समाचार
१ साउन, विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा सुधारको माग गर्दै एक महिनादेखि आन्दोलनरत् चिकित्सक, कर्मचारी र विद्यार्थीहरुले दुई घण्टा आकस्मिक बाहेकका सेवा अवरुद्ध गरेका छन् । प्रतिष्ठानमा सुधारको माग गर्दै असार १ गतेबाट आन्दोलन शुरु गरेका उनीहरुले शुक्रबारदेखि दुई घण्टा आकस्मिक बाहेकका सेवा बन्द गर्न थालेका हुन् । शुक्रबार बिहान ८ देखि […]
१ साउन, काठमाडौं । अब दोस्रो बजारको प्रि-ओपनिङ सेसनमा कम्पनीको सेयर मूल्य घटबढको सीमा दुई प्रतिशतमा झारिएको छ । नेपाल स्टक एक्सजेन्जले धितोपत्र कारोबार सञ्चालन विनीयमावली संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि पाँच प्रतिशत रहेको प्रावधानका कारण अनेपेक्षित रुपमा कम्पनीहरुको मूल्य बढेको पाइएपछि दुई प्रतिशतमा सिमित गरिएको नेपाल स्टक एक्सचेन्जका सूचना अधिकारी मुराहरि […]
१ साउन, काठमाडौं । संसद अधिवेशन शुरु हुनु अघि सांसदहरुको कोरोना परीक्षण गरिएको छ । यही साउन ३ गते संसदको अधिवेशन बोलाइएको छ । अधिवेशन शुरु हुनु अघि शुक्रबार संघीय संसद भवन परिसरमा सभामुख तथा सांसदहरुको एन्टिजेन विधिबाट कोरोना भाइरस परीक्षण गरिएको हो । सर्वोच्च अदालतको फैसलाबाट असार २८ गते प्रतिनिधिसभा पुनर्स्थापना भएपछि साउन ३ […]
१ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चीनलाई कोरोना भाइरसको उत्पत्तिबारे दोस्रो चरणको अनुसन्धानमा थप सहकार्य गर्न आग्रह गरेको छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस अधानम गेब्रेयेससले थप पहुँच र पारदर्शिताको लागि चीनसँग आग्रह गरेका हुन् । गत फेब्रुअरीमा डब्ल्यूएचओको पहिलो चरणको अनुसन्धान सकिएको थियो । उक्त अनुसन्धानको निष्कर्ष कोरोना भाइरस चीनको वुहानस्थित प्रयोगशालाबाट […]
३१ असार, काठमाडौं । एकपक्षीय रुपमा बोलाएको स्थायी कमिटी बैठक रोक्न र दशबुँदे सहमतिअनुसार अगाडि बढ्न माधवकुमार नेपाल पक्षले गरेको आग्रह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् । अध्यक्ष ओलीले शुक्रबार स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका छन् । तुलसीलाल प्रतिष्ठान, च्यासलमा बिहान साढे ११ बजेतिर शुरु भएको बैठकमा ओली पक्षीय […]
१ साउन, धनगढी । कैलालीमा केही खुकुलो बनाउँदै निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले झण्डै तीन महिनादेखि बन्द रहेका सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, सभासम्मेलन, खेलकुद लगायत मानिसको बढि भीडभाड हुने क्षेत्र बाहेकका व्यापार व्यवसाय स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर बिहान ५ देखि राति ८ […]
१ साउन, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा राजस्व र खर्च दुवैको वार्षिक लक्ष्य भेट्न सरकार असफल भएको छ । महालेखा नियन्त्रक कार्यालयको प्रारम्भिक तथ्यांकअनुसार यो वर्ष कुल बजेट खर्च ८०.०८ प्रतिशत र राजस्व लक्ष्यको ९२.७४ प्रतिशत मात्र संकलन भयो । विकास (पुँजीगत) खर्च ६४.६९ प्रतिशतमा सीमित भयो । चालु खर्च ८९.७५ प्रतिशत प्रगति भयो […]
१ साउन, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताएका छन् । पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दै अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण, विकास निर्माण र समृद्धिका लागि पार्टी निरन्तर सक्रिय रहने जनाए । ललितपुरको च्यासलस्थित तुल्सीलाल […]
१ साउन, गुल्मी । गुल्मीमा केहि खुकुलो बनाउदै साउन १० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट ब्यबस्थापन केन्द्रको बैठकले साउन १० गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको दर कायमै रहेपनि बिभिन्न क्षेत्रहरुमा खुकुलो बनाएर निषेधाज्ञा थपिएको हो । थपिएको निषेधाज्ञा अनुसार खाद्यवस्तु बेच्ने पसलहरु […]
१ साउन, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका नेताहरु पार्टी स्थायी कमिटी बैठक स्थलमा पुगेका छन् । अध्यक्ष केपी शर्मा ओलीले तुलसीलाल प्रतिष्ठानको कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बोलाएका थिए । माधव नेपाल समूहका नेताहरु नआउँदै बैठक सुरु भयो । बैठक चलिरहेका बेला नेपाल समूहबाट कार्यदलमा रहेका नेताहरु पुगेका छन् । उपाध्यक्ष भीम रावल, […]
१ साउन,काठमाडौं । धितोपत्र बोर्डले मानुषी लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स लाई प्राथमिक शेयर (आईपीओ) जारी गर्न अनुमति दिएको छ । मानुषी लघुवित्तलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता र सानिमा लाइफ इन्स्योरेन्सलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर बिक्री गर्न अनुमति दिएको बोर्डका सूचना […]
१ साउन, गुल्मी । गुल्मी जिल्लाको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गामा साउने मेलाका बिशेष कार्यक्रम नहुने भएका छन् । कोभिडको दोस्रो लहरको संक्रमणको सर्तकता अपनाउन चलेको निषेधाज्ञाले गर्दा साउन भर लाग्ने मेलाका बिशेष कार्यक्रम नहुने रेसुङ्गा संरक्षण समितिले जनाएको छ । जिल्लाको सदरमुकाम तम्घास अग्लो शिरमा पर्ने ऐतिहासिक तपोभुमी रेसुङ्गामा मन्दीर ब्यवस्थापन समितिले साउनभर […]
१ साउन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले दलहरुबीच बृहत्तर राष्ट्रिय एकताको खाँचो रहेको बताएका छन् । काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवनमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै सभामुख सापकोटाले समग्र राष्ट्रिय परिस्थितिलाई विचार गर्दा फेरि पनि बृहत्तर राष्ट्रिय एकताको खाँचो रहेको बताए । ‘हामीले आत्मनिर्णयको अधिकार प्रयोग गर्दै अगाडि बढ्नको लागि र संविधान जारी भएपछि जनताको आशालाई विश्वासमा […]
१ साउन, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बालुवाटारमा बस्ने भएको छ । शुक्रबार दिउँसो दुई बजे पूर्वपदाधिकारीसहित बस्ने बैठकमा महाधिवेशनको तयारी, सरकारको प्रभावकारिताका बारेमा छलफल हुने जनाइएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले महाधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाइएको बताए । उनका अनुसार निर्वाचन निर्देशिका र क्रियाशील सदस्यताको विषयमा छलफल हुनेछ । बैठकमा […]
३१ असार, वीरगञ्ज । लिफ्ट दिने नाममा महिलालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । घटनामा संलग्न भएको आरोप लागेका दुई जनाको खोजी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालका अनुसार वीरगञ्ज–२१ बस्ने सुनील महतो र पोखरिया नगरापलिका– ६ बस्ने २५ वर्षीय शिवबालक महतो […]
१ साउन, काठमाडौं । साउन ३ गते दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशनका लागि सभामुखसहित सांसदहरुको एण्टीजेन परीक्षण सुरु गरिएको छ । बिहान ११ बजेदेखि सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको एन्टीजेन परीक्षण सुरु गरिएको संसद सचिवालयलय जनाएको छ । यस्तै संघीय संसद रहेको अन्तर्राष्ट्रिय सम्मेलन […]
१ साउन, वीरगञ्ज । वीरगञ्जबाट लागु औषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रे साँगा नगरपालिका-१३ गते ४४ वर्षीय कृष्ण खड्का र बनेपा नगरपालिका-१० बस्ने २७ वर्षीय सविन हुमागाई रहेका छन् । उनीहरु दुवै जनाविरुद्ध लागु औषध सम्बन्धी कसूर मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायव […]
१ साउन, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा जारी बैठक तीन एजेण्डामा केन्द्रित रहने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार पार्टी एकताका लागि कार्यदलले गरेको सहमतिमाथि छलफल गर्दै अनुमोदन हुनेछ । सर्वोच्च अदातलको फैसला तथा संसदमा पार्टीको भूमिका र पार्टीको सांगठनिक कामबारे पनि […]
१ साउन, काठमाडौं । साउन महिनामा पशुपतिनाथ मन्दिरमा लाखौं भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना महामारीको जोखिम कायम रहेकाले मूल मन्दिर क्षेत्र सुनसान छ । सरकारले यही साउन १० गतेसम्म कोरोनाबाट बच्न जारी निषेधाज्ञा थप गरेकाले पशुपतिनाथ मन्दिर खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले […]
१ साउन, बुटवल । प्रदेश सभाबाट बजेट पास गर्न नसकेपछि मध्यरातमा अधिवेशन अन्त्य गराएको लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले बताए । प्रदेश सरकारको आज बिहान बसेको मन्त्रिपरिषदले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख धर्मनाथ […]
१ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गरेका छन् । उनी शुक्रबार बिहान १० बजे बालुवाटारस्थित निवासमा सरेका हुन् । गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका थिए । देउवा मंगलबार साँझ प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेका थिए ।
from समाचार – Online Khabar https://ift.tt/3ig06Sh
via IFTTT