Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

असारे भाका गाउँदै धान रोपाइँ गर्ने बेठी परम्परा लोप हुन थाले

२१ असार, खाँदबारी । सहरिया नयाँ पुस्तालाई ‘बेठी’ शब्द नै आश्चर्यको विषय बन्न सक्छ । बेठी लगाएर धान रोप्ने चलन निकै पुरानो मानिन्छ । ग्रामीण भेगका गाउँबस्तीमा असारे भाका गाउँदै रोपाइँ गर्ने चलन पछिल्लो समय लोप हुन थालेको छ । नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारको दोहोरीसहितको धान रोपाइँ बेठी परम्परा किसानको संस्कृति […]

व्यास जयन्तीमा नगरपालिकाले दियाे सार्वजनिक बिदा

२१ असार, दमौली । तनहुँको व्यास नगरपालिकाले व्यास जयन्ती (गुरु पूर्णिमा) को अवसरमा नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । असार २१ गते आज मनाइने गुरु पूर्णिमाको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरसभाको निर्णयबमोजिम स्थानीय बिदा दिने निर्णय भएको र उक्त दिन नगरपालिका कार्यालय र अन्तर्गतका सम्पूर्ण वडा कार्यालय, […]

राष्ट्रपतिलाई महाअभियोग लगाउने प्रचार झुटो हो : नेकपा प्रवक्ता श्रेष्ठ

२१ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउने भनेर झुटो प्रचार गरिएको बताएका छन् । उनले आफ्नो स्वार्थका लागि अनर्गल प्रचार नगर्न र राष्ट्रपतिलाई विवादमा नतान्न आग्रह पनि गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रीहरुसँगको छलफलमा आफूलाई प्रधानमन्त्री पदबाट हटाउने र राष्ट्रपतिविरुद्ध महाअभियोग […]

झापामा खोलाले बगाएर एक जनाको मृत्यु

२१ असार, काठमाडौं । झापामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । जिल्लाको कमल गाउँपालिका–५ मा रतुवा खोला र चाजु खोलाको दोभानमा आएको बाढीले शनिबार दिउँसो बगाउँदा टुक्रेका पुष्प राईको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार खोलाबाट दाउरा निकाल्ने क्रममा बाढीले बगाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय, […]

कञ्चनपुरमा एक जनाको हत्या

२१ असार, कैलाली । कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । जिल्लाको पुनर्वास नगरपालिका–५ मा शनिबार राति धारिलो हतियार प्रहार गरी स्थानीय ५० वर्षीय गोपाल कुँवरको हत्या भएका हो । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी अमर थापाका अनुसार हत्यामा संलग्नको पहिचान भइसकेको छ । थापाले भने, ‘घटनामा संलग्न देखिएका गौरव खड्का […]

पहिरोले घर भत्किँदा एक परिवार विस्थापित, १० घर जोखिममा

२१ असार, बैतडी । वर्षा शुरु भएसँगै बैतडीका विभिन्न स्थानमा पहिरोले क्षति पुर्याउन थालेको छ । पुर्चौँडी नगरपालिका–७ ऐरीगाउँमा पहिरोले स्थानीय मङ्गल ऐरको घरमा क्षति पुर्याएको स्थानीय देवबहादुर ऐरले जानकारी दिए । गएराति घरमाथिबाट खसेको पहिरोले घर पुरेको छ भने शौचालय भत्काएको छ । उनले भने, ‘बस्तीमाथिबाट खसेको पहिरोले सो ठाउँका १० घर जोखिममा परेका […]

मुगुका स्थानीय तहमा स्वास्थ्य सामाग्री पठाइयो

२१ असार, काठमाडौं । कोरोना महामारीविरुद्ध लड्न आवश्यक स्वास्थ्य सामग्रीहरु काठमाडौंबाट मुगुका स्थानीय तहमा पठाइएको छ । कर्णाली प्रदेशका जिल्लाहरुमा स्वास्थ्य सामग्री सहयोग गर्दै आएको मनघरी फाउण्डेसनले मुगुका स्थानीय तहमा स्वास्थ्य सामग्री पठाएको हो । मनघरी फाउण्डेसनको पहल र प्रारम्भ सामाजिक संस्था, आनी छोइड डोल्मा फाउण्डेशन, राष्टिय आविष्कार केन्द्र र दैलेखी सेवा समाजका प्रताप शाहीको […]

हलेसी गुफा संरक्षणका लागि कार्ययोजना

२१ असार, खोटाङ । हलेसी विकास समितिले त्रिधार्मिकस्थल हलेसी गुफा संरक्षणका लागि कार्ययोजना निर्माण गर्ने निर्णय गरेको छ । पूर्वसांसद टङ्क राई विकास समितिको अध्यक्षमा चुनिएपछि बसेको विकास समितिको पहिलो बैठकले त्रिधार्मिकस्थल हलेसी गुफाको भौगर्भिक अध्ययन गरी दीर्घकालीन संरक्षण गर्न कार्ययोजना निर्माण गर्ने निर्णय गरेको हो । प्राकृतिक रूपमा बनेको गुफाकै कारण हलेसीले हिन्दू, बौद्ध […]

बायर्नले जित्यो जर्मन कप उपाधि

२१ असार, काठमाडौं । बुण्डेसलिगा च्याम्पियन बनिसकेको बायर्न म्युनिखले जर्मन कपको उपाधि पनि जितेको छ । गएराति बर्लिनमा भएको फाइनलमा बायर लेभरकुजनलाई ४-२ ले पराजित गर्दै बायर्नले उपाधि जितेको हो । खेलमा दुई गोल गरेका बायर्नका फरवार्ड रोवर्ट लेवान्डोस्कीले यस सिजन ५० गोल समेत पूरा गरेका छन् । ओलम्पिक स्टेडियममा भएको खेलको १६औं मिनेट डेविड […]

आज गुरु पूर्णिमा, गुरुलाई सम्मान गरी मनाइँदै

२१ असार, काठमाडौं । आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । गुरु पूर्णिमाको दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरिन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार […]

राष्ट्रपति र मेराविरुद्ध षड्यन्त्र भयो, नियन्त्रण गर्नुपर्ने हुन सक्छ : प्रधानमन्त्री

२० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरूलाई बोलाएर राष्ट्रपति र आफूविरुद्ध षडयन्त्रहरू भइरहेको बताएका छन् । यस्तो बेलामा आफूले मन्त्रीहरूलाई तपाई‌ंहरू कुन कित्तामा भनेर प्रश्न गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत दिएका छन् । ‘मेराविरुद्ध षड्यन्त्र भएको छ, मेराविरुद्ध र राष्ट्रपतिका विरुद्ध भएका षड्यन्त्रहरूलाई मैले बाइवर्ड, बाइस्टेप […]

‘उपत्यकाकै ढलमा भेटियो कोरोना भाइरस’

२० असार, काठमाडौं । उपत्यकाको ढलमा कोभिड १९ को भाइरस फेला परेको छ । उपत्यकाभित्रका ४ ठाउँका ढलको नमुना परीक्षण गर्दा २ ठाउँमा कोभिड १९ को भाइरस फेला परेको हो। सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन)नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनले यस्तो तथ्य फेला पारेको हो । अध्ययनका लागि काठमाडौं उपत्यकाको मुख्य सहरका […]

कोरोना संक्रमितको शव व्यवस्थापन : स्थानीयको अवरोध, सेनाको सम्मान

२० असार, गोरखा । स्थानीयको अवरोधका बीच गोरखामा कोरोना संक्रमणबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापन गरिएको छ । शनिबार मृत्यु भएका पालुङटार नगरपालिका-७ का ४४ बर्षीय संक्रमित पुरुषको शव गोरखा नगरपालिका-१२ र शहिद लखन गाउँपालिका-१ को सिमा क्षेत्र लुदी दोभानमा व्यवस्थापन गरिएको हो । शव व्यवस्थापनको जिम्मा नेपाली सेनालाइ दिइएको थियो । ‘चार जना नेपाली […]

बझाङमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु

२० असार, बझाङ । केदारस्युँ गाउँपालिका-८, मल्लेसीमा गएको पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले ६ जनको शव निकालिसकेको छ भने अर्का एकको खोजी भइरहेको बताए । उनका अनुसार गएराति वषर्ासँगै गाउँ माथिबाट खसेको पहिरोले मल्लेसीका १८ घरमा क्षति पुर्‍याएको थियो । पहिरो खस्न थालेपछि केहीले भने भागेर ज्यान […]

२३२ जनामा कोरोना संक्रमण पुष्टि, थप दुई जनाको मृत्यु

२० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुमा ४ हजार ५० नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप दुई जनाको मृत्यु स्वास्थ्य […]

संसद रत्यौली खेल्न चलाइरहने संस्था होइन : मन्त्री अर्याल

२० असार, काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले बिजनेश नभएपछि संसद अधिवेशन अन्त्य गरिएको बताएकी छन् । स्वयं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले हतारहतार अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउन लागेको आशंका गरिरहेका बेला मन्त्री अर्यालले भने अधिवेशन कहिले बोलाउने ? कहिले बन्द गर्ने भन्ने सरकारको विषय […]

पूर्वतयारी नसकी हतारमा ३२ अर्बको रेल्वे ठेक्का

२० असार, काठमाडौं । रेल विभागले असार १४ र १७ गते गरी ५४ वटा ठेक्काको बोलपत्र आह्वान गर्‍यो । पूर्व–पश्चिम रेलमार्ग अन्तरगत रेल्वे ट्रयाक बेड (लिक बिछ्याउने ट्रयाक) बनाउन  रु.३२ अर्बभन्दा बढी लागत अनुमान गरिएको ठेक्का आह्वान भएका हुन् । विभागले पहिलो दिन ३० वटा र भोलिपल्ट २४ वटा ठेक्काको लागि सूचना निकालेको छ । […]

खोकनाको ‘रोपाइँ’मा प्रहरी र स्थानीयवासीबीच झडप

२० असार, काठमाडौं । ललितपुरको खोकनामा आफ्नो जमिन खनजोत गर्न गएका किसान र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्यास समेत हानेको छ । विकासका नाममा जग्गाजमिन र पुर्ख्यौली थातथलो कब्जा गरेको भन्दै खोकनावासीले विरोध गर्दै आएका छन्। पछिल्लो समय अधिग्रहणका लागि सूचना निकालेको जमिनमा खनजोत गर्न समेत नदिएपछि स्थानीयले खड्का […]

पुत्रीलाभपछि प्रमोद खरेलले भोगेको त्रासदी

२० असार, काठमाडौं । गायक प्रमोद खरेल दोस्रो सन्तानको बाबु बनेको आज २१ दिन पुग्यो । तर लक्ष्मीका रुपमा घर भित्रिएकी छोरीलाई उनले अहिलेसम्म स्पर्श गर्न पाएका छैनन् । गत २९ जेठमा श्रीमती दीपाबाट दोस्रो सन्तानप्राप्ति भएयता प्रमोदले कल्पनै नगरेको पीडा र त्रासदी व्यहोर्नुपर्‍यो। यी दिनहरूमा उनले आफ्नो आँखाबाट जति आँसु बगाए, त्योभन्दा धेरै आँखाभित्र […]

अन्तिम पर्दा पनि खस्छ…

– यो शोकसभा हो ! – आधा टेबल कालो कपडाले छोपिएको छ, – आधा टेबल सेतो कपडाले छोपिएको छ ! – टेबलमाथि एउटा चित्र छ- दुर्गा बरालको चित्रकारिता ! – चित्र हो स्वर्गीय श्री हरिभक्त कटुवालको ! – यो पोखरेली युवा सांस्कृतिक परिवारद्वारा आयोजित शोकसभा हो ! म कोठाको अन्तिम पङ्क्तिमा बसेर कार्यक्रम सूची बनाउन […]

कर्णालीमा डिस्चार्ज हुनेको संख्या १२ सय नाघ्यो

२० असार, सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना संक्रमणपछि डिस्चार्ज हुनेको संख्या १२०१ पुगेको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा आइसोलेसनबाट २३ जना डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुनेको संख्या १२०१ पुगेको हो । पछिल्लो २४ घण्टामा डिस्चार्ज भएकामध्ये दैलेखको आठबीस आइसोलेसनका ४ महिलासहित २० जना र प्रदेश […]



from समाचार – Online Khabar https://ift.tt/2YZhbaD
via IFTTT
Powered by Blogger.