Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

वीरगञ्जबाट लागु औषधसहित दुईजना पक्राउ

१ साउन, वीरगञ्ज । वीरगञ्जबाट लागु औषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रे साँगा नगरपालिका-१३ गते ४४ वर्षीय कृष्ण खड्का र बनेपा नगरपालिका-१० बस्ने २७ वर्षीय सविन हुमागाई रहेका छन् । उनीहरु दुवै जनाविरुद्ध लागु औषध सम्बन्धी कसूर मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायव […]

पशुपतिनाथ मूल मन्दिर क्षेत्र सुनसान

१ साउन, काठमाडौं । साउन महिनामा पशुपतिनाथ मन्दिरमा लाखौं भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना महामारीको जोखिम कायम रहेकाले मूल मन्दिर क्षेत्र सुनसान छ । सरकारले यही साउन १० गतेसम्म कोरोनाबाट बच्न जारी निषेधाज्ञा थप गरेकाले पशुपतिनाथ मन्दिर खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले […]

बालुवाटार सरे प्रधानमन्त्री देउवा

१ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गरेका छन् । उनी शुक्रबार बिहान १० बजे बालुवाटारस्थित निवासमा सरेका हुन् । गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका थिए । देउवा मंगलबार साँझ प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेका थिए ।

जसपा संघीय परिषद अध्यक्ष भट्टराईसँग विप्लवको भेटवार्ता

१ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले भेटवार्ता गरेका छन् । भट्टराईलाई भेट्न विप्लव र नेता धर्मेन्द्र बास्तोला भट्टराई निवास टोखा पुगेका छन् । भेटमा समसामयिक राजनीति, केपी शर्मा ओली नेतृत्वको सरकारसँग विप्लव समूहले गरेको सहमति कार्यान्वयन लगायतका विषयमा छलफल भएको […]

पर्वतको एकै गाउँमा १२ बालबालिका कोरोना संक्रमित

१ साउन, पर्वत । पर्वतको एउटा गाउँमा १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका–८ चुवामा १२ बालबालिका कोरोना संक्रमित भएका हुन् । जिल्लाभर बालबालिका संक्रमित कम मात्रामा भइरहेको अवस्थामा पछिल्लो एक हप्तामा चुवामा एकैपटक १२ बालबालिका संक्रमित भएका हुन् । वडाध्यक्ष राजकुमार क्षेत्रीका अनुसार १३ महिनादेखि ११ वर्ष उमेर समूहका बालबालिका संक्रमित […]

सत्य निरुपण आयोगको म्याद फेरि थपियो, कानुन संशोधनमा बेवास्ता

१ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता छानविन आयोग र यसका पदाधिकारीहरुको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको छ । दुवै आयोग गठन भएको ६ वर्षभन्दा बढी भइसकेको छ तर दुवै आयोगले पीडितलाई न्याय दिने सम्बन्धमा ठोस प्रगती गरेका छैनन् । कानून संशोधन र […]

पोखराका मेयर जिसीलाई *मस्तिष्कघात

१ साउन, पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई *मस्तिष्कघात भएको छ । मेयर जिसीलाई सुरूमा हृदयाघात भएको भनेर उनको सचिवालयले जानकारी दिएको थियो । तर, उनलाई मस्तिष्कघात भएको चिकित्सकले बताएका छन् । जिसीको स्वास्थ्य जाँच गरेका डा. बालगोपाल श्रेष्ठका अनुसार उनलाई पहिलेदेखि नै उच्च रक्तचाप थियो । मेयर जिसीलाई शुक्रबार बिहान करिब ४ बजेको […]

कर्णाली प्रदेश सरकारले अध्यादेशबाट ल्यायो बजेट

१ साउन, सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि अध्यादेशमार्फत बजेट ल्याएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि असार १ गते प्रदेश सभामा पेश गरेको बजेट एमालेको अवरोधका कारण संसदबाट पारित हुन नसकेपछि बिहीबार सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो । बिहीबार बेलुका बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आर्थिक मामिला […]

कांग्रेसको पदाधिकारी बैठक बस्दै

१ साउन, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बस्दै छ । बैठक शुक्रबार दिउँसो २ बजे बस्न लागेको हो । तर, बैठक बस्ने स्थान निश्चित भइसकेको छैन । यसअघि बिहीबार बस्ने तय भएको यो बैठक नेताहरुको कार्यव्यस्तताका कारण स्थगित गरिएको थियो । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलका अनुसार भदौमा […]

धोका-गद्दारीको अनन्त भुमरीमा छटपटाएको कम्युनिष्ट पार्टी

नेताबीच चरम सत्तालोलुपता र फुट देखिनु नेपाली कम्युनिस्ट आन्दोलनको  इतिहासमा नौलो कुरा होइन । स्थापनाको पाँच वर्षमै पुष्पलाल खेमा, रायमाझी खेमा र मनमोहन समूहको तीन ध्रुवमा पार्टीको आन्तरिक संगठन बाँडिएको थियो ।

लुम्बिनीका विपक्षी नेता भन्छन्- सरकारले बेइमानी गर्‍यो

१ साउन, बुटवल । सरकारले प्रदेश सभाबाट बजेट पारित गर्न नसकेपछि मध्यरातमा लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्त्य गराएको छ । यो कदमलाई विपक्षी दलका नेताहरुले सरकारले गरेको ‘राजनीतिक बेइमानी’ भनेर टिप्पणी गरेका छन् । सहमतिका लागि दलहरुबीच छलफल गर्न भन्दै समय मागेको सत्ता पक्षले मध्यरातमा चालु अधिवेशन अन्त्य गर्नु राजनीतिक बेइमानी भएको विपक्षी दलहरुको […]

ओली समर्थकप्रति बाबुरामको कटाक्ष : पुच्छर केहीबेर फिटिफिटी गर्छ

१ साउन, काठमाडौं । जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीका समर्थकहरुले सडकमा ‘तमासा’ गरेको बताएका छन् । ओलीका समर्थकहरुको प्रदर्शनलाई उनले खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गरेजस्तै भनेर टिप्पणीसमेत गरेका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सन्जालमा लेखेका छन्, ‘खसीको टाउको छिनालीसकेपछि पनि पुच्छर केहीबेर फिटीफिटी […]

आज साउने संक्रान्ति, कर्णाली प्रदेशमा सार्वजनिक विदा

१ साउन, काठमाडौं । आज साउने संक्रान्ति, देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । साउने संक्रान्तिको अवसरमा कर्णाली प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रुपमा मनाउने परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण […]

बजेट पारित हुन नसकेपछि लुम्बिनीको अधिवेशन अन्त्य

१ साउन, काठमाडौं । बजेट पारित हुन नसकेपछि लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले मन्त्रिपरिषदको सिफारिसमा बिहीबार मध्यरातिदेखि प्रदेशसभा अधिवेशन अन्त्य गरेका प्रदेश प्रमुखकको कार्यालयका उपसचिव चिरन्जीवी पौडेलले जानकारी दिए । बिहीबार बजेट पारित हुन नसकेपछि मुख्यमन्त्री शंकर पोखरेल संसद बैठक छाडेर हिंडेका थिए । त्यसपछि सभामुख पूर्णबहादुर घर्तीले […]

एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै

१ साउन, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच कटुता बढिरहेको बेला नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दैछ । स्थायी कमिटीको बैठक बिहान ११ बजे ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बोलाइएको छ । त्यसपछि दिउँसो तीन बजे संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बस्ने छ । […]

प्रधानमन्त्री देउवा आज बालुवाटारको सरकारी निवासमा सर्दै

१ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटारस्थित सरकारी निवासमा सर्दैछन् । उनी आज बिहान १० बजे बालुवाटारस्थित निवासमा सर्न लागेको उनको सचिवालयले जनाएको छ । गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका छन् । ‘आज साउने संक्रान्तिको दिन पनि पर्यो, सामान्य पूजापाठ गरेर उहाँ बालुवाटार निवास सर्नुहुन्छ,’ स्रोतले भन्यो […]

तोकिएको समयमै महाधिवेशन हुनुपर्ने संस्थापनइतर समूहको जोड

३१ असार, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले कार्यतालिका अनुसार तोकिएकै समयमा महाधिवेशन हुनुपर्नेमा जोड दिएको छ । बिहीबार महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा बसेको बैठकले महाधिवेशन समयमै गर्नुपर्नेमा जोड दिएको हो । तोकिएको समयमा महाधिवेशन गर्नैपर्छ भन्ने आफूहरुको जोड रहेको भन्दै केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने, ‘१९ भदौभित्र हामीले पार्टीको महाधिवेशन गर्नैपर्ने संवैधानिक […]

कोरोना नियन्त्रण र बाढी प्रभावितलाई राहतमा केन्द्रित हुन प्रधानमन्त्रीलाई सुझाव

३१ असार, काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई कोरोना महामारी नियन्त्रण र बाढी तथा पहिरो प्रभावितहरुको राहतमा केन्द्रीत हुन सुझाव दिएका छन् । प्रधानमन्त्री देउवालाई सरकार गठनमा सहयोग गर्ने दलका नेताहरुलाई सिंहदरबारमा बोलाएर छलफल गरेका थिए । अरु दलका शीर्ष नेताहरु सहभागी यो छलफलमा नेकपा एमालेको माधवकुमार नेपाल समूहका डा. विजय पौडेल सहभागी […]

एमसीसी अन्ततः देउवाकै काँधमा

३१ असार, काठमाडौं । २०७४ सालमा आफैं प्रधानमन्त्री हुँदा अमेरिकी सरकारसँग सम्झौता गरेको ५०० मिलियन अमेरिकी डलर बराबरको एमसीसी सम्झौता संसदबाट पारित गर्ने जिम्मेवारी घुमिफिरी अन्ततः प्रधानमन्त्री शेरबहादुर देउवाकै काँधमा आएको छ । त्यतिबेला देउवाका विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्कीले अर्थमन्त्रीको हैसियतमा अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौतामा हस्ताक्षर गरेका थिए । कार्की अहिले पनि देउवाको […]

प्रधानमन्त्री देउवाले विश्वासको मत लिन हतार नगर्ने

३१ असार, काठमाडौं । सरकारले प्रतिनिधिसभाको अधिवेशन साउन ३ गते बोलाउन सिफारिस गरेको छ । तर प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिन भने हतार नगर्ने नेपाली कांग्रेसका नेताहरुले बताएका छन् । सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधिभा पुनर्स्थापनाको फैसला सुनाउँदै साउन ३ गतेभित्र प्रतिनिधिसभाको बैठक बोलाउन भनेको थियो भने १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई […]

१४३ निर्वाचन क्षेत्रको क्रियाशील विवाद टुंगियो

३१ असार, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले १४३ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता लगभग टुंगो लगाएको छ । तर १० दिन थपिएको समय सकिँदा पनि २२ निर्वाचन क्षेत्रको विवाद भने मिलाउन बाँकी देखिएको छ । समिति प्रवक्ता प्रदीप पौडेलका अनुसार १४३ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता छानविन शुक्रबार मध्यान्हसम्म सकाइने छ । ‘शुक्रबारसम्म बाँकी […]



from समाचार – Online Khabar https://ift.tt/2UOrT4m
via IFTTT
Powered by Blogger.