समाचार
१७ असार, काठमाडौं । नेक्स्टजेनले आगामी साउन १६ र १७ गते दुई दिन ह्याकथोन (कम्युटर प्रोग्रामिङसम्बन्धी एक सम्मेलन) आयोजना गर्ने भएको छ । नेक्स्जेनले आयोजना गर्न लागेको उक्त भर्चुअल सम्मेलनलाई ‘क्वान्टम ह्याक’ नाम दिइएको छ । यो सम्मेलनमा विश्वभरका २४० जनाको सहभागिता रहने आयोजकले बताएको छ । यो नेपालको पहिलो आधिकारिक डिजिटल ह्याकथोन रहेको आयोजकको […]
१७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग अस्पताल पुगेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मुटुसम्बन्धी सामान्य परीक्षणका लागि प्रधानमन्त्री अस्पताल गएको बताए । ‘मुटुसम्बन्धी सामान्य परीक्षण हो, अहिले सकिन लाग्यो’ थापाले अनलाइनखबरसँग भने ।
१७ असार, विराटनगर । आफ्नै बुबालाई हत्या गरेको आरोपमा प्रहरीले एक बालकलाई पक्राउ गरेको छ । मोरङको जहदा गाउँपालिका ५ सन्थाल बस्तीमा ४० वर्षीय बुबालाई बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा १५ वर्षीय छोरालाई प्रहरीले पक्राउ गरेको हो । हत्या आरोपी बालक भएका कारण प्रहरीले परिचय खुलाएको छैन । शनिबार बुबाको हत्या गरेको आरोपमा पक्राउ […]
१७ असार, भक्तपुर । भक्तपुरमा बुधबार थपिएका २ जनामध्ये कोरोना संक्रमित गठ्ठाघरकी ३४ वर्षीया महिला भएको पाइएको छ । उनी छातीमा गाँठो देखिएपछि भक्तपुर क्याक्सर अस्पताल गएकी थिइन् । चिकित्सकहरुले त्यसको शल्यक्रिया गर्नुपर्ने भन्दै पहिला कोरोना परीक्षण गर्न आग्रह गरेका थिए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको भक्तपुरका स्वास्थ्य […]
१७ असार, काठमाडौं । पर्यटनमा नेपालको सबैभन्दा बलियो उत्पादन पदयात्रा र पर्वतारोहणमा विदेशी पर्यटकले चासो देखाउन थालेका छन् । पर्यटन व्यवसायीहरूका अनुसार कोरोना संक्रमण नियन्त्रण गर्न सफल चीन र युरोपका केही देशबाट नेपालको अवस्थाबारे जिज्ञासा राख्न थालिएको छ । खासगरी घनाबस्ती नभएका पहाडी र हिमाली पदयात्रा मार्गको अवस्थाबारे सोधखोज हुन थालेको व्यवसायीहरू बताउँछन् । होटेल संघ […]
१७ असार, काठमाडौं । सरकारले नेपालमा बालबालिकामा कोरोना संक्रमण बढ्दै गएको भन्दै अभिभावकलाई सचेत हुन आग्रह गरेको छ । नेपालमा १८ वर्षमुनिका २ हजार ६१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । सुदूरपश्चिममा ९ वर्षमुनिका १ सय ७५ जनामा कोरोना संक्रमण भएको छ भने केहीको मृत्यु भएको […]
१७ असार, काठमाडौं । नेपालको सम्पूर्ण तराई, भित्री मधेश र तल्लो पहाडी भूभाग सलहको उच्च जोखिममा रहेको भन्दै सरकारले उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । भारतको भागलपुर तथा मोतीहारीमा सलहको झुण्ड रहेको र एउटा ठूलो झुण्ड कुशिनगरबाट चम्पाचरण जिल्लातर्फ उडेको भन्दै कृषि मन्त्रालयअन्तर्गतको कार्यदलले ती क्षेत्रहरूमा सलह प्रवेश गर्न सक्ने आकलन गरेको हो । […]
१७ असार, काठमाडौं । विश्व बैङ्कले माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि नयाँ राष्ट्रिय निर्देशक नियुक्त गरेको छ । अमेरिकी नागरिक फारिस हदाद जर्भोस माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैङ्कको नयाँ राष्ट्रिय निर्देशकमा नियुक्त भएका छन् । उनको नियुक्ती आजबाट नै लागू भएको विश्व बैंकको नेपालस्थित कार्यालयले जानकारी गराएको छ । तीन मुलुकका लागि नियुक्त […]
१७ असार, काठमाडौं । पाटनमा अनशन बस्नेहरुको माग सम्बोधन गर्न माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रदर्शन गर्ने १२ जना पक्राउ परेका छन् । कोरोना महामारी रोकथाको माग गर्दै अनशन बसेकाहरुको समर्थनमा प्रदर्शन गर्ने १२ जनालाई पक्राउ गरी प्रहरीले भृकुटीमण्डपस्थित नगर प्रहरी कार्यालयमा राखेको छ । पक्राउ परेकामध्ये एक हरिशप्रसाद भट्टले आफूहरुले निषेधित क्षेत्रभन्दा बाहिर […]
१७ असार, काठमाडौं । खानेपानी, सिँचाइ तथा ऊर्जा कार्यालय दैलेखका निमित्त प्रमुखसहित चारजना घुस लिएको आरोपमा पक्राउ परेका छन् । वीरेन्द्रनगरबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतले कार्यालयका निमित्त प्रमुख टोपेन्द्र मल्ल, सब-इन्जिनियर वीरेन्द्र चन्द, सब-इन्जिनियर रन्जित श्रेष्ठ र सुपरभाइजर लक्ष्मी पाण्डेलाई दुई लाख ४१ हजार १६ रुपैयाँसहित नियन्त्रणमा लिएको हो । निमित्त प्रमुख […]
१७ असार, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना महामारी रोकथाममा प्रभावकारी काम गर्न माग गर्दै अनशनमा बसेकाहरुको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता वेद भट्टराईले बुधबार विज्ञप्ति निकालेर अनशनमा बसेका व्यक्तिहरुको स्वास्थ्यसम्बन्धी न्यायोचित माग सम्बोधन गरी जीवन रक्षाका लागि सार्थक संवाद गर्न सरकारलाई आग्रह गरेका हुन् । कोरोना महामारी रोकथाम […]
१७ असार, काठमाडौं । काभ्रेको धुलिखेलमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुलिखेल नगरपालिका–२ रविओपी बस्ने मोटरसाइकलमा सवार वेदप्रसाद कोइराला र गोवर्द्धन कोइराला रहेको काभ्रेका एसपी रवी पौडेलले जानकारी दिए । एसपी पौडेलका अनुसार मृतक दुवै जना दाजुभाइ हुन् । एसपी पौडेलले भने, ‘पाँचालबाट रविओपीतर्फ जाँदै गरेको बा […]
१७ असार, काठमाडौं । तनहुँको भानु नगरपालिकास्थित चुँदी खोलामा बुधबार दिउँसो डुबेर एक महिलाको मृत्यु भएको छ। भानु नगरपालिका–१ बस्ने २२ बर्षकी तिलकुमारी गुरुङको खोलामा पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय डुम्रेले जनाएको छ । खोलामा डुबेपछि स्थानीयले उद्दार गरी लक्ष्मी अस्पताल ल्याएपछि डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । शव परीक्षणका […]
१७ असार, काठमाडौं । भक्तपुरको टौमडीस्थित न्यातपोल (पाँचतले मन्दिर)को धमाधम जीर्णोद्धार भइरहेको छ । ०७२ सालको भूकम्पले क्षति भएको न्यातपोलको जीर्णोधारमा स्थानीवासी जुटेका हुन् । मन्दिरको जीर्णोद्धारमा सयौं स्थानीवासीले श्रमदान गरेका छन् । हरेक दिन चार/पाँच सयजनाले श्रमदान गर्ने गरेको उभोक्ता समितिले जनाएको छ । त्यसमा पनि महिलाको संख्या उल्लेख्य रहेको छ । अहले मन्दिरको […]
१७ असार, काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा मंगलबार गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । बुधबार विज्ञप्ति जारी गरी अध्यक्ष राजीव ढुंगानाले कोरोना महामारीका कारण नाजुग अवस्थामा पुगेका नागरिकको दुखिरहेको घाउमा मलम लगाउनुको सट्टा सरकारले इन्धनको मूल्यवृद्धि गरेर नुन चुक छरेको बताए । ‘पेट्रोलियम पदार्गको मूल्य बढ्नु भनेको […]
१७ असार, तनहुँ । तनहुँको भानु नगरपालिकास्थित चुँदी खोलामा बुधबार दिउँसो डुबेर एक महिलाको मृत्यु भएको छ। भानु नगरपालिका–१ बस्ने २२ वर्षकी तिलकुमारी गुरुङको खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय डुम्रेले जनाएको छ । खोलामा डुबेपछि स्थानीयले उद्धार गरी लक्ष्मीलाई अस्पताल पुर्याएको भएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
१७ असार, विराटनगर । प्रदेश १ मा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ जना महिला र १२ जना पुरुष गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ४ पुगेको छ । पछिल्लो समय झापामा […]
१७ असार, कैलाली । कञ्चनपुरको भीमदत्त नगरपालिकामा विषालु सर्पको डसाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका वडा १६ का १४ वर्षीय पर्वत गिरी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । गिरीलाई गएराति नै सर्पले डसेको थियो । उपचारको लागि महाकाली अस्पताल लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि सेती प्रादेशिक अस्पताल […]
१७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा प्रचण्डलाई लक्षित गरेर ‘तपाईंले पनि त नेकपा माओवादी केन्द्र दर्ता गराउनुभएको छ’ भनेको कुरा सार्वजनिक भएको छ । १५ भदौ २०७६ मा निर्वाचन आयोगमा दर्ता भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष छन्– गोपाल किराँती । प्रचण्ड नेतृत्वको […]
१७ असार, काठमाडौं । बालुवाटारमा जोडतोडले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिँदै गर्दा सञ्चारमाध्यममा ‘ब्रेकिङ न्युज’ आयो– ‘नेकपा एमाले’ नाममा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता । यदि वर्तमान सरकार ढलेमा ओलीले पार्टी फुटाउन सक्ने आकलनकै बीचमा ‘नेकपा एमाले’ दर्ताका लागि निवेदन गएपछि त्यसले तरङ्ग ल्याउने नै भयो । नेकपाको स्थायी कमिटी बैठकमा […]
१७ असार, काठमाडौं । नेपाल प्रहरीको सर्वोच्च कमाण्डर महानिरीक्षक (आईजीपी) चयन हुने बेला हरेक पटक संगठनभित्रका कमीकमजोरी छताछुल्ल हुने गरेका थिए । आफूलाई अब्बल साबित गराउन प्रतिस्पर्धीले एकअर्काबीच हिलो छ्यापाछ्याप गर्न कुनै कसर बाँकी राख्ने गरेका थिएनन् । तर २७ औं महानिरीक्षकका रुपमा ठाकुर ज्ञवाली नियुक्त हुँदै गर्दा कुनै विवाद देखिएन । ज्ञवालीको कार्यकाल पूरा […]
from समाचार – Online Khabar https://ift.tt/2VAFB8g
via IFTTT






















