Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

भारतमा एकैदिन भेटिए कोरोनाका करिब २५ हजार नयाँ संक्रमित

२१ असार, काठमाडौं । भारतमा पछिल्ले २४ घण्टामा कोरोना भाइरस कोभिड-१९ का २४ हजार ८५० नयाँ संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ७३ हजार १६५ पुगेको हो । त्यस्तै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १९ हजार २६८ पुगेको छ । पछिल्लो २४ घण्टामा […]

नागरिकता विधेयकविरुद्व गठबन्धन बनाउन सिके राउतको आह्वान

२१ असार, जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयकविरुद्ध गठबन्धन बनाएर आन्दोलन गर्न अन्य दलहरुलाई आह्वान गरेको छ । पार्टीको शनिबार सम्पन्न केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको अध्यक्ष डा. सिके राउतले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । अलग अलग छिन्न भिन्न तरिकाले संघर्ष गर्नुको सट्टा सम्पूर्ण शक्तिहरुको गठबन्धन बनाएर अगाडि […]

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

२१ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजेपछि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने नेपाली कांग्रेसले जनाएको छ । यसअघि कांग्रेस पदाधिकारी बैठकले १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० […]

मोटरसाइकलले एकैसाथ पाँच जनालाई ठक्कर दियो, एकको मृत्यु

जनकपुरधाम, २१ असार । सर्लाहीमा एक मोटरसाइकलले एकैसाथ पाँच जनालाई ठक्कर दिएको छ । ठक्करले १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । बरहथवा नगरपालिका ११ दियरमा हिरापुरबाट हरकठवातर्फ जाँदै गरेको ना.५२ प ५६४१ नम्बरको मोटरसाइकलले बाटोको छेउमा बसिरहेका ५ जनालाई एकै पटक ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करले स्थानीय […]

ओली र प्रचण्डबीच आज पनि छलफल

२१ असार, काठमाडौं । अन्तरसंघर्ष चर्किरहेको बेला नेकपाका दुई अध्यक्षबीच आज पनि भेटवार्ता हुँदैछ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न अर्का अध्यक्ष प्रचण्ड बालुवाटार जाँदैछन् । ओलीलाई भेट्न प्रचण्ड बिहान साढे १० बजेतिर बालुवाटार जान लागेको स्रोतले बतायो । सोमबार स्थायी कमिटी बैठक बस्न लागेकाले दुई अध्यक्षबीच सहमतिको अधिकतम प्रयास हुन […]

ग्यारेजमा राखेको ८ वटा माइक्रो जल्यो

२१ असार, काठमाडौं । नयाँ बसपार्कमा रहेको एक ग्यारेजमा भएको आगलागीमा ८ वटा माइक्रो जलेका छन् । दुई वटा पुरानो र ८ वटा नयाँ माइरो जलेका हुन् । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी रोशन खड्काले प्राविधिक कारणले आगलागी भएको हुनसक्ने अनलाइनखबरलाई बताए । यद्यपि, विस्तृत अनुसन्धान भइरहेको उनले जनाए । प्रहरीका अनुसार अनुसन्धानका लागि अपराध […]

सातै प्रदेशमा ठूला औद्योगिक क्षेत्र खोल्ने निर्णय अलपत्र

२१ असार, काठमाडौं । सात वटै प्रदेशमा एक/एक वटा ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको ५ वर्ष अगाडिको निर्णय कार्यान्वयनमा विलम्ब भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार कुनै प्रदेशमा जग्गा खोज्नै बाँकी छ भने कतै खोजिएको जग्गामा विवाद छ । कुनैको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयार गर्ने प्रक्रिया जारी छ भने कुनैको […]

संसदलाई प्रहार गर्दा ‘एमसीसी’मा धक्का !

२१ असार, काठमाडौं । सरकारले बिजनेस नै समाप्त नभई हतार–हतार संसद अधिवेशन अन्त्य गरिदिएपछि त्यसको प्रत्यक्ष असर अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) माथि परेको छ । संसदको यही अधिवेशनबाट एमसीसी सम्झौता अनुमोदन गरिनुपर्ने समयसीमा थियो । तर, प्रधानमन्त्री ओलीको हतारो निर्णयका कारण संसद अधिवेशन अन्त्य भएपछि अब एमसीसी सम्झौताको आयु समाप्त भएको छ । […]

असारे भाका गाउँदै धान रोपाइँ गर्ने बेठी परम्परा लोप हुन थाले

२१ असार, खाँदबारी । सहरिया नयाँ पुस्तालाई ‘बेठी’ शब्द नै आश्चर्यको विषय बन्न सक्छ । बेठी लगाएर धान रोप्ने चलन निकै पुरानो मानिन्छ । ग्रामीण भेगका गाउँबस्तीमा असारे भाका गाउँदै रोपाइँ गर्ने चलन पछिल्लो समय लोप हुन थालेको छ । नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारको दोहोरीसहितको धान रोपाइँ बेठी परम्परा किसानको संस्कृति […]

व्यास जयन्तीमा नगरपालिकाले दियाे सार्वजनिक बिदा

२१ असार, दमौली । तनहुँको व्यास नगरपालिकाले व्यास जयन्ती (गुरु पूर्णिमा) को अवसरमा नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । असार २१ गते आज मनाइने गुरु पूर्णिमाको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरसभाको निर्णयबमोजिम स्थानीय बिदा दिने निर्णय भएको र उक्त दिन नगरपालिका कार्यालय र अन्तर्गतका सम्पूर्ण वडा कार्यालय, […]

राष्ट्रपतिलाई महाअभियोग लगाउने प्रचार झूटो हो : नेकपा प्रवक्ता श्रेष्ठ

२१ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउने भनेर झुटो प्रचार गरिएको बताएका छन् । उनले आफ्नो स्वार्थका लागि अनर्गल प्रचार नगर्न र राष्ट्रपतिलाई विवादमा नतान्न आग्रह पनि गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रीहरुसँगको छलफलमा आफूलाई प्रधानमन्त्री पदबाट हटाउने र राष्ट्रपतिविरुद्ध महाअभियोग […]

झापामा खोलाले बगाएर एक जनाको मृत्यु

२१ असार, काठमाडौं । झापामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । जिल्लाको कमल गाउँपालिका–५ मा रतुवा खोला र चाजु खोलाको दोभानमा आएको बाढीले शनिबार दिउँसो बगाउँदा टुक्रेका पुष्प राईको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार खोलाबाट दाउरा निकाल्ने क्रममा बाढीले बगाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय, […]

कञ्चनपुरमा एक जनाको हत्या

२१ असार, कैलाली । कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । जिल्लाको पुनर्वास नगरपालिका–५ मा शनिबार राति धारिलो हतियार प्रहार गरी स्थानीय ५० वर्षीय गोपाल कुँवरको हत्या भएका हो । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी अमर थापाका अनुसार हत्यामा संलग्नको पहिचान भइसकेको छ । थापाले भने, ‘घटनामा संलग्न देखिएका गौरव खड्का […]

पहिरोले घर भत्किँदा एक परिवार विस्थापित, १० घर जोखिममा

२१ असार, बैतडी । वर्षा शुरु भएसँगै बैतडीका विभिन्न स्थानमा पहिरोले क्षति पुर्याउन थालेको छ । पुर्चौँडी नगरपालिका–७ ऐरीगाउँमा पहिरोले स्थानीय मङ्गल ऐरको घरमा क्षति पुर्याएको स्थानीय देवबहादुर ऐरले जानकारी दिए । गएराति घरमाथिबाट खसेको पहिरोले घर पुरेको छ भने शौचालय भत्काएको छ । उनले भने, ‘बस्तीमाथिबाट खसेको पहिरोले सो ठाउँका १० घर जोखिममा परेका […]

मुगुका स्थानीय तहमा स्वास्थ्य सामाग्री पठाइयो

२१ असार, काठमाडौं । कोरोना महामारीविरुद्ध लड्न आवश्यक स्वास्थ्य सामग्रीहरु काठमाडौंबाट मुगुका स्थानीय तहमा पठाइएको छ । कर्णाली प्रदेशका जिल्लाहरुमा स्वास्थ्य सामग्री सहयोग गर्दै आएको मनघरी फाउण्डेसनले मुगुका स्थानीय तहमा स्वास्थ्य सामग्री पठाएको हो । मनघरी फाउण्डेसनको पहल र प्रारम्भ सामाजिक संस्था, आनी छोइड डोल्मा फाउण्डेशन, राष्टिय आविष्कार केन्द्र र दैलेखी सेवा समाजका प्रताप शाहीको […]

हलेसी गुफा संरक्षणका लागि कार्ययोजना

२१ असार, खोटाङ । हलेसी विकास समितिले त्रिधार्मिकस्थल हलेसी गुफा संरक्षणका लागि कार्ययोजना निर्माण गर्ने निर्णय गरेको छ । पूर्वसांसद टङ्क राई विकास समितिको अध्यक्षमा चुनिएपछि बसेको विकास समितिको पहिलो बैठकले त्रिधार्मिकस्थल हलेसी गुफाको भौगर्भिक अध्ययन गरी दीर्घकालीन संरक्षण गर्न कार्ययोजना निर्माण गर्ने निर्णय गरेको हो । प्राकृतिक रूपमा बनेको गुफाकै कारण हलेसीले हिन्दू, बौद्ध […]

बायर्नले जित्यो जर्मन कप उपाधि

२१ असार, काठमाडौं । बुण्डेसलिगा च्याम्पियन बनिसकेको बायर्न म्युनिखले जर्मन कपको उपाधि पनि जितेको छ । गएराति बर्लिनमा भएको फाइनलमा बायर लेभरकुजनलाई ४-२ ले पराजित गर्दै बायर्नले उपाधि जितेको हो । खेलमा दुई गोल गरेका बायर्नका फरवार्ड रोवर्ट लेवान्डोस्कीले यस सिजन ५० गोल समेत पूरा गरेका छन् । ओलम्पिक स्टेडियममा भएको खेलको १६औं मिनेट डेविड […]

आज गुरु पूर्णिमा, गुरुलाई सम्मान गरी मनाइँदै

२१ असार, काठमाडौं । आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार […]

राष्ट्रपति र मेराविरुद्ध षड्यन्त्र भयो, नियन्त्रण गर्नुपर्ने हुन सक्छ : प्रधानमन्त्री

२० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरूलाई बोलाएर राष्ट्रपति र आफूविरुद्ध षडयन्त्रहरू भइरहेको बताएका छन् । यस्तो बेलामा आफूले मन्त्रीहरूलाई तपाई‌ंहरू कुन कित्तामा भनेर प्रश्न गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत दिएका छन् । ‘मेराविरुद्ध षड्यन्त्र भएको छ, मेराविरुद्ध र राष्ट्रपतिका विरुद्ध भएका षड्यन्त्रहरूलाई मैले बाइवर्ड, बाइस्टेप […]

‘उपत्यकाकै ढलमा भेटियो कोरोना भाइरस’

२० असार, काठमाडौं । उपत्यकाको ढलमा कोभिड १९ को भाइरस फेला परेको छ । उपत्यकाभित्रका ४ ठाउँका ढलको नमुना परीक्षण गर्दा २ ठाउँमा कोभिड १९ को भाइरस फेला परेको हो। सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन)नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनले यस्तो तथ्य फेला पारेको हो । अध्ययनका लागि काठमाडौं उपत्यकाको मुख्य सहरका […]

कोरोना संक्रमितको शव व्यवस्थापन : स्थानीयको अवरोध, सेनाको सम्मान

२० असार, गोरखा । स्थानीयको अवरोधका बीच गोरखामा कोरोना संक्रमणबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापन गरिएको छ । शनिबार मृत्यु भएका पालुङटार नगरपालिका-७ का ४४ बर्षीय संक्रमित पुरुषको शव गोरखा नगरपालिका-१२ र शहिद लखन गाउँपालिका-१ को सिमा क्षेत्र लुदी दोभानमा व्यवस्थापन गरिएको हो । शव व्यवस्थापनको जिम्मा नेपाली सेनालाइ दिइएको थियो । ‘चार जना नेपाली […]



from समाचार – Online Khabar https://ift.tt/2AwkIE7
via IFTTT
Powered by Blogger.