समाचार
१ भदौ, काठमाडौं । संघीय सरकारले प्रदेश र स्थानीय सरकारसँग पर्यटकीय पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी अन्तर्गत आयोजना र कार्यक्रमको प्रस्ताव आहृवान गरेको छ । मन्त्रालयले चालु आर्थिक वर्ष २०७७/७८ बाटै पर्यटनका कार्यक्रम तीन वटै सरकारको लागत साझेदारीमा गर्ने निर्णय गरेको थियो । सोहीअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तल्ला सरकारहरुबाट प्रस्ताव मागेको […]
२ भदौ, पोखरा । कास्की जिल्लामा आज राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्लास्तरीय कोरोना रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको निर्णयपछि सुरक्षा समितिको बैठक बसेर आजदेखि ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । विज्ञहरुसँगको छलफलपछि पोखरा महानगरपालिकाले प्रदेशको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा निषेधाज्ञा जारी गर्न सिफारिस गरेको […]
२ भदौ, युएई । कार्यसमिति चयन भएदेखि नै आन्तरिक विवादमा चलिरहेको एनआरएन युएईभित्रको विवाद सतहमा आएको छ । लण्डन लैजाने भन्दै युएईमा अलपत्र पारिएका ६३ जना पीडितहरुको विषयलाई लिएर पछिल्लो समय एनआरएन भित्रको विवाद चुलिएको छ । यही कारण एनआरएनए यूएई उपाध्यक्षसहित एनआरएनका ३ जना निलम्बित भएका छन् । संस्था विधानविपरीत चलेको भन्दै कार्यसमितिका ६ […]
२ भदौ, काठमाडौं । सुनको भाउ पुनः तोलामै एक लाख नाघेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला दुई हजार दुई सय रुपैयाँले बढेर सुनको भाउ एक लाख चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावल सुनको कारोबार प्रतितोला मूल्य ९८ हजार दुई सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय मूल्यमा आएको परिवर्तनसँगै […]
२ भदौ, पोखरा । सोमबार राति मृत्यु भएपछि मंगलबार बिहान कोरोना पुष्टि भएकी तनहुँकी महिलाकी छोरीलाई पनि संक्रमण भएको पुष्टि भएको छ । रोगले च्यापेपछि आमालाई लिएर पोखरा आएकी छोरीमा पनि संक्रमण देखिएको हो । ब्यास नगरपालिका वडा नम्बर १ की ५० वर्षीया महिलाको २५ वर्षीया छोरीलाई पनि संक्रमण पुष्टि भएको कास्कीका जनस्वास्थ्य प्रमुख बाबुराम […]
२ भदौ, काठमाडौं । तपाईंलाई थाहै होला, नेपालको घोषित राष्ट्रिय खेल ‘भलिबल’ हो । तर, अघोषित राष्ट्रिय खेलचाहिँ ‘लुडो’ लाई मान्दा हुने भयो । गाउँघरमा चार–जना टुक्रुक्क बसेर कागजको बोर्डमा खेलिने गरेको यो रमाइलो खेल अहिले स्मार्टफोनमार्फत शहरमा सलहसरी व्याप्त भएको छ । नहोस् पनि किन, कुनै खेल सामग्री नचाहिने । खेलाडीको निश्चित संख्या पनि […]
२ भदौ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या २७ लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार समग्र संक्रमितको संख्या २७ लाख दुई हजार ७४३ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ५५ हजार ७९ नयाँ संक्रमित फेला परेका हुन् । भारतमा कोरोना भाइरसको कारण मृत्यु […]
२ भदौ, चितवन । चितवनमा ४२ सशस्त्र प्रहरीसहित थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा चितवनमा नै बस्दै आएका ४६ जना र विभिन्न अस्पतालमा उपचारका लागि आएका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पूर्वी चितवनको राप्ती नगरपालिका–६ भण्डारामा रहेको सशस्त्र प्रहरी गणका ४२ […]
२ भदौ, बुटवल । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । कोरोनासँग मिल्दोजुल्दो लक्षणसहितको ज्वरो आएपछि उनी साउन ३२ गते मेडिकल कलेजमा भर्ना भएका थिए । सोमबार दिउँसो उनको पीसीआर […]
२ भदौ, काठमाडौं । सरकारले उद्धार उडान स्थगित गरेपछि दुबई एयरपोर्टमा करिब एक सय नेपाली यात्रुहरु अलपत्र परेका छन् । यात्रुहरुलाई लिन भनेर दुबई पुगिसकेको नेपाल एयरलाइन्सको विमान भने रित्तै फर्किँदै छ । दुबई एयरपोर्टमा करिब एक सय जना नेपाली यात्रुहरु छन् । घर फिर्तीको सबै प्रक्रिया पूरा गरेर एयरपोर्टमा पुगिसकेका उनीहरु प्लेन रित्तै फर्किन […]
२ भदौ, पोखरा । पोखराका १५ जनासहित गण्डकी प्रदेशका विभिन्न ठाउँमा थप २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सोमबार राति १७ जना र मंगलबार बिहान ८ जना गरी गण्डकी प्रदेशका ६ जिल्लामा २५ जना संक्रमित थपिएका हुन् । गण्डकी प्रदेशमा नयाँ थपिएका संक्रमितमा ६ वर्षीय बालकदेखि ८७ वर्षीय वृद्धसम्म छन् । पोखरा महानगरपालिकामा […]
१ भदौ, काठमाडौं । सरकारले कामदारको उद्धारका लागि तय भइसकेका चार्टर्ड उडान स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अन्तर्राष्ट्रिय उद्धार उडानहरु स्थगित गर्न पत्र लेखेको छ । त्यसकै आधारमा सरकारले चार्टर्ड उडान स्थगन गरेको हो । गत सोमबारको मन्त्रिपरिषद बैठकले ३ सय जना दूतावासहरुको […]
१ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१३ शिवनगरका ५६ वर्षीय लालबाबु साह कलवार कोरोनालाई जितेर फर्किएको केही घण्टामा मृत्युसँग हारे । शनिबार राति वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालबाट डिस्चार्ज भएका उनलाई झाडापखाला लाग्नुका साथै श्वासप्रश्वासमा समस्या भयो । र, बयोधा अस्पतालमा उपचारकै क्रममा उनको शनिबार राति साढे ११ बजे मृत्यु भयो । एकातिर समुदायमा संक्रमण फैलिएको त्रास, […]
१ भदौ, काठमाडौं । नेपाल भारतबीच संयुक्त निरीक्षण संयन्त्र (ओभरसाइट मेकानिज्म) को बैठक सोमबार काठमाडौंमा सम्पन्न भएको छ । परराष्ट्र सचिव शंकरदास बैरागी र नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्रा सहभागी भर्चुल बैठकमा भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सीमा विवादपछि नेपाल र भारतबीच यो पहिलो औपचारिक बैठक […]
१ भदौ, काठमाडौं । आफ्नै शिशुको हत्या अभियोगमा प्रहरीले कास्कीको रुपा गाउँपालिका ४ खाल्टेकि रिता मल्ल सिंहलाई पक्राउ गरेको छ । साउन २७ गते दिउँसो पौने ४ बजे रुपा गाउँपालिका ३ टाकान्जा भन्ने स्थानमा ईलाका प्रहरी कार्यालय हंशपुरको टोलीले भर्खरै जन्मेको शिशुको शव फेला पारेको थियो । त्यसपछि अनुसन्धान गर्ने क्रममा प्रहरीले साउन ३२ गते […]
१ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ५८१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ५२० नमुना परीक्षण गर्दा उपत्यकामा १६८ सहित ५८१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । उनीहरुमध्ये १०७ जनाको मृत्यु भएको छ भने १७ हजार […]
१ भदौ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले अनलाइनखबरलाई जानकारी दिए । पौडेलका अनुसार ४ लाख ७२ हजार ७८ विद्यार्थीको परीक्षाफल प्रकाशित भएको हो । नतिजा टेलिफोन, एसएमएस र बेभसाइटमा हेर्न सकिन बोर्डले […]
१ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २६ साउनमा निजी तथा सामुदायिक सबै अस्पताललाई २० प्रतिशत शय्या कोभिड–१९ का बिरामीका लागि छुट्याउन निर्देशन दियो । र भन्यो, उपचाररत कुनै विरामीमा कोरोना संक्रमण देखिएमा मन्त्रालयको निर्देशन बेगर अन्यत्र रिफर नगर्नू । पछिल्लो समय नयाँ संक्रमितको संख्या बढ्दै गएको र कोभिड अस्पतालहरुमा बेड अभाव हुन थालेपछि […]
१ भदौ, विराटनगर । सोमबार विराटनगर भन्सार कार्यालयमा कार्यरत चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई जना अधिकृत र दुई जना नायब सुब्बास्तरका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । विराटनगर भन्सार कार्यालका प्रमुख शिवप्रसाद भण्डारीका अनुसार सोमबार एकजना कम्युटर अधिकृत, एक जना तथ्याङ्क अधिकृत र दुई जना सोही साखामा काम […]
१ भदौ, भक्तपुर । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेको भन्दै स्थानीय जनप्रतिनिधिले मध्यपुर थिमि नगरपालिका सिल गरेका छन् । सडकमा फाट्टफुट्ट निजी र सार्वजनिक गाडी गुडे पनि घरका ढोका र पसलका सटरहरू बन्द देखिन्छन् । नगरपालिकाले आइतबार बिहानबाट ग्यास, खाद्यान्न र औषधिका पसलहरू समेत बिहान ११ देखि १ बजेसम्म खोल्न भनेको छ । नगरको […]
१ भदौ, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ ले तीजमा कसैलाई घरमा बोलाउन र आफू पनि नजान अनुरोध गरेको छ । धम्पुसका एक जनामा कोरोना संक्रमण देखिएपछि वडाध्यक्ष समबहादुर गुरुङले सूचना जारी गर्दै भनेका छन्, ‘तीजमा आफ्नो चेलीबेटी, दिदीबहिनी कसैलाई पनि माइतीघर निमन्त्रणा नगर्न र आफ्नो घरबाट पनि अन्यत्र कतै नपठाउन विशेष अनुरोध गरिन्छ ।’ कास्कीकै […]
from समाचार – Online Khabar https://ift.tt/3iUP2J7
via IFTTT






















