समाचार
८ साउन, काठमाडौं । सुनको मूल्यमा बिहीबार पुनः नयाँ कीर्तिमान कायम भएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले बढेर सुनको भाउ ९४ हजार पाँच सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजाबी सुनको मूल्य भने ९४ हजार ६५ रुपैयाँ प्रतितोला तोकेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १० […]
८ साउन, काठमाडौं । गण्डकी प्रदेशमा पाँच जना कोरोना संक्रमित थपिएका छन् । पर्वतमा दुई, कास्कीमा दुई र स्याङ्जामा एक जना कोरोना संक्रमित थपिएका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या १ हजार ३ सय ५० पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयले बिहीबार बिहान जारी गरेको प्रेस विज्ञप्तिअनुसार पर्वतको मोदी […]
८ साउन, झापा । केही दिनदेखि बेपत्ता तीन जना बालक मृत अवस्थामा भेटिएका छन् । भद्रपुर नगरपालिका–२ मा रहेको सिमसार क्षेत्रमा उनीहरु मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी राकेश थापाका अनुसार मृत्यु हुनेमा १० वर्षीय अंकुश तामाङ, १४/१५ वर्षका करण थामी र उनका भाइ ११/१२ वर्षका अर्जुन थामी छन् । मृतकमध्ये तामाङको […]
८ साउन, काठमाडौं । बेलका नगरपालिकाकी उपमेयर राज कुमारी चौधरीले नगरपालिकामा भ्रष्टाचार नरोकिए पद त्याग गर्ने घोषणा गरेकी छन् । उनले बेथिति अन्त्य गर्न नसकेको भन्दै मतदातासँग माफीसमेत मागेकी छन् । ‘पंखादेखि एक्साभेटर खरिदसम्म भ्रष्टाचार भएको कुरा मैले डेढ वर्षदेखि नै उठाइरहेकी छु,’ उपमेयर चौधरीले अनलाइनखबरसँग भनिन्, ‘काला कर्तुतहरु र भ्रष्टाचारीहरुको अन्त्य हुँदैन भने म […]
८ साउन, काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला जेलमुक्त हुँदैछन् । डिल्लीबजार कारागार प्रशासनले कोइरालालाई बिहीबार थुनामुक्त गर्दैछ । सर्वोच्च अदालतको पत्र प्राप्त भइसकेकाले कोइरालालाई थुनामुक्त गर्न कागजी प्रक्रिया सुरु गरिएको जेलर गणेश आचार्यले अनलाइनखबरलाई बताए । सर्वोच्च अदालतले १५ असारमा […]
८ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा–१८ मा पुष्पलाल स्मृति पार्क निर्माण भएको छ । उद्योग, पर्यटन वातावण मन्त्रालय, वागमती प्रदेश र काठमाडौँ महानगरपालिकाको संयुक्त अनुदानमा सो स्थानमा पार्क निर्माण भएको हो । करीब एक करोडको लागतमा निर्माण भएको सो पार्कको नेकपाका वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरे । उद्घाटनपछि सम्वोधन गर्दै नेपालले […]
८ साउन, काठमाडौं । नोबेल कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनयता निजी विद्यालयका तीन सय शिक्षक–कर्मचारी बेरोजगार भएका छन् । काठमाडौं उपत्यकामा मात्रै ४८ शिक्षक निश्कासनमा परेको संस्थागत विद्यालय शिक्षक युनियनका होमकुमार थापाले जानकारी दिए । ‘यो हामीकहाँ परेको उजुरी मात्रै हो, निश्कासित शिक्षक–कर्मचारीको संख्या त्योभन्दा बढी हुनसक्दछ,’ थापा भन्छन्, ‘शिक्षक कर्मचारीलाई […]
८ साउन, काठमाडौं । कोरोना संक्रमणको प्रभावकारी व्यवस्थापन गर्न माग गर्दै ‘इनफ इज इनफ’ अभियान सम्बद्ध युवाहरूको दोस्रो पटकको अनशनमा साझा पार्टीले ऐक्यबद्धता जनाएको छ । सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै ई, करण गुरूङ र समाइरा श्रेष्ठले पुनः अनसन सुरु गरेको बिहीबार ६ दिन पुगेको छ । केही हप्ताअघि पीसीआर टेस्ट बढाउनु पर्ने, क्वारेन्टिन सुधार […]
८ साउन, वीरगञ्ज । पर्सामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार राति आएको रिपोर्टमा दुई जना चिकित्सकमा समेत कोरोना संक्रमण देखिएको छ । गण्डकमा मृत्यु भएका वृद्धसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालको पीसीआर प्रयोगशालाले […]
८ साउन, वीरगञ्ज । वीरगञ्ज माईस्थान घर भएका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज–६ माईस्थान बस्ने ७० वर्षीय श्याम नारायण वर्णवालको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ । सोमबार एडभान्स अस्पतालमा भर्ना भएका वर्णवालमा श्वासप्रश्वासको समस्या थियो । सोमबार नै उनलाई शंकास्पद कोरोना संक्रमितको रुपमा […]
८ साउन, विराटनगर । प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टिमा प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी कर्मचारी सेल्फ क्वारेन्टाइनमा बसेका छन् । बुधबार २७ वर्षीय एक प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अन्य प्रहरी कर्मचारी क्वारेन्टाइनमा बसेर कार्यालयको काम भर्चुअल माध्ययमबाट गरिरहेका छन् । ‘कार्यालयको फाँटहरुमा एकजना कर्मचारी राखेर भर्चुअल माध्ययमबाट काम गरिरहेका छौं’, प्रदेश प्रहरी […]
२०४४ सालमा अधिकृतस्तरबाट सेवा सुरु गरेका त्रिलोचन पंगेनीले नेपाल राष्ट्र बैंकमा ३० वर्ष बिताए । यो अवधिमा उनले पोखरा क्षेत्रीय कार्यालय, तालिम केन्द्र, विदेशी विनिमय विभाग, आन्तरिक लेखा परीक्षण विभाग, नियमन विभाग, राष्ट्र ऋण विभाग र जनशक्ति विभागको काम गरे । यीमध्ये पनि मौद्रिक नीति तर्जुमा विभागमा बढी काम गरेर राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट […]
८ साउन, काठमाडौं । मनसुनी न्युन चापीय रेखा नेपालको पश्चिम भागबाट दक्षिणतिर सरेकाले प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिमका जिल्लाहरुमा केही दिनसम्म ठूलो वर्षा र लगातारको झरी नहुने मौसमविदले बताएका छन् । गण्डकी प्रदेशदेखि पूर्वी भूभागमा भने अझै पनि भारी वर्षाको सम्भावना कायमै छ । ‘मनसुन अवधि कायमै रहेकाले पानी त पर्छ, तर भारी वर्षा […]
८ साउन, काठमाडौं । मुलुकभर ३९ वटा बीमा कम्पनी र एउटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । यीमध्ये सरकारी लगानी रहेको राष्ट्रिय बीमा संस्थान भने बेथितिको भारीले थिचिएको छ । सरकारी नीति–नियमलाई अटेर गर्दै आएको संस्थाले महालेखा परीक्षणले दिएको निर्देशनलाई पनि वास्ता गर्दैन । हरेक वर्ष साधारण सभा गर्नुपर्ने, लेखा परीक्षण गराएर पारित गर्नैपर्ने नीतिगत व्यवस्थालाई […]
८ साउन, कैलाली । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । प्रज्ज्वलनशील पदार्थ छर्किएर बुधवार राति अज्ञात समूहले आगजनी गरेको नगरपालिकाले जनाएको छ । झ्यालको सिसा फुटाएर कार्यालयमा आगजनी गरिएको वडा सचिव महेश भट्टले बताए । आगजनीबाट कम्प्युटर, सोफा, कार्पेट, कुर्सी र टेबुल जलेको उनले जानकारी दिए । घटनाको अनुसन्धान […]
८ साउन, काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ का लागि केन्द्रीय बैंकले तय गरेको मौद्रिक व्यवस्थाप्रति प्रायः सबै क्षेत्र खुसी देखिए । मौद्रिक नीतिबाट निजी क्षेत्र उत्साहित देखिएको छ । ब्याजदर क्यापको विषयमा लघुवित्त क्षेत्रले चित्त दुखाए पनि अन्य सबै क्षेत्र खुसी देखिएका छन् । मौद्रिक नीतिले कृषि क्षेत्रलाई अझ उत्साहित पारेको छ । कृषि क्षेत्रमा […]
८ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका १० र ६ नं. वडाको बीचमा मुख्य नाला जाम भएपछि वर्षायाममा परेको पानीले निकास पाएन । स्थानीयका घर र आदर्शनगरका पसल डुबानमा परे । डुबानबाट हैरान भएपछि स्थानीय ४२ जनाले साउन १ गते वीरगञ्ज महानगरपालिकालाई संयुक्त पत्र लेखेर नाला सफा गर्न आग्रह गरे । पत्रमा वीरगञ्ज–१० आदर्शनगरस्थित क्लासिक होटल […]
८ साउन, डोटी । श्रीमती र छोरासहित दुई वर्ष भारतको मुम्बईमा बसेका डोटी शिखर नगरपालिका–३ का २५ वर्षीय भरत बोगटी जेठ ११ गते घर पुगे । आउने दशैं–तिहारसम्म घर फर्किने योजनामा रहेका उनलाई विश्वव्यापी रुपमा फैलिएको कोराना भाइरस (कोभिड–१९) ले कुबेलामा घर आउन बाध्य बनायो । कोरोनाबाट बच्नका लागि उनी सपरिवार घर आए । तर […]
८ साउन, दमौली । चितुवाको सबैभन्दा बढी प्रभाव रहेको तनहुँको भानु नगरपालिकामा चितुवाको गणना गरिने भएको छ । मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्नका लागि डिभिजन वन कार्यालयले यहाँको जङ्गलमा रहेका चितुवा गणना गर्न लागेको हो । चितुवाको आक्रमणबाट एक वर्षमा जिल्लामा छ जना बालबालिकाले ज्यान गुमाएका छन् । तीमध्ये तीन जना भानु नगरपालिकाका हुन् । […]
८ साउन, काठमाडौँ । मङ्गलबार पहिरोले पुरिएर मृत्यु भएका तीन वर्षीय जुम्ल्याहा सचिन र सन्ध्या रानाको परिवारलाई टोखा नगरपालिकाले ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ । नगरपालिकाको बुधबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले टोखा–१ टाँसी डाँडामा पहिरोका कारण मृत्यु भएका परिवारलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिए । नगरपालिकाभित्र […]
७ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका-१ का कृष्णप्रसाद पराजुलीले गाउँको उत्पादनलाई शहरसम्म पुर्याउनुपर्छ भन्दै राप्ती खोलामा तुइन हाल्न अगुवाइ गरेका थिए । नियति पनि कस्तो ! जसले तुइन लगायो, उसैलाई बाढीले बगायो । पराजुलीको अगुवाइमा ०४८ सालमा हेटौंडा सिमेन्ट उद्योगले सामरी र राप्ति खोलाको दोभानमा ९५ मिटर लामो तुइन राखिएपछि गाउँले हर्षित भए । अब […]
from समाचार – Online Khabar https://ift.tt/3jwVOpp
via IFTTT