Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कञ्चनपुरमा ट्याङ्करको ठक्करबाट एकजनाको मृत्यु

१९ असार, धनगढी । खानेपानी ढुवानी गर्ने ट्याङ्करको ठक्करबाट कञ्चनपुरमा शुक्रबार एकजनाको मृत्यु भएको छ । पुनर्वास नगरपालिका-१ स्थित कालिका स्वास्थ्यचौकी नजिकै ट्याङ्करले ठक्कर दिँदा ३८ वर्षीय लोकेन्ऽसिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । खानेपानी बोक्ने ट्याङ्करले मोटरसाइकलमा सवार व्यक्तिलाई ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर […]

तिलोत्तमाको सडकमा पहिले बुद्धका मूर्ति फोडिए अहिले स्टोनियाका बुटा काटिए

१९ असार, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको डिभाइडरमा हुर्किसकेका स्टोनियाका रुख बिहीबार राति अज्ञात व्यक्तिले काटिदिएका छन् । मणिग्राम चोकदेखि उत्तर नयाँ मिलसम्म ३० वटा रुख हतियारको प्रयोग र हातले भाँचेर क्षति पुर्‍याइएको छ । स्टोनियाका रुखहरुमा कसले क्षति पुर्‍याएको हो भन्ने पहिचान हुन नसकेको नगरप्रमुख बासुदेव घिमिरेले बताए । यसअघि गत […]

नेविसंघका नेताहरुलाई थर्काउँदै देउवाले भने- बढ्ता जान्ने भइहाल्नुपर्ने ? लाज छैन

१९ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भाषण मात्र गर्दै हिँडेको भन्दै नेविसंघका नेताहरुलाई सार्वजनिक कार्यक्रममै थर्काएका छन् । पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९६औं जन्मजयन्तीमा नेविसंघले शुक्रबार शान्तिबाटिकामा राखेको रक्तदान कार्यक्रममा देउवालाई बोलाइएको थियो । कार्यक्रममा साढे २ मिनेट सम्बोधन गरेका देउवाले नेताहरुलाई थार्काएका छन् । ‘सोसल डिस्ट्यान्स भनेको छ, टाँसिएर बसेको छ यहाँ […]

भारतमा एकैदिन थपिए झण्डै २१ हजार कोरोना संक्रमित

१९ असार, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का करिब २१ हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्यमन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका २० हजार ९०३ नयाँ संक्रमित भेटिएका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख २५ हजार ५४४ पुगेको छ । कोरोना भाइरसबाट मृत्यु […]

हत्या लुकाउन गुपचुप शव गाडियो, एक वर्षपछि आरोपितद्वारा आत्मसमर्पण

१९ असार, विराटनगर । सुनसरी प्रहरीले श्रीमती हत्या आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ । हरिनगर गाउँपालिका – १ की ४३ वर्षीय रसिदा खातुनको हत्या आरोपमा उनका श्रीमान स्तुल मियाँलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार ९ असार २०७६ मा घटना भएपछि फरार मियाँ बुधबार आफैं जिल्ला प्रहरी कार्यालय सुनसरीमा हाजिर भएका थिए । त्यसपछि […]

पोखरामा प्रधानमन्त्रीको समर्थनमा प्रदर्शन

१९ असार, पोखरा । पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन भएको छ । केपी शर्मा ओलीलाई संकटमा पार्ने काम भइरहेको र भारतीय चलखेलमा सरकार ढाल्न खोजिएको भन्दै पोखरा मानवअधिकार चोकमा प्रदर्शन भएको हो । प्रधानमन्त्री केपी ओली पक्षका उत्रिएका युवाले भारतको बिपक्षमा नारा लगाए । ‘भारतीय दलाल होसियार’ भन्दै नारा लगाएका युवाले केपी ओलीजस्तो […]

खस शब्दकोश लेखनलाई बजेट

१९ असार, खलङ्गा । जुम्ला चन्दननाथ नगरपालिका, आचार्यबाडाका भाषाविद् रमानन्द आचार्यले एक दशकअघि शुरु गरेको ‘बृहत् नेपाली खस शब्दकोश’को कामले पूर्णता पाउने भएको छ । प्रदेश सरकारले खस शब्दकोश लेखनका लागि बजेट विनियोजन गरेपछि एक दशकदेखि लेखिँदै आएको ‘खसिया आखर’ (खस शब्दभण्डार)को काममा आशा पलाएको हो । विसं २०६५ देखि शब्दकोश लेख्दै आउनुभएका आचार्यको काममा […]

राष्ट्रिय गौरवका योजनाका नाममा नदीजन्य पदार्थ दोहन

१९ असार, सर्लाही । जिल्लाका नदी उत्खननका कारण नदी नजिकका बस्तीनै जोखिममा परेका छन् । मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन गरेर बोक्ने टिफरका कारण गाउँका बाटो भत्कन थालेको स्थानीयले बताएका छन् । लालबन्दी, ईश्वरपुर र वाग्मती नगरपालिकाका विभिन्न खोलाबाट दोहन भएको नदीजन्य पदार्थ राष्ट्रिय गौरवका योजनामा प्रयोग गर्ने भनिए पनि सोझै भारत जाने गरेको स्थानीयले बताएका […]

गुल्मीमा चट्याङ लागेर एक जना घाइते

१९ असार, काठमाडौं । गुल्मीमा चट्याङ लागेर एक जना घाइते भएका छन् । इश्मा गाउँपालिका–३ का नरबहादुर नेपाली घाइते भएका हुन् । राति २ बजेको समयमा परेको चट्याङले उनी बेहोस भएका थिए । गुल्मीका डीएसपी केदारराज पन्तका अनुसार घाइते नेपालीको स्थानीय प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

विदेशबाट फर्केका ११ सय नेपालीमात्र होटेल क्वारेन्टिनमा

१९ असार, काठमाडौं । लकडाउनका कारण विदेशमा समस्यामा परेका नेपालीहरुलाई सरकारले असार पहिलो साताबाट धमाधम ल्याउन शुरु गर्‍यो । उनीहरुलाई नेपाल फर्केपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान बनाइएको छ । सोहीअनुसार देशभर ५७ वटा होटेल क्वारेन्टिनका लागि तोकिएका थिए । यी होटेलले दैनिक करीव ३३ सय पाहुनालाई एकसाथ सेवा दिन सक्छन् । तर, अहिलेसम्म ११ […]

गुल्मी पहिरो : १८ महिने शिशुको मृत्यु, सात वर्षीया बालिका वेपत्ता

१९ असार, काठमाडौं । गुल्मीको इश्मा गाउँपालिका–१ मल्दी भन्ने स्थानमा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । अन्य पाँच जना घाइते भएका छन् । गुल्मीका डीएसपी केदारराज पन्तका अनुसार बसन्त सारुको घर बगाउँदा उनको १८ महिनाका छोरा सुरज सारुको मृत्यु भएको हो । यस्तै सोही ठाउँ बस्ने […]

नेपाल निम्न मध्यम आय भएको देशको सूचीमा उक्लियो

१९ असार, काठमाडौं । नेपाल निम्न आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा नेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीमा छ । विश्व बैंकको तथ्यांक अनुसार नेपालीहरुको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १३० डलरले वृद्धि भएको छ । सन् २०१९ मा नेपालीहरुको प्रतिव्यक्ति आय […]

सांसद विकास कोषको खर्च नभएको बजेट कोरोना कोषमा

१९ असार, गलकोट । बागलुङ क्षेत्र नम्बर १ का सङ्घीय सांसद डा सूर्य पाठकको सांसद विकास कोषतर्फको खर्च नभएको बजेट कोरोना कोषमा जम्मा भएको छ । नेपाल सरकारको अर्थ मन्त्रालयको निर्णयअनुसार विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण आफ्नो निर्वाचन क्षेत्रका चार पालिकामा विनियोजन भएको छ करोड रुपैयाँमध्ये खर्च नभएको रकम सम्बन्धित स्थानीय तहको कोरोना कोषमा […]

छाङरुमा सडक मर्मत गर्दै सशस्त्र प्रहरी, तीन बीओपी थपियो

१८ असार, काठमाडौैं । सशस्त्र प्रहरी बलको छाङरुमा रहेको बोर्डर आउट पोष्ट (बीओपी) ले छाङरुदेखि तिङ्कर भन्ज्याङ जाने बाटो मर्मत गरेको छ । सशस्त्र प्रहरीका निरीक्षक लिलिबहादुर चन्द नेतृत्वको टोलीले करिब ११ किलोमिटरको गोरेटो बाटो मर्मत गरेको हो । स्थानीयवासीसँगको सहकार्यमा सुख्खा तथा हिउँ पहिरो हटाएर गोरेटो बाटो सुचारु गराइएको सशस्त्र प्रहरीले जनाएको छ । […]

भारतको कानपुरमा ८ प्रहरीको हत्या

१९ असार, काठमाडौं । भारतको उत्तरप्रदेशमा पर्ने कानपुर जिल्लामा आठ प्रहरीको हत्या भएको छ । बिहीबार राति करिब एक बजे अज्ञात समूहले अन्धाधुन्द गोली चलाउँदा एक डिएसपी र तीन इन्सपेक्टरसहित आठ जना प्रहरीहरु मारिएका हुन् । गोली लागेर ७ जना प्रहरीहरु घाइते भएका छन् । उनीहरुलाई कानपुरकै रिजेन्सी अस्पतालमा भर्ना गरिएको छ । लामो समयदेखि […]

महिलालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परे वडाध्यक्ष

१९ असार, कञ्चनपुर । स्थानीय महिलालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कञ्चनपुरका एक जना जनप्रतिनिधिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष राम नाथलाई पक्राउ गरेको हो । मदिरा सेवन गरेर स्थानीय एक महिलालाई अपशब्द बोल्दै हातपात गरेको अभियोग उनीमाथि छ । मदिरा सेवन गरेर दुर्व्यवहार गरेको आरोप […]

चरा ठोक्किएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज ग्राउन्डेड

१९ असार, काठमाडौं । कुवेतबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको वाइडबडी जहाजमा चरा ठोक्किएपछि जहाज ग्राउन्डेड भएको छ । जहाजमा बिहीबार बिहान ८ः३० बजे अवतरणका क्रममा चरा ठोक्किएको थियो । त्यसक्रममा जहाजको पछिल्लो इन्जिनमा सामान्य क्षति पुगेको विमानस्थल कार्यालय स्रोतले जानकारी दिएको छ । यसको मर्मत गरी पुनः उडानयोग्य बनाउन अझै ४–५ दिन लाग्ने नेपाल एयरलाइन्सका […]

केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

१९ असार, काठमाडौं । आगामी तीन दिन देशभर बदली हुने र केही स्थानमा वर्षासमेत हुने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार शुक्रबार देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने छ । मौसमविद गंगा नगरकोटीका अनुसार शुत्रबार प्रदेश १, प्रदेश २, […]

गण्डकीमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

१८ असार, पोखरा  । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा ४ जिल्लामा कोरोना संक्रमितको संख्या बढेको हो । शुक्रबार कोरोना संक्रमण पुष्टि हुनेमा १९ जना नवलपरासीका छन् । कावासोती नगरपालिकाका २२ देखि ४९ वर्ष उमेर समूहका ११ जना पुरुषमा कोरोना […]

गुल्मीमा पहिरो जाँदा दुई जना वेपत्ता

१९ असार, तम्घास । गुल्मीको इश्मा गाउँपालिका–१ मल्दी भन्ने स्थानमा पहिरो जाँदा दुई जना वेपत्ता भएका छन् । दुई जनालाई उद्धार गरिएको छ । इश्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर विष्टले अनलाइनखबरसँग भने, ‘एक जना महिला र एक जना पुरुषलाई स्थानीयवासीले उद्धार गरे । अर्का एकजना महिला र एकजना पुरुष वेपत्ता छन् ।’ गाउँपालिका अध्यक्ष विष्टका अनुसार […]

ट्रम्पले कोरोना भाइरसलाई भने– चिनियाँ प्लेग

१९ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ प्लेग’को संज्ञा दिएका छन् । ह्वाइट हाउसमा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले सो अभिव्यक्ति दिएका हुन् । उनले भने, ‘यो चिनियाँ प्लेग हो । फैलिनु हुँदैनथ्यो तर चीनले फैलिन दियो । हामीले नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गरेका थियौं । तर मसी सुक्न नपाउँदै […]



from समाचार – Online Khabar https://ift.tt/3gptgf0
via IFTTT
Powered by Blogger.