Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

जनकपुर अस्पतालमा उपचाररत कोरोना संक्रमितको अवस्था गम्भीर

२० असार, वीरगञ्ज । प्रदेश २ मा दुई जना कोरोना संक्रमितको अवस्था गम्भिर रहेको पाइएको छ । दुवै जना महोत्तरीबाट रिफर भई जनकपुरस्थित लेभल–२ कोभिड अस्पतालमा भर्ना भएका छन् । शुक्रबार राति साढे १० बजे महोत्तरीको रामगोपालपुरबाट ३० वर्षीय एक युवकलाई जनकपुरस्थित अस्पतालमा ल्याइएको थियो । श्वास प्रश्वासमा समस्या देखिएपछि रामगोपालपुरको क्वारेन्टिनबाट उनलाई रिफर गरिएको […]

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

२० असार, पोखरा । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशका ६ जिल्लामा १६ जनामा कोरोना संक्रमण देखिएको हो । शनिबार कोरोना संक्रमण पुष्टि हुनेमा ७ जना नवलपरासीका छन् । देवचुली नगरपालिकाका २० देखि ३९ […]

बझाङको केदारस्युँ गाउँपालिकामा पहिरो, स्थानीय भन्छन्- १७ घर पुरिए

२० असार, काठमाडौं । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएको स्थानीयले बताएका छन् । स्थानीय प्रशासनले भने क्षतिको एकिन विवरण आउन नसकेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले अनलाइनखबरसँग भने, ‘पहिरो आयो भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ तर क्षतिको विवरण आइसकेको छैन ।’ उनले बागथला […]

गोरखा अस्पतालमा कोरोना संक्रमितको मृत्यु

२० असार, काठमाडौं । गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नं. ७ निवासी ४४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३३ पुगेको छ । गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नविन थापाले ती पुरुषको शनिबार बिहान ५ बजेर […]

गत वर्ष बनाइएको सिँचाइ बाँध बाढीले भत्कायो

२० असार,बुटवल । भारी वर्षाका कारण आएको बाढीले कपिलवस्तुको विजयनगर गाउँपालिकास्थित डगडई सिँचाइ बाँध भत्काइदिएको छ । विजयनगर–३ मा रहेको बाँधको पूर्वतिरबाट माटो पटान गरी बनाइएको भाग बाढीले भत्काएको हो । प्रदेश सरकारको १५ लाखको अनुदानमा अघिल्लो वर्ष उक्त बाँध निर्माण गरिएको थियो । सो बाँधमार्फत हुने सिँचाइबाट ४ सय किसानहरु लाभान्वित हुँदै आएका डगडई […]

विश्वभर १ करोड १० लाखभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण

२० असार, काठमाडौं । विश्वभर १ करोड १० लाख ४५ हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । यस्तै मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ५ सय ७७ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा २७ लाख ९३ हजार बढीमा कोरोना पुष्टि भएको छ । अमेरिकामा […]

त्रिशूलीमा बेपत्ता स्करपियोका धनी प्रहरी सम्पर्कमा

२० असार, चितवन । बिहीबार त्रिशूली नदीमा खसेको गाडी नवलपरासीको गैँडाकोटबाट काठमाडौँ जाँदै गरेको स्करपियो रहेको खुलेको छ । शुक्रबार स्करपियोका धनीले इलाका प्रहरी कार्यालय गजुरीमा गाडी र चालक हराएको भन्दै निवेदन दर्ता गरेपछि सो गाडी खसेको निष्कर्ष प्रहरीले निकालेको हो । इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज खड्काका अनुसार गाडीधनीका तर्फबाट […]

पाकिस्तानका विदेशमन्त्रीमा कोरोना संक्रमण पुष्टि

२० असार, काठमाडौं । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशी कोरोना संक्रमित भएका छन् । कुरैशी स्वयंले ट्वीटरमा यो जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘दिउँसो मलाई हल्का ज्वरो आएको महसुस भयो । त्यसपछि तुरुन्तै म होम क्वारेन्टिनमा बसेँ । ममा कोरोना पोजेटिभ पाइएको छ ।’ This afternoon I felt a slight fever and immediately […]

ओलीको चट्टानी अडान : प्रधानमन्त्री र अध्यक्ष दुवै छाड्दिनँ !

१९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट नहट्ने चट्टानी अडानमा उभिएका छन् । पार्टीले जे गर्छ गरोस्, तर आफूले दुवै पद नछाड्ने प्रधानमन्त्री ओलीको दृढ अडान छ । प्रधानमन्त्रीको यही अडानका कारण दुई अध्यक्षबीच समझदारीका लागि एक दिन समय लिएर स्थगित भएको नेकपा स्थायी कमिटी बैठकअघि कुनै चमत्कार […]

काठमाडौं उपत्यकामा कोरोना ‘लोकल ट्रान्समिसन’को झिल्को

१९ असार, काठमाडौं । ललितपुरका एक बालकको मेडिसिटी अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया गर्नुअघि पीसीआर टेष्ट गर्दा कोभिड-१९ संक्रमण पुष्टि भयो । तर, उनको न कुनै ट्राभल हिस्ट्री छ, न उनी संक्रमितको सम्पर्कमा पुगेका थिए । स्वास्थ्य कार्यलय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलाल भन्छन्, ‘म आफैंले उनका बुबासँग कुरा गरेको थिएँ । एक निजी कम्पनीमा काम […]

बझाङमा काेरोना संक्रमित युवकले गरे आत्महत्या 

१९ असार, कैलाली । बझाङमा कोरोना संक्रमित एक युवकले आत्महत्या गरेका छन् । बझाङको खप्तड छान्ना गाउँपालिका-७ का १८ वर्षीय युवकले शुक्रबार आत्महत्या गरेको गाउँपालिकाका अध्यक्ष वर्कबहादुर रोकायाले जानकारी दिए । ‘उनीमा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट बिहीबार साँझ आएको हो । जेठ १९ गते भारतबाट आएर उनी क्वारेन्टिनमा बस्दै आइरहेका थिए । असार १३ […]

डिसेम्बरसम्म सर्‍यो गौतमबुद्ध विमानस्थलको निर्माण अवधि

१९ असार, काठमाडौं । भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अवधि ६ महिना थप भएको छ । ३० जुन २०२० मा निर्माण सक्ने लक्ष्य राखिएको यो विमानस्थल निर्माणमा कोरोना भाइरसका कारण उत्पन्न संकटले समस्या सिर्जना भएको भन्दै अवधि थप भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार डिसेम्बरसम्म संरचना निर्माणको काम […]

नेविसंघका नेताहरुलाई थर्काउँदै देउवाले भने- बढ्ता जान्ने भइहाल्नुपर्ने ? लाज छैन

१९ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भाषण मात्र गर्दै हिँडेको भन्दै नेविसंघका नेताहरुलाई सार्वजनिक कार्यक्रममै थर्काएका छन् । पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९६औं जन्मजयन्तीमा नेविसंघले शुक्रबार शान्तिबाटिकामा राखेको रक्तदान कार्यक्रममा देउवालाई बोलाइएको थियो । कार्यक्रममा साढे २ मिनेट सम्बोधन गरेका देउवाले नेताहरुलाई थार्काएका छन् । ‘सोसल डिस्ट्यान्स भनेको छ, टाँसिएर बसेको छ यहाँ […]

सांसदको प्रश्न- सलह खान हुन्छ कि हुँदैन ? नेपालमै बच्चा पार्छ कि भारतमा ?

१९ असार, काठमाडौं । नेपाल प्रवेश गरेको सलह किरा नियन्त्रण गर्न हेलिकप्टरमार्फत विषादी छर्न सांसदहरुले माग गरेका छन् । साथै उनीहरुले  विज्ञसमक्ष सलहबारे विभिन्न प्रश्न उठाएका छन् । सलहको प्रवेश र रोकथामका उपायबारे शुक्रबार प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसद र मन्त्रालयका विज्ञहरुवीच छलफलको आयोजना गरिएको थियो । सलहको ठूलो झुण्ड नेपाल प्रवेश […]

निजी विद्यालयलाई प्याब्सनले भन्यो : चोरबाटोबाट शुल्क नउठाउनू

१९ असार, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)ले लुकीछिपी शुल्क नलिन निजी विद्यालयहरूलाई आग्रह गरेको छ । केही विद्यालयहरूले सरकारको निर्देशन विपरीत शुल्क उठाउन थालेका बेला प्याब्सनले यस्तो आग्रह गरेको हो । ‘हामी विद्यालय सञ्चालकहरू साँच्चै असहज अवस्थामा छौं’ प्याब्सन अध्यक्ष टीकाराम पुरी भन्छन्, ‘तर शिक्षा मन्त्रालयलाई अवधारणा पत्र बुझाइसकेको अवस्थामा कुनै पनि […]

एकै दिन ७४० जनामा कोरोना संक्रमण, संक्रमित सं‌ख्या १५ हजार नाघ्यो

१९ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ४८३ नमुना परीक्षण गर्दा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा संक्रमित भेटिएका हुन् । यससँगै देशभर संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । थप एकको मृत्यु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार […]

एम्बुलेन्स पनि चल्न नसकेपछि विश्रामपुरमा सडकमै रोपाइँ

१९ असार, वीरगञ्ज । बाराको विश्रापुर गाउँपालिका– ५ इटियाहीका मखन साह कानुलाई धानको बिउ काट्ने क्रममा केहीले टोक्यो । सर्पले टोकेको आशंकामा स्थानीयले बिरामी लैजान एम्बुलेन्स बोलाए । एम्बुलेन्स बोलाएको ठाउँ भन्दा आधा किलोमिटर परैबाट फर्कियो । स्थानीयले साइकलमा राखेर नेशनल मेडिकल कलेजमा पुर्‍याए । तर उनको उपचारका क्रममा मृत्यु भयो । वर्षा लागेदेखि नै […]

तलब माग्दै निजी विद्यालयका शिक्षकको प्रदर्शन

१९ असार, काठमाडौं । निजी विद्यालयमा कार्यरत शिक्षकहरुले आफूहरुलाई तलब दिन माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । लकडाउनका कारण गत चैतदेखि निजी विद्यालय बन्द हुँदा आफूहरुले तलब नपाएको भन्दै उनीहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । निजी विद्यालयमा पढाउने शिक्षक शिक्षिकाले हाम्रो तलबको व्यवस्था गर, सरकार हाम्रा लागि होइन र ?, हामी अभिभावकको विश्वासप्रति […]

लकडाउनमा पनि बैंकको व्यवसाय विस्तार, बैंकिङ रोजगारी के होला ?

१९ असार, काठमाडौं । बैंकिङ क्षेत्रको रोजगारी निकै आकर्षक बन्दै गएको बेला विश्वमा कोरोना भाइरसको त्रास सिर्जना भयो । सेवा-सुविधा राम्रै भएका कारण पनि बैंकिङ क्षेत्र रोजगारीका लागि पछिल्लो केही वर्ष यता निकै आकर्षण बढ्दै गएको थियो । नेपालमा उच्च शिक्षा अध्ययन गर्ने धेरै विद्यार्थीहरुले व्यवस्थापन संकाय रोज्न थालेका थिए । कोरोना त्रासपछि धेरै क्षेत्रमा […]

सुदूरपश्चिममा एकै दिन भेटिए ५१५ कोरोना संक्रमित

१९ असार कैलाली । सुदूरपश्चिम प्रदेशमा एकै दिन ५ सय १५ जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, पाटन अस्पताल प्रयोगशाला ललितपुर, शिक्षण अस्पताल प्रयोगशाला र धनगढीस्थित प्रयोगशालामा भएको परीक्षणमा एकै दिन ५ सय १५ जनामा कोरोना संक्रमण भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १४७ जना, त्रिवि शिक्षण अस्पतालमा ९६, पाटन अस्पतालमा […]

प्रधानमन्त्री ओलीको समर्थनमा सुर्खेतमा प्रदर्शन

१९ असार, सुर्खेत । सुर्खेतमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन गरिएको छ । प्रधानमन्त्री ओलीलाई संकटमा पार्ने काम भइरहेको र भारतीय चलखेलमा सरकार ढाल्न खोजिएको भन्दै वीरेन्द्रनगरमा प्रदर्शन गरिएको हो । पार्टीभित्र आन्तरिक किचलो बढिरहेको बेला युवाहरुले प्रधानमन्त्री ओलीले देश र नागरिकको पक्षमा राम्रो काम गरेको भन्दै उनको समर्थनमा र्‍याली निकालेका हुन् । प्रधानमन्त्री […]



from समाचार – Online Khabar https://ift.tt/2YUODPw
via IFTTT
Powered by Blogger.