Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रदेश १ प्रहरी कार्यालयका थप ४ जनामा कोरोना पुष्टि

८ साउन, काठमाडौं । प्रदेश नं. १ प्रहरी कार्यालयका थप चार जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पाइएको छ । बिहीबार थप चार जनामा संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालय, विराटनगरका एसपी दीपक पोखरेलले अनलाइनखबरलाई बताए । बुधबार एक जना प्रहरी अधिकृतमा कोरोना पुष्टि भएको थियो । प्रदेश प्रहरी कार्यालयका ११ जना अधिकारीमा गरिएको परीक्षणमा […]

मुलुकभर धान रोपाइँ सकिँदै

८ साउन, काठमाडौं । साउनको दोस्रो सातासम्म आईपुग्दा देशभरको रोपाइँको अवस्था राम्रो रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । देशभर कुल १३ लाख ७१ हजार ७०६ हेक्टर रोपाइँ योग्य भूमिमध्ये १२ लाख ५७ हजार ६०७ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए । देशभरको उच्च पहाडमा […]

फुटबल प्रशिक्षण तयारी : खेलाडीहरु दुई साता होटलमा, पीसीआर टेष्टपछि मैदानमा

८ साउन, काठमाडौं । कोरोना भाइरस महामारीले रोकिएको राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ १ देखि फेरि सुरु गर्ने तयारी अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेको छ । कोरोना महामारीको संक्रमण रोक्न सरकारले २०७६ चैत ११ देखि लकडाउन लागु गरेपछि फुटबल टिमको प्रशिक्षण रोकिएको थियो । सरकारले चार महिनापछि बुधबार लकडाउन खुल्ला गरेपछि अब खेलकुदको लागि […]

युरो टि-२० स्लाम एक वर्षपछि सर्‍यो

८ साउन काठमाडौं । युरो टि-२० स्लाम फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको पहिलो संस्करण एक वर्ष पछि हुने भएको छ । कोरोनाभाइरस महामारीका कारण उत्पन्न अनिश्चिताको कारण युरोपको यस प्रतियोगिता स्थगित भएको हो । आयोजकले बुधबार यस वर्ष तय भएको प्रतियोगिता सन् २०२१ सम्मका लागि स्थगित गरिएको जनाएको छ । युरो टि-२० स्लामको पहिलो सिजन सन् २०१९ […]

पूर्वडीआईजी रञ्जन कोइराला रिहा

८ साउन, काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला बिहीबार जेलमुक्त भएका छन् । डिल्लीबजार कारागार प्रशासनले कोइरालालाई बिहीबार जेलमुक्त गरेको हो । सर्वोच्च अदालतले १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । श्रीमती गीता ढकालको हत्या […]

सुनको मूल्यमा दिन-दिनै नयाँ रेकर्ड

८ साउन, काठमाडौं । सुनको मूल्यमा बिहीबार पुनः नयाँ कीर्तिमान कायम भएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले बढेर सुनको भाउ ९४ हजार पाँच सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजाबी सुनको मूल्य भने ९४ हजार ६५ रुपैयाँ प्रतितोला तोकेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १० […]

गण्डकी प्रदेशमा ५ जना कोरोना संक्रमित थपिए

८ साउन, काठमाडौं । गण्डकी प्रदेशमा पाँच जना कोरोना संक्रमित थपिएका छन् । पर्वतमा दुई, कास्कीमा दुई र स्याङ्जामा एक जना कोरोना संक्रमित थपिएका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या १ हजार ३ सय ५० पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयले बिहीबार बिहान जारी गरेको प्रेस विज्ञप्तिअनुसार पर्वतको मोदी […]

झापाको सिमसार क्षेत्रमा तीन बालक मृत भेटिए

८ साउन, झापा । केही दिनदेखि बेपत्ता तीन जना बालक मृत अवस्थामा भेटिएका छन् । भद्रपुर नगरपालिका–२ मा रहेको सिमसार क्षेत्रमा उनीहरु मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी राकेश थापाका अनुसार मृत्यु हुनेमा १० वर्षीय अंकुश तामाङ, १४/१५ वर्षका करण थामी र उनका भाइ ११/१२ वर्षका अर्जुन थामी छन् । मृतकमध्ये तामाङको […]

बेलका नगरपालिकाको भ्रष्टाचार नरोकिए पद त्याग्छु : उपमेयर चौधरी

८ साउन, काठमाडौं । बेलका नगरपालिकाकी उपमेयर राज कुमारी चौधरीले नगरपालिकामा भ्रष्टाचार नरोकिए पद त्याग गर्ने घोषणा गरेकी छन् । उनले बेथिति अन्त्य गर्न नसकेको भन्दै मतदातासँग माफीसमेत मागेकी छन् । ‘पंखादेखि एक्साभेटर खरिदसम्म भ्रष्टाचार भएको कुरा मैले डेढ वर्षदेखि नै उठाइरहेकी छु,’ उपमेयर चौधरीले अनलाइनखबरसँग भनिन्, ‘काला कर्तुतहरु र भ्रष्टाचारीहरुको अन्त्य हुँदैन भने म […]

आज जेलमुक्त हुँदैछन् पूर्वडीआईजी रञ्जन कोइराला

८ साउन, काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला जेलमुक्त हुँदैछन् । डिल्लीबजार कारागार प्रशासनले कोइरालालाई बिहीबार थुनामुक्त गर्दैछ । सर्वोच्च अदालतको पत्र प्राप्त भइसकेकाले कोइरालालाई थुनामुक्त गर्न कागजी प्रक्रिया सुरु गरिएको जेलर गणेश आचार्यले अनलाइनखबरलाई बताए । सर्वोच्च अदालतले १५ असारमा […]

भिमसेनदास प्रधानहरूको मिसनलाई स्वेतपत्रमार्फत जवाफ दिन्छौं : मेयर शाक्य

८ साउन, काठमाडौं ।  काठमाडौं महानगरपालिकाको वडा–१८ मा पुष्पलाल स्मृति पार्क निर्माण भएको छ । उद्योग, पर्यटन वातावण मन्त्रालय, वागमती प्रदेश र काठमाडौँ महानगरपालिकाको संयुक्त अनुदानमा सो स्थानमा पार्क निर्माण भएको हो । करीब एक करोडको लागतमा निर्माण भएको सो पार्कको नेकपाका वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरे । उद्घाटनपछि सम्वोधन गर्दै नेपालले […]

लकडाउनयता तीन सय शिक्षकको गयो जागिर

८ साउन, काठमाडौं । नोबेल कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनयता निजी विद्यालयका तीन सय शिक्षक–कर्मचारी बेरोजगार भएका छन् । काठमाडौं उपत्यकामा मात्रै ४८ शिक्षक निश्कासनमा परेको संस्थागत विद्यालय शिक्षक युनियनका होमकुमार थापाले जानकारी दिए । ‘यो हामीकहाँ परेको उजुरी मात्रै हो, निश्कासित शिक्षक–कर्मचारीको संख्या त्योभन्दा बढी हुनसक्दछ,’ थापा भन्छन्, ‘शिक्षक कर्मचारीलाई […]

अनशनरत युवासँग भएको सहमति लागु नगर्नु अपराध हो : साझा पार्टी

८ साउन, काठमाडौं । कोरोना संक्रमणको प्रभावकारी व्यवस्थापन गर्न माग गर्दै ‘इनफ इज इनफ’ अभियान सम्बद्ध युवाहरूको दोस्रो पटकको अनशनमा साझा पार्टीले ऐक्यबद्धता जनाएको छ । सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै ई, करण गुरूङ र समाइरा श्रेष्ठले पुनः अनसन सुरु गरेको बिहीबार ६ दिन पुगेको छ । केही हप्ताअघि पीसीआर टेस्ट बढाउनु पर्ने, क्वारेन्टिन सुधार […]

पर्सामा थप १७ जनामा कोरोना संक्रमण, अधिकांशमा लक्षण

८ साउन, वीरगञ्ज । पर्सामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार राति आएको रिपोर्टमा दुई जना चिकित्सकमा समेत कोरोना संक्रमण देखिएको छ । गण्डकमा मृत्यु भएका वृद्धसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालको पीसीआर प्रयोगशालाले […]

वीरगञ्जमा कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४३ पुग्यो

८ साउन, वीरगञ्ज । वीरगञ्ज माईस्थान घर भएका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज–६ माईस्थान बस्ने ७० वर्षीय श्याम नारायण वर्णवालको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ । सोमबार एडभान्स अस्पतालमा भर्ना भएका वर्णवालमा श्वासप्रश्वासको समस्या थियो । सोमबार नै उनलाई शंकास्पद कोरोना संक्रमितको रुपमा […]

प्रदेश प्रहरीको काम अनलाइनबाट, प्रहरी कर्मचारी क्वारेन्टाइनमा

८ साउन, विराटनगर । प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टिमा प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी कर्मचारी सेल्फ क्वारेन्टाइनमा बसेका छन् । बुधबार २७ वर्षीय एक प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अन्य प्रहरी कर्मचारी क्वारेन्टाइनमा बसेर कार्यालयको काम भर्चुअल माध्ययमबाट गरिरहेका छन् । ‘कार्यालयको फाँटहरुमा एकजना कर्मचारी राखेर भर्चुअल माध्ययमबाट काम गरिरहेका छौं’, प्रदेश प्रहरी […]

‘राष्ट्र बैंकको मौद्रिक नीति योभन्दा लचिलाे बन्न सक्थ्यो’

२०४४ सालमा अधिकृतस्तरबाट सेवा सुरु गरेका त्रिलोचन पंगेनीले नेपाल राष्ट्र बैंकमा ३० वर्ष बिताए । यो अवधिमा उनले पोखरा क्षेत्रीय कार्यालय, तालिम केन्द्र, विदेशी विनिमय विभाग, आन्तरिक लेखा परीक्षण विभाग, नियमन विभाग, राष्ट्र ऋण विभाग र जनशक्ति विभागको काम गरे । यीमध्ये पनि मौद्रिक नीति तर्जुमा विभागमा बढी काम गरेर राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट […]

तीन दिनसम्म नारायणीमा बहाव बढ्ने, कन्काई र बागमतीमा आकस्मिक बहावको सम्भावना

८ साउन, काठमाडौं । मनसुनी न्युन चापीय रेखा नेपालको पश्चिम भागबाट दक्षिणतिर सरेकाले प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिमका जिल्लाहरुमा केही दिनसम्म ठूलो वर्षा र लगातारको झरी नहुने मौसमविदले बताएका छन् । गण्डकी प्रदेशदेखि पूर्वी भूभागमा भने अझै पनि भारी वर्षाको सम्भावना कायमै छ । ‘मनसुन अवधि कायमै रहेकाले पानी त पर्छ, तर भारी वर्षा […]

महालेखाको निर्देशन कुल्चिदै बीमा संस्थान

८ साउन, काठमाडौं । मुलुकभर ३९ वटा बीमा कम्पनी र एउटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । यीमध्ये सरकारी लगानी रहेको राष्ट्रिय बीमा संस्थान भने बेथितिको भारीले थिचिएको छ । सरकारी नीति–नियमलाई अटेर गर्दै आएको संस्थाले महालेखा परीक्षणले दिएको निर्देशनलाई पनि वास्ता गर्दैन । हरेक वर्ष साधारण सभा गर्नुपर्ने, लेखा परीक्षण गराएर पारित गर्नैपर्ने नीतिगत व्यवस्थालाई […]

शुक्लाफाँटा नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा आगजनी

८ साउन, कैलाली । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । प्रज्ज्वलनशील पदार्थ छर्किएर बुधवार राति अज्ञात समूहले आगजनी गरेको नगरपालिकाले जनाएको छ । झ्यालको सिसा फुटाएर कार्यालयमा आगजनी गरिएको वडा सचिव महेश भट्टले बताए । आगजनीबाट कम्प्युटर, सोफा, कार्पेट, कुर्सी र टेबुल जलेको उनले जानकारी दिए । घटनाको अनुसन्धान […]

‘कृषिको नेतृत्व लिन हामी तयार थियौँ’

८ साउन, काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ का लागि केन्द्रीय बैंकले तय गरेको मौद्रिक व्यवस्थाप्रति प्रायः सबै क्षेत्र खुसी देखिए । मौद्रिक नीतिबाट निजी क्षेत्र उत्साहित देखिएको छ । ब्याजदर क्यापको विषयमा लघुवित्त क्षेत्रले चित्त दुखाए पनि अन्य सबै क्षेत्र खुसी देखिएका छन् । मौद्रिक नीतिले कृषि क्षेत्रलाई अझ उत्साहित पारेको छ । कृषि क्षेत्रमा […]



from समाचार – Online Khabar https://ift.tt/32Lh5FP
via IFTTT
Powered by Blogger.