समाचार
२१ असार, काठमाडौं । काठमाडौंबासीले मेलम्चीको पानी कहिले पिउन पाउँछन् ? वर्षौंदेखि यो प्रश्न झेल्दै आएका खानेपानी मन्त्रालयका अधिकारीहरुले आइतबार दिउँसो पत्रकार सम्मेलन नै गरेर आयोजना सम्पन्न हुने चरणमा प्रवेश गरेको घोषणा गरे । त्यसअघि आइतबार विहान ९ बजेर ९५ मिनेट मेलम्चीको सुरुङमा पानी भर्न सुरु गरिएको थियो । त्यसलाई सरकारी अधिकारीहरुले आयोजना निर्माणमा ठूलो […]
२१ असार, काठमाडौं । विभिन्न राजनीतिक दलका नेता तथा नागरिक अगुवाले कोरोना रोकथाममा प्रभवकारी काम गर्न माग गर्दै अनशनमा बसेकाहरुसँग माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । आइतबार संयुक्त अपिल जारी गर्दै उनीहरुले अनशनमा बसेका ‘इनफ इज इनफ’ का अभियन्तासँग वार्ता र सम्वादमार्फत समस्या समाधान गर्न आग्रह गरेका हुन् । कोरोना संक्रमण पत्ता लगाउन […]
२१ असार, बुटवल । प्रदेश ५ मा आइतबार थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश ५ मा कोरोेना भाइरस संक्रमितको संख्या ३ हजार ९ सय ६८ पुगेको छ । रूपन्देहीको भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रूपन्देहीका २ जना, अर्घाखाँचीका १ जना, कपिलवस्तुका १ जना, नवलपरासीका १ जना र प्युठानका […]
२१ असार, काठमाडौं । आज गुरुपूर्णिमा । गुरुहरुप्रति भक्तिभाव र सम्मान व्यक्त गर्दै मनाइएको छ । मानिसहरुले आज आफ्ना गुरुलाई भेट्ने, सम्मान प्रकट गर्ने, उपहार दिने र आशिर्वाद लिने गर्छन् । काठमाडौं बुढानीलकण्ठको बुढानीलकण्ठ वेद विद्याश्रममा पनि गुरु र शिष्य भेला भई गुरुपूर्णिमा मनाइएको छ । हेनुहोस् तस्वीरहरु
२१ असार, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको, नोटमा गभर्नरको दस्तखत रहेको स्थानमा तत्कालीन गभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ । नोटको मध्यभागमा नेपाल राष्ट्र बैंक अङ्ग्रेजी रोमनमा लेखिएको छ । नोटको मध्यभागमा हिउँ […]
२१ असार, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा आइतबार पानी छोडिएको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौं उपत्यकामा ल्याउन बनाइएको २६ किलोमिटर सुरुङमा आइतबार पानी छोडिएपछि आयोजना नयाँ चरणमा प्रवेश गरेको सरकारको दाबी छ । खानेपानी मन्त्रालयले आइतबार दिउँसो पत्रकार सम्मेलन गरी भनेको छ ‘यसरी विभिन्न समस्या र चुनौतीहरू पार गर्दै काठमाडौंवासीको दुई दशकभन्दा […]
२१ असार, वीरगञ्ज । बाराबाट प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । जितपुरसिमरा उपमहानगरपालिका– ८ गम्हरगावा टोल बस्ने ६० वर्षीय बासुदेव महतोलाई पक्राउ गरेको हो । अवैध लागूऔषध गाँजा ओसार पसार भइरहेको भन्ने सूचनाको आधारमा आइतबार बिहान ४ बजे खटिएको प्रहरी टोलीले जितपुरसिमरा–१४ दुधौरा पुल नजिक सडकबाट उनलाई पक्राउ गरेको थियो । उनले […]
२१ असार, विराटनगर । नेकपा शीर्ष नेतृत्वमा देखिएको विवाद वार्ताका माध्ययमबाट समाधान खोज्न प्रदेश १ का नेता कार्यकर्ताले आग्रह गरेका छन । आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी नेकपा प्रदेश १ का १४ वटै जिल्लाका अध्यक्ष र सचिवले पार्टी फुटे जनतामा गम्भीर धोका हुने बताउँदै वार्ताबाट समाधान खोज्न आग्रह गरेका हुन् । नेकपामा उत्पन्न विवाद समाधान […]
२१ असार, वीरगञ्ज । पछिल्लो २४ घण्टामा प्रदेश २ मा ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश २ मा १४ जना महिला र १०१ जना पुरुष गरी कुल ११५ जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा धनुषाका २७, महोत्तरीका १२, सिराहाका २३, सप्तरीका ३५, सर्लाहीका ६, […]
१८ असार, काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बजेट र अधिकार नहुँदा आयोगले काम गर्न नसकेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले आयोगका अध्यक्ष अन्सारी र आयोगका सचिव शम्भुबहादुर खड्कासँग आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदनमाथि छलफल गरेको थियो । छलफलमा अध्यक्ष अन्सारीले भने, ‘समुदायको लागि यो आयोग […]
२१ असार, सप्तरी । प्रदेश २ सरकारले हालै पारित गरेको सञ्चार विधेयकको विरोधमा सप्तरीका पत्रकारहरुले आइतबार विरोध प्रदर्शन गरेका छन् । पत्रकारलाई जरीवाना तोक्नेदेखि सञ्चार उपकरण जफ्त गर्ने नियमसहितको विधेयक पारित गरिएपछि यहाँका पत्रकारहरुले सदरमुकाम राजविराजमा प्रदर्शन गरेका हुन् । विधेयकमा रहेका त्रुटिहरु नसच्चयाएसम्म आन्दोलन जारी रहने पत्रकार नवीन गुप्ताले बताए । समाचार लेखेकै कारण […]
२१ असार, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा आइतबारदेखि पानी जोडिएपछि मेलम्ची र वाग्मती नदीमा पानीको बहाव बढ्नसक्ने भन्दै सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । मेलम्ची खानेपानी आयोजना विकास समितिले मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुमलगायतका क्षेत्रका खोलानाला साथै वाग्मती नदीमा कुनै पनि बेला पानीको बहाव बढ्न सक्ने बताएको छ । त्यसैले ती […]
२१ असार, जनकपुरधाम । लकडाउन जारी भएपछि बन्द रहेका सर्लाहीका सरकारी कार्यालयहरु सोमबारबाट खुल्ने भएका छन् । सामाजिक दुरी कायम गर्दै कार्यालय खोल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । उनका अनुसार जिल्ला संकट व्यवस्थापन केन्द्रको आइतबारको निर्णय अनुसार सोमबारदेखि जिल्ला प्रशासन कार्यालय, मालपोत, भूमीसुधारसहितका कार्यालयहरु सञ्चालनमा आउनेछ । बढी भिडभाड नहोस् […]
२१ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन सुरु भएको छ । अहिलेसम्म १०० बढी नेताले हस्ताक्षर गरिसकेको नेताहरूले बताएका छन् । नेकपामा स्थायी कमिटी बैठक चलिरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले […]
२१ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु भएका बाग्लुङका पुरुष असार एक गते भारतबाट नेपाल आएका थिए । नेपाल आएको २१ औं दिनमा उनको मृत्यु भयो । परिवारसहित मजदुरी गर्न गएका उनको भारतमै क्षयरोगको उपचार गरिएको थियो । तर २९ वर्षीय श्रीमान्को उपचारका लागि खर्च जुटाउन नसकेपछि श्रीमती छोराछोरीसहित बिरामी श्रीमान्लाई लिएर […]
२१ असार, ललितपुर । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहण यही असार २४ गते हुने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले बुधबार उत्तम साइत रहेको ठहर गरेसँगै मच्छिन्द्रनाथलाई रथमा विराजमा गराउन लागिएको हो । सो दिन ४ बजेर ४२ मिनेटमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइने पानेजु हेमबज्र बाजाचार्यले बताए । ‘हाल तःबहालस्थित पाटीमा रहेका […]
२१ असार, काठमाडौं । हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ना ७ ख ६५९७ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको ना ५३ प ३३१३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ठेगाना नखुलेका करिब ५५ वर्षीय सूर्यबहादुर लामाको मृत्यु भएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए । वीरगञ्ज–हेटौंडा सडकखण्ड अन्तर्गत […]
२१ असार, सुर्खेत । कणर्ाली प्रदेशमा कोरोना भाइरस (कोभिड-१९)का २६१ जना संक्रमित मात्रै आइसोलेसनमा रहेका छन । संक्रमण भएकाहरु धमाधम डिस्चार्ज हुँदै घर फर्किएपछि आइसोलेसनमा रहेकाहरुको संख्या घटेको हो । कर्णालीमा आइतबारसम्म १४९८ जनामा कोरोना संक्रमण पष्टि भएको छ । जसमध्ये २६१ जनामात्रै आइसोलेसनमा बसेर उपचार गराइरहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. […]
२१ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । उनीहरु मध्ये ३५ जनाको मृत्यु भएको छ भने ६ हजार ५४७ जना डिस्चार्ज भएका छन् । कहाँ कति थपिए संक्रमित ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा […]
२१ असार, काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–११, कपनमा बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४० वर्षीय वेदबहादुर गुरुङ छन् । महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी नवीन कार्कीका अनुसार गुरुङविरुद्ध मुलुकी अपराध संहिताको करणीसम्बन्धी कसुरमा म्याद थपेर विस्तृत अनुसन्धान थाल्ने तयारी भइरहेको छ । पीडित १४ वर्षीया बालिकाका अनुसार गएराति घर […]
२१ असार, जनकपुरधाम । घरमै राखेर लागूऔषध बिक्री वितरण गर्दै आएका सिरहाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गोल बजार नगरपालिका ४ बस्ने ४२ बर्षीय मनोजकुमार साहलाई उनको आफ्नै घरबाट आइतबार पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । साहले आफ्नै घरमा बिक्री वितरणको लागि लुकाई छिपाई राखेको अवस्थामा प्रतिवन्धित लागूऔषध डाइलेक्स डिसी ६७ बोतल, […]
from समाचार – Online Khabar https://ift.tt/2VN8uyk
via IFTTT






















