समाचार
२ भदौ, काठमाडौं । तपाईंलाई थाहै होला, नेपालको घोषित राष्ट्रिय खेल ‘भलिबल’ हो । तर, अघोषित राष्ट्रिय खेलचाहिँ ‘लुडो’ लाई मान्दा हुने भयो । गाउँघरमा चार–जना टुक्रुक्क बसेर कागजको बोर्डमा खेलिने गरेको यो रमाइलो खेल अहिले स्मार्टफोनमार्फत शहरमा सलहसरी व्याप्त भएको छ । नहोस् पनि किन, कुनै खेल सामग्री नचाहिने । खेलाडीको निश्चित संख्या पनि […]
२ भदौ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या २७ लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार समग्र संक्रमितको संख्या २७ लाख दुई हजार ७४३ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ५५ हजार ७९ नयाँ संक्रमित फेला परेका हुन् । भारतमा कोरोना भाइरसको कारण मृत्यु […]
२ भदौ, चितवन । चितवनमा ४२ सशस्त्र प्रहरीसहित थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा चितवनमा नै बस्दै आएका ४६ जना र विभिन्न अस्पतालमा उपचारका लागि आएका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पूर्वी चितवनको राप्ती नगरपालिका–६ भण्डारामा रहेको सशस्त्र प्रहरी गणका ४२ […]
२ भदौ, बुटवल । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । कोरोनासँग मिल्दोजुल्दो लक्षणसहितको ज्वरो आएपछि उनी साउन ३२ गते मेडिकल कलेजमा भर्ना भएका थिए । सोमबार दिउँसो उनको पीसीआर […]
२ भदौ, काठमाडौं । सरकारले उद्धार उडान स्थगित गरेपछि दुबई एयरपोर्टमा करिब एक सय नेपाली यात्रुहरु अलपत्र परेका छन् । यात्रुहरुलाई लिन भनेर दुबई पुगिसकेको नेपाल एयरलाइन्सको विमान भने रित्तै फर्किँदै छ । दुबई एयरपोर्टमा करिब एक सय जना नेपाली यात्रुहरु छन् । घर फिर्तीको सबै प्रक्रिया पूरा गरेर एयरपोर्टमा पुगिसकेका उनीहरु प्लेन रित्तै फर्किन […]
२ भदौ, पोखरा । पोखराका १५ जनासहित गण्डकी प्रदेशका विभिन्न ठाउँमा थप २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सोमबार राति १७ जना र मंगलबार बिहान ८ जना गरी गण्डकी प्रदेशका ६ जिल्लामा २५ जना संक्रमित थपिएका हुन् । गण्डकी प्रदेशमा नयाँ थपिएका संक्रमितमा ६ वर्षीय बालकदेखि ८७ वर्षीय वृद्धसम्म छन् । पोखरा महानगरपालिकामा […]
१ भदौ, काठमाडौं । सरकारले कामदारको उद्धारका लागि तय भइसकेका चार्टर्ड उडान स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अन्तर्राष्ट्रिय उद्धार उडानहरु स्थगित गर्न पत्र लेखेको छ । त्यसकै आधारमा सरकारले चार्टर्ड उडान स्थगन गरेको हो । गत सोमबारको मन्त्रिपरिषद बैठकले ३ सय जना दूतावासहरुको […]
१ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१३ शिवनगरका ५६ वर्षीय लालबाबु साह कलवार कोरोनालाई जितेर फर्किएको केही घण्टामा मृत्युसँग हारे । शनिबार राति वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालबाट डिस्चार्ज भएका उनलाई झाडापखाला लाग्नुका साथै श्वासप्रश्वासमा समस्या भयो । र, बयोधा अस्पतालमा उपचारकै क्रममा उनको शनिबार राति साढे ११ बजे मृत्यु भयो । एकातिर समुदायमा संक्रमण फैलिएको त्रास, […]
१ भदौ, काठमाडौं । नेपाल भारतबीच संयुक्त निरीक्षण संयन्त्र (ओभरसाइट मेकानिज्म) को बैठक सोमबार काठमाडौंमा सम्पन्न भएको छ । परराष्ट्र सचिव शंकरदास बैरागी र नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्रा सहभागी भर्चुल बैठकमा भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सीमा विवादपछि नेपाल र भारतबीच यो पहिलो औपचारिक बैठक […]
१ भदौ, काठमाडौं । आफ्नै शिशुको हत्या अभियोगमा प्रहरीले कास्कीको रुपा गाउँपालिका ४ खाल्टेकि रिता मल्ल सिंहलाई पक्राउ गरेको छ । साउन २७ गते दिउँसो पौने ४ बजे रुपा गाउँपालिका ३ टाकान्जा भन्ने स्थानमा ईलाका प्रहरी कार्यालय हंशपुरको टोलीले भर्खरै जन्मेको शिशुको शव फेला पारेको थियो । त्यसपछि अनुसन्धान गर्ने क्रममा प्रहरीले साउन ३२ गते […]
१ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ५८१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ५२० नमुना परीक्षण गर्दा उपत्यकामा १६८ सहित ५८१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । उनीहरुमध्ये १०७ जनाको मृत्यु भएको छ भने १७ हजार […]
१ भदौ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले अनलाइनखबरलाई जानकारी दिए । पौडेलका अनुसार ४ लाख ७२ हजार ७८ विद्यार्थीको परीक्षाफल प्रकाशित भएको हो । नतिजा टेलिफोन, एसएमएस र बेभसाइटमा हेर्न सकिन बोर्डले […]
१ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २६ साउनमा निजी तथा सामुदायिक सबै अस्पताललाई २० प्रतिशत शय्या कोभिड–१९ का बिरामीका लागि छुट्याउन निर्देशन दियो । र भन्यो, उपचाररत कुनै विरामीमा कोरोना संक्रमण देखिएमा मन्त्रालयको निर्देशन बेगर अन्यत्र रिफर नगर्नू । पछिल्लो समय नयाँ संक्रमितको संख्या बढ्दै गएको र कोभिड अस्पतालहरुमा बेड अभाव हुन थालेपछि […]
१ भदौ, विराटनगर । सोमबार विराटनगर भन्सार कार्यालयमा कार्यरत चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई जना अधिकृत र दुई जना नायब सुब्बास्तरका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । विराटनगर भन्सार कार्यालका प्रमुख शिवप्रसाद भण्डारीका अनुसार सोमबार एकजना कम्युटर अधिकृत, एक जना तथ्याङ्क अधिकृत र दुई जना सोही साखामा काम […]
१ भदौ, भक्तपुर । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेको भन्दै स्थानीय जनप्रतिनिधिले मध्यपुर थिमि नगरपालिका सिल गरेका छन् । सडकमा फाट्टफुट्ट निजी र सार्वजनिक गाडी गुडे पनि घरका ढोका र पसलका सटरहरू बन्द देखिन्छन् । नगरपालिकाले आइतबार बिहानबाट ग्यास, खाद्यान्न र औषधिका पसलहरू समेत बिहान ११ देखि १ बजेसम्म खोल्न भनेको छ । नगरको […]
१ भदौ, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ ले तीजमा कसैलाई घरमा बोलाउन र आफू पनि नजान अनुरोध गरेको छ । धम्पुसका एक जनामा कोरोना संक्रमण देखिएपछि वडाध्यक्ष समबहादुर गुरुङले सूचना जारी गर्दै भनेका छन्, ‘तीजमा आफ्नो चेलीबेटी, दिदीबहिनी कसैलाई पनि माइतीघर निमन्त्रणा नगर्न र आफ्नो घरबाट पनि अन्यत्र कतै नपठाउन विशेष अनुरोध गरिन्छ ।’ कास्कीकै […]
१ भदौ, बुटवल । कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा प्रहरीमाथि कुटपिट भएको छ । कोरोना महामारीको समयमा पनि मास्क नलगाई बाहिर हिंडडुल गरेकाे पाइएपछि उनीहरुलाई कारबाही गर्न खोज्दा प्रहरीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय कपिलस्तुका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए । शुद्धोधन गाउँपालिका वडा नंं. १ को लबनी चौराहामा मास्क नलगाई सडकमा निस्केका स्थानीयलाई मास्क लगाउन […]
१ भदौ, जनकपुरधाम । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढ्दै गएपछि महोत्तरी जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । आगामी भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । उनका अनुसार सोमबार राति १२ बजेदेखि नै निषेधाज्ञा लागू हुनेछ । यसअघि सदरमुकाम जलेश्वर, मटिहानी, गौशाला, बर्दिवास नगरपालिका र महोत्तरी […]
१ भदौ, जनकपुरधाम । प्रदेश २ मा प्रदेशसभाबाट सर्वसम्मतले पारित भएको सञ्चारसम्बन्धी विधेयक प्रदेश प्रमुख तिलक परियारले फिर्ता पठाएका छन् । प्रदेशसभाबाट १३ असारमा पारित भएको विधेयक प्रमाणीकरणका लागि पठाएको करिब दुई महिनापछि प्रदेश प्रमुख कार्यालयले फिर्ता पठाएको छ । प्रदेश प्रमुख कार्यालयका कानून अधिकृत गोकुल भुजेलले विधेयक अनौपचारिक रुपमा फिर्ता पठाइएको बताए । ‘विधेयकमा […]
१ भदौ, वीरगञ्ज । यसवर्षको सुवोध स्मृति फोटो पत्रकारिता पुरस्कार कविता खड्कालाई प्रदान गरिएको छ । प्रतीक दैनिकको ३४ औँ वार्षिकोत्सवको अवसरमा मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाकी प्रकाशक/सम्पादक कविता खड्काले प्राप्त गरेकी हुन् । प्रतीक दैनिकको कार्यालयमा सोमबार प्रधान सम्पादक जगदीश शर्माले २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्नुको साथै दोसल्ला ओढाएर प्रमाण पत्र प्रदान […]
१ भदौ, बुटवल । कोरोना संक्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शान्ति सुरक्षाबाहेकका सबैखाले दैनिक सेवा प्रवाह बन्द गरेको छ । कार्यालयले सोमबार सूचना जारी गर्दै भदौ ५ गतेसम्मका लागि शान्ति सुरक्षालगायत अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको जनाएको हो । ‘कार्यालयबाट दिइने नागरिकता, राहदानी, संघसस्थासँग सम्बन्धित प्रशासनिक सेवाहरु भदौ १ गते देखि ५ गते […]
from समाचार – Online Khabar https://ift.tt/3iJZkLU
via IFTTT






















