Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कोरोना संक्रमितको शव व्यवस्थापन : स्थानीयको अवरोध, सेनाको सम्मान

२० असार, गोरखा । स्थानीयको अवरोधका बीच गोरखामा कोरोना संक्रमणबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापन गरिएको छ । शनिबार मृत्यु भएका पालुङटार नगरपालिका-७ का ४४ बर्षीय संक्रमित पुरुषको शव गोरखा नगरपालिका-१२ र शहिद लखन गाउँपालिका-१ को सिमा क्षेत्र लुदी दोभानमा व्यवस्थापन गरिएको हो । शव व्यवस्थापनको जिम्मा नेपाली सेनालाइ दिइएको थियो । ‘चार जना नेपाली […]

बझाङमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु

२० असार, बझाङ । केदारस्युँ गाउँपालिका-८, मल्लेसीमा गएको पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले ६ जनको शव निकालिसकेको छ भने अर्का एकको खोजी भइरहेको बताए । उनका अनुसार गएराति वषर्ासँगै गाउँ माथिबाट खसेको पहिरोले मल्लेसीका १८ घरमा क्षति पुर्‍याएको थियो । पहिरो खस्न थालेपछि केहीले भने भागेर ज्यान […]

संसद रत्यौली खेल्न चलाइरहने संस्था होइन : मन्त्री अर्याल

२० असार, काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले बिजनेश नभएपछि संसद अधिवेशन अन्त्य गरिएको बताएकी छन् । स्वयं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले हतारहतार अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउन लागेको आशंका गरिरहेका बेला मन्त्री अर्यालले भने अधिवेशन कहिले बोलाउने ? कहिले बन्द गर्ने भन्ने सरकारको विषय […]

पूर्वतयारी नसकी हतारमा ३२ अर्बको रेल्वे ठेक्का

२० असार, काठमाडौं । रेल विभागले असार १४ र १७ गते गरी ५४ वटा ठेक्काको बोलपत्र आह्वान गर्‍यो । पूर्व–पश्चिम रेलमार्ग अन्तरगत रेल्वे ट्रयाक बेड (लिक बिछ्याउने ट्रयाक) बनाउन  रु.३२ अर्बभन्दा बढी लागत अनुमान गरिएको ठेक्का आह्वान भएका हुन् । विभागले पहिलो दिन ३० वटा र भोलिपल्ट २४ वटा ठेक्काको लागि सूचना निकालेको छ । […]

खोकनाको ‘रोपाइँ’मा प्रहरी र स्थानीयवासीबीच झडप

२० असार, काठमाडौं । ललितपुरको खोकनामा आफ्नो जमिन खनजोत गर्न गएका किसान र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्यास समेत हानेको छ । विकासका नाममा जग्गाजमिन र पुर्ख्यौली थातथलो कब्जा गरेको भन्दै खोकनावासीले विरोध गर्दै आएका छन्। पछिल्लो समय अधिग्रहणका लागि सूचना निकालेको जमिनमा खनजोत गर्न समेत नदिएपछि स्थानीयले खड्का […]

पुत्रीलाभपछि प्रमोद खरेलले भोगेको त्रासदी

२० असार, काठमाडौं । गायक प्रमोद खरेल दोस्रो सन्तानको बाबु बनेको आज २१ दिन पुग्यो । तर लक्ष्मीका रुपमा घर भित्रिएकी छोरीलाई उनले अहिलेसम्म स्पर्श गर्न पाएका छैनन् । गत २९ जेठमा श्रीमती दीपाबाट दोस्रो सन्तानप्राप्ति भएयता प्रमोदले कल्पनै नगरेको पीडा र त्रासदी व्यहोर्नुपर्‍यो। यी दिनहरूमा उनले आफ्नो आँखाबाट जति आँसु बगाए, त्योभन्दा धेरै आँखाभित्र […]

अन्तिम पर्दा पनि खस्छ…

– यो शोकसभा हो ! – आधा टेबल कालो कपडाले छोपिएको छ, – आधा टेबल सेतो कपडाले छोपिएको छ ! – टेबलमाथि एउटा चित्र छ- दुर्गा बरालको चित्रकारिता ! – चित्र हो स्वर्गीय श्री हरिभक्त कटुवालको ! – यो पोखरेली युवा सांस्कृतिक परिवारद्वारा आयोजित शोकसभा हो ! म कोठाको अन्तिम पङ्क्तिमा बसेर कार्यक्रम सूची बनाउन […]

कर्णालीमा डिस्चार्ज हुनेको संख्या १२ सय नाघ्यो

२० असार, सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना संक्रमणपछि डिस्चार्ज हुनेको संख्या १२०१ पुगेको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा आइसोलेसनबाट २३ जना डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुनेको संख्या १२०१ पुगेको हो । पछिल्लो २४ घण्टामा डिस्चार्ज भएकामध्ये दैलेखको आठबीस आइसोलेसनका ४ महिलासहित २० जना र प्रदेश […]

दुई युवतीद्वारा आत्महत्या

२० असार, डोटी । कैलाली जिल्लाको धनगढीमा दुई युवतीले विष सेवन गरी आत्महत्या गरेका छन् । धनगढी उपमहानगरपालिका–७, बेलीको जंगलमा शनिबार दिउँसो करिव १२ बजे मृत अवस्थामा फेला परेका दुवै जनाको विष सेवनबाट मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । आत्महत्या गर्नेमा उपमहानगरपालिका–७ बेली बस्ने १९ वर्षीया गोमा बिक र कैलालीकै चुरे गाउँपालिका घर भई […]

जब दुई मोटरसाइकल एकआपसमा ठोक्किए…

२० असार, पोखरा । पोखरा नयाँ बजारमा दुई वटा मोटरसाइकल एकआपसमा जुध्दा आगलागी भएर पूर्णरुपमा क्षति पुगेको छ । शनिबार दिउँसो करिब साढे ३ बजेको समयमा पोखरा नयाँबजारस्थित बृहस्पति आयल स्टोर नजिक दुर्घटना भएको थियो । दुर्घटनामा परी मोटरसाइकलमा सवार चार जना सामान्य घाइते भएको जिल्ला प्रहरी कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।‘मोटरसाइकललाई क्षति […]

कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध, प्रहरीले हान्यो अश्रुग्यास

२० असार, गोरखा । शनिबार मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापनको क्रममा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । त्यसक्रममा प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ । पालुङटार नगरपालिका-७ का ४४ वर्षीय पुरुषको शव गोरखा नगरपालिका-१२ र शहीद लखन गाउँपालिका-१ को सीमा क्षेत्र लुदी दोभानमा व्यवस्थापन गर्ने निर्णय जिल्ला सुरक्षा समितिले गरेको थियो । […]

कांग्रेसद्वारा कर्णाली प्रदेश सभा बैठक बहिष्कार

२० असार, सुर्खेत । बजेटप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कर्णाली प्रदेश सभा बैठक बहिष्कार गरेको छ। शनिबार बसेको बैठकमा कांग्रेस सांसदहरू उपस्थित नै भएनन् । मन्त्रालयहरूको छुट्टाछुट्टै योजनासहित किताब नआएपछि बैठकमा भाग नलिइएको विपक्षी दलका नेता जीवनबहादुर शाहीले बताए । उनले भनेका छन्, ‘सबै मन्त्रालयहरूको बजेट किताब मन्त्रालयगत रुपमा नआइसकेको कारण हामी बैठकमा […]

क्वारेन्टिनबाट घर गएकी महिलाको मृत्यु

२० असार कैलाली । कैलालीमा क्वारेन्टिनबाट घर गएकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका १० मा होम क्वारेन्टिनमा बसेकी ४८ वर्षीया महिलाको मृत्यु भएको गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदले जानकारी दिए । भारतबाट जेठ २६ गते श्रीमान‍्‍सँगै फर्किएकी उनमा प्यारालाइसिस र रक्तचापको समस्या रहेको नगर प्रमुख साउदले बताए । ‘स्थानीय तहले तयार […]

कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयको विरोध

२० असार, गोरखा । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा स्थानीयले विरोध जनाएका छन् । जिल्ला सुरक्षा समितिको बैठकले पालुङटार नगरपालिका-७ का ४४ वर्षीय पुरुषको गोरखा नगरपालिका-१२ र शहीद लखन गाउँपालिका-१ को सीमा क्षेत्र लुदी दोभानमा व्यवस्थापन गर्ने निर्णय गरेको हो । तर स्थानीयले त्यस क्षेत्रमा शव व्यवस्थापन गर्न नदिने भन्दै विरोध […]

प्युठानमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

२० असार, प्युठान । प्युठानमा टिपर दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ । सरुमारानी गाउँपालिका वडा नं ६ मोतीपुरमा नौबहिनी गाउँपालिका वडा नं. ८ लुफ्लुङबाट दाङको कालाकाटेतर्फ चुनढुङ्गा लिएर जाँदै गरेको ना ७ ख ८९३८ नं. को टिपर दुर्घटना हुँदा वडा नं. ६ का टिपर चालक ३० वर्षीय रोशन थापा र सहचालक ३५ […]

गोकर्ण विष्ट राहत लिएर आए, घाइते लिएर गए

२० असार, गुल्मी । शुक्रबार गुल्मीमा पहिरोमा परेर घाइते भएका ५ जनालाई उपचार गर्न काठमाडौं लगिएको छ । नेपाली सेनाको हेलिकोप्टमार्फत् घाइतेहरुलाई काठमाडौं लगिएको हो । पूर्वमन्त्री तथा संसद गोकर्ण विष्ट पहिरो प्रभावित क्षेत्रमा राहत सामाग्री लिएर आएका थिए । प्रभावित क्षेत्रको अवलोकन गरेपछि हेलिकोप्टरमा २ परिवारका ५ जना घाइतेहरुलाई लिएर उनी काठमाडौं फर्किए । […]

गोरखाका कोरोना संक्रमितको शव दरौंदी र लुदी खोला दोभान नजिक व्यवस्थापन गरिने

२० असार, गोरखा । शनिवार बिहान मृत्यु भएका गोरखाका कोरोना संक्रमित पुरूषको शव दरौंदी र लुदी खोलाको दोभान नजिकै व्यवस्थापन गरिने भएको छ । शनिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले शव गोरखा नगरपालिका वडा नम्वर १२ र शहीद लखन गाउँपालिका वडा नम्बर १ को सिमानामा व्यवस्थापन गर्ने निर्णय गरेको हो । शव व्यवस्थापनको जिम्मा नेपाली […]

कतारमा बिरामी परे, नेपाल फर्केको तीन दिनमै बिते

२० असार, पोखरा । ‘अब त छिट्टै घर फर्किन्छु । भिसा पनि सकिँदै छ, फेरि काममा नफर्किने गरी आउँछु होला नआत्तिनू,’ कतारबाट श्रीमतीलाई उनले फोन गरेर भने । नेपाल फर्किने तयारी गर्दै कम्पनीमा प्रक्रिया मिलाउँदै थिए, कोरोना भाइरस कोभिड–१९ ले महामारीको रूप लिइहाल्यो । घर फर्किने तयारी गरिरहेका गोरखा पालुङटार नगरपालिकाका ४४ वर्षीय पुष्कर (नाम […]

बझाङ पहिरो : दुई जनाको शव भेटियो

२० असार, बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा शनिबार बिहान गएको पहिरोमा पुरिएका दुई जनाको शव भेटिएको र केही व्यक्तिहरू अझै सम्पर्कविहीन रहेको स्थानीयले बताएका छन् । मृतकको पहिचान भएको छैन । पहिरोका कारण १८ घर पुरिएका छन् । दुई वटा घरमा क्षति पुगेको छ । यद्यपि घटनास्थलमा प्रहरीको टोली अझैसम्म पनि पुग्न नसकेकाले क्षतिको […]

प्रदेश ५ मा १०० दिनमा ३८० जनाले गरे आत्महत्या

२० असार, बुटवल । कोरोना महामारीको जोखिम रोक्न सरकारले गरेको लकडाउनको एक सय दिनको अवधिमा प्रदेश ५ मा ३ सय ८० जनाले आत्महत्या गरेका छन् । चैत ११ गतेदेखि असार १८ गतेसम्म प्रदेश ५ का १२ जिल्लामा ३ सय ८० जनाले आत्महत्या गरेका प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । आत्महत्या गर्नेहरूमा गाउँका २६६ जना […]

काठमाडौंबाट आज ११ अन्तर्राष्ट्रिय उडान

२० असार, काठमाडौं । नेपालीको उद्धारका लागि आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन् । विभिन्न मुलुकबाट गरिने उद्धारका लागि हुनलागेको उडानमध्ये नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाज अवतरण हुने तालिका छ भने अन्य एयरलाइन्स त्रिभुवन विमानस्थलमा अवतरण गरेर पुनः फर्कने जनाइएको छ । नेपाल एयरलाइन्सका दुई जहाज साउदी अरेबियाको रियाद […]



from समाचार – Online Khabar https://ift.tt/2NSAso1
via IFTTT
Powered by Blogger.