Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

उपत्यकामा कोरोना संक्रमितलाई अस्पताल पुर्‍याउनेहरु

१ भदौ, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणको सुरुवाती चरणमा नेपाल एम्बुलेन्स सेवा १०२ का हस्त कठायत रातोपुलस्थित घर जाँदा छिमेकीको भागभाग हुन्थ्यो । स्वास्थ्य प्राविधिक कठायतसहित एम्बुलेन्समा कार्यरत ५२ कर्मचारीलाई थाहा थियो, कोरोना प्रत्यक्ष सम्पर्कमा नगइ सर्दैन । तर छरछिमेकलाई यो रोग हावाबाट सर्दैन भनेर सम्झाउन सकेका थिएनन् । चार महिनापछि अवस्था केही फेरिएको […]

‘हल्ट प्राइज’ अवार्ड यसवर्ष त्रिभुवन विश्वविद्यालयमा हुने

१ भदौ, काठमाडौं । यस वर्षको ‘हल्ट प्राइज’ त्रिभुवन विश्वविद्यालयमा हुने भएको छ। विद्यार्थीहरूको नोबेल पुरस्कार भनेर चिनिने सो कार्यक्रम त्रिभुवन विश्वविद्यालयमा हुने भएको हो । यसको लागि स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयमा एमबीए अध्ययनरत विद्यार्थी प्रमोद अर्याल ‘हल्ट प्राइज’ त्रिभुवन विश्वविद्यालयको क्याम्पस निर्देशक छनोट समेत भइसकेका छन् । आयोजकका अनुसार सो कार्यक्रममा विश्वभरका दुई […]

प्रादेशिक अस्पतालका चिकित्सक खनाललाई कोरोना संक्रमण

१ भदौ, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका शल्य चिकित्सक डा. कृष्ण खनाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । डा. खनालले सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी गराएका हुन् । ‘मेरो कोभिड–१९ पोजेटिभ देखिएकोले सेल्फ आइसोलेसनमा रहेको छु, मेरो सम्पर्कमा आएकाहरूले परीक्षण गरी ढुक्क हुनुहोस्’ डा. खनालले फसबुकमा लेखेका छन् […]

भारतबाट आउँदै गरेकी बृद्धाको नाकामै मृत्यु

१ भदौ, कैलाली । भारतबाट आउँदै गरेकी एक बृद्धाको नेपाल भारत सीमा क्षेत्रमा मृत्यु भएको छ । भारतको सुरतबाट परिवारका अन्य सदस्यसहित आएकी करिब १०० बर्षकी महिलाको कैलालीको नेपाल भारत सीमा त्रिनगर नाकामा मृत्यु भएको हो । सीमा पारी मृत्यु भएपछि आफन्तले उनलाई काँधमा बोकेर ल्याएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक […]

प्रदेश २ मा कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो

१ भदौ, जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमितको संख्या ७ हजार नाघको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा २११ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ७ हजार १ सय ७६ पुगेका हो । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी बारा जिल्लाका १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साका २७, रौतहटका १९, […]

कपिलवस्तुमा नर्सलाई पुनः कोरोना पोजेटिभ

१ भदौ, बुटवल । वैशाख ३० मा कोरोना संक्रमण देखिएको कपिलवस्तुकी नर्सलाई पुन: कोरोना संक्रमण देखिएको छ । केही दिनअघि कपिलवस्तु जिल्ला अस्पतालमा कार्यरत उनीसहित २१ जनामा कोरोना संक्रमण देखिएको हो । ‘केही दिन अगाडि ज्वरो आएको थियो । जाँच गर्दा पोजेटिभ देखियो । अहिले अस्पतालकै क्वार्टरमा आइसोलेट भएकी छु’  ती नर्सले भनिन् । अहिले […]

कोरोना संक्रमितको अन्त्येष्टिमा सहभागी २१ जनाको रिपोर्ट नेगेटिभ

२८ साउन, काठमाडौं । सिन्धुपाल्चोकमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएका वृद्धको अन्त्येष्टिमा सहभागी भएका २१ जनाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारको क्रममा बाह्रबिसे नगरपालिकाका ८४ वर्षीय खड्गबादुर बस्नेतको साउन २२ गते मृत्यु भएको थियो । दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनको मृत्यु भएको […]

खाल्डोमा जमेको पानीमा डुबेर बैतडीमा २ बालकको मृत्यु

१ भदौ, कैलाली । खाल्डोमा जमेको पानीमा डुबेर बैतडीमा २ बालकको मृत्यु भएको छ । सडक निर्माण गर्ने क्रममा खनेको खाल्डोमा डुबेर देहीमाण्डौंका १४ वर्षीय अंकित लाबड र ११ वर्षीय सन्दीप लावडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । देहीमाण्डौं-गिरेगडा सडकखण्ड अन्तर्गत दशरथ चन्द नगरपालिका २ सुन्दरखालीमा होम पाइप राख्नका लागि बनाइएको खाल्डोमा […]

सकेसम्म बैंक नजान बैंकर्स संघको आग्रह, डिजिटल कारोबार गर्न सुझाव

१ भदौ, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिृकतहरुको संगठन नेपाल बैंकर्स संघले डिजिटल कारोबारलाई प्राथमिकतामा राख्न सर्वसाधारणलाई अनुरोध गरेको छ । कोरोना भाइरसको जोखिम थप बढेको भन्दै संघले सोमबार सार्वजनिक अपिल गर्दै बैंकिङ कारोबारका लागि डिटिजल माध्यम अपनाउन अनुरोध गरेको हो । डिजिटल बैंकिङ्ग (मोबाइल÷इन्टरनेट बैंकिङ्ग) को माध्यमवाट प्रायस् जसो सबै प्रकारका दैनिक कारोवार […]

अन्तःशुल्क इजाजत असोज मसान्तसम्म नवीकरण गर्न सकिने

१ भदौ, काठमाडौं । सरकारले अन्तःशुल्क इजाजत लिएका करदाताका लागि समय थप गरिदिएको छ । अन्तःशुल्क ऐनअनुसार अन्तःशुल्क इजाजत पत्र साउन भित्र नवीकरण गरिसक्नु पर्छ । तर, कोरोना भाइरसको महामारीका यो वर्ष सरकारले अन्तःशुल्क नविकरण असोज मशान्तसम्म गर्न सकिने निर्णय गरेको हो । अर्थ मन्त्रालयबाट शुक्रबार यस्तो निर्णय भएको हो । यसअघि अर्थ मन्त्रालयले निकासी […]

एसईईको नतिजा सार्वजनिक हुँदै

१ भदौ, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक हुने भएको छ । नतिजा सार्वजनिक गर्ने विषयमा छलफल गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको र केही बेरमा नतिजा प्रकाशन हुने स्रोतले जानकारी दिएको छ । एक हप्ता पहिला नै सम्पूर्ण तयारी सकिए पनि नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएपछि नतिजा प्रकाशनमा […]

सिन्धुपाल्चोकमा चितवन र सिराहाबाट फर्किएका ५ जनामा कारोना संक्रमण पुष्टि

२८ साउन, काठमाडौं । सिन्धुपाल्चोकमा चितवन र सिराहा पुगेर फर्किएका पाँच जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंका अनुसार चितवनबाट फर्किएका चार र सिराहाबाट फर्किएका एकजनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा चौतारा साँगाचोकगढी नगरपालिका–४ घर भएकी २२ वर्षीया महिला, मेलम्ची नगरपालिका–११ की […]

विद्युतीय सवारीको कर पुनरावलोकन हुन्छ, प्राधिकरणप्रति गर्व छ : ऊर्जामन्त्री

१ भदौ काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले विद्युतीय सवारीमा लगाइएको कर पुनरावलोकन हुनसक्ने बताएका छन् । विद्युत खपत प्रवर्द्धन गर्ने भनिएको वर्ष सरकारले बजेटमार्फत यसपाला विद्युतीय सवारीमा ठूलो मात्रामा कर बढाएको थियो । मन्त्री पुनले यसबारे अर्थमन्त्री डा. युवराज खतिवडासँग कुरा भएको र विद्युतीय सवारीको करमा पुनरावलोकन हुनसक्ने अवस्था रहेको बताए । […]

कृषि मन्त्रालयको आत्मालोचना : मल उपलब्ध गराउन नसकेको दुःखी छौं

१ भदौ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समयमै किसानलाई मल उपलब्ध गराउन नसकेकोमा आत्मालोचना गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीले समयमै किसानलाई मल उपलब्ध गराउन नसक्दा मन्त्रालय दुःखी भएको उल्लेख गरेका छन् । ‘जे सुकै कारणले होस् युरिया मलको अभावले गर्दा किसानले भोग्नु परेको असुविधाप्रति मन्त्रालय […]

कोरोना संक्रमित बढ्न थालेपछि वडा कार्यालय बन्द

१ भदौ, कैलाली । वडामा कोरोना संक्रमित बढ्न थालेपछि धनगढी उप-महानगरपालिका वडानम्बर ३ को कार्यालय बन्द गरिएको छ । वडा कार्यसमितिको बैठकले आगामी १० गतेसम्मका लागि वडा कार्यालय बन्द गर्ने निर्णय गरेको वडाध्यक्ष बलबहादुर ऐरले जानकारी दिए । ‘अहिले पनि हामीले यस्तो गरेनौँ भने समुदायमा भुसको आगोझैँ कोरोना फैलिन सक्छ,’ उनले भने, ‘समुदायमा कोरोना देखिन […]

नेकपा बैठक : प्रधानमन्त्री ओली मौन, बामदेवको विरोध

१ भदौ, काठमाडौं । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच ‘सहमति’ भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय बैठक सोमबार बस्यो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दुई अध्यक्ष सहमतिकै भावमा प्रस्तुत भएको नेताहरुले बताएका छन् । एक सदस्यका अनुसार बैठक सुरु हुनासाथ अध्यक्ष एवं प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डलाई बैठक चलाउन आग्रह […]

कोरोना संक्रमणबाट काठमाडौंका एक जनाको मृत्यु

१ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट काठमाडौंका एक जनाको मृत्यु भएको छ । पाटन, अस्पतालको आईसीयूमा उपचाररत ५८ वर्षीया महिलाको सोमबार विहान मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि २८ साउनमा अस्पताल भर्ना भएकी उनमा निमोनिया देखिएको थियो । उनी मधुमेहकी विरामी समेत थिइन् । उनको सोमबार पशुपति आर्यघाटमा विद्युतीय शव दाह […]

बाल अधिकार परिषद्का कार्यकारी निर्देशकलाई २० बुँदे सुझाव

१ भदौं, काठमाडौं । राष्ट्रिय बाल अधिकार परिषद्का नवनियुक्त कार्यकारी निर्देशक मिलनराज धरेललाई कन्सोर्टियम नेपालले २० बुँदे सझुा दिएको छ । कन्सोर्टियम नेपालका अध्यक्ष किरणा थापाको नेतृत्वमा परिषद्को कार्यालय पुगेको टोलिले बाल अधिकार सुनिश्चिताका लागि २० बुँदे सुझाव दिएको हो । सुझाव पत्रमा बालअधिकार क्षेत्रका विविधि विषयहरु समेटिएको बताइएको छ । सुझाव पत्र सहित बालबालिकाहरुको […]

सार्वजनिक ऋणको सावाँ-ब्याज भुक्तानीमा ८३ अर्ब ५९ करोड खर्च

१ भदौ, काठमाडौं । नेपालले एक वर्षको अवधिमा आन्तरिक र बाहृय ऋणको ब्याज तथा साँवा भुक्तानीमा कुल ८३ अर्ब ५९ करोड ७७ लाख रुपैयाँ खर्च गरेको छ । जसमध्ये साँवा भुक्तानीमा ५७ अर्ब ५३ करोड र ब्याज भुक्तानीमा २६ अर्ब ६ करोड रुपैयाँ खर्च भएको छ । सरकारले एक वर्षको अवधिमा वैदेशिक ऋणको सावा र […]

कर्णालीमा थपिए १४ जना कोरोना संक्रमित, १४ जना डिस्चार्ज

१ भदौ, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणबाट सोमबार थप १४ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये सुर्खेतका सातजना, जुम्लाका तीनजना, दैलेख, सल्यान, धनुषा […]

कोभिड कोषमा बेलायतबाट व्यवसायी लामिछानेको १५ लाख सहयोग

१ भदौ, काठमाडौं । कोभिड १९ रोकथाम ,नियन्त्रण तथा उपचारसम्बन्धी सरकारको केन्द्रीय कोषमा बेलायतमा व्यवसाय गरिरहेका नेपाली व्यवसायी रविजंग लामिछानेले १५ लाख १७ हजार ७२७ रुपैयाँ सहयोग गरेका छन् । उनको सहयोग रकम बराबरको चेक सोमबार सीसीएमसीका संयोजकसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई हस्तान्तरण गरिएको छ । रक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा रविका दाजु महेन्द्रजंग लामिछाने, प्राध्यापक खड्ग केसी, […]



from समाचार – Online Khabar https://ift.tt/3g8ZsTn
via IFTTT
Powered by Blogger.