Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बादलले छाडे प्रधानमन्त्री ओलीको साथ

१७ असार, काठमाडौं । पार्टीभित्रको अन्तरसंघर्षमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरन्तर साथ दिँदै आएका सचिवालय सदस्य गृहमन्त्री रामबहादुर थापा बादलले बुधबारदेखि केपी ओलीको साथ छाडेका छन् । बुधबार साँझ ललितपुरको झम्सिखेलमा आयोजित ओली इत्तरका नेताहरुको छलफलमा गृहमन्त्री थापा खुलेरै प्रस्तुत भए । बुधबारै बिहान बालुवाटारमा ओली समूहको बैठकमा सहभागी भएता पनि बादल खुलेर प्रस्तुत भएका […]

सरकार, गरिबको सवारीमाथि किन यति विभेद ?

१७ असार, काठमाडौं । हरेक विहान ओछ्यानबाट उठ्नासाथ स्वयम्भूतिर हानिन्छन् बलराम बराल । मर्निङ वाकमा हिँडेका होइनन् उनी । स्वयम्भूको डाँडोमा उक्लिएर काठमाडौंको प्रातकालिन दृष्यपानका लागि पनि होइन । केहीबेरको लम्बाइमा बलराम चक्रपथका छेउछाउमा पार्क गरिएका केही बसहरुको सामुन्ने रोकिन्छन् । एकछिन टोल्हाउँछन् । अनि एउटा किसानले दुध दुहुने बेला भैंसीलाई सुम्सुम्याएजस्तो ती बसहरु सुम्सुम्याउँछन् […]

प्रस्तावित ‘नेकपा एमाले’ का महासचिव भन्छन् : ओली आउँछन् भने स्वागत छ

१७ असार, काठमाडौं । बालुवाटारमा जोडतोडले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिँदै गर्दा सञ्चारमाध्यममा ‘ब्रेकिङ न्युज’ आयो– ‘नेकपा एमाले’ नाममा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता । यदि वर्तमान सरकार ढलेमा ओलीले पार्टी फुटाउन सक्ने आकलनकै बीचमा ‘नेकपा एमाले’ दर्ताका लागि निवेदन गएपछि त्यसले तरङ्ग ल्याउने नै भयो । नेकपाको स्थायी कमिटी बैठकमा […]

आईजीपीका दुई दाबेदार : हिलो छ्यापाछ्याप होइन, कानेखुसी

१७ असार, काठमाडौं । नेपाल प्रहरीको सर्वोच्च कमाण्डर महानिरीक्षक (आईजीपी) चयन हुने बेला हरेक पटक संगठनभित्रका कमीकमजोरी छताछुल्ल हुने गरेका थिए । आफूलाई अब्बल साबित गराउन प्रतिस्पर्धीले एकअर्काबीच हिलो छ्यापाछ्याप गर्न कुनै कसर बाँकी राख्ने गरेका थिएनन् । तर २७ औं महानिरीक्षकका रुपमा ठाकुर ज्ञवाली नियुक्त हुँदै गर्दा कुनै विवाद देखिएन । ज्ञवालीको कार्यकाल पूरा […]

निजामती विधेयकमा सरकारको सहमति छैन : प्रधानमन्त्री

१७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी विधेयकको प्रतिवेदनबारे थप अध्ययन हुने बताएका छन् । बुधबार निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका पदाधिकारीसँग भएको भेटमा ओलीले असन्तुष्ट कर्मचारीका माग र चासोलाई ख्याल गरेर विधेयकमाथि थप अध्ययन हुने बताएका हुन् […]

थप ४८२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १४ हजार नाघ्यो

१७ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८८६ नमुना परीक्षण गर्दा ४५२ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यससँगै संक्रमितको संख्या १४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १४ हजार ४६ जना संक्रमित भएका छन् […]

नेपाल भ्रमणबारे विदेशबाट चासो : निजी क्षेत्र तयार, सरकार अलमलमै

१७ असार, काठमाडौं । पर्यटनमा नेपालको सबैभन्दा बलियो उत्पादन पदयात्रा र पर्वतारोहणमा विदेशी पर्यटकले चासो देखाउन थालेका छन् । पर्यटन व्यवसायीहरूका अनुसार कोरोना संक्रमण नियन्त्रण गर्न सफल चीन र युरोपका केही देशबाट नेपालको अवस्थाबारे जिज्ञासा राख्न थालिएको छ । खासगरी घनाबस्ती नभएका पहाडी र हिमाली पदयात्रा मार्गको अवस्थाबारे सोधखोज हुन थालेको व्यवसायीहरू बताउँछन् । होटेल संघ […]

सुर्खेतमा होटल र रेष्टुरेन्ट बन्द गर्न प्रशासनको निर्देशन

१७ असार, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले शुक्रबारदेखि होटल, रेष्टुरेन्ट लगायतका खाजा, नास्ता पसल बन्द गर्न निर्देशन दिएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले यस्तो निर्देशन दिएको हो । बुधबार प्रशासन कार्यालयले शुक्रबारदेखि जिल्लामा सञ्चालित होटल, रेष्टुरेन्टलगायतका खाजा, नास्ता पसल (होमप्याक बाहेक), सैलुन तथा व्युटी पार्लरसमेत पूर्णरुपमा बन्द गर्न भन्दै […]

उपत्यका प्रवेश गर्ने नाकाबाट झण्डै ४ सय गाडी फर्काइयो

१७ असार, काठमाडौं । प्रहरीले बुधबार काठमाडौं उपत्यका प्रवेश गर्न लागेका झण्डै चार सय सवारी साधनलाई नाकाबाटै फिर्ता पठाएको छ । गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीका अनुसार नागढुंगा, फर्पिङ र भक्तपुरको जगाती नाकाबाट झण्डै ४ सय गाडी र केही पैदलयात्रीलाई फर्काइएको छ । नागढुंगा नाकाबाट एउटा बस, एउटा ट्रक, पाँच वटा ट्याक्सीसहित ४६ वटा चारपाङ्ग्रे […]

काठमाडौं उपत्यकामा १७ जना कोरोना संक्रमित थपिए

१७ असार, काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार १७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २ महिला र ४ पुरुषमा संक्रमण देखिएको छ । पाटन अस्पतालमा गरिएको […]

को-को छन् नेकपा एमालेको केन्द्रीय समितिमा ? (सूचीसहित)

१७ असार, काठमाडौं । नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा खैलाबैला मच्चिएको छ। बामदेव गौतमसहित कतिपय नेताले नेकपाकै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा एमाले दर्ता गर्न खोजिएको दाबी गरेका छन् । नेकपा एमाले दल दर्ता गर्न खोज्ने को-को हुन् ? केन्द्रीय समितिमा को-को छ […]

निजी विद्यालयलाई निर्देशन : एसईईको अंक पठाउँदा तीन वर्षको परीक्षाफल हेर्नू

१७ असार, काठमाडौं । निजी विद्यालयका प्रतिनिधिमूलक संस्थाले माध्यमिक शिक्षा परीक्षा (एसईई) को मूल्यांकन गर्दा विगत तीन वर्षको एसईईको परीक्षाफल समेत अध्ययन गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) ले बुधबार संयुक्त रुपमा आफ्ना सदस्य विद्यालयहरूलाई यस्तो आग्रह गरेका हुन् । प्याब्सनका […]

प्रदेश २ को सञ्चारसम्बन्धी विधेयक पत्रकारले जलाए

१७ असार, जनकपुरधाम । प्रदेश २ मा गत शनिबार पारित भएको संचार सम्बन्धी विधेयक निरंकुश शैलीको भएको भन्दै जनकपुरधामका केही पत्रकारले बुधबार जलाएका छन् । पत्रकारलाई नै जरिवाना तोक्ने र सञ्चारसम्बन्धी उपकरण जफत गर्ने उल्लेख गरेर विधेयक पारित गरिएको भन्दै पत्रकारले स्थानीय जनक चोकमा धर्ना दिँदै विधेयक जलाएका हुन् । ‘कुनै पनि मिडियामा समाचार आउँदा […]

रौतहटका स्वास्थ्यकर्मीले अविश्वास गरेकोप्रति जनकपुर ल्याबको आपत्ति

१६ असार, वीरगञ्ज । रौतहटका स्वास्थ्यकर्मीले आफूमा कोरोना संक्रमण पुष्टि भएपछि प्रयोगशालामाथि नै अविश्वास गरेकामा जनकपुर प्रादेशिक प्रयोगशालाका अधिकारीले असन्तुष्टि जनाएका छन् । जनकपुर प्रयोगशालामा असार १५ गते परीक्षण गर्दा रौतहट जिल्ला स्वास्थ्य कार्यालयमा स्वाब संकलन गरिएका २३ बर्षकी महिला, २७, ५२, ५४ र ५२ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरु ४ जना […]

होटल सञ्चालन गर्न पाउनुपर्ने वीरगञ्जका व्यवसायीको माग

१७ असार, वीरगञ्ज । वीरगञ्जका होटल तथा पर्यटन व्यवासायीहरुले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । उनीहरुले लकडाउनमा अन्य व्यवसाय खोल्न छुट दिए जस्तै होटल व्यवसाय पनि खोल्न पाउनुपर्ने माग राखेका हुन् । कोरोना भाइरसबाट बच्नका लागि अपनाउनुपर्ने सुरक्षात्मक उपाय अपनाएर व्यवसाय सञ्चालनका लागि अनुमति दिन उनीहरुले सरकारसँग आग्रह गरेका छन् । बुधबार उनीहरुले […]

प्रदेश २ मा सार्वजनिक बिदा घट्यो, यसवर्ष ६ दिनमात्रै

१७ असार, जनकपुरधाम । प्रदेश २ सरकारले २०७७ सालमा वार्षिक सार्वजनिक विदा कटौती गरेर ६ दिनमा झारेको छ । संघीय सरकारले दिने सार्वजनिक विदाबाहेक प्रदेश सरकारले निर्णय गरेर पनि प्रदेशभर सार्वजनिक विदा कायम गर्न सक्छ । यसअघि २०७६ सालमा संघीय सरकारले दिएको विदाबाहेक ११ दिन सार्वजनिक विदा दिँदा प्रदेश सरकारको आलोचना भएको थियो । २०७७ […]

स्रोत नखुलेको ६ लाख रुपैयाँसहित ४ जना पक्राउ

१७ असार, वीरगञ्ज । पर्साबाट प्रहरीले स्रोत नखुलेको ६ लाख रुपैयाँसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार रक्सौल थाना पंटोका –१७ बस्ने ३६ वर्षीय प्रमो कुमार कलवार, वीरगञ्ज महानगरपालिका–२५ सिर्सिया बस्ने २९ वर्षिीय शत्रुधनप्रसाद गुप्ता, बाराको महागढीमाई नगरपालिका– ३ घर भई वीरगञ्ज– ६ बस्ने ३७ वर्षीय अशोककुमार साह र वीरगञ्ज– १५ […]

पर्सामा वन कार्यालको हिरासतबाटै थुनुवा फरार

१७ असार, वीरगञ्ज ।  शौचालय जाने बहानामा वन कार्यालयको हिरासत कक्षबाट काठ तस्करीको आरोपमा पक्राउ परेका एक जना थुनुवा फरार भएका छन् । पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कौवावन कटैया बस्ने भरत माझी फरार भएका हुन् । सबडिभिजन वन कार्यालय बढनिहारमा रहेकाे थुनुवा कक्षबाट मंगलबार बिहान उनी फरार भएका हुन् । ‘थुनुवा राख्ने ठाउँ गतिलो थिएन । […]

गोरखामा टिपरले सेनाको गाडीलाई ठक्कर दियो, पाँच सैनिक घाइते

१७ असार, गोरखा । गोरखा नगरपालिका-११ पन्ध्रकिलो मोड नजिकै टिपरले नेपाली सेनाको गाडीलाई ठक्कर दिदाँ पाँचजना घाइते भएका छन् । घाइते सबै सैनिक रहेको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ । तनहुँको आँबुखैरेनीबाट गोरखा आउँदै गरेको बा१झ ५८०० नम्बरको सेनाको गाडीलाई बुधबार साँझ ५ बजे विपरीत दिशाबाट जाँदै गरेको लु १ क ३८४६ नम्वरको टिपरले […]

नकारात्मक मानसिकताले राम्रो काम पनि ओझेलमा पर्‍यो : मुख्यमन्त्री राई

१७ असार, विराटनगर, । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकारले गरेका राम्रा काम छाडेर साना मसिना कुरामा आलोचना गर्ने गरिएको गुनासो गरेका छन् । बुधबार प्रदेशसभाको बैठकमा उनले नकारात्मक सोच्ने मानसिकता बढ्दै गएको भन्दै दुखेसो गरे । ‘हामीले यो छोटो समयमा थालेका राम्रा कामलाई राम्रा हुन्, राम्रा छन् भनेर एक स्वरले यो सभा किन […]

मोटरसाइकल दुर्घटनामा आमा–छोराको मृत्यु

१७ असार, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनागथ नगरपालिका ४ हरैयामा बुधबार भएको मोटरसाइकल दुर्घटनामा आमा-छोराको मृत्यु भएको छ । जनकपुर-ढल्केबर सडक खण्डमा पर्ने हरैयामा ज ३प ७०४२ नम्बरको मोटरसाइकल सडक छेउको खम्बामा ठोक्किँदा चालक जनकपुरधाम उपमहानगरपालिका- २० देवपुर रुपैठाका २५ बर्षीय विजय शर्मा र उनकी ४५ बर्षीया आमा धर्मवतीदेवीको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले […]



from समाचार – Online Khabar https://ift.tt/2BtG59w
via IFTTT
Powered by Blogger.