समाचार
२० असार, बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा शनिबार विहान गएको पहिरोमा पुरिएका दुई जनाको शव भेटिएको र केही व्यक्तिहरू अझै सम्पर्कविहीन रहेको स्थानीयले बताएका छन् । मृतकको पहिचान भएको छैन । पहिरोका कारण १८ घर पुरिएका छन् । दुई वटा घरमा क्षति पुगेको छ । यद्यपि घटनास्थलमा प्रहरीको टोली अझैसम्म पनि पुग्न नसकेकाले क्षतिको […]
२० असार, बुटवल । कोरोना महामारीको जोखिम रोक्न सरकारले गरेको लकडाउनको एक सय दिनको अवधिमा प्रदेश ५ मा ३ सय ८० जनाले आत्महत्या गरेका छन् । चैत ११ गतेदेखि असार १८ गतेसम्म प्रदेश ५ का १२ जिल्लामा ३ सय ८० जनाले आत्महत्या गरेका प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । आत्महत्या गर्नेहरुमा गाउँका २ सय […]
२० असार, काठमाडौं । विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन् । यी उडनमध्ये नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाज अवतरण हुने तालिका छ भने बाँकी अन्य एयरलाइन्सको काठमाडौँ विमानस्थलमा अवतरण गरेर पुनः फर्कने जनाइएको छ । नेपाल एयरलाइन्सका दुई जहाज साउदी अरेबियाको रियाद र दमामबाट […]
२० असार, काठमाडौं । नेपाली सेनाका प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल नियुक्त भएका छन् । उनी सैनिक मुख्यालयस्थित १५ बाहिनीपति हुन् । यसअघिका प्रवक्ता विज्ञानदेव पाण्डेलाई सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको सैनिक मुख्यालयले जनाएको छ ।
२० असार, काठमाडौं । रेल विभागले असार १४ र १७ गते गरी ५४ वटा ठेक्काको बोलपत्र आह्वान गर्यो । पूर्व–पश्चिम रेलमार्ग अन्तरगत रेल्वे ट्रयाक बेड (लिक बिछ्याउने ट्रयाक) बनाउन रु.३२ अर्बभन्दा बढी लागत अनुमान गरिएको ठेक्का आह्वान भएका हुन् । विभागले पहिलो दिन ३० वटा र भोलिपल्ट २४ वटा ठेक्काको लागि सूचना निकालेको छ । […]
२० असार, वीरगञ्ज । प्रदेश २ मा दुई जना कोरोना संक्रमितको अवस्था गम्भिर रहेको पाइएको छ । दुवै जना महोत्तरीबाट रिफर भई जनकपुरस्थित लेभल–२ कोभिड अस्पतालमा भर्ना भएका छन् । शुक्रबार राति साढे १० बजे महोत्तरीको रामगोपालपुरबाट ३० वर्षीय एक युवकलाई जनकपुरस्थित अस्पतालमा ल्याइएको थियो । श्वास प्रश्वासमा समस्या देखिएपछि रामगोपालपुरको क्वारेन्टिनबाट उनलाई रिफर गरिएको […]
२० असार, पोखरा । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशका ६ जिल्लामा १६ जनामा कोरोना संक्रमण देखिएको हो । शनिबार कोरोना संक्रमण पुष्टि हुनेमा ७ जना नवलपरासीका छन् । देवचुली नगरपालिकाका २० देखि ३९ […]
२० असार, काठमाडौं । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएको स्थानीयले बताएका छन् । स्थानीय प्रशासनले भने क्षतिको एकिन विवरण आउन नसकेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले अनलाइनखबरसँग भने, ‘पहिरो आयो भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ तर क्षतिको विवरण आइसकेको छैन ।’ उनले बागथला […]
२० असार, काठमाडौं । गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नं. ७ निवासी ४४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३३ पुगेको छ । गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नविन थापाले ती पुरुषको शनिबार बिहान ५ बजेर […]
२० असार,बुटवल । भारी वर्षाका कारण आएको बाढीले कपिलवस्तुको विजयनगर गाउँपालिकास्थित डगडई सिँचाइ बाँध भत्काइदिएको छ । विजयनगर–३ मा रहेको बाँधको पूर्वतिरबाट माटो पटान गरी बनाइएको भाग बाढीले भत्काएको हो । प्रदेश सरकारको १५ लाखको अनुदानमा अघिल्लो वर्ष उक्त बाँध निर्माण गरिएको थियो । सो बाँधमार्फत हुने सिँचाइबाट ४ सय किसानहरु लाभान्वित हुँदै आएका डगडई […]
२० असार, काठमाडौं । विश्वभर १ करोड १० लाख ४५ हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । यस्तै मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ५ सय ७७ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा २७ लाख ९३ हजार बढीमा कोरोना पुष्टि भएको छ । अमेरिकामा […]
२० असार, चितवन । बिहीबार त्रिशूली नदीमा खसेको गाडी नवलपरासीको गैँडाकोटबाट काठमाडौँ जाँदै गरेको स्करपियो रहेको खुलेको छ । शुक्रबार स्करपियोका धनीले इलाका प्रहरी कार्यालय गजुरीमा गाडी र चालक हराएको भन्दै निवेदन दर्ता गरेपछि सो गाडी खसेको निष्कर्ष प्रहरीले निकालेको हो । इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज खड्काका अनुसार गाडीधनीका तर्फबाट […]
२० असार, काठमाडौं । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशी कोरोना संक्रमित भएका छन् । कुरैशी स्वयंले ट्वीटरमा यो जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘दिउँसो मलाई हल्का ज्वरो आएको महसुस भयो । त्यसपछि तुरुन्तै म होम क्वारेन्टिनमा बसेँ । ममा कोरोना पोजेटिभ पाइएको छ ।’ This afternoon I felt a slight fever and immediately […]
१९ असार, काठमाडौं । ललितपुरका एक बालकको मेडिसिटी अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया गर्नुअघि पीसीआर टेष्ट गर्दा कोभिड-१९ संक्रमण पुष्टि भयो । तर, उनको न कुनै ट्राभल हिस्ट्री छ, न उनी संक्रमितको सम्पर्कमा पुगेका थिए । स्वास्थ्य कार्यलय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलाल भन्छन्, ‘म आफैंले उनका बुबासँग कुरा गरेको थिएँ । एक निजी कम्पनीमा काम […]
१९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट नहट्ने चट्टानी अडानमा उभिएका छन् । पार्टीले जे गर्छ गरोस्, तर आफूले दुवै पद नछाड्ने प्रधानमन्त्री ओलीको दृढ अडान छ । प्रधानमन्त्रीको यही अडानका कारण दुई अध्यक्षबीच समझदारीका लागि एक दिन समय लिएर स्थगित भएको नेकपा स्थायी कमिटी बैठकअघि कुनै चमत्कार […]
१९ असार, कैलाली । बझाङमा कोरोना संक्रमित एक युवकले आत्महत्या गरेका छन् । बझाङको खप्तड छान्ना गाउँपालिका-७ का १८ वर्षीय युवकले शुक्रबार आत्महत्या गरेको गाउँपालिकाका अध्यक्ष वर्कबहादुर रोकायाले जानकारी दिए । ‘उनीमा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट बिहीबार साँझ आएको हो । जेठ १९ गते भारतबाट आएर उनी क्वारेन्टिनमा बस्दै आइरहेका थिए । असार १३ […]
१९ असार, काठमाडौं । भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अवधि ६ महिना थप भएको छ । ३० जुन २०२० मा निर्माण सक्ने लक्ष्य राखिएको यो विमानस्थल निर्माणमा कोरोना भाइरसका कारण उत्पन्न संकटले समस्या सिर्जना भएको भन्दै अवधि थप भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार डिसेम्बरसम्म संरचना निर्माणको काम […]
१९ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भाषण मात्र गर्दै हिँडेको भन्दै नेविसंघका नेताहरुलाई सार्वजनिक कार्यक्रममै थर्काएका छन् । पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९६औं जन्मजयन्तीमा नेविसंघले शुक्रबार शान्तिबाटिकामा राखेको रक्तदान कार्यक्रममा देउवालाई बोलाइएको थियो । कार्यक्रममा साढे २ मिनेट सम्बोधन गरेका देउवाले नेताहरुलाई थार्काएका छन् । ‘सोसल डिस्ट्यान्स भनेको छ, टाँसिएर बसेको छ यहाँ […]
१९ असार, काठमाडौं । नेपाल प्रवेश गरेको सलह किरा नियन्त्रण गर्न हेलिकप्टरमार्फत विषादी छर्न सांसदहरुले माग गरेका छन् । साथै उनीहरुले विज्ञसमक्ष सलहबारे विभिन्न प्रश्न उठाएका छन् । सलहको प्रवेश र रोकथामका उपायबारे शुक्रबार प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसद र मन्त्रालयका विज्ञहरुवीच छलफलको आयोजना गरिएको थियो । सलहको ठूलो झुण्ड नेपाल प्रवेश […]
१९ असार, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)ले लुकीछिपी शुल्क नलिन निजी विद्यालयहरूलाई आग्रह गरेको छ । केही विद्यालयहरूले सरकारको निर्देशन विपरीत शुल्क उठाउन थालेका बेला प्याब्सनले यस्तो आग्रह गरेको हो । ‘हामी विद्यालय सञ्चालकहरू साँच्चै असहज अवस्थामा छौं’ प्याब्सन अध्यक्ष टीकाराम पुरी भन्छन्, ‘तर शिक्षा मन्त्रालयलाई अवधारणा पत्र बुझाइसकेको अवस्थामा कुनै पनि […]
१९ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ४८३ नमुना परीक्षण गर्दा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा संक्रमित भेटिएका हुन् । यससँगै देशभर संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । थप एकको मृत्यु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार […]
from समाचार – Online Khabar https://ift.tt/2BZqQ89
via IFTTT






















