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टरले अनुमति नै नलिई परीक्षण गरेको पाइएको हो । अस्पतालको आकस्मिक कक्षको लेटरप्याड प्रयोग गरी दिँदै आएको रिपोर्ट जाँचका लागि जनही २ हजार रुपैयाँ लिने गरिएको […]
२१ असार, काठमाडौं । बागलुङमा क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य प्रमुख सुरज गौरका अनुसार मृतक युवकको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । निसीखोला गाउँपालिका–२ घर भएका २९ वर्षीय युवकको आइतबार बिहान क्वारेन्टिनमै मृत्यु भएको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले जानकारी दिए । उनका अनुसार […]
२१ असार, काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच पार्टी एकतालाई बचाउँदै सहमतिका आधारहरू खोज्ने सहमति भएको छ। सोमबार बिहान स्थायी कमिटीको बैठक बस्नुअघि दुई अध्यक्षबीच पुनः छलफल गर्ने सहमति भएको छ । आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच वार्ता भएको थियो । वार्तामा केपी […]
२१ असार, काठमाडौं । आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ आफूलाई शिक्षा प्रदान गर्ने […]
२१ असार, सुर्खेत । कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएका कर्णालीका दुईजना चिकित्सक संक्रमणमुक्त भएका छन् । कर्णाली प्रदेश अस्पतालमा कार्यरत दुईजना चिकित्सक आइतबार संक्रमणमुक्त भएपछि डिस्चार्ज भएका छन् । उनीहरुमा असार ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएका चिकित्सकलाई अस्पतालको निवास क्षेत्रको निर्माण गरिएको आइसोलेसन राखिएको थियो । उनीहरुको पुनः परीक्षण […]
२१ असार, काठमाडौं । काठमाडौंको बानियाँटारकी १२ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा आफूलाई विश्व हिन्दु महासंघको पदाधिकारी र युट्युबर बताउने अर्जुन शिवाकोटी छन् । उनले पीडित बालिकाको परिवारलाई हत्या गर्ने धम्की दिएर करणी गरेको पीडित बालिकाको भनाइ छ । प्रहरी प्रशासनसँग समेत राम्रो चिनजान भएको बताएपछि […]
२१ असार, काठमाडौं । महानगर यातायात, चक्रपथमा चल्ने सबैभन्दा परिचित बस कम्पनी हो । कम्पनीमा २१ सेयर सदस्यका ३९ वटा बस छन् । चैत ११ मा लकडाउन भएपछि कम्पनीले चैतको बैङ्क किस्ता तिर्न सकेको छैन । तिरोस् पनि कसरी ? फागुनबाटै कोरोनाको त्रासले यात्रु घटेका थिए, आम्दानी घटेर तनाव भइसकेको अवस्थामा लकडाउन भइदियो । बसहरू […]
२१ असार, काठमाडौं । कोरोनाका कारण ६ महिनादेखि बन्द नेपाल-चीन रसुवागढी नाका सोमबारदेखि सञ्चालनमा आउने भएको छ । दुई देशबीचको व्यापार सुचारु गर्ने सुरक्षा मापदण्डमा समझदरी बनेपछि नाका खुल्ने निश्चित भएको रसुवागढी भन्सार कार्यालय प्रमुख पुण्यबिक्रम खड्काले बताए । सुरूवातमा हिमपात र पहिरोका कारण पुस १४बाट नाका बन्द थियो । त्यसपछि कोरोनाको महामारीले प्रभावित भयो […]
२१ असार, तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले बाँदर पीडित कृषकलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण गरेको छ । गाउँपालिकाका ७ वटै वडाका कृषकहरुलाई गाउँपालिकाले बाँदर धपाउने बन्दुक निःशुल्क विरतण गरेको हो । पहिलो चरणमा ९० थान बन्दुक वितरण गरिएको छ । वालिङ नगरपालिकाबाट रु दुई लाख ५० हजार मूल्य बराबरको बन्दुक खरिद गरेर ल्याई कृषकहरुलाई […]
२१ असार, सुर्खेत । वीरेन्द्रनगरको कालागाउँस्थित कर्णाली प्रदेश अस्पतालको ओपीडी सेवा आइतबारदेखि पुनः सुरु भएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि बन्द भएको ओपीडी सेवा आइतबारदेखि सञ्चालनमा आएको हो । चिकित्सकसहित नौंजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भेटिएपछि प्रदेश अस्पतालले असार ११ गतेदेखि आकस्मिक बाहेका सबै सेवा बन्द गरेको थियो । अस्पतालका निर्देशक डा. डम्बर […]
२१ असार, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण तीब्र वृद्धि हुन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये ४ जिल्लामा कोरोना संंक्रमितको संख्या ५०० नाघेको छ । शनिबारसम्म कैलालीमा ८२९, अछाममा ५८६, बाजुरामा ५३९ र डोटीमा ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या अहिलेसम्म तीन […]
२१ असार, वीरगञ्ज । मिर्गाैला रोगी बाराको कलैया उपमहानगरपालिका–२४, मनहर्वाका–१३ बर्षका निराजन चौधरीको उपचारमा समस्या भएको छ । परिवारको कमजोर आर्थिक अवस्थाका कारण बालकको उपचारमा समस्या भएको भन्दै परिवारले सहयोगको अपिल गरेको छ । गाउँकै विद्यालयमा ७ मा अध्ययनरत चौधरी दुई महिनाअघि अचानक बिरामी परे । उनमा कपाल झर्ने, जिउ सुन्निने, शरीरको रंग फेरिने, जोर्नी […]
२१ असार, काठमाडौं । नेकपाका शीर्षनेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार भेटवार्ता गरेका छन् । शीतलनिवासमा भएको भेटमा नेताहरुले अहिले राष्ट्रपतिलाई महाअभियोग लगाउने वा हटाउनेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर राष्ट्रपतिमाथि षड्यन्त्र भइरहेको बताएका थिए । शीतलनिवासबाट फर्केर प्रधानमन्त्रीले बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुसँग छलफल गरेका […]
सिड्नी । अस्ट्रेलियामा नेपाल चिनाउने के-के कुरा छन् होला ? यो ब्यापक चासोको कुरा हो । नेपाल र नेपाली पहिचान जनाउने केही व्यवसाय, केही संस्थाका नामहरु, केही पुस्तकहरु, नेपाली खानेकुरा, नेपाली पोशाक यस्तै-यस्तै । ब्रिसबेनमा तीन दशकअघि विश्व ब्यापार सम्मेलनताका बनेको नेपाली मन्दिर त्यहाँ जाने सबैको लागि तीर्थस्थल बनिसकेको छ । हालै मर्मत सम्हार गरिएपछि […]
२१ असार, डोटी । डडेल्धुरा अस्पतालमा एक महिलाले पानीको फोकासहित बच्चा जन्माएकी छिन् । ‘इन काउल बर्थ’ भनिने यस्तो घटना प्रसुति प्रकृयामा निकै दुर्लभ मानिने चिकित्सकहरु बताउँछन् । शनिबार डोटीको दिपायल सिलगढी नगरपालिकाकी २८ वर्षीया माया बोहराले डडेल्धुरा अस्पतालमा जुम्ल्याहा बच्चा जन्माएकी हुन् । शल्यक्रियामार्फत प्रसुति गराउने क्रममा ‘इन काउल बर्थ’ भएको अस्पातालका चिकित्सक डा. […]
from समाचार – Online Khabar https://ift.tt/2AvlQYu
via IFTTT






















