Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

भारतमा एकैदिन थपिए झण्डै २१ हजार कोरोना संक्रमित

१९ असार, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का करिब २१ हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्यमन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका २० हजार ९०३ नयाँ संक्रमित भेटिएका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख २५ हजार ५४४ पुगेको छ । कोरोना भाइरसबाट मृत्यु […]

हत्या लुकाउन गुपचुप शव गाडियो, एक वर्षपछि आरोपितद्वारा आत्मसमर्पण

१९ असार, विराटनगर । सुनसरी प्रहरीले श्रीमती हत्या आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ । हरिनगर गाउँपालिका – १ की ४३ वर्षीय रसिदा खातुनको हत्या आरोपमा उनका श्रीमान स्तुल मियाँलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार ९ असार २०७६ मा घटना भएपछि फरार मियाँ बुधबार आफैं जिल्ला प्रहरी कार्यालय सुनसरीमा हाजिर भएका थिए । त्यसपछि […]

पोखरामा प्रधानमन्त्रीको समर्थनमा प्रदर्शन

१९ असार, पोखरा । पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन भएको छ । केपी शर्मा ओलीलाई संकटमा पार्ने काम भइरहेको र भारतीय चलखेलमा सरकार ढाल्न खोजिएको भन्दै पोखरा मानवअधिकार चोकमा प्रदर्शन भएको हो । प्रधानमन्त्री केपी ओली पक्षका उत्रिएका युवाले भारतको बिपक्षमा नारा लगाए । ‘भारतीय दलाल होसियार’ भन्दै नारा लगाएका युवाले केपी ओलीजस्तो […]

खस शब्दकोश लेखनलाई बजेट

१९ असार, खलङ्गा । जुम्ला चन्दननाथ नगरपालिका, आचार्यबाडाका भाषाविद् रमानन्द आचार्यले एक दशकअघि शुरु गरेको ‘बृहत् नेपाली खस शब्दकोश’को कामले पूर्णता पाउने भएको छ । प्रदेश सरकारले खस शब्दकोश लेखनका लागि बजेट विनियोजन गरेपछि एक दशकदेखि लेखिँदै आएको ‘खसिया आखर’ (खस शब्दभण्डार)को काममा आशा पलाएको हो । विसं २०६५ देखि शब्दकोश लेख्दै आउनुभएका आचार्यको काममा […]

राष्ट्रिय गौरवका योजनाका नाममा नदीजन्य पदार्थ दोहन

१९ असार, सर्लाही । जिल्लाका नदी उत्खननका कारण नदी नजिकका बस्तीनै जोखिममा परेका छन् । मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन गरेर बोक्ने टिफरका कारण गाउँका बाटो भत्कन थालेको स्थानीयले बताएका छन् । लालबन्दी, ईश्वरपुर र वाग्मती नगरपालिकाका विभिन्न खोलाबाट दोहन भएको नदीजन्य पदार्थ राष्ट्रिय गौरवका योजनामा प्रयोग गर्ने भनिए पनि सोझै भारत जाने गरेको स्थानीयले बताएका […]

गुल्मीमा चट्याङ लागेर एक जना घाइते

१९ असार, काठमाडौं । गुल्मीमा चट्याङ लागेर एक जना घाइते भएका छन् । इश्मा गाउँपालिका–३ का नरबहादुर नेपाली घाइते भएका हुन् । राति २ बजेको समयमा परेको चट्याङले उनी बेहोस भएका थिए । गुल्मीका डीएसपी केदारराज पन्तका अनुसार घाइते नेपालीको स्थानीय प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

विदेशबाट फर्केका ११ सय नेपालीमात्र होटेल क्वारेन्टिनमा

१९ असार, काठमाडौं । लकडाउनका कारण विदेशमा समस्यामा परेका नेपालीहरुलाई सरकारले असार पहिलो साताबाट धमाधम ल्याउन शुरु गर्‍यो । उनीहरुलाई नेपाल फर्केपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान बनाइएको छ । सोहीअनुसार देशभर ५७ वटा होटेल क्वारेन्टिनका लागि तोकिएका थिए । यी होटेलले दैनिक करीव ३३ सय पाहुनालाई एकसाथ सेवा दिन सक्छन् । तर, अहिलेसम्म ११ […]

गुल्मी पहिरो : १८ महिने शिशुको मृत्यु, सात वर्षीया बालिका वेपत्ता

१९ असार, काठमाडौं । गुल्मीको इश्मा गाउँपालिका–१ मल्दी भन्ने स्थानमा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । अन्य पाँच जना घाइते भएका छन् । गुल्मीका डीएसपी केदारराज पन्तका अनुसार बसन्त सारुको घर बगाउँदा उनको १८ महिनाका छोरा सुरज सारुको मृत्यु भएको हो । यस्तै सोही ठाउँ बस्ने […]

नेपाल निम्न मध्यम आय भएको देशको सूचीमा उक्लियो

१९ असार, काठमाडौं । नेपाल निम्न आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा नेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीमा छ । विश्व बैंकको तथ्यांक अनुसार नेपालीहरुको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १३० डलरले वृद्धि भएको छ । सन् २०१९ मा नेपालीहरुको प्रतिव्यक्ति आय […]

सांसद विकास कोषको खर्च नभएको बजेट कोरोना कोषमा

१९ असार, गलकोट । बागलुङ क्षेत्र नम्बर १ का सङ्घीय सांसद डा सूर्य पाठकको सांसद विकास कोषतर्फको खर्च नभएको बजेट कोरोना कोषमा जम्मा भएको छ । नेपाल सरकारको अर्थ मन्त्रालयको निर्णयअनुसार विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण आफ्नो निर्वाचन क्षेत्रका चार पालिकामा विनियोजन भएको छ करोड रुपैयाँमध्ये खर्च नभएको रकम सम्बन्धित स्थानीय तहको कोरोना कोषमा […]

छाङरुमा सडक मर्मत गर्दै सशस्त्र प्रहरी, तीन बीओपी थपियो

१८ असार, काठमाडौैं । सशस्त्र प्रहरी बलको छाङरुमा रहेको बोर्डर आउट पोष्ट (बीओपी) ले छाङरुदेखि तिङ्कर भन्ज्याङ जाने बाटो मर्मत गरेको छ । सशस्त्र प्रहरीका निरीक्षक लिलिबहादुर चन्द नेतृत्वको टोलीले करिब ११ किलोमिटरको गोरेटो बाटो मर्मत गरेको हो । स्थानीयवासीसँगको सहकार्यमा सुख्खा तथा हिउँ पहिरो हटाएर गोरेटो बाटो सुचारु गराइएको सशस्त्र प्रहरीले जनाएको छ । […]

भारतको कानपुरमा ८ प्रहरीको हत्या

१९ असार, काठमाडौं । भारतको उत्तरप्रदेशमा पर्ने कानपुर जिल्लामा आठ प्रहरीको हत्या भएको छ । बिहीबार राति करिब एक बजे अज्ञात समूहले अन्धाधुन्द गोली चलाउँदा एक डिएसपी र तीन इन्सपेक्टरसहित आठ जना प्रहरीहरु मारिएका हुन् । गोली लागेर ७ जना प्रहरीहरु घाइते भएका छन् । उनीहरुलाई कानपुरकै रिजेन्सी अस्पतालमा भर्ना गरिएको छ । लामो समयदेखि […]

महिलालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परे वडाध्यक्ष

१९ असार, कञ्चनपुर । स्थानीय महिलालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कञ्चनपुरका एक जना जनप्रतिनिधिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष राम नाथलाई पक्राउ गरेको हो । मदिरा सेवन गरेर स्थानीय एक महिलालाई अपशब्द बोल्दै हातपात गरेको अभियोग उनीमाथि छ । मदिरा सेवन गरेर दुर्व्यवहार गरेको आरोप […]

चरा ठोक्किएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज ग्राउन्डेड

१९ असार, काठमाडौं । कुवेतबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको वाइडबडी जहाजमा चरा ठोक्किएपछि जहाज ग्राउन्डेड भएको छ । जहाजमा बिहीबार बिहान ८ः३० बजे अवतरणका क्रममा चरा ठोक्किएको थियो । त्यसक्रममा जहाजको पछिल्लो इन्जिनमा सामान्य क्षति पुगेको विमानस्थल कार्यालय स्रोतले जानकारी दिएको छ । यसको मर्मत गरी पुनः उडानयोग्य बनाउन अझै ४–५ दिन लाग्ने नेपाल एयरलाइन्सका […]

केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

१९ असार, काठमाडौं । आगामी तीन दिन देशभर बदली हुने र केही स्थानमा वर्षासमेत हुने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार शुक्रबार देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने छ । मौसमविद गंगा नगरकोटीका अनुसार शुत्रबार प्रदेश १, प्रदेश २, […]

गण्डकीमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

१८ असार, पोखरा  । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा ४ जिल्लामा कोरोना संक्रमितको संख्या बढेको हो । शुक्रबार कोरोना संक्रमण पुष्टि हुनेमा १९ जना नवलपरासीका छन् । कावासोती नगरपालिकाका २२ देखि ४९ वर्ष उमेर समूहका ११ जना पुरुषमा कोरोना […]

गुल्मीमा पहिरो जाँदा दुई जना वेपत्ता

१९ असार, तम्घास । गुल्मीको इश्मा गाउँपालिका–१ मल्दी भन्ने स्थानमा पहिरो जाँदा दुई जना वेपत्ता भएका छन् । दुई जनालाई उद्धार गरिएको छ । इश्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर विष्टले अनलाइनखबरसँग भने, ‘एक जना महिला र एक जना पुरुषलाई स्थानीयवासीले उद्धार गरे । अर्का एकजना महिला र एकजना पुरुष वेपत्ता छन् ।’ गाउँपालिका अध्यक्ष विष्टका अनुसार […]

ट्रम्पले कोरोना भाइरसलाई भने– चिनियाँ प्लेग

१९ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ प्लेग’को संज्ञा दिएका छन् । ह्वाइट हाउसमा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले सो अभिव्यक्ति दिएका हुन् । उनले भने, ‘यो चिनियाँ प्लेग हो । फैलिनु हुँदैनथ्यो तर चीनले फैलिन दियो । हामीले नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गरेका थियौं । तर मसी सुक्न नपाउँदै […]

निगमको मनपरी : भाउ घटुन्जेल लकडाउनको बहाना, नाफा घटेपछि मूल्यवृद्धि

१८ असार, काठमाडौं । वैशाखको अन्तिम साता अनलाइनखबरसँगको अन्तर्वार्तामा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले भनेका थिए, ‘लकडाउनमा मूल्य घटाउँदा जनताले फाइदा पाउँदैनन्, यस्तो अवस्थामा कसका लागि मूल्य घटाउनु ?’ लकडाउनका बेला निगमलाई लिटरमा पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ४५ पैसा, डिजेलमा २५ रुपैयाँ ६९ पैसा र मटितेलमा ५५ रुपैयाँ ३५ पैसासम्म नाफा भएको थियो […]

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति खुल्यो

१८ असार, काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति (रि-इन्ट्री) दिन थालेको छ । गत फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारको लागि श्रम स्वीकृति दिने प्रक्रिया पुनः सुरु भएको हो । अब विदामा आएका कामदारलाई फेरि फर्किन श्रम स्वकृति दिन थालिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारराज दाहलले जानकारी दिए । कामदारले काम […]

सहरका खुला ठाउँ मासेर मेयरको ‘ड्रिम प्रोजेक्ट’

१८ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७७/७८ माथि नगरपरिषद्मा छलफल चलिरहेको छ । लैनचौरमा बहुतले पार्किङ, तीनकुनेमा भूमिगत पार्किङ र सभाहलसहितको बुद्धपार्क तथा भृकुटीमण्डपमा विशाल सभाहल (मेगाहल) बनाउने योजनालाई बजेटमा समेटिएको छ । यी योजनाहरूमध्ये लैनचौरको बहुतले पार्किङ र तीनकुनेको बुद्धपार्क निर्माणको योजना जनप्रतिनिधिहरू निर्वाचित हुनु अघिको हो । महाभूकम्प पछि सहरमा […]



from समाचार – Online Khabar https://ift.tt/2CWmE9B
via IFTTT
Powered by Blogger.