समाचार
३ भदौ, चितवन । मंगलवार विहान १०ः३० बजे भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पुग्दा अस्पतालको ओपिडी भवन सुनसान थियो । केही चिकित्सक ओपिडीको अगाडि गफिएर बसिरहेका देखिन्थे । ओपिडी भवन भित्र अस्पतालका कर्मचारी मात्रै थिए । भित्री गेटको मुखमा केही बिरामी र उनीहरुका आफन्तहरु यताउता गरिरहेका थिए । अधिकांश ओपिडी कोठाहरु बन्द जस्तै थिए […]
३ भदौ, काठमाडौं । सांसदहरुलाई वितरण गर्न बनाइएको लोगो त्रुटीपूर्ण भएको भन्दै आलोचना भएपछि संसद सचिवालयले घरेलु कार्यालयलाई फिर्ता गरेको छ । फेरि नयाँ लोगो बनाएर ल्याउन भन्दै संसद सचिवालयले बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयलाई ती लोगोहरु फिर्ता पठाएको हो । मंगलबार सभाभुखसहित बसेको संसद सचिवालय र घरेलु कार्यालयका अधिकारीको बैठकले […]
३ भदौ, काठमाडौं । मालीमा सैनिक ‘कू’ भएको छ । सेनाले राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई हिरासतमा लिएर सत्ता हातमा लिएको छ । त्यसअघि राष्ट्रपति इब्राहिम बुबाकारले टेलिभिजन सम्बोधन गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । साथै उनले संसद र सरकार भंग गरेको जानकारी पनि दिए । सम्बोधन गर्दै राष्ट्रपति बुबाकारले भनेका थिए, ‘म मेरो शासनकालमा रक्तपात […]
३ भदौ, चितवन । चितवनमा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन जिल्लाका २० र अन्य विभिन्न जिल्लाबाट उपचारका लागि चितवन आएका १० जना गरी ३० जनामा कोरोना संक्रमण देखिएको हो । भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनको भरतपुर महानगरपालिकाका १२ जना, खैरहनीका ५ जना, राप्ती नगरपालिकाका […]
३ भदौ, जनकपुरधाम । कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने निजी स्वास्थ्य संस्था एवम् मेडिकल कलेजहरुविरुद्ध प्रदेश २ सरकारले अदालत जाने तयारी थालेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार सम्पन्न प्रदेश सङ्कट व्यवस्थापन केन्द्र (पिसिएमसी)को बैठकले कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने प्रदेशस्थित मेडिकल कलेजसहित निजी स्वास्थ्य संस्थाविरुद्ध अदालत जाने तयारी थाल्ने निर्णय गरेको हो । […]
३ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबार मध्यरातिदेखि निषेधाज्ञा लगाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यो अवधिमा औषधि, खाद्यबस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामका लागि बाहेक बाहिर निस्कन […]
३ भदौ, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा बिहान १० बजे राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्ने कार्यक्रम छ । राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको कपुरधारास्थित आफ्नै घरमा निधन भएको थियो । १०१ वर्षका घिमिरेलाई श्वासप्रश्वासमा समस्या देखिएपछि घरमै […]
३ भदौ, काठमाडौं । भाद्र कृष्ण औंसी अर्थात् बुवाको मुख हेर्ने दिनमा यस वर्ष काठमाडौंको गोकर्णेश्वर मन्दिरमा मेला नलाग्ने भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं.–४ मा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा हरेक वर्ष लाग्दै आएको मेला यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण स्थगित गरिएको हो । गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बुवाको नाममा तर्पण, पिण्डदान […]
३ भदौ, काठमाडौं । आज भाद्र कुशे औंसी, पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ । आजको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ । यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ । बुवालाई भेट्न नसक्नेहरुले भने टेलिफोन वा भिडियो कल गरेर सम्झिने गर्दछन् । ‘पितृदेवो […]
२ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मंगलबार एकैदिनमा ८ जनाको मृत्यु भएको छ । मोरङ, काभ्रे कास्की, तनहुँ, चितवन, नवलपरासी बाँके, बर्दियामा १/१ जनाको मृत्यु भएको हो । मोरङको बुढीगंगा गाउँपालिका- २ की ६५ वर्षीया महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाgm धरानमाा मृत्यु भएको छ । उनको मंगलबार साँझ ५ बजे मृत्यु […]
२ भदौ, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफूसँग परामर्श नै नगरी उद्धार उडान स्थगित गरेको भन्दै असन्तुष्टि जनाएका छन् । कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले संक्रमण बढेको र होटल क्वारेन्टिनको व्यवस्था नभएको भन्दै सोमबार उद्धार उडान स्थगित गर्ने निर्णय गरेको थियो । त्यही कारण चार्टर फ्लाइटका लागि दुबई पुगेको नेपाल एयरलाइन्सको […]
२ भदौ, काठमाडौं । नेपालमा करिव साढे दुई दशक अगाडिबाटै आवश्यकता महसुस भएको नेपाल राजस्व परामर्श विकास समिति (राजस्व बोर्ड)ले बल्ल सार्थकता पाएको छ । सरकारले सोमबार बोर्डको अध्यक्षमा पूर्वसचिव महेश दाहाल र सदस्यमा अर्थ मन्त्रालयका पूर्वसहसचिव निर्मलहरी अधिकारीलाई नियुक्त गर्दै बोर्डलाई औपचारिकता दिएको हो । यससँगै अब राजस्व सम्बन्धी राष्ट्रिय रणनीतिमा परामर्श दिन स्थायी […]
२ भदौ, काठमाडौं । २०७५ सालतिरको कुरा हो । सानो आन्द्रामा रक्तस्राब भएपछि राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई उपचारको लागि नयाँ दिल्ली लगिएको थियो । सामाजिक सञ्जालमा घिमिरेको निधनबारे अफवाह फैलिन पुग्यो । हल्ला चलेको केही दिनमा उनको उपचार सकियो । उनी दिल्लीबाट काठमाडौं आए । तर काठमाडौं आउँदा नआउँदै उनले आफ्नै मृत्युको खबर सुन्नुपर्यो । २०७६ […]
२ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण तथा रोकथामका लागि सुरक्षाकर्मीहरु झण्डै ६ महिनादेखि अग्रपंक्तिमा खटिएका छन् । कामकै सिलसिलामा सुरक्षाकर्मी आफैं संक्रमित पनि भइरहेका छन् । तर सरकारले आफ्नै बाचाअनुसार प्रोत्साहन भत्ता दिन भने आनाकानी गरेको पाइएको छ । जबकि कोरोना उपचार तथा रोकथाम कोष बनाएपछि भने हरेक सुरक्षाकर्मीको तलब काटेर […]
२ भदौ, काठमाडौं । मलेसियाबाट फर्किन डिबी मगरले ३८० रिंगेट खर्चेर कोरोनाको पीसीआर परीक्षण गराए । दूतावासबाट फर्किनेको सूचीमा परेपछि पाँच महिनादेखि अलपत्र उनी छिट्टै घर फर्किन पाइने आशामा थिए । तर, सरकारले सोमबार एक्कासी तय भएका चार्टर्ड उडान पनि रद्ध गरेपछि उनी थप समस्या फसेका छन् । बेखर्ची भएका उनलाई अब अर्कोपटक खुल्दासम्म फेरि […]
२ भदौ, काठमाडौं । सरकारले ४० दिन कार्यकाल बाँकी रहेका किशोर श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारीबाट हटाएर पोखराकी दुर्गा भण्डारी (पौडेल) लाई ल्याएको छ । सरकारले गत साउन २६ गते प्रेस काउन्सिल नियमावलीमा एउटा बुँदा संशोधन गरेर नयाँ कार्यवाहक अध्यक्ष नियुक्तिको बाटो खोलेको थियो । त्यही आधारमा आइतबार मन्त्रीस्तरीय निर्णयबाट भण्डारीलाई काउन्सिल सदस्य नियुक्त गरेर सोमबार […]
२ भदौ, काठमाडौं । गत फागुन ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दै एउटा कहालीलाग्दो तथ्य उजागर गरेका थिए, ‘कुनै विकासे मन्त्रालयको ६६ प्रतिशत विकास बजेट बराबरको ठेक्का १८ वटा ठेकदारका हातमा छन् ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको अध्ययनले ऊर्जा मन्त्रालय बाहेकका भौतिक पूर्वाधार, सहरी विकास र खानेपानी मन्त्रालयका अधिकतम् मूल्यका ठेक्का […]
२ भदौ, काठमाडौं । २०१६ साल भदौ २९ गते लक्ष्मीप्रसाद देवकोटाको अवशानसँगै नेपाली साहित्यमा ‘अब को’ भन्ने प्रश्न नजाँनिदो किसिमले उठ्न थाल्यो । त्यसपछिका दिनमा कविता, गीत, नाटक र साहित्यका सबै विधामा माधवप्रसाद घिमिरेको उपस्थिति अग्रस्थानमा रह्यो । कवि बैरागी काइँला साहित्य लेख्नेहरूको लागि माधवप्रसाद घिमिरे सर्वोच्च संस्था बनेको बताउँछन् । ‘उहाँ नेपाली साहित्यको मात्र […]
२ भदौ, हेटौंडा । कोरोना संक्रमण भएर आइसोलेसनमा रहेका संक्रमितलाई अण्डा र मासु उपलब्ध गराउने भएको छ । मकवानपुर कुखुरा व्यवसायी संघले हेटौंडा–६, गौरीटार आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुलाई एक महिनासम्म प्रतिव्यक्ति प्रतिदिन दुईवटा अण्डा र हप्तामा दुई पटक कुखुराको मासु सहयोग स्वरुप उपलब्ध गराउने भएको हो । मंगलबार कुखुरा व्यवसायी संघ मकवानपुर अध्यक्ष राजु अधिकारी, […]
२ भदौ, सप्तरी । सप्तरीमा पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका एक युवकको मंगलबार मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा राजविराज नगरपालिका-४ का २८ वर्षीय युवकको मृत्यु भएको हो । ज्वरो र श्वास फेर्न समस्या भएपछि उनलाई उपचारका लागि मंगलबार नै धरान लगिएको थियो । एक्कासी बिरामी परेका युवकलाई उपचारका […]
२ भदौ, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ८ क्षेत्र सिल गरिएको छ । वडाभित्र ५ जना कोरोना संक्रमित भेटिएपछि चार किल्ला तोकेर वडा सिल गरिएको वडाध्यक्ष मनोजकुमार घिमिरेले जानकारी दिए । वडाध्यक्ष घिमिर अनलाइनखबरसँगले भने, ‘वडाभित्र ५ जना संक्रमित फेला परेका छन् । उनीहरुको कन्ट्याक ट्रेसिङको काम भइरहेको छ । कन्ट्याक ट्रेसिङको आधारमा […]
from समाचार – Online Khabar https://ift.tt/3iQDcj2
via IFTTT





















