समाचार
९ साउन, कैलाली । कञ्चनपुरमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४४ वर्षीय व्यक्ति पक्राउ परेको जिल्ला प्रहरी कर्यालय कञ्चनपुरले जनाएको छ । जबरजस्ती करणीमा मुद्दा दर्तासमेत भइसकेको प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए । ‘बिहीबार राति नै आरोपीलाई पक्राउ गरेका हौँ’ उनले भने, ‘हामी […]
९ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका उमेदवार चन्द्रप्रसाद ढकालले साधारणसभा स्थगित गरेकामा आपत्ति जनाएका छन् । ढकाल नेतृत्वको समूहले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचन सार्ने महासंघको निर्णय गलत भएको बताए । निर्वाचन सार्ने निर्णय कार्यसमिति बैठकले गर्नुपर्नेमा पदाधिकारी बैठकले नै निर्णय गर्नु विधानविपरीत भएको पनि ढकालले जिकिर गरे […]
९ साउन, चितवन । बाढीले पुल भत्काउँदा अवरुद्ध बनेको पृथ्वीराजमार्गको मौवाखोलामा ग्याविन जाली भरेर साना सवारी साधन सञ्चालन गर्न थालिएको छ । बाढीले बगाएको भागमा ग्याविन जाली तथा माटो भरेर शुक्रबारदेखि मोटरसाइकल तथा साना सवारीका साधन सञ्चालन गर्न थालिएको हो । गत साउन ४ गते आएको बाढीले चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलाको पुलको एक […]
९ साउन, विराटनगर । प्रदेश १ सरकार मातहत रहेका कार्यालय र मन्त्रालयको कामको अनुगमनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ‘चिफ मिनिस्टर ड्यास बोर्ड’ सञ्चालनमा ल्याएको छ । शुक्रबार ड्यास बोर्डको सुभारम्भ गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अनुगमनका लागि डिजिटल माध्ययम तयार भएको बताए । स्वीस सरकारको सहयोगमा निर्माण गरेको ड्यासबोर्डबाट प्रदेश सरकार मातहतका […]
९ असार, काठमाडौं । लकडाउनका कारण बन्द भएका राइड सेयरिङ सेवाहरु नियमित हुन थालेका छन् । राइड सेयरिङ सेवाहरु दिने नेपाली कम्पनी टुटलले नियमित सेवा थालेको छ । सरकारले लकडाउन अन्त्य गरेसँगै राइडिङ सेयर गर्ने एपमार्फत सेवा थालनी भएको हो । नेपाली राइडिङ सेयर गर्ने कम्पनी टुटलले राइडरसँग कमिसन नलिने गरी सेवा थालेको छ । […]
९ साउन, काठमाडौं । स्विटजरल्याण्ड सरकारले नेपाललाई कोरोना संक्रमण परीक्षण गर्न थप ४० हजार थान पीसीआर टेस्ट किट सहयोग गरेको छ । जसमध्ये २० हजार थान किट शुक्रबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई नेपालस्थित स्विस राजदूत एलिजावेथ भोन क्यापेलरले हस्तान्तरण गरेकी छन् । बाँकी २० हजार थान अगस्ट महिनामा नेपाल आइपुग्ने स्विस दूतावासले जनाएको छ । नेपालस्थित […]
९ साउन, सुर्खेत । दैलेखको नारायण नगरपालिकाकी एक महिला सुर्खेतको जंगलमा मृत अवस्थामा फेला परेकी छिन् । वीरेन्द्रनगर नगरपालिका-१२ स्थित नेवारेको जंगलमा शुक्रबार बिहान महिलाको शव भेटिएको हो । शव नारायण नगरपालिका–१ दैलेख घर भई हाल वीरेन्द्रनगरको इत्राममा डेरा गरी बस्ने २९ वर्षकी कल्पना केसी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी […]
९ साउन, वीरगञ्ज । ‘फटाफट टेस्ट हुन्छ भनेर पीसीआर मेसिन किनेर अस्पताललाई दिएको हो । खाली क्वारेन्टिनमा बसेका, कन्ट्याक्ट ट्रेसिङमा परेका वा शंकास्पद भनेर चिकित्सकले सिफारिस गरेकोमा मात्र परीक्षण भइरहेको छ ।’ यो वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीको गुनासो हो । उनको गुनासो यतिमै सकिँदैन । उनी थप्छन्, ‘कुनै प्रस्ताव गर्यो भने खर्च पनि आफैँले […]
९ साउन, काठमाडौं । काठमाडौंको सीतापाइलामा २२ वर्षीया युवती पवित्रा कार्कीलाई एसिड प्रहार गरेको अभियोगमा पक्राउ परेका दुई जना व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाले टेकुमा संयुक्त पत्रकार सम्मेलन गरेर दुई जनालाई सार्वजनिक गरेको हो । घटनामा संलग्न रहेको अभियोगमा रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने […]
९ साउन, चितवन । हात्तीले जुम्ल्याहा सन्तान जन्माउनुलाई विश्वमा निकै दुर्लभ घटना मान्ने गरिएको छ । गर्भाधान भएको सरदर २२ महिनामा बच्चा जन्माउने हात्तीले प्रायःजसो एउटा छावा मात्रै जन्माउछ । तर, झण्डै १२ वर्षअघि चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रमा पालिएको देवीकलीले एकै बेतमा पाएकी थिई राम लक्ष्मणलाई । चितवनमा २०४२ सालमा स्थापना गरिएको प्रजनन […]
९, साउन, चितवन । माडीको कुसुमखोलामा सुकुम्बासीको घर जलाएको र भत्काएको बारेमा छानबिन गर्न वन मन्त्रालयको टोली चितवन आउने भएको छ । कुसुमखोला घटना निकै विवादित बनेपछि पन मन्त्रालयका सहसचिव यज्ञनाथ दाहालको नेतृत्वमा तीन सदस्यीय टोली चितवन आउन लागेको हो । टोलीमा निकुञ्ज विभागका उपसचिव बिमल आचार्य र अधिकृत हेमराज आचार्य छन् । छानबिन टोलीले […]
९ साउन,काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि रिहा भएका हत्यारा पूर्वडीआईजी रन्जन कोइरालालाई हदैसम्म सजाय हुनुपर्ने सरकार (महान्यायाधिवक्ताको कार्यालय) ले माग गरेको छ । सरकारका तर्फबाट फैसला पुनरावलाेकनका लागि विहीबार दर्ता गरिएको निवेदनमा कोइरालाकी प्रेमिका तारा रेग्मीलाई पनि हदैसम्मको सजायँ हुनुपर्ने माग गरिएको छ । महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चको फैसला ‘प्रथम दृष्टिमै त्रूटीपूर्ण’ भनेको छ । सर्वोच्च […]
९ साउन, काठमाडौं । गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरस (कोभिड-१९)का संक्रमण पुष्टि भएको छ । पोखरास्थित क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा कास्की, लमजुङ, बागलुङ र तनहुँका गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिका ३ जना पुरुष र अन्नपूर्ण गाउँपालिका एक […]
९ साउन, काठमाडौं । वर्षायाम लागेसँगै देशभर बाढी पहिरोको प्रकोप बढेको छ । बाटाहरु थुनिएका छन् । राजमार्गहरु अवरुद्ध छन् । ग्रामीण भेगका सडकमा पैदल हिँड्नसमेत सकिँदैन । ग्रामीण भेगको कुरा छाडौं, यतिबेला मुलुकको संघीय राजधानी काठमाडौंकै सडकको अवस्था पनि दयनीय बनेको छ । काठमाडौंमा यस्तो रोग वर्षेनी देखा पर्ने गर्छ । करिब तीन महिना […]
९ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सारिएको भन्दै वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकाल समूहका उद्योगी–व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् । बिहीबार बसेको महासंघको पदाधिकारी बैठकले आगामी २६ र २७ गतेका लागि तोकिएको निर्वाचन तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो । वरिष्ठ उपाध्यक्ष पदका अर्का उम्मेद्वार किशोर प्रधान पक्षका उम्मेद्वारहरुले पराजय हुने डरले […]
९ साउन, काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुका शाखा कार्यालयहरु नियमित रुपमा सञ्चालन हुने भएका छन् । ४ महिना लामो लकडाउनका बेला बैंकहरुले सेवा जारी राखे पनि सबै शाखा कार्यालयहरु खुला गरेका थिएनन् । खुला गरिएका शाखा कार्यालयहरु पनि दिनभर सञ्चालन हुने गरेका थिएनन् । सहरी क्षेत्रमा सबै अधिकांश शाखाहरु खुलेका भए पनि ग्रामीण […]
९ साउन, काठमाडौं । सिंहदरबार काठमाडौंको प्रमुख प्रकाशकीय केन्द्र हो । प्रधानमन्त्रीको कार्यालयदेखि अधिकांश मन्त्रालयहरु यही सिंहदरबारभित्र छन् । यो सिंहदरबारभित्रका धेरै कोठा रातो कार्पेटले सजिएका छन् । तर यही सिंहदरबारका संरचनाहरू सरकारी निकायहरुको उपेक्षामा छन् । यहाँका सडकहरु त चिल्ला छन्, वर्षा लाग्नासाथ दरबारका मूल गेटददेखि प्रशासकीय भवनहरुमा झार उम्रन्छन् । भवनहरुदेखि पैदल हिँड्ने […]
९ साउन, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सेनाको कुटपिटबाट युवकको मृत्यु भएको विषयमा आन्तरिक छानबिन सुरु भएको छ । नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आन्तरिक छानबिन थालिएको जनाएको हो । यसमा विषयमा अधिकार प्राप्त सरकारी निकायले गरी रहेको विस्तृत छानबिनमा पूर्ण सहयोग गर्ने पनि सेनाले भनेको छ […]
९ साउन, काठमाडौं । प्रमुख जिल्ला अधिकारीकाे काम जिल्लाका अन्य सरकारी कार्यालयको रेखदेख, नियन्त्रण र निर्देशन दिने हो । तर, म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल भने फरक छन् । उनी आफैं जिल्लाका सडक र पुल मर्मतमा खटिने गरेका छन् । बाढी पहिरोले भत्किएका सडक र पुल निर्माणमा सेना–प्रहरीहरुसँगै आफैं दिनहुँ शारीरिक श्रम गर्न खटिने […]
९ साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएको सेनाको कुटपिटबाट एक युवकको मृत्यु भएको छ । चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको हो । उनको बिहीबार विहान भरतपुर अस्पतालमा ल्याउँदा नै मृत्यु भैसकेको थियो । मृत्युको कारण सेनाको कुटपिट नै भएको परिवारको दाबी छ । राजकुमारका बुवा विष्णुलाल चेपाङले […]
९ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अपराधलाई संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका छन् । साथै उनले प्रधानमन्त्री केपी ओलीलाई विदा गरेर नेकपा भित्रैबाट अर्को व्यक्तिलाई प्रधानमन्त्री चयन गर्न पनि भनेका छन् । सर्वोच्च अदालतले जेल सजायँ कटौती गरिदिएपछि पूर्वडीआईजी रञ्जन कोइराला रिहा भएको भोलिपल्टै डा. भट्टराईले न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका […]
from समाचार – Online Khabar https://ift.tt/332FN51
via IFTTT