समाचार
२१ असार, काठमाडौं । कोरोनाका कारण ६ महिनादेखि बन्द नेपाल-चीन रसुवागढी नाका सोमबारदेखि सञ्चालनमा आउने भएको छ । दुई देशबीचको व्यापार सुचारु गर्ने सुरक्षा मापदण्डमा समझदरी बनेपछि नाका खुल्ने निश्चित भएको रसुवागढी भन्सार कार्यालय प्रमुख पुण्यबिक्रम खड्काले बताए । सुरूवातमा हिमपात र पहिरोका कारण पुस १४बाट नाका बन्द थियो । त्यसपछि कोरोनाको महामारीले प्रभावित भयो […]
२१ असार, तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले बाँदर पीडित कृषकलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण गरेको छ । गाउँपालिकाका ७ वटै वडाका कृषकहरुलाई गाउँपालिकाले बाँदर धपाउने बन्दुक निःशुल्क विरतण गरेको हो । पहिलो चरणमा ९० थान बन्दुक वितरण गरिएको छ । वालिङ नगरपालिकाबाट रु दुई लाख ५० हजार मूल्य बराबरको बन्दुक खरिद गरेर ल्याई कृषकहरुलाई […]
२१ असार, सुर्खेत । वीरेन्द्रनगरको कालागाउँस्थित कर्णाली प्रदेश अस्पतालको ओपीडी सेवा आइतबारदेखि पुनः सुरु भएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि बन्द भएको ओपीडी सेवा आइतबारदेखि सञ्चालनमा आएको हो । चिकित्सकसहित नौंजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भेटिएपछि प्रदेश अस्पतालले असार ११ गतेदेखि आकस्मिक बाहेका सबै सेवा बन्द गरेको थियो । अस्पतालका निर्देशक डा. डम्बर […]
२१ असार, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण तीब्र वृद्धि हुन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये ४ जिल्लामा कोरोना संंक्रमितको संख्या ५०० नाघेको छ । शनिबारसम्म कैलालीमा ८२९, अछाममा ५८६, बाजुरामा ५३९ र डोटीमा ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या अहिलेसम्म तीन […]
२१ असार, वीरगञ्ज । मिर्गाैला रोगी बाराको कलैया उपमहानगरपालिका–२४, मनहर्वाका–१३ बर्षका निराजन चौधरीको उपचारमा समस्या भएको छ । परिवारको कमजोर आर्थिक अवस्थाका कारण बालकको उपचारमा समस्या भएको भन्दै परिवारले सहयोगको अपिल गरेको छ । गाउँकै विद्यालयमा ७ मा अध्ययनरत चौधरी दुई महिनाअघि अचानक बिरामी परे । उनमा कपाल झर्ने, जिउ सुन्निने, शरीरको रंग फेरिने, जोर्नी […]
सिड्नी । अस्ट्रेलियामा नेपाल चिनाउने के-के कुरा छन् होला ? यो ब्यापक चासोको कुरा हो । नेपाल र नेपाली पहिचान जनाउने केही व्यवसाय, केही संस्थाका नामहरु, केही पुस्तकहरु, नेपाली खानेकुरा, नेपाली पोशाक यस्तै-यस्तै । ब्रिसबेनमा तीन दशकअघि विश्व ब्यापार सम्मेलनताका बनेको नेपाली मन्दिर त्यहाँ जाने सबैको लागि तीर्थस्थल बनिसकेको छ । हालै मर्मत सम्हार गरिएपछि […]
२१ असार, डोटी । डडेल्धुरा अस्पतालमा एक महिलाले पानीको फोकासहित बच्चा जन्माएकी छिन् । ‘इन काउल बर्थ’ भनिने यस्तो घटना प्रसुति प्रकृयामा निकै दुर्लभ मानिने चिकित्सकहरु बताउँछन् । शनिबार डोटीको दिपायल सिलगढी नगरपालिकाकी २८ वर्षीया माया बोहराले डडेल्धुरा अस्पतालमा जुम्ल्याहा बच्चा जन्माएकी हुन् । शल्यक्रियामार्फत प्रसुति गराउने क्रममा ‘इन काउल बर्थ’ भएको अस्पातालका चिकित्सक डा. […]
२१ असार, गलकोट । क्वारेन्टिनमा बसेका बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका एक युवकको मृत्यु भएको छ । निसीखोला–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसेका उनको आइतबार बिहान मृत्यु भएको […]
२१ असार, काठमाडौं । बैंकको ब्याजदर मिनाहा तथा किस्ता तिर्ने भाका पर सार्न व्यवसायीहरुले नेपाल राष्ट्र बैंकसँग आग्रह गरेका छन् । बैंकको ब्याजदर मिनाहा तथा किस्ता तिर्ने भाका पर नसारिए सडक संघर्षमा उत्रने व्यवसायीहरुले चेतावनीसमेत दिएका छन् । साना व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले प्रेस वक्तव्य जारी गर्दै सडक संघर्षको चेतावनी दिएको छ । […]
२१ असार, जनकपुरधाम । सडक मर्मत गर्न कसैले ध्यान नदिएको भन्दै जनकपुरधामस्थित पुलचोकका बासिन्दाले हुलाकी सडकखण्ड अवरुद्व गरेका छन् । उनीहरुले टायर बालेर बिरोध गर्दै आइतबार बिहानैदेखि सडक अवरुद्ध गरेका हन् । स्थानीयवासीले जनकपुरधामदेखि यदुकोहा जाने हुलाकी राजमार्गअन्तर्गत जनकपुरधाम १६ मा सडक जाम गरेका छन् । सडकमा सवारीसाधन गुडाउन समस्या हुने गरी खाल्डा परेको स्थानीयवासीले […]
२१ असार, काठमाडौं । यस वर्ष कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने भएको छ । आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिने निर्णय भएको पाठ्याक्रम विकास तथा मूल्यांकन परिषदका प्रवक्ता गणेशप्रसाद भट्टराईले जानकारी दिए । यो परीक्षा वैशाख २१ गतेबाट गर्ने तय भएको थियो । तर कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण परीक्षा हुन सकेन । विद्यार्थीहरुको […]
२१ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सभामा प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले नाराबाजी गरेका छन् । बिरोधकै बीच सभामुखले बजेटसम्बन्धमा छलफल अगाडि बढाउनेबित्तिकै नाराबाजी भएको हो । प्रतिपक्षी दलले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरे पनि बजेटमाथिको छलफल सम्बन्धी प्रस्ताव स्वीकृत भएको सभामुख अर्जुन बहादुर थापाले घोषणा गरे । असार १ गते प्रदेश सरकारले […]
२१ असार, काठमाडौं । भारतमा पछिल्ले २४ घण्टामा कोरोना भाइरस कोभिड-१९ का २४ हजार ८५० नयाँ संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ७३ हजार १६५ पुगेको हो । त्यस्तै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १९ हजार २६८ पुगेको छ । पछिल्लो २४ घण्टामा […]
२१ असार, जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयकविरुद्ध गठबन्धन बनाएर आन्दोलन गर्न अन्य दलहरुलाई आह्वान गरेको छ । पार्टीको शनिबार सम्पन्न केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको अध्यक्ष डा. सिके राउतले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । अलग अलग छिन्न भिन्न तरिकाले संघर्ष गर्नुको सट्टा सम्पूर्ण शक्तिहरुको गठबन्धन बनाएर अगाडि […]
२१ असार, काठमाडौं । नेकपा विभाजनको संघारमा पुगेका बेला अध्यक्ष प्रचण्डसहितका तीन शीर्ष नेता राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । प्रचण्डसँगै पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल र माधव नेपाल शीतल निवास गएका हुन् । प्रचण्ड पक्षले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने र प्रधानमन्त्री हटाउने षडयन्त्र गरिरहेको आरोप प्रधानमन्त्रीले लगाइरहेका बेला यसबारे प्रष्ट पार्न प्रचण्ड सहितका […]
२१ असार, काठमाडौं । भक्तपुरका शिवनारायण मचामसी २०७५ फागुनको पहिलो हप्ता रानीपोखरी हेर्न आइपुगेका थिए । भक्तपुर नगरपालिकाले ‘रानीपोखरीमा पनि काम गर्नुपर्ने भयो’ भनेपछि भक्तपुरका पुराना पोखरीहरू मर्मतमा आफ्नो सिप देखाइसकेका उनी रानीपोखरी आइपुगेका थिए । त्यो दिन सम्झिँदै उनी भन्छन्, ‘काठमाडौंको गहना भनिने रानीपोखरी त हेर्दै विरक्त लाग्दो थियो ।’ सँगै रहेका इन्जिनियरहरूले सोधे, […]
२१ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजेपछि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने नेपाली कांग्रेसले जनाएको छ । यसअघि कांग्रेस पदाधिकारी बैठकले १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० […]
जनकपुरधाम, २१ असार । सर्लाहीमा एक मोटरसाइकलले एकैसाथ पाँच जनालाई ठक्कर दिएको छ । ठक्करले १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । बरहथवा नगरपालिका ११ दियरमा हिरापुरबाट हरकठवातर्फ जाँदै गरेको ना.५२ प ५६४१ नम्बरको मोटरसाइकलले बाटोको छेउमा बसिरहेका ५ जनालाई एकै पटक ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करले स्थानीय […]
२१ असार, काठमाडौं । अन्तरसंघर्ष चर्किरहेको बेला नेकपाका दुई अध्यक्षबीच आज पनि भेटवार्ता हुँदैछ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न अर्का अध्यक्ष प्रचण्ड बालुवाटार जाँदैछन् । ओलीलाई भेट्न प्रचण्ड बिहान साढे १० बजेतिर बालुवाटार जान लागेको स्रोतले बतायो । सोमबार स्थायी कमिटी बैठक बस्न लागेकाले दुई अध्यक्षबीच सहमतिको अधिकतम प्रयास हुन […]
२१ असार, काठमाडौं । नयाँ बसपार्कस्थित एक ग्यारेजमा राखिएका ८ वटा माइक्रो बसमा आगजनी भएको छ । लकडाउनका कारण सञ्चालनमा आउन नसकी ग्यारेजमा थन्काइएका ८ वटा नयाँ माइक्रोमा आगजनी भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी रोशन खड्काले प्राविधिक कारणले आगलागी भएको हुन सक्ने अनलाइनखबरलाई बताए । यद्यपि, विस्तृत अनुसन्धान भइरहेको उनले […]
२१ असार, काठमाडौं । सात वटै प्रदेशमा एक/एक वटा ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको ५ वर्ष अगाडिको निर्णय कार्यान्वयनमा विलम्ब भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार कुनै प्रदेशमा जग्गा खोज्नै बाँकी छ भने कतै खोजिएको जग्गामा विवाद छ । कुनैको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयार गर्ने प्रक्रिया जारी छ भने कुनैको […]
from समाचार – Online Khabar https://ift.tt/3isk6k5
via IFTTT






















