Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

पहिले मापसे, त्यसपछि नसालु पदार्थ खुवाएर सामूहिक बलात्कार

२१ असार, काठमाडौं । प्रहरीले सामूहिक बलात्कार गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका बस्ने दोलखाका पासाङ शेर्पा र कागेश्वरी मनोहरा बस्ने सिन्धुपाल्चोकका भुवन विष्ट छन् । महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी नविन कार्कीका अनुसार पीडितले खबर गरेलगत्तै शनिबार राति नै उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार महिला पसल […]

माइतीघरमा डाक्टरको नारा : बिरामी हेर्न मन छ, तर कुटाइ खाने डर छ

२१ असार, काठमाडौं । चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकहरूले प्रदर्शन गरेका छन् । झापाको मेडिका हस्पिटलमा कार्यरत डा. सुधाकर झामाथि कुटपिट गर्नेहरूमाथि कारबाहीको माग गर्दै चिकित्सकको एउटा टोलीले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । असार ११ गते मेडिका हस्पिटलको इमर्जेन्सीमा कार्यरत डा. झामाथि बिरामी कुरुवाको १० जनाजतिको समूहले कुटपिट गरेको थियो । घटना भएको […]

विराटनगरमा निजी अस्पतालद्वारा अनुमति नलिई आरडीटी परीक्षण

२१ असार, विराटनगर । मोरङको विराटनगरमा एक निजी अस्पतालले अनुमति नै नलिई ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना एन्टीबडी परीक्षण गरेको खुलेको छ । म्याक्स इन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टरले अनुमति नै नलिई परीक्षण गरेको पाइएको हो । अस्पतालको आकस्मिक कक्षको लेटरप्याड प्रयोग गरी दिँदै आएको रिपोर्ट जाँचका लागि जनही २ हजार रुपैयाँ लिने गरिएको […]

बागलुङमा क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

२१ असार, काठमाडौं । बागलुङमा क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य प्रमुख सुरज गौरका अनुसार मृतक युवकको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । निसीखोला गाउँपालिका–२ घर भएका २९ वर्षीय युवकको आइतबार बिहान क्वारेन्टिनमै मृत्यु भएको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले जानकारी दिए । उनका अनुसार […]

गुरु पूर्णिमामा योगी नरहरिनाथको सम्झना

२१ असार, काठमाडौं । आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । यस दिन गायत्री,  दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ आफूलाई शिक्षा प्रदान गर्ने […]

कर्णाली प्रदेश अस्पतालका दुईजना चिकित्सक कोरोना संक्रमणमुक्त

२१ असार, सुर्खेत । कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएका कर्णालीका दुईजना चिकित्सक संक्रमणमुक्त भएका छन् । कर्णाली  प्रदेश अस्पतालमा कार्यरत दुईजना चिकित्सक आइतबार संक्रमणमुक्त भएपछि डिस्चार्ज भएका छन् । उनीहरुमा असार ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएका चिकित्सकलाई अस्पतालको निवास क्षेत्रको निर्माण गरिएको आइसोलेसन राखिएको थियो । उनीहरुको पुनः परीक्षण […]

परिवारको हत्या गर्ने धम्की दिएर बालिकामाथि पटक-पटक बलात्कार !

२१ असार, काठमाडौं । काठमाडौंको बानियाँटारकी १२ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा आफूलाई विश्व हिन्दु महासंघको पदाधिकारी र युट्युबर बताउने अर्जुन शिवाकोटी छन् । उनले पीडित बालिकाको परिवारलाई हत्या गर्ने धम्की दिएर करणी गरेको पीडित बालिकाको भनाइ छ । प्रहरी प्रशासनसँग समेत राम्रो चिनजान भएको बताएपछि […]

सोमबारदेखि नेपाल चीन रसुवागढी नाका सञ्चालनमा आउने

२१ असार, काठमाडौं । कोरोनाका कारण ६ महिनादेखि बन्द नेपाल-चीन रसुवागढी नाका सोमबारदेखि सञ्चालनमा आउने भएको छ । दुई देशबीचको व्यापार सुचारु गर्ने सुरक्षा मापदण्डमा समझदरी बनेपछि नाका खुल्ने निश्चित भएको रसुवागढी भन्सार कार्यालय प्रमुख पुण्यबिक्रम खड्काले बताए । सुरूवातमा हिमपात र पहिरोका कारण पुस १४बाट नाका बन्द थियो । त्यसपछि कोरोनाको महामारीले प्रभावित भयो […]

तनहुँमा बाँदर धपाउन गाउँपालिकाले बाँड्यो बन्दुक

२१ असार, तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले बाँदर पीडित कृषकलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण गरेको छ । गाउँपालिकाका ७ वटै वडाका कृषकहरुलाई गाउँपालिकाले बाँदर धपाउने बन्दुक निःशुल्क विरतण गरेको हो । पहिलो चरणमा ९० थान बन्दुक वितरण गरिएको छ । वालिङ नगरपालिकाबाट रु दुई लाख ५० हजार मूल्य बराबरको बन्दुक खरिद गरेर ल्याई कृषकहरुलाई […]

कर्णाली प्रदेश अस्पतालको ओपीडी सेवा पुनः सञ्चालन

२१ असार, सुर्खेत । वीरेन्द्रनगरको कालागाउँस्थित कर्णाली प्रदेश अस्पतालको ओपीडी सेवा आइतबारदेखि पुनः सुरु भएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि बन्द भएको ओपीडी सेवा आइतबारदेखि सञ्चालनमा आएको हो । चिकित्सकसहित नौंजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भेटिएपछि प्रदेश अस्पतालले असार ११ गतेदेखि आकस्मिक बाहेका सबै सेवा बन्द गरेको थियो । अस्पतालका निर्देशक डा. डम्बर […]

सुदूरपश्चिमका ४ जिल्लामा संक्रमित संख्या ५ सय नाघ्यो

२१ असार, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण तीब्र वृद्धि हुन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये ४ जिल्लामा कोरोना संंक्रमितको संख्या ५०० नाघेको छ । शनिबारसम्म कैलालीमा ८२९, अछाममा ५८६, बाजुरामा ५३९ र डोटीमा ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या अहिलेसम्म तीन […]

मिर्गौला रोगी बालकको उपचारमा समस्या

२१ असार, वीरगञ्ज । मिर्गाैला रोगी बाराको कलैया उपमहानगरपालिका–२४, मनहर्वाका–१३ बर्षका निराजन चौधरीको उपचारमा समस्या भएको छ । परिवारको कमजोर आर्थिक अवस्थाका कारण बालकको उपचारमा समस्या भएको भन्दै परिवारले सहयोगको अपिल गरेको छ । गाउँकै विद्यालयमा ७ मा अध्ययनरत चौधरी दुई महिनाअघि अचानक बिरामी परे । उनमा कपाल झर्ने, जिउ सुन्निने, शरीरको रंग फेरिने, जोर्नी […]

राष्ट्रपतिलाई नेकपा नेताहरूको रिपोर्टिङ : महाअभियोग होइन, अध्यादेशमा छलफल गरेका हौं

२१ असार, काठमाडौं । नेकपाका शीर्षनेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार भेटवार्ता गरेका छन् । शीतलनिवासमा भएको भेटमा नेताहरुले अहिले राष्ट्रपतिलाई महाअभियोग लगाउने वा हटाउनेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर राष्ट्रपतिमाथि षड्यन्त्र भइरहेको बताएका थिए । शीतलनिवासबाट फर्केर प्रधानमन्त्रीले बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुसँग छलफल गरेका […]

अस्ट्रेलियामा नेपाली सडक : एडिलेडमा ‘नेपाल रोड’, मेलबर्नमा ‘गोर्खा वे’

सिड्नी । अस्ट्रेलियामा नेपाल चिनाउने के-के कुरा छन् होला ? यो ब्यापक चासोको कुरा हो । नेपाल र नेपाली पहिचान जनाउने केही व्यवसाय, केही संस्थाका नामहरु, केही पुस्तकहरु, नेपाली खानेकुरा, नेपाली पोशाक यस्तै-यस्तै । ब्रिसबेनमा तीन दशकअघि विश्व ब्यापार सम्मेलनताका बनेको नेपाली मन्दिर त्यहाँ जाने सबैको लागि तीर्थस्थल बनिसकेको छ । हालै मर्मत सम्हार गरिएपछि […]

डडेल्धुरामा दुर्लभ ‘इन काउल बर्थ’

२१ असार, डोटी । डडेल्धुरा अस्पतालमा एक महिलाले पानीको फोकासहित बच्चा जन्माएकी छिन् । ‘इन काउल बर्थ’ भनिने यस्तो घटना प्रसुति प्रकृयामा निकै दुर्लभ मानिने चिकित्सकहरु बताउँछन् । शनिबार डोटीको दिपायल सिलगढी नगरपालिकाकी २८ वर्षीया माया बोहराले डडेल्धुरा अस्पतालमा जुम्ल्याहा बच्चा जन्माएकी हुन् । शल्यक्रियामार्फत प्रसुति गराउने क्रममा ‘इन काउल बर्थ’ भएको अस्पातालका चिकित्सक डा. […]

बागलुङमा क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु   

२१ असार, गलकोट । क्वारेन्टिनमा बसेका बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका एक युवकको मृत्यु भएको छ । निसीखोला–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसेका उनको आइतबार बिहान मृत्यु भएको […]

ओली र प्रचण्डबीच निर्णायक छलफल, सहयोगी नेता पनि राखिए

२१ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच पार्टी फुट्न नदिने उपाय खोज्न निर्णायक भनिएको वार्ता शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतल निवासबाट निस्किएका प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । बालुवाटार स्रोतका अनुसार दुई अध्यक्षको तर्फबाट दुई–दुईजना सहयोगी नेताहरु समेत वार्तामा छन् । […]

ब्याज छुट नभए आन्दोलन गर्ने व्यवसायीको चेतावनी

२१ असार, काठमाडौं । बैंकको ब्याजदर मिनाहा तथा किस्ता तिर्ने भाका पर सार्न व्यवसायीहरुले नेपाल राष्ट्र बैंकसँग आग्रह गरेका छन् । बैंकको ब्याजदर मिनाहा तथा किस्ता तिर्ने भाका पर नसारिए सडक संघर्षमा उत्रने व्यवसायीहरुले चेतावनीसमेत दिएका छन् । साना व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले प्रेस वक्तव्य जारी गर्दै सडक संघर्षको चेतावनी दिएको छ । […]

सडक मर्मत नगरेको भन्दै जनकपुरमा प्रदर्शन

२१ असार, जनकपुरधाम । सडक मर्मत गर्न कसैले ध्यान नदिएको भन्दै जनकपुरधामस्थित पुलचोकका बासिन्दाले हुलाकी सडकखण्ड अवरुद्व गरेका छन् । उनीहरुले टायर बालेर बिरोध गर्दै आइतबार बिहानैदेखि सडक अवरुद्ध गरेका हन् । स्थानीयवासीले जनकपुरधामदेखि यदुकोहा जाने हुलाकी राजमार्गअन्तर्गत जनकपुरधाम १६ मा सडक जाम गरेका छन् । सडकमा सवारीसाधन गुडाउन समस्या हुने गरी खाल्डा परेको स्थानीयवासीले […]

कक्षा ११ को बोर्ड परीक्षा नलिने निर्णय

२१ असार, काठमाडौं । यस वर्ष कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने भएको छ । आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिने निर्णय भएको पाठ्याक्रम विकास तथा मूल्यांकन परिषदका प्रवक्ता गणेशप्रसाद भट्टराईले जानकारी दिए । यो परीक्षा वैशाख २१ गतेबाट गर्ने तय भएको थियो । तर कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण परीक्षा हुन सकेन । विद्यार्थीहरुको […]

सुदूरपश्चिम प्रदेश सभामा विपक्षीको नाराबाजी, सोमबारबाट बजेटमा छलफल सुरु हुने

२१ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सभामा प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले नाराबाजी गरेका छन् । बिरोधकै बीच सभामुखले बजेटसम्बन्धमा छलफल अगाडि बढाउनेबित्तिकै नाराबाजी भएको हो । प्रतिपक्षी दलले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरे पनि बजेटमाथिको छलफल सम्बन्धी प्रस्ताव स्वीकृत भएको सभामुख अर्जुन बहादुर थापाले घोषणा गरे । असार १ गते प्रदेश सरकारले […]



from समाचार – Online Khabar https://ift.tt/31JECqa
via IFTTT
Powered by Blogger.