समाचार
८ साउन, वीरगञ्ज । पर्सामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार राति आएको रिपोर्टमा दुई जना चिकित्सकमा समेत कोरोना संक्रमण देखिएको छ । गण्डकमा मृत्यु भएका वृद्धसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालको पीसीआर प्रयोगशालाले […]
८ साउन, विराटनगर । प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टिमा प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी कर्मचारी सेल्फ क्वारेन्टाइनमा बसेका छन् । बुधबार २७ वर्षीय एक प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अन्य प्रहरी कर्मचारी क्वारेन्टाइनमा बसेर कार्यालयको काम भर्चुअल माध्ययमबाट गरिरहेका छन् । ‘कार्यालयको फाँटहरुमा एकजना कर्मचारी राखेर भर्चुअल माध्ययमबाट काम गरिरहेका छौं’, प्रदेश प्रहरी […]
८ साउन, काठमाडौं । मनसुनी न्युन चापीय रेखा नेपालको पश्चिम भागबाट दक्षिणतिर सरेकाले प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिमका जिल्लाहरुमा केही दिनसम्म ठूलो वर्षा र लगातारको झरी नहुने मौसमविदले बताएका छन् । गण्डकी प्रदेशदेखि पूर्वी भूभागमा भने अझै पनि भारी वर्षाको सम्भावना कायमै छ । ‘मनसुन अवधि कायमै रहेकाले पानी त पर्छ, तर भारी वर्षा […]
८ साउन, कैलाली । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । प्रज्ज्वलनशील पदार्थ छर्किएर बुधवार राति अज्ञात समूहले आगजनी गरेको नगरपालिकाले जनाएको छ । झ्यालको सिसा फुटाएर कार्यालयमा आगजनी गरिएको वडा सचिव महेश भट्टले बताए । आगजनीबाट कम्प्युटर, सोफा, कार्पेट, कुर्सी र टेबुल जलेको उनले जानकारी दिए । घटनाको अनुसन्धान […]
८ साउन, काठमाडौं । मुलुकभर ३९ वटा बीमा कम्पनी र एउटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । यीमध्ये सरकारी लगानी रहेको राष्ट्रिय बीमा संस्थान भने बेथितिको भारीले थिचिएको छ । सरकारी नीति–नियमलाई अटेर गर्दै आएको संस्थाले महालेखा परीक्षणले दिएको निर्देशनलाई पनि वास्ता गर्दैन । हरेक वर्ष साधारण सभा गर्नुपर्ने, लेखा परीक्षण गराएर पारित गर्नैपर्ने नीतिगत व्यवस्थालाई […]
८ साउन, काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ का लागि केन्द्रीय बैंकले तय गरेको मौद्रिक व्यवस्थाप्रति प्रायः सबै क्षेत्र खुसी देखिए । मौद्रिक नीतिबाट निजी क्षेत्र उत्साहित देखिएको छ । ब्याजदर क्यापको विषयमा लघुवित्त क्षेत्रले चित्त दुखाए पनि अन्य सबै क्षेत्र खुसी देखिएका छन् । मौद्रिक नीतिले कृषि क्षेत्रलाई अझ उत्साहित पारेको छ । कृषि क्षेत्रमा […]
२०४४ सालमा अधिकृतस्तरबाट सेवा सुरु गरेका त्रिलोचन पंगेनीले नेपाल राष्ट्र बैंकमा ३० वर्ष बिताए । यो अवधिमा उनले पोखरा क्षेत्रीय कार्यालय, तालिम केन्द्र, विदेशी विनिमय विभाग, आन्तरिक लेखा परीक्षण विभाग, नियमन विभाग, राष्ट्र ऋण विभाग र जनशक्ति विभागको काम गरे । यीमध्ये पनि मौद्रिक नीति तर्जुमा विभागमा बढी काम गरेर राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट […]
८ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका १० र ६ नं. वडाको बीचमा मुख्य नाला जाम भएपछि वर्षायाममा परेको पानीले निकास पाएन । स्थानीयका घर र आदर्शनगरका पसल डुबानमा परे । डुबानबाट हैरान भएपछि स्थानीय ४२ जनाले साउन १ गते वीरगञ्ज महानगरपालिकालाई संयुक्त पत्र लेखेर नाला सफा गर्न आग्रह गरे । पत्रमा वीरगञ्ज–१० आदर्शनगरस्थित क्लासिक होटल […]
८ साउन, डोटी । श्रीमती र छोरासहित दुई वर्ष भारतको मुम्बईमा बसेका डोटी शिखर नगरपालिका–३ का २५ वर्षीय भरत बोगटी जेठ ११ गते घर पुगे । आउने दशैं–तिहारसम्म घर फर्किने योजनामा रहेका उनलाई विश्वव्यापी रुपमा फैलिएको कोराना भाइरस (कोभिड–१९) ले कुबेलामा घर आउन बाध्य बनायो । कोरोनाबाट बच्नका लागि उनी सपरिवार घर आए । तर […]
८ साउन, दमौली । चितुवाको सबैभन्दा बढी प्रभाव रहेको तनहुँको भानु नगरपालिकामा चितुवाको गणना गरिने भएको छ । मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्नका लागि डिभिजन वन कार्यालयले यहाँको जङ्गलमा रहेका चितुवा गणना गर्न लागेको हो । चितुवाको आक्रमणबाट एक वर्षमा जिल्लामा छ जना बालबालिकाले ज्यान गुमाएका छन् । तीमध्ये तीन जना भानु नगरपालिकाका हुन् । […]
८ साउन, काठमाडौँ । मङ्गलबार पहिरोले पुरिएर मृत्यु भएका तीन वर्षीय जुम्ल्याहा सचिन र सन्ध्या रानाको परिवारलाई टोखा नगरपालिकाले ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ । नगरपालिकाको बुधबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले टोखा–१ टाँसी डाँडामा पहिरोका कारण मृत्यु भएका परिवारलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिए । नगरपालिकाभित्र […]
७ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका-१ का कृष्णप्रसाद पराजुलीले गाउँको उत्पादनलाई शहरसम्म पुर्याउनुपर्छ भन्दै राप्ती खोलामा तुइन हाल्न अगुवाइ गरेका थिए । नियति पनि कस्तो ! जसले तुइन लगायो, उसैलाई बाढीले बगायो । पराजुलीको अगुवाइमा ०४८ सालमा हेटौंडा सिमेन्ट उद्योगले सामरी र राप्ति खोलाको दोभानमा ९५ मिटर लामो तुइन राखिएपछि गाउँले हषिर्त भए । अब […]
७ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी गरेको छ । सरकारले १ भदौदेखि परीक्षा सञ्चालन अनुमति दिएसँगै बोर्डले तयारी अगाडि बढाएको छ । असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने योजना रहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । उनले भने, ‘कक्षा १२ को परीक्षा १५ असोजमा सम्पन्न […]
७ साउन, काठमाडौैं । सरकारले कोरोना भाइरसबाट अतिप्रभावित घरेलु, साना तथा मझौला उद्यम र पर्यटन व्यवसाय लक्षित आर्थिक पुनरुत्थान कोष बनाउने घोषणा गर्यो । चालु आर्थिक वर्ष २०७७/०७८ को बजेट वक्तव्यले यसलाई सम्बोधन गरेको छ । घोषणाअनुसार यी व्यवसायका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी व्यवसाय सञ्चालनका लागि ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउन ५० अर्ब […]
७ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ७७९ नमुना परीक्षण गरिएको थियो । दुई जनाको मृत्यु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्रिवि शिक्षण अस्पतालमा ४६ वर्षीया चिनियाँ नागरिक […]
७ साउन, काठमाडौं । गुठी संस्थानले रातो मत्स्येन्द्रनाथको रथारोहण फेरि स्थगित गरेको छ । बुधबार दिउँसो साउन १० गतेको लागि तय गरिएको रथारोहण बुधबार राति नै सूचना जारी गरेर स्थगित गरिएको हो । गुठी संस्थान ललितपुर शाखा कार्यालयले जारी गरेको सूचनामा कोरोना भाइरसका कारण तोकिएको मितिमा रथारोहण हुन नसक्ने उल्लेख गर्दै नयाँ मुहूर्त जुराएर पुनः […]
७ साउन, काठमाडौं । सरकारले बाढी, पहिरो, डुवान तथा कटानजस्ता कारणबाट घरवारविहीन भएका परिवारलाई घर बनाउन भूकम्प प्रभावितलाई जति नै सुविधा दिने भएको छ । मन्त्रिरिषदको साउन ५ गतेको बैठकले प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड २०६४ लाई संशोधन गरी विपद पीडित उद्धार र राहतसम्बन्धी (सातौं संशोधन) मापदण्ड २०७७ स्वीकृत गरेको छ । उक्त मापदण्ड […]
७ साउन, चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । सडकखण्डको १६ किलोमा खसेको ठूलो पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरोसँगै ठूलो चट्टान झरेका कारण फोरेर पहिरो पन्छाइएको प्रहरीले जनाएको छ । मंगलबार राति पौने ९ बजेको समयमा भरतपुर महानगरपालिका–२९ स्थित […]
७ साउन, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बुधबारदेखि बजारमा ल्याएको एक हजार रुपैयाँको नयाँ नोटमा नेपालमै जन्मिएको जुम्ल्याहा हात्तीको फोटो राखिएको छ । अहिलेसम्म प्रयोग हुँदै आएको अफ्रिकन हात्तीको फोटो हटेको छ । हजारको नोटमा नेपाली हात्तीको फोटो राख्ने निर्णय राष्ट्र बैङ्कले आर्थिक वर्ष २०६९÷७० सालमै गरेको भए पनि बुधबारदेखि मात्रै नेपाली हात्तीको फोटोसहितको नयाँ […]
७ साउन, काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विभिन्न माग राखेर अवरुद्ध गरेको अनलाइन कक्षा पुनः सञ्चालन गर्ने भएका छन् । निजी तथा संस्थागत विद्यालय अर्गनाईजेसन (प्याब्सन), एनप्याब्सन, नेपाल अभिभावक महासंघ, राष्ट्रिय अभिभावक महासंघ र संस्थागत विद्यालय शिक्षक युनियनले ८ साउनदेखि अनलाइन कक्षा चलाउने निर्णय गरेको हो । १ भदौबाट मात्रै विद्यार्थी भर्ना र परीक्षा सञ्चालन […]
७ साउन, काठमाडौं । कोभिड–१९को महामारी सुरु भएदेखि नै खाडी र मलेसियाका दूतावास र नियोगहरुमा २४ घण्टा नै फोनको घण्टी बज्थे । घर फर्काउन गुहार माग्नेदेखि कम्पनीले काम र तलब नदिएको लगायतका विभिन्नखालका सयौं गुनासाहरु आउँथे । त्यतिबेला श्रम गन्तव्य मुलुकका धेरै दूतावासहरुको निष्कर्ष थियो, कोरोना कारणका अब ठूलो संख्यामा नेपालीहरुले रोजगारी गुमाउने छन् । […]
from समाचार – Online Khabar https://ift.tt/2ORHY2E
via IFTTT