समाचार
७ भदौ, बुटवल । दाङमा व्यक्ति हत्याका फरार अभियुक्तलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ । ०६२ मंसिरमा सामान्य विवादमा घोराही–४ घर भएका डम्बर बुढाथोकीलाई कुटेर हत्या गरेको अयिभोग लागेका ३७ वर्षीय प्रकाश नेपाली पक्राउ परेका हुन् । उच्च अदालत तुलसीपुरले २०६७ मा उनलाई ८ वर्ष कैद सजाय गर्ने फैसला गरेको थियो । हत्याको घटनापछि […]
न उनी भैंसी पाल्ने बलराम हुन्, न जँड्याहा । तर, यही दुई उपमाले उनी सर्वत्र चिनिए । एउटा यस्तो समय थियो, जतिबेला टेलिशृंखलादेखि सिनेमासम्म ‘जँड्याहा पात्र’ चाहिएमा कमल गाउँलेको खोजी हुन्थ्यो । के उनी जँड्याहा थिए ? होइन । बरु कमलको अभिनय चाहिं कमालको थियो । रक्सीले टिल्ल भएको अभिनय उनले कति स्वाभाविक रूपमा गर्थे […]
७ भदौ, काठमाडौं । मनसुनी वायु सक्रिय रहेका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको सामान्य प्रभावसँगै न्यून चापीय रेखा नेपाल भन्दा केही दक्षिणतिर रहेकाले अहिले प्रदेश नं १ वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा […]
७ भदौ, काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले पाठ्यक्रम विकास केन्द्रबाट पीआरसी (प्रिन्ट राइट कपी) नपाएकाले कक्षा १२ को पुस्तक प्रकाशन शुरु गर्न नसकेको बताएको छ । जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाका अनुसार पाठ्यक्रम विकास केन्द्रले पीआरसी उपलब्ध नगराउँदा पाठ्यपुस्तक छाप्ने कार्य शुरु गर्न नसकिएको हो । पाठ्यक्रम विकास केन्द्रले पीआरसी तयार भइरहेको […]
७ भदौ, चितवन । गएको साउन ७ गते भरतपुर महानगरपालिका वडा नं.–१७ सिमलडाँडाको खेत नजिकै एक युवक मारिएको खबर आयो । उनलाई गोली हानेर मारिएको खबर आए पनि प्रहरीले पुष्टि गर्न समय त लगायो नै मृतकको पहिचान पनि ढिला गरी मात्रै भयो । धादिङ निलकण्ठ नगरपालिका–१३ घर भई नेपाली सेनाको महिन्द्र दल गण शिवपुरीमा कार्यरत […]
७ भदौ, पोखरा । कोरोना भाइरस संक्रमणलाई लक्षित गरेर गण्डकी प्रदेशका विभिन्न सरकारी अस्पतालले करोडौं मूल्य बराबरका स्वास्थ्य उपकरण खरिद गरेका छन् । जिल्ला अस्पतालहरुले खरिद गरेको उपकरण देखाउँदै प्रदेश सरकारले आफ्नो ‘उपलब्धि’ बताएको छ । तर, प्रदेश सरकारको उक्त दाबी कागजमा मात्रै सीमित छ । कोरोना महामारीलाई लक्षित गरी खरिद गरिएका ती स्वास्थ्य उपकरण […]
७ भदौ, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिवालयले सोमबार प्रकाशन गरेको प्रदेशसभा बैठकको कार्यसूचीमा मुख्यमन्त्रीले आजै विश्वासको मत लिने उल्लेख छ । तर लुम्बिनी प्रदेशसभा बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार अवरुद्ध गर्दै आएको छ । सोमबार पनि एमालेले प्रदेशसभा अवरुद्ध गरेपछि सभामुख पूर्णबहादुर […]
७ भदौ, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले आधा काम पूरा नहुदै धरहराको उद्घाटन भएको भन्दै समयमा काम सकिनेमा आशंका गरेको छ । गत शुक्रवार सार्वजनिक भएको प्रतिवेदनमा धरहराको आधा पनि काम नभएको उल्लेख छ । ‘काम सम्पन्न हुनुपर्ने २४ मध्ये २१ महिनामा ५५ प्रतिशत खर्च भयो’ प्रतिवेदनमा भनिएको छ, ‘निर्माण भएको कामको भौतिक प्रगति ४५ […]
७ भदौ, काठमाडौं । अफगानिस्तानबाट उद्धार गरेर ल्याइएका नेपाली नागरिकलाई त्रिभुवन विमानस्थलमा पोलियो खोप लगाइने भएको छ । अफगानिस्तानबाट उद्धार गरिएका नागरिकलाई सोमबारदेखि पोलियो खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए । ‘अफगानिस्तान पोलियो संक्रमण जोखिमयुक्त मुलुक हो । त्यो संक्रमणबाट बचाउन पोलियो […]
७ भदौ, काठमाडौं । रौतहटमा निर्दोष व्यक्तिको मोटरसाइकलमा लागूऔषध राखेर पक्राउ गरिएको पुष्टि भएको छ । क्लोज सर्किट (सीसी) क्यामरामा लागूऔषध राखिदिँदै गरेको देखिने भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय, रौतहटले अनुसन्धान थालेको थियो । त्यसक्रममा घुमुवा प्रहरी सहायक निरीक्षक उदय यादव र प्रहरी जवान मनोज शाहले नातेदार धिरज यादवलाई प्रयोग गरेर लागूऔषध राखिदिएको पुष्टि […]
७ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकता पक्षधर नेताहरुबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ । सहमति अनुसार मंगलबार स्थायी कमिटीको बैठक बोलाइएको छ, जसले १० बुँदे अनुसार २०७५ साल जेठ २ गते कायम भएका नेकपा एमालेका कमिटीहरु क्रियाशील बनाउने कार्यतालिका बनाउने नेताहरुले बताएका छन् । एमालेमा […]
७ भदौ, काठमाडौं । जापान सरकारले अनुदानमा उपलब्ध गराएको एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको पाँच लाख ५९ हजार डोज खोप सोमबार काठमाडौं आइपुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार सोमबार आएकोसँगै जापानबाट अनुदानमा उपलब्ध गराउने भनिएको १६ लाख १४ हजार ७४० मात्रा […]
७ भदौ, काठमाडौं । नेकपा एमालेले भोलि स्थायी कमिटीको बैठक बोलाएको छ । यो बैठकमा माधवकुमार नेपाल समूहसँग रहेका, तर उनको पार्टीमा नगएका नेताहरु पनि सहभागी हुने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । नेपाल समूहसँग रहेका, तर नेकपा एकीकृत समाजवादीमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुले १० बुँदे सहमति अक्षरस कार्यान्वयन गर्न नेतृत्वलाई […]
७ भदौ, दाङ । ‘देशको शान्ति सुरक्षामा खटिने हाम्रो उपचारका लागि बस्तीमा आउनुभयो, औषधि दिनुभयो, खानका लागि दाल, चामल दिनुभयो हाम्रा जनता खुशी भएका छन्’, राउटेका मुखिया ४५ वर्षीय सूर्यनाराण शाहीले भने । नेपाली सेनाका १९ नम्बर बाहिनी अड्डा तुलसीपुरका बाहिनीपति सहायक रथी मदनकुमार केसी र सल्यानका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई खतिवडासँग आफ्नै बस्तीमा […]
७ भदौ, काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का भाइ नरेश थापा थुनामुक्त भएका छन् । आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा २०७६ भदौ अन्तिम साता केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट पक्राउ परेका उनी डेढ वर्ष जेल सजाय पूरा गरेर छुटेका हुन् । डिल्लीबजार कारागारका जेलर वसन्त पुरीले उच्च अदालत, पाटनले तोकेको एक वर्ष ६ महिना […]
७ भदौ, काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल सरकारबाट वैदेशिक अनुदानको रकम स्वीकृति नलिइ जथाभावी खर्च गरेको पाइएको छ । विभागका महानिर्देशक विश्वबाबु पुडाशैनीले विभागअन्तर्गत राष्ट्रसङ्घीय ओजोन कार्यक्रम सञ्चालन सम्बन्धित तालुक निकायबाट स्वीकृति नगराएर लामो समयदेखि कार्यक्रम सञ्चालन गरेको थियो । सो कार्यक्रममा खर्च भएको रकमलाई महालेखाको प्रतिवेदनमा बेरुजु देखिएको छ । उद्योग […]
७ भदौ, वालिङ । व्यवस्थित र शुद्ध खानेपानीको अभाव झेल्दै आएका स्याङ्जाको वालिङका बासिन्दाले घर–घरमा खानेपानीको धारा जडान गरिएपछि राहत महसुस गरेका छन् । वालिङ नगरपालिका–२ का राक्से, सिमलचौपारी र फुटेढुंगाका एक सय घरधुरीमा एक घर, एक धारा निर्माण गरिएसँगै खानेपानीको सहजता भएको हो । नगरपालिकाको ३२ लाख ५० हजार र स्थानीय उपभोक्ताबाट नौ लाख […]
७ भदौ, काठमाडौं । सरकारले अनुदानमा किसानलाई बिक्री गर्ने रासायिनक मल पछिल्लो साढे तीन वर्षदेखि समयमै नल्याउने क्रम मौलाएको छ । यो अवसधिमा मल खरिदका लागि कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले गरेको ३२ वटा ठेक्कामा ५ वटा ठेकदारले मात्रै समयमै मल नेपाल ल्याइपुर्याएको महालेखा परिक्षकको ५८औं प्रतिवेदनमा उल्लेख छ । समयमै मलको आपूर्ति […]
७ भदौ, बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले सोमबार पनि अवरुद्ध पारेको छ । एमालेले आफ्नो दलबाट निर्वाचित अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न गरेको आग्रह सभामुख पूर्णबहादुर घर्तीले अस्वीकार गरेपछि एमालेले संसद बैठक अवरुद्ध पारेको हो । सभामुख घर्तीले भने उनीहरु एमाले रहेको प्रमाण नभएकाले एमाले संसदीय दलले […]
७ भदौ, रौतहट । पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर निर्दोषलाई फसाएको आरोप लागेको घटनामा प्रहरीले सीसी टीभी फुटेज मेटाउने प्रयास गरेको खुलेको छ । हालै सार्वजनिक भएको एक अडियो रेकर्डमा ‘सीसी टीभी भिडियो रहेछ, एउटा असई सा’बलाई ल्याएको छु, डिलिट गराउन’ भनिएको छ । रौटहट प्रहरीले ३२ साउनमा पत्रकार मोहम्मद मोजुबुल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको जनाएको […]
७ भदौ, काठमाडौं । सवारीसाधनको सुरक्षाका लागि इम्बोस्ड नम्बर प्लेट जडान गर्न तोकिएको अवधि सकिँदासम्म प्रगति एक प्रतिशतभन्दा कम छ । सरकारले पाँच वर्षमा २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानको लक्ष्य लिएकोमा हालसम्म १९ हजार १२१ सवारीसाधनले मात्रै लिएको तथ्यांक छ । सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने गरी ठेक्का सम्झौता गरेको पाँच वर्ष […]
from समाचार – Online Khabar https://ift.tt/3BiAvjJ
via IFTTT