Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कोभिड कोषमा बेलायतबाट व्यवसायी लामिछानेको १५ लाख सहयोग

१ भदौ, काठमाडौं । कोभिड १९ रोकथाम ,नियन्त्रण तथा उपचारसम्बन्धी सरकारको केन्द्रीय कोषमा बेलायतमा व्यवसाय गरिरहेका नेपाली व्यवसायी रविजंग लामिछानेले १५ लाख १७ हजार ७२७ रुपैयाँ सहयोग गरेका छन् । उनको सहयोग रकम बराबरको चेक सोमबार सीसीएमसीका संयोजकसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई हस्तान्तरण गरिएको छ । रक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा रविका दाजु महेन्द्रजंग लामिछाने, प्राध्यापक खड्ग केसी, […]

कोरोनाका कारण १५ औं योजना परिमार्जन गर्नुपर्न देखियो : कँडेल

१ भदौ, काठमाडौं । राष्ट्रिय योजना आयोगले कोरोना संक्रमणका कारण अर्थतन्त्रमा प्रभाव परेकाले पन्ध्रौं योजनामा परिमार्जन गर्नुपर्ने देखिएको बताएको छ । आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले कोरोनाका कारण अर्थतन्त्रमा गम्भीर असर परेको र आर्थिक वृद्धि लक्ष्य अनुसार हासिल नहुने देखिएकाले पन्ध्रौं पञ्चवर्षीय योजनाका लक्ष्य परिमार्जन गर्नुपर्ने देखिएको बताए । पन्ध्रौं योजनाले पहिलो वर्ष साढे आठ […]

पूर्वतयारीविनाको ठेक्काले अलपत्र आयोजनाका नालीबेली, रेलमार्ग पनि थप्ने ?

१ भदौ, काठमाडौं । अहिले पूर्व–पश्चिम रेलमार्गको काँकडभिट्टा–इनरुवा खण्ड निर्माणका लागि लगाउन लागिएको ठेक्का विवादमा छ । पूर्वतयारी नगरी लगाउन लागिएको २८ अर्ब बराबरको ५४ वटा ठेक्कामा १८ कम्पनी मात्रै प्रतिस्पर्धी छन् । जग्गा अधिग्रहण र रुख कटानको प्रक्रिया सुरु नहुँदै ठेक्का लगाउँदा भविष्यमा काम पनि नहुने, तर लगत र सयम बढी लाग्ने जोखिम हुने […]

गाडी मर्मत गर्ने वर्कसप भदौ १५ गतेसम्म बन्द

१ भदौ, काठमाडौं । सवारी साधन मर्मत सम्भार गर्ने व्यवसाय अटो वर्कसपहरु भदौ १५ गतेसम्म बन्द हुने भएको छ । कोरोना संक्रमण फैलिँदै गएको अवस्थामा अटो वर्कसपहरु पनि असुरक्षित देखिएको भन्दै नेपाल अटोमेकानिक्स व्यवसायी संघले सोमबारदेखि भदौ १५ गतेसम्म बन्द गर्ने जानकारी दिएको छ । संघले सोमबार एक अपिल प्रकाशित गरी एम्बुलेन्स, अस्पताल र सुरक्षा […]

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको सरुवा

१ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन परिवर्तन गरेको छ। मन्त्रालयले आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै नारायणी अस्पतालको मेसुको जिम्मेवारी डा सञ्जय ठाकुरलाई दिएको छ। उनी यसअघि वीर अस्पतालमा कार्यरत थिए । अहिलेसम्म नारायणीका मेसु रहेका डा मदनकुमार उपाध्यायलाई मन्त्रालय फिर्ता बोलाइएको छ। पछिल्लो समय वीरगञ्जमा कोरोनाको हटस्पट बन्दै गएको छ। […]

प्रधानमन्त्रीलाई देउवाको प्रश्न : आईसीयू र भेन्टिलेटर व्यवस्था गर्न किन ढिलाई ?

१ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेपाली काग्र्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा बढ्दो चुनौती सामना गर्न सरकार असमर्थ देखिएको बताएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भएको भेटमा कांग्रेस सभापति देउवाले आफ्नो कामजोरीको समीक्षा गरेर नयाँ रणनीति बनाउन आग्रह गरेका छन् । […]

कोरोना कहर : बाँकेमा सुकुम्बासी बस्तीका ८५ घरपरिवार भोकभोकै   

१ भदौ, राँझा । नेपालगञ्ज उपमहानगरपालिका–२० गायत्रीनगरस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका ८५ घरपरिवार भोकै बस्न बाध्य भएका छन् । मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका उनीहरु कोरोनाको बढ्दो संक्रमणका कारण कामकाज बन्द भएपछि साँझ बिहान हातमुख जोर्न समस्या भएको हो । यस बस्तीमा कुछबधिया समुदायकासहित करिब ३०० जनसंख्या रहेको छ । दिनभर काम गरेर […]

बारामा दुई गाउँबीचको झडप रोक्न १३ राउण्ड हवाइ फायर

१ भदौ, वीरगञ्ज । बारामा दुई पक्षबीच झडप हुँदा प्रहरीले १३ राउण्ड हवाई फायर गरेको छ । सिम्रौनगढ नगरपालिका–११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका– ६ पटेर्वाका वासिन्‍दाबीचको झडप नियन्त्रणमा लिन हवाइ फायर गरेको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए । झडपका क्रममा चार जना प्रहरी र १२ जना सर्वसारधण घाइते भएका छन् । घाइतेको […]

१९ वर्षीय युवकले बनाए चारपांग्रे गाडी

१ भदौं, काठमाडौं । चितवनका एक युवाले चारपांग्रे गाडी निर्माण गरेका छन् । मोटरसाइकलको पुरानो इन्जिन प्रयोग गरेर नवलपरासीको गैँडाकोटका मुस्कान सापकोटाले चारपांग्रे गाडी बनाएका हुन् । मुस्कानले हेर्दा ठ्याक्कै मिनि ट्रक जस्तै देखिने गाडि अगाडि चालकसहित २ जना बस्ने मिल्ने र पछाडि सामान राख्न मिल्ने गरी गाडी बनाएका हुन् । उनले बनाएको गाडि केहिदिन […]

नेपाल–भारत संयन्त्र बैठक सम्पन्न, भारतीय सहयोगमा ४६ हजार घर पुनर्निर्माण

१ भदौ, काठमाडौं । नेपालमा भुकम्पबाट भत्किएका घर पुननिर्माण गर्ने क्रममा भारतले प्रतिवद्धता गरेअनुसार ५० हजारमध्ये ४६ हजार घर निर्माण भएका छन् । नेपाल भारतबीच संयुक्त निरीक्षण संयन्त्रण (ओभरसाइट मेकानिजम) को सोमबार काठमाडौंमा सम्पन्न बैठकमा भारतीय पक्षले सो जानकारी दिएको हो । नक्सा विवादपछि नेपाल र भारतबीच संवादहीनता रहेकै बेला दुई देशबीच यो पहिलो औपचारिक […]

धनुषामा थप एक जना कोरोना संक्रमितको मृत्यु

१ भदौ, जनकपुरधाम । धनुषामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको धनौजी गाउँपालिका वडा नम्बर ३ कटैया निवासी ६५ बर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु  भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाका अनुसार ती पुरुष बिरामी परेर गत साउन २६ […]

सांसदको लोगोमा २० लाख खर्च, माननीय भन्छन्- म त लाउँदिनँ !

१ भदौ, काठमाडौं । लिम्पियाधुरा क्षेत्र (चुच्चे नक्सा) समेटिएको संसदको लोगो भद्दा भएको भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा छ । आखिर कसले बनायो त यस्तो लोगो ? डिजाइनमा हेलचेक्र्याइँ कसले गर्‍यो ? खासमा यो लोगो डिजाइन गर्ने व्यक्ति हुन्- ८७ वर्षे टेकवीर मुखिया । तर, उनले डिजाइन गरेको लोगो र अहिले वितरीत लोगोमा केही भिन्नता […]

तीजमा माइत नजान वडा कार्यालयको अनुरोध

१ भदौ, काठमाडौं । गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं ७ ले बाबुको मुख हेर्न र तीजमा माइत नजान वडाबासीलाई अनुरोध गरेको छ । भदौ ३ गते बाबुको मुख हेर्ने दिन र भदौ ५ गते हिन्दु नेपाली नारीहरुको ठूलो पर्व तीज पर्छ । बाबुको मुख हेर्ने दिन र तीजमा कोही पनि पाहुना हुन जाने र […]

वीरगञ्जमा एक घण्टामै कोरोना परीक्षण, मोबाइलबाटै रिपोर्टबारे जानकारी

१ भदौ, वीरगञ्ज । वीरगञ्जमा एक घण्टामै कोरोना परीक्षण रिपोर्ट दिन सकिने प्रविधिबाट कोरोना परीक्षण सुरु भएको छ । एक्सपर्ट एक्सप्रेस सार्स कोभिड–२ परीक्षण वीरगञ्जमै सुरु गरिएको हो । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार जीन एक्सपर्ट प्रविधिबाट स्वाब परीक्षण गर्दा कोरोना संक्रमण भए नभएको जानकारी एक घण्टामा दिन सकिन्छ । विश्व स्वास्थ्य […]

सुनको भाउमा सामान्य गिरावट

१ भाद्र,काठमाडौं । सुनको भाउ तोलामा दुई सय रुपैयाँले सस्तिएको छ । सोमबारकालागि छापावल सुनको प्रतितोला मूल्य ९८ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको भाउ ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै सोमबारका लागि तेजावी सुनको भाउ ९७ हजार ७ सय तोकिएको छ । […]

होम आइसोलेसनमा अफिसको कामदेखि कवितासम्म

गत साउन १४ गते बिहान काठमाडौंबाट वैज्ञानिक वन व्यवस्थापनबारे अनुगमनमा निस्किएर दिउँसो सिन्धुलीको वन फडानी हेर्‍यौं । त्यसक्रममा त्यहाँका वासिन्दा र सामुदायिक वन उपभोक्ता समूहसँग छलफल गरियो । त्यसपछि जिल्ला वन कार्यालय गएर डीएफओ र कर्मचारीहरुसँग छलफलका साथै कागजात संकलन गरेर बेलुकी बर्दिबास झर्‍यौं । सिन्धुलीमा तीन ठाउँमा छलफल गरियो– वन उपभोक्ता समितिको कार्यालय, जिल्ला […]

लिदी पहिरोमा बेपत्ता मध्ये थप तीन जनाको शव भेटियो

१ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको जुगल–२, लिदीको लामा टोलमा पहिरोमा परेर बेपत्ता मध्ये थप तीन जनाको शव फेला परेको छ । सोमबार तीन जनाको शव फेला परेसँगै पहिरोमा परेर मृत्यु हुनेको संख्या २२ पुगेको वडाध्यक्ष प्रताप लामाले जानकारी दिए । गत शुक्रबार बिहान करिब ६ बजेतिर खसेको पहिरोमा परेका १६ जना अझै बेपत्ता रहेको लामाले […]

संवैधानिक नियुक्तिबारे छलफल गर्न नेकपा र कांग्रेस सहमत

१ भदौ, काठमाडौं । संवैधानिक अंगहरुमा खाली रहेका पदमा नियुक्तिका लागि छलफल अगाडि बढाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख विपक्षी नेपाली कांग्रेस सहमत भएका छन् । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले […]

सवारी साधनबाट पैसा असुलेको आरोपमा दुई प्रहरी निलम्बित  

१ भदौ, सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दुई प्रहरीलाई निलम्बन गरेको छ । सवारी साधनसँग पैसा लिएको उजुरीका आधारमा दुई प्रहरीलाई निलम्बन गरेको हो । निलम्बित हुनेमा इलाका प्रहरी कार्यालय भिमान सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार कमलबहादुर खड्का र प्रहरीचौकी ढुङ्ग्रेबास सिन्धुलीमा कार्यरत प्रहरी जवान वीरबहादुरप्रसाद यादव रहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । […]

इलाममा क्वारेन्टिनमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ   

१ भदौ, मंगलबारे । इलामको सूर्योदय नगरपालिकाले निर्माण गरेको क्वारेन्टिनमा गए राति मृत्यु भएका २२ वर्षीय युवकको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । भारतको हैदराबादबाट आएका उनी गत साउन २६ गतेदेखि क्वारेन्टिनमा थिए । उनको मृत्युपछि सबै त्रस्त थिए । सोमबार उनको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका कोरोना फोकल पर्सन विपुल अधिकारीले जानकारी दिए । […]

फोनमा कुरा गर्दागर्दै छतबाट खसेर मृत्यु

१ भदौ, बुटवल । रुपन्देही, कपिलवस्तु, दाङ र बर्दियामा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ प्रहरी टोलका २३ वर्षका विकास जैसवालको आफ्नै घरको तीन तल्ला माथि छतमा फोनमा कुराकानी गर्दागर्दै खसेर मृत्यु भएको छ । छतबाट खसेर गम्भीर घाइते जैसवालको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारको क्रममा सोमबार बिहान मृत्यु […]



from समाचार – Online Khabar https://ift.tt/3iLG0xV
via IFTTT
Powered by Blogger.