समाचार
२१ असार, विराटनगर । नेकपा शीर्ष नेतृत्वमा देखिएको विवाद वार्ताका माध्ययमबाट समाधान खोज्न प्रदेश १ का नेता कार्यकर्ताले आग्रह गरेका छन । आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी नेकपा प्रदेश १ का १४ वटै जिल्लाका अध्यक्ष र सचिवले पार्टी फुटे जनतामा गम्भीर धोका हुने बताउँदै वार्ताबाट समाधान खोज्न आग्रह गरेका हुन् । नेकपामा उत्पन्न विवाद समाधान […]
२१ असार, वीरगञ्ज । पछिल्लो २४ घण्टामा प्रदेश २ मा ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश २ मा १४ जना महिला र १०१ जना पुरुष गरी कुल ११५ जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा धनुषाका २७, महोत्तरीका १२, सिराहाका २३, सप्तरीका ३५, सर्लाहीका ६, […]
१८ असार, काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मिँया अन्सारीले बजेट र अधिकार नहुँदा आयोगले काम गर्न नसकेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले आयोगका अध्यक्ष अन्सारी र आयोगका सचिव शम्भुबहादुर खड्कासँग आयोगको आर्थिक वर्ष २०७५/०७६ को बार्षिक प्रतिवेदनमाथि छलफल गरेको थियो । छलफलमा अध्यक्ष अन्सारीले भने, ‘समुदायको लागि यो आयोग […]
२१ असार, सप्तरी । प्रदेश २ सरकारले हालै पारित गरेको सञ्चार विधेयकको विरोधमा सप्तरीका पत्रकारहरुले आइतबार विरोध प्रदर्शन गरेका छन् । पत्रकारलाई जरीवाना तोक्नेदेखि सञ्चार उपकरण जफ्त गर्ने नियमसहितको विधेयक पारित गरिएपछि यहाँका पत्रकारहरुले सदरमुकाम राजविराजमा प्रदर्शन गरेका हुन् । विधेयकमा रहेका त्रुटिहरु नसच्चयाएसम्म आन्दोलन जारी रहने पत्रकार नवीन गुप्ताले बताए । समाचार लेखेकै कारण […]
२१ असार, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा आइतबारदेखि पानी जोडिएपछि मेलम्ची र वाग्मती नदीमा पानीको बहाव बढ्नसक्ने भन्दै सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । मेलम्ची खानेपानी आयोजना विकास समितिले मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुमलगायतका क्षेत्रका खोलानाला साथै वाग्मती नदीमा कुनै पनि बेला पानीको बहाव बढ्न सक्ने बताएको छ । त्यसैले ती […]
२१ असार, जनकपुरधाम । लकडाउन जारी भएपछि बन्द रहेका सर्लाहीका सरकारी कार्यालयहरु सोमबारबाट खुल्ने भएका छन् । सामाजिक दुरी कायम गर्दै कार्यालय खोल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । उनका अनुसार जिल्ला संकट व्यवस्थापन केन्द्रको आइतबारको निर्णय अनुसार सोमबारदेखि जिल्ला प्रशासन कार्यालय, मालपोत, भूमीसुधारसहितका कार्यालयहरु सञ्चालनमा आउनेछ । बढी भिडभाड नहोस् […]
२१ असार, ललितपुर । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहण यही असार २४ गते हुने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले बुधबार उत्तम साइत रहेको ठहर गरेसँगै मच्छिन्द्रनाथलाई रथमा विराजमा गराउन लागिएको हो । सो दिन ४ बजेर ४२ मिनेटमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइने पानेजु हेमबज्र बाजाचार्यले बताए । ‘हाल तःबहालस्थित पाटीमा रहेका […]
२१ असार, काठमाडौं । हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ना ७ ख ६५९७ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको ना ५३ प ३३१३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ठेगाना नखुलेका करिब ५५ वर्षीय सूर्यबहादुर लामाको मृत्यु भएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए । वीरगञ्ज–हेटौंडा सडकखण्ड अन्तर्गत […]
२१ असार, सुर्खेत । कणर्ाली प्रदेशमा कोरोना भाइरस (कोभिड-१९)का २६१ जना संक्रमित मात्रै आइसोलेसनमा रहेका छन । संक्रमण भएकाहरु धमाधम डिस्चार्ज हुँदै घर फर्किएपछि आइसोलेसनमा रहेकाहरुको संख्या घटेको हो । कर्णालीमा आइतबारसम्म १४९८ जनामा कोरोना संक्रमण पष्टि भएको छ । जसमध्ये २६१ जनामात्रै आइसोलेसनमा बसेर उपचार गराइरहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. […]
२१ असार, काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–११, कपनमा बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४० वर्षीय वेदबहादुर गुरुङ छन् । महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी नवीन कार्कीका अनुसार गुरुङविरुद्ध मुलुकी अपराध संहिताको करणीसम्बन्धी कसुरमा म्याद थपेर विस्तृत अनुसन्धान थाल्ने तयारी भइरहेको छ । पीडित १४ वर्षीया बालिकाका अनुसार गएराति घर […]
२१ असार, जनकपुरधाम । घरमै राखेर लागूऔषध बिक्री वितरण गर्दै आएका सिरहाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गोल बजार नगरपालिका ४ बस्ने ४२ बर्षीय मनोजकुमार साहलाई उनको आफ्नै घरबाट आइतबार पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । साहले आफ्नै घरमा बिक्री वितरणको लागि लुकाई छिपाई राखेको अवस्थामा प्रतिवन्धित लागूऔषध डाइलेक्स डिसी ६७ बोतल, […]
२१ असार, झापा । झुठो विवरण पेश गरेर विदेशी नागरिकलाई नागरिकता बनाइदिएको अभियोग लागेका एक जना व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय, झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय, झापा र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले काठमाडौंको गठ्ठाघरबाट पक्राउ गरेको हो । झापाका एसपी कृष्ण […]
२१ असार, काठमाडौं । सरकारले ढलको पानीमा कोरोना भाइरसको जीवाणु भेटिँदैमा समुदायमा संक्रमण भएको भन्न नमिल्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले ढलमा भाइरस देखिएकै भरमा समुदायमा संक्रमण भएर जटिल अवस्थामा पुग्यो भन्न नमिल्ने बताएका हुन् । ढलमा काम गर्ने मानिसले पीपीई, मास्क, जुत्ता, चस्मा, बुटजस्ता सुरक्षा सामग्री […]
२१ असार, काठमाडौं । दिनको समयमा वर्षा हुन छाडेपछि काठमाडौं उपत्यकामा गर्मी हृवात्तै बढेको छ । रातिमा वर्षा भए पनि दिनमा चर्को घाम लाग्ने हुनाले गर्मी बढेको छ । विगतका वर्षमा गर्मी मौसममा स्विमिङ पुलमा पौडी खेल्नेहरूको संख्या धेरै हुन्थ्यो । तर यस वर्ष कोरोना महामारीका कारण स्विमिङ पुलहरु बन्द छन् । भक्तपुरमा केही बालबालिकाले […]
२१ असार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष प्रचण्डसँग वार्ता गरिरहेका बेला नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् । प्रधानमन्त्रीको सन्देश बोकेर नेम्वाङले आइतवार बिहान देउवालाई भेटेका हुन् । देउवासँग प्रधानमन्त्रीले दुई दिनअघि छलफल गरेका थिए । नेम्वाङले भने संवैधानिक परिषद् बैठक र एमसीसीलगायतका विषयमा विपक्षीय दलको […]
२१ असार, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई)मा थप छ, भारतमा पाँच, ओमान र कुवेतमा एक/एक नेपालीको मृत्यु भएको हो । समितिका अनुसार शनिबार साँझसम्म विभिन्न १४ देशमा १४३ नेपालीको कोरोना संक्रमणबाट मृत्यु […]
२१ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु भएका बाग्लुङका पुरुष असार एक गते भारतबाट नेपाल आएका थिए । नेपाल आएको २१ औं दिनमा उनको मृत्यु भयो । परिवारसहित मजदुरी गर्न गएका उनको भारतमै क्षयरोगको उपचार गरिएको थियो । तर २९ वर्षीय श्रीमान्को उपचारका लागि खर्च जुटाउन नसकेपछि श्रीमती छोराछोरीसहित बिरामी श्रीमान्लाई लिएर […]
२१ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर पदच्युत गर्नेबारे नेकपा नेताहरुले कानुनविदहरुसँग छलफल गरेको आरोप प्रधानमन्त्री केपी शर्मा ओलीले लगाएका छन् । आखिर कसले गर्यो त राष्ट्रपति हटाउने त्यस्तो गोप्य बैठक ? यसको गोहो पहिल्याउँदै जाँदा हामी स्थायी कमिटी सदस्य रघुजी पन्तसम्म पुग्यौं । नेकपा स्थायी कमिटी सदस्य पन्तले अनलाइनखबरसँग भने, ‘५/६ जना […]
२१ असार, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा आइतबार पानी छोडिएको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौं उपत्यकामा ल्याउन बनाइएको २६ किलोमिटर सुरुङमा आइतबार पानी छोडिएपछि आयोजना नयाँ चरणमा प्रवेश गरेको सरकारको दाबी छ । खानेपानी मन्त्रालयले आइतबार दिउँसो पत्रकार सम्मेलन गरी भनेको छ ‘यसरी विभिन्न समस्या र चुनौतीहरू पार गर्दै काठमाडौंवासीको दुई दशकभन्दा […]
२१ असार, काठमाडौं । प्रहरीले सामूहिक बलात्कार गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका बस्ने दोलखाका पासाङ शेर्पा र कागेश्वरी मनोहरा बस्ने सिन्धुपाल्चोकका भुवन विष्ट छन् । महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी नविन कार्कीका अनुसार पीडितले खबर गरेलगत्तै शनिबार राति नै उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार महिला पसल […]
२१ असार, काठमाडौं । चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकहरूले प्रदर्शन गरेका छन् । झापाको मेडिका हस्पिटलमा कार्यरत डा. सुधाकर झामाथि कुटपिट गर्नेहरूमाथि कारबाहीको माग गर्दै चिकित्सकको एउटा टोलीले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । असार ११ गते मेडिका हस्पिटलको इमर्जेन्सीमा कार्यरत डा. झामाथि बिरामी कुरुवाको १० जनाजतिको समूहले कुटपिट गरेको थियो । घटना भएको […]
from समाचार – Online Khabar https://ift.tt/2ZDQ0Bp
via IFTTT






















