समाचार
९ साउन, सुर्खेत । दैलेखको नारायण नगरपालिकाकी एक महिला सुर्खेतको जंगलमा मृत अवस्थामा फेला परेकी छिन् । वीरेन्द्रनगर नगरपालिका–१२ स्थित नेवारको जंगलमा शुक्रबार बिहान महिलाको शव भेटिएको हो । शव नारायण नगरपालिका–१ दैलेख घर भई हाल वीरेन्द्रनगरको इत्राममा डेरा गरी बस्ने २९ वर्षकी कल्पना केसी भएको सुर्खेत प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । […]
९ साउन, वीरगञ्ज । ‘फटाफट टेस्ट हुन्छ भनेर पीसीआर मेसिन किनेर अस्पताललाई दिएको हो । खाली क्वारेन्टिनमा बसेका, कन्ट्याक्ट ट्रेसिङमा परेका वा शंकास्पद भनेर चिकित्सकले सिफारिस गरेकोमा मात्र परीक्षण भइरहेको छ ।’ वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीको गुनासो हो । उनको गुनासो यत्तिमै सकिँदैन । उनी थप्छन्, ‘कुनै प्रस्ताव गर्यो भने खर्च पनि आफैंले बेहोर्नुपर्छ, […]
९ साउन, काठमाडौं । काठमाडौंको सीतापाइलामा २२ वर्षीया युवती पवित्रा कार्कीलाई एसिड प्रहार गरेको अभियोगमा पक्राउ परेका दुई जना व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाले टेकुमा संयुक्त पत्रकार सम्मेलन गरेर दुई जनालाई सार्वजनिक गरेको हो । घटनामा संलग्न रहेको अभियोगमा रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने […]
९ साउन, चितवन । हात्तीले जुम्ल्याहा सन्तान जन्माउनुलाई विश्वमा निकै दुर्लभ घटना मान्ने गरिएको छ । गर्भाधान भएको १८ महिनामा बच्चा जन्माउने हात्तीले प्रायःजसो एक छावा मात्रै जन्माउछ । तर, झण्डै १२ वर्षअघि चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रमा पालिएको देवीकलीले एकै बेतमा पाएकी थिई राम लक्ष्मणलाई । चितवनमा २०४२ सालमा स्थापना गरिएको प्रजनन केन्द्रमा […]
९, साउन, चितवन । माडीको कुसुमखोलामा सुकुम्बासीको घर जलाएको र भत्काएको बारेमा छानबिन गर्न वन मन्त्रालयको टोली चितवन आउने भएको छ । कुसुमखोला घटना निकै विवादित बनेपछि पन मन्त्रालयका सहसचिव यज्ञनाथ दाहालको नेतृत्वमा तीन सदस्यीय टोली चितवन आउन लागेको हो । टोलीमा निकुञ्ज विभागका उपसचिव बिमल आचार्य र अधिकृत हेमराज आचार्य छन् । छानबिन टोलीले […]
९ साउन, काठमाडौं । गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरस (कोभिड-१९)का संक्रमण पुष्टि भएको छ । पोखरास्थित क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा कास्की, लमजुङ, बागलुङ र तनहुँका गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिका ३ जना पुरुष र अन्नपूर्ण गाउँपालिका एक […]
९ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सारिएको भन्दै वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकाल समूहका उद्योगी–व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् । बिहीबार बसेको महासंघको पदाधिकारी बैठकले आगामी २६ र २७ गतेका लागि तोकिएको निर्वाचन तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो । वरिष्ठ उपाध्यक्ष पदका अर्का उम्मेद्वार किशोर प्रधान पक्षका उम्मेद्वारहरुले पराजय हुने डरले […]
९ साउन, काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुका शाखा कार्यालयहरु नियमित रुपमा सञ्चालन हुने भएका छन् । ४ महिना लामो लकडाउनका बेला बैंकहरुले सेवा जारी राखे पनि सबै शाखा कार्यालयहरु खुला गरेका थिएनन् । खुला गरिएका शाखा कार्यालयहरु पनि दिनभर सञ्चालन हुने गरेका थिएनन् । सहरी क्षेत्रमा सबै अधिकांश शाखाहरु खुलेका भए पनि ग्रामीण […]
९ साउन, काठमाडौं । सिंहदरबार काठमाडौंको प्रमुख प्रकाशकीय केन्द्र हो । प्रधानमन्त्रीको कार्यालयदेखि अधिकांश मन्त्रालयहरु यही सिंहदरबारभित्र छन् । यो सिंहदरबारभित्रका धेरै कोठा रातो कार्पेटले सजिएका छन् । तर यही सिंहदरबारका संरचनाहरू सरकारी निकायहरुको उपेक्षामा छन् । यहाँका सडकहरु त चिल्ला छन्, वर्षा लाग्नासाथ दरबारका मूल गेटददेखि प्रशासकीय भवनहरुमा झार उम्रन्छन् । भवनहरुदेखि पैदल हिँड्ने […]
९ साउन, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सेनाको कुटपिटबाट युवकको मृत्यु भएको विषयमा आन्तरिक छानबिन सुरु भएको छ । नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आन्तरिक छानबिन थालिएको जनाएको हो । यसमा विषयमा अधिकार प्राप्त सरकारी निकायले गरी रहेको विस्तृत छानबिनमा पूर्ण सहयोग गर्ने पनि सेनाले भनेको छ […]
९ साउन, काठमाडौं । प्रमुख जिल्ला अधिकारीकाे काम जिल्लाका अन्य सरकारी कार्यालयको रेखदेख, नियन्त्रण र निर्देशन दिने हो । तर, म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल भने फरक छन् । उनी आफैं जिल्लाका सडक र पुल मर्मतमा खटिने गरेका छन् । बाढी पहिरोले भत्किएका सडक र पुल निर्माणमा सेना–प्रहरीहरुसँगै आफैं दिनहुँ शारीरिक श्रम गर्न खटिने […]
९ साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएको सेनाको कुटपिटबाट एक युवकको मृत्यु भएको छ । चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको हो । उनको बिहीबार विहान भरतपुर अस्पतालमा ल्याउँदा नै मृत्यु भैसकेको थियो । मृत्युको कारण सेनाको कुटपिट नै भएको परिवारको दाबी छ । राजकुमारका बुवा विष्णुलाल चेपाङले […]
९ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अपराधलाई संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका छन् । साथै उनले प्रधानमन्त्री केपी ओलीलाई विदा गरेर नेकपा भित्रैबाट अर्को व्यक्तिलाई प्रधानमन्त्री चयन गर्न पनि भनेका छन् । सर्वोच्च अदालतले जेल सजायँ कटौती गरिदिएपछि पूर्वडीआईजी रञ्जन कोइराला रिहा भएको भोलिपल्टै डा. भट्टराईले न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका […]
९ साउन, काठमाडौं । काठमाडौंको सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जनालाई डल्लुबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना […]
९ साउन, सुर्खेत । निर्माण सम्पन्न भएको एक वर्षपछि वीरेन्द्रनगरको सिटी बसपार्क सञ्चालनमा आउने भएको छ । नगरपालिका र व्यवसायीबीचको विवाद मिलेपछि बसपार्क सञ्चालमा आउन लागेको हो । आगामी भदौ एक गतेदेखि बसपार्क सञ्चालन गर्ने तयारी थालिएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए । ‘व्यवसायी र नगरपालिकाबीच केही विवाद हुँदा उहाँहरुले उच्च […]
९ साउन, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा शुक्रबार बिहान पुनः पहिरो खसेर बाटो अवरुद्ध भएको छ । बिहीबार खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः सोही स्थानमा पहिरो खसेको हो । पहिरो खस्ने क्रम जारी रहेको प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । पहिरो […]
९ साउन, काठमाडौं । काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड हान्ने भारतीय नागरिक मुन्ना मोहम्मदले साहुको निर्देशनमा एसिड हानेको बयान दिएका छन् । साथै, साहु रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलमले उनलाई राति नै भारततिर जान भनेको पनि मुन्नाले खुलासा गरेका छन् । तर, महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुको द्रुत […]
८ साउन, वीरगञ्ज । पर्सामा ५ जना थुनुवासहित ३२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित हुनेमा वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षका ५ जना थुनुवा पनि छन् । उनीहरु मध्ये […]
८ साउन, काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरेर जेल परेका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला बिहीबार हात हल्लाउँदै सदरखोर डिल्लीबजारबाट निस्किए । प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबराले पूर्वनिर्धारित जन्मकैदको सजाय ‘चर्को पर्न गएको आफ्नो चित्तमा लागेको’ भन्दै सजाय छुट दिएपछि कोइरालाको जेल अवधि छोट्टिएको हो । जघन्य अपराधमा नगण्य कारण देखाएर सजाय छोट्याइएको भन्दै सर्वोच्चको यो फैसला […]
८ साउन, काठमाडौं । पत्नी हत्याको अभियोगमा ८ वर्ष जेल बसेर बिहीबार रिहा भएका रञ्जन कोइरालाको सजाय छुट दिने सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमै निवेदन दर्ता भएको छ । महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनका लागि निवेदन दिने निर्णय गरे अनुसार सरकारी वकिलले बिहीबार फैसला पुनरावलोकनको निवेदन दर्ता गराएको महान्यायाधिवक्ता अग्नि खरेलले बताए । कोइरालाको […]
८ साउन, वीरगञ्ज । वीरगञ्ज–६ माईस्थानका श्यामनारायण वर्णवाललाई एक साताअघि ज्वरो आयो । ७० वर्षका उनलाई ज्वरो आएपछि परिवारका सदस्यले नजिकैको मेडिकलबाट औषधि ल्याएर खुवाए । झन गाह्रो भएपछि सोमबार डा. निरज सिंहको क्लिनिकमा लगे । डा. सिंहले एडभान्स अस्पताल रिफर गरे । वर्णवालका छोरा प्रभाकरप्रसाद भन्छन्, ‘बुबालाई रातभर त्यही अस्पतालमा राख्यौं । मंगलबार बिहान […]
from समाचार – Online Khabar https://ift.tt/32Po2px
via IFTTT