Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

भारतको कानपुरमा ८ प्रहरीको हत्या

१९ असार, काठमाडौं । भारतको उत्तरप्रदेशमा पर्ने कानपुर जिल्लामा आठ प्रहरीको हत्या भएको छ । बिहीबार राति करिब एक बजे अज्ञात समूहले अन्धाधुन्द गोली चलाउँदा एक डिएसपी र तीन इन्सपेक्टरसहित आठ जना प्रहरीहरु मारिएका हुन् । गोली लागेर ७ जना प्रहरीहरु घाइते भएका छन् । उनीहरुलाई कानपुरकै रिजेन्सी अस्पतालमा भर्ना गरिएको छ । लामो समयदेखि […]

महिलालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परे वडाध्यक्ष

१९ असार, कञ्चनपुर । स्थानीय महिलालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कञ्चनपुरका एक जना जनप्रतिनिधिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष राम नाथलाई पक्राउ गरेको हो । मदिरा सेवन गरेर स्थानीय एक महिलालाई अपशब्द बोल्दै हातपात गरेको अभियोग उनीमाथि छ । मदिरा सेवन गरेर दुर्व्यवहार गरेको आरोप […]

चरा ठोक्किएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज ग्राउन्डेड

१९ असार, काठमाडौं । कुवेतबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको वाइडबडी जहाजमा चरा ठोक्किएपछि जहाज ग्राउन्डेड भएको छ । जहाजमा बिहीबार बिहान ८ः३० बजे अवतरणका क्रममा चरा ठोक्किएको थियो । त्यसक्रममा जहाजको पछिल्लो इन्जिनमा सामान्य क्षति पुगेको विमानस्थल कार्यालय स्रोतले जानकारी दिएको छ । यसको मर्मत गरी पुनः उडानयोग्य बनाउन अझै ४–५ दिन लाग्ने नेपाल एयरलाइन्सका […]

केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

१९ असार, काठमाडौं । आगामी तीन दिन देशभर बदली हुने र केही स्थानमा वर्षासमेत हुने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार शुक्रबार देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने छ । मौसमविद गंगा नगरकोटीका अनुसार शुत्रबार प्रदेश १, प्रदेश २, […]

ट्रम्पले कोरोना भाइरसलाई भने– चिनियाँ प्लेग

१९ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ प्लेग’को संज्ञा दिएका छन् । ह्वाइट हाउसमा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले सो अभिव्यक्ति दिएका हुन् । उनले भने, ‘यो चिनियाँ प्लेग हो । फैलिनु हुँदैनथ्यो तर चीनले फैलिन दियो । हामीले नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गरेका थियौं । तर मसी सुक्न नपाउँदै […]

निगमको मनपरी : भाउ घटुन्जेल लकडाउनको बहाना, नाफा घटेपछि मूल्यवृद्धि

१८ असार, काठमाडौं । वैशाखको अन्तिम साता अनलाइनखबरसँगको अन्तर्वार्तामा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले भनेका थिए, ‘लकडाउनमा मूल्य घटाउँदा जनताले फाइदा पाउँदैनन्, यस्तो अवस्थामा कसका लागि मूल्य घटाउनु ?’ लकडाउनका बेला निगमलाई लिटरमा पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ४५ पैसा, डिजेलमा २५ रुपैयाँ ६९ पैसा र मटितेलमा ५५ रुपैयाँ ३५ पैसासम्म नाफा भएको थियो […]

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति खुल्यो

१८ असार, काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति (रि-इन्ट्री) दिन थालेको छ । गत फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारको लागि श्रम स्वीकृति दिने प्रक्रिया पुनः सुरु भएको हो । अब विदामा आएका कामदारलाई फेरि फर्किन श्रम स्वकृति दिन थालिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारराज दाहलले जानकारी दिए । कामदारले काम […]

सहरका खुला ठाउँ मासेर मेयरको ‘ड्रिम प्रोजेक्ट’

१८ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७७/७८ माथि नगरपरिषद्मा छलफल चलिरहेको छ । लैनचौरमा बहुतले पार्किङ, तीनकुनेमा भूमिगत पार्किङ र सभाहलसहितको बुद्धपार्क तथा भृकुटीमण्डपमा विशाल सभाहल (मेगाहल) बनाउने योजनालाई बजेटमा समेटिएको छ । यी योजनाहरूमध्ये लैनचौरको बहुतले पार्किङ र तीनकुनेको बुद्धपार्क निर्माणको योजना जनप्रतिनिधिहरू निर्वाचित हुनु अघिको हो । महाभूकम्प पछि सहरमा […]

‘पहिलेको अनुमान मिलेन, अब भारतबाट सलहको ठूलो झुण्ड आउनसक्छ’

१८ असार, काठमाडौं । नेपालमा सलह प्रवेश गरेसँगै दुईवटा विषय चर्चामा रहे । पहिलो- सरकारले नेपालमा सलह आउँदैन भनेर गरेको पूर्वानुमान नै फेल खायो । दोस्रो- आफूलाई सलह विज्ञ भन्ने कतिपय मानिसले ‘नेपालमा आएको सलह पाकिस्तान जान चाहन्छ’ भनेर सलहको मनकै कुरो थाहा पाएजसरी व्याख्या गरेपछि समाजिक सञ्जालमा ‘ट्रोल’हरु बने । अर्को उदेक के देखिएको […]

दोबाटोमा प्रधानमन्त्री : राजीनामा दिने कि अडिने ?

१८ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहानै सात/आठ बजेतिर आफूनिकटका स्थायी कमिटी सदस्य एवं बहालवाला मन्त्रीहरुलाई बालुवाटारमा बोलाएर भने, ‘यहाँहरुले मलाई सहयोग गर्नुपर्‍यो, ममाथि चौतर्फी एट्याक (आक्रमण) भयो ।’ बुधबार बेलुका जब झम्सीखेलमा स्थायी कमिटीका ३० जना नेताहरुको भेलाले एकस्वरमा प्रधानमन्त्रीबाट हट्नुपर्ने निश्कर्ष निकाल्यो, प्रधानमन्त्रीले पक्कै पनि आफूमाथि थप ‘एट्याक’ भएको महसुस […]

नेकपा विवादको घानमा संघीय संसद

१८ असार, काठमाडौं । संघीयता कार्यन्वयनसँग सम्बन्धित महत्वपूर्ण कानुनहरु तर्जुमा गर्ने दायित्व पूरा नगरी यसपटक पनि संघीय संसदको अधिवेशन हठात अन्त भएको छ । बजेट संगसंगै यसै अधिवेशनले संविधान कार्यान्वयनसँग जोडिएका केही महत्वपूर्ण कानुन बनाउने अपेक्षा थियो । तर, छैटौं अधिवेशनले समेत जनताको सर्वाधिक चासो, तीन तहको सरकारको अधिकार क्षेत्र र स्रोतसाधनको बाँडफाँट, कर्मचारी व्यवस्थापन […]

नेकपा फुटको संघारमा पुगेकै हो त ?

१८ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूले पार्टी फुटको संघारमा पुगेको निष्कर्ष निकालेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने गरी अध्यादेश ल्याउन लागेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षको आरोप छ । स्थायी कमिटी बैठक चलिरहेका बेला गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक […]

अनशनरत ई: र पुकारलाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री

१८ असार, काठमाडौं । कोभिड-१९ रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन माग गर्दै अनसन बसेका ‘इनफ इज इनफ’ अभियानका युवाहरुलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन् । ई: र पुकार बमलाई भेट्न प्रधानमन्त्री ओली धुम्बाराहीस्थित हृयाम्स अस्पताल पुगेका हुन् । पाटनस्थित पाटन दरबार स्वायरमा ७ दिनदेखि अनसन बसेका उनीहरुको स्वास्थ्य अवस्था गम्भीर भएपछि बिहीबार […]

‘नयाँ एमाले’ मा केपी ओली र महेश बस्नेतका फ्यान !

१८ असार, काठमाडौं । नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने व्यक्तिको सूचीमा सांसद महेश बस्नेतसँग निकट व्यक्तिहरु रहेको खुलेको छ । युवा संघका पूर्वनेता बस्नेतका हातबाट टीका थापेका र केपी ओलीसँगै तस्वीर खिचेका व्यक्तिको नामसमेत नयाँ एमालेको सूचीमा छ । आइतबार मदन भण्डारीको ६९ औं जयन्तीको साइत पारेर निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका […]

थप ४७३ जनामा कोरोना सं‌क्रमण पुष्टि, काठमाडौंमा २८ जना

१८ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४७३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका ल्याबमा ४ हजार ५३७ नमुुनाको परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ । उनीहरूमध्ये ३१ जनाको मृत्यु भएको छ भने […]

निजामती विधेयकप्रति ट्रेड युनियन सप्तरीको विरोध

१८ असार, सप्तरी । निजामती सेवा ऐन, २०४९ अनुसारका निजामती कर्मचारीका सेवा, शर्त र सुविधा यथावत कायम गरिनुपर्ने माग राख्दै निजामती कर्मचारीहरुको आधिकारिक संस्था ट्रेड युनियन सप्तरीले प्रमुख जिल्ला अधिकारी समक्ष माग पत्र पेश गरेको छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतको नाममा गणपुरक संख्या नै […]

क्वारेन्टिनबाट भागेका ३३ जनामा कोरोना संक्रमण पुष्टि

१८ असार, धनगढी । क्वारेन्टिनबाट भागेर घर गएका कैलालीको गोदावरी नगरपालिका–११ ओलानीका ३३ जनामा कोरोना भाइरस (कोभिड–१९) को सक्रमणको पुष्टि भएको छ । भारतबाट आएकामध्ये र्आरडीटी पोजेटिभ देखिएका ७० जनालाई वडा नम्बर ११ को सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो । उनीहरूको ४ असारमा स्वाब संकलन गरिएको थियो । तर लामो समयसम्म पनि रिर्पाेट नआएको […]

प्रचण्डले भने– पहिलो अध्यक्षले नै पार्टी फुटाउनुभयो भने के लाग्छ र !

१८ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुट र ऐतिहासिक एकताको मझधारमा रहेको बताएका छन् । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई छुट्टाछुट्टै भेटेर फर्किएछि प्रचण्डले स्थायी कमिटी बैठकलाई सम्बोधन गरेका थिए । उनले पार्टीको जीवनमा यो बैठक ऐतिहासिक हुने बताएका छन् । संसद […]

‘जनता कोरोनाले होइन, सरकारको लापरवाहीले मर्दैछन्’

१८ असार, काठमाडौं । कोरोना महामारी रोकथाममा प्रभावकारी काम गर्नुपर्ने माग गर्दै पाटन दरबार क्षेत्रमा अनशनमा बसेकाहरुको समर्थनमा बिहीबार प्रदर्शन भएको छ । ईःसहितका अभियन्ता अनशन बसेको पाटन दरबार क्षेत्रमा ठूलो संख्यामा युवाहरुले प्लेकार्डसहित प्रदर्शन गरे । उनीहरुले जनता कोरोनाले होइन, सरकारको लापरवाहीले मर्दैछन्, सरकारको हातमा रगत छ, सरकार जनता मरिराछन्, तिमी अझै सुतिरा ? […]

स्वास्थ्यमा समस्या आएपछि अनशनरत दुई युवकलाई अस्पताल लगियो

१८ असार, काठमाडौं । कोरोना महामारी नियन्त्रणका काम प्रभावकारी बनाउन र खर्च पारदर्शी बनाउन दबाव दिँदै अनशन बसेका सामाजिक अभियन्ता ई: र पुकार बामलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको छ । स्वास्थ्यमा समस्या आएपछि उनीहरुलाई काठमाडौंको ह्याम्स अस्पताल लगिएको हो । कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रण गर्ने विषयमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै […]

सिराहाको विद्यालयमा आइसोलेसन, न चर्पी न पानी

१८ असार, वीरगञ्ज । आइसोलेसनमा राखेको १८ घन्टासम्म खाना र पानी नदिएको भन्दै सिराहाको चन्द्र माविस्थित आइसोलेसनका संक्रमितले ८ असारमा नाराबाजी गरे । बिहानको खाजा पिउने पानीसमेत नपाएको भन्दै उनीहरुले नाराबाजी गरेका थिए । आइसोलेसनमा रहेका ७२ जनामध्ये चार जना स्वास्थ्यकर्मी, एक जना चालक र अरु सर्वसाधारण छन् । ७२ मध्ये ६७ जनाको त दोस्रो […]



from समाचार – Online Khabar https://ift.tt/3gqu2bF
via IFTTT
Powered by Blogger.