Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

जापानबाट पाँच लाख ५९ हजार डोज एस्ट्राजेनिका खोप आइपुग्यो

७ भदौ, काठमाडौं । जापान सरकारले अनुदानमा उपलब्ध गराएको एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको पाँच लाख ५९ हजार डोज खोप सोमबार काठमाडौं आइपुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार सोमबार आएकोसँगै जापानबाट अनुदानमा उपलब्ध गराउने भनिएको १६ लाख १४ हजार ७४० मात्रा […]

एमालेले बोलायो स्थायी कमिटी बैठक, एकता पक्षधर नेताहरु पनि सहभागी हुने

७ भदौ, काठमाडौं । नेकपा एमालेले भोलि स्थायी कमिटीको बैठक बोलाएको छ । यो बैठकमा माधवकुमार नेपाल समूहसँग रहेका, तर उनको पार्टीमा नगएका नेताहरु पनि सहभागी हुने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । नेपाल समूहसँग रहेका, तर नेकपा एकीकृत समाजवादीमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुले १० बुँदे सहमति अक्षरस कार्यान्वयन गर्न नेतृत्वलाई […]

बस्तीमा सरकारी स्वास्थ्य शिविरपछि राउटे खुशी

७ भदौ, दाङ । ‘देशको शान्ति सुरक्षामा खटिने हाम्रो उपचारका लागि बस्तीमा आउनुभयो, औषधि दिनुभयो, खानका लागि दाल, चामल दिनुभयो हाम्रा जनता खुशी भएका छन्’, राउटेका मुखिया ४५ वर्षीय सूर्यनाराण शाहीले भने । नेपाली सेनाका १९ नम्बर बाहिनी अड्डा तुलसीपुरका बाहिनीपति सहायक रथी मदनकुमार केसी र सल्यानका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई खतिवडासँग आफ्नै बस्तीमा […]

डेढ वर्ष जेल सजाय भोगेर छुटे पूर्वगृहमन्त्री बादलका भाइ

७ भदौ, काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का भाइ नरेश थापा थुनामुक्त भएका छन् । आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा २०७६ भदौ अन्तिम साता केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट पक्राउ परेका उनी डेढ वर्ष जेल सजाय पूरा गरेर छुटेका हुन् । डिल्लीबजार कारागारका जेलर वसन्त पुरीले उच्च अदालत, पाटनले तोकेको एक वर्ष ६ महिना […]

नापतौल विभागद्वारा वैदेशिक अनुदानको रकम स्वीकृति नलिइ जथाभावी खर्च

७ भदौ, काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल सरकारबाट वैदेशिक अनुदानको रकम स्वीकृति नलिइ जथाभावी खर्च गरेको पाइएको छ । विभागका महानिर्देशक विश्वबाबु पुडाशैनीले विभागअन्तर्गत राष्ट्रसङ्घीय ओजोन कार्यक्रम सञ्चालन सम्बन्धित तालुक निकायबाट स्वीकृति नगराएर लामो समयदेखि कार्यक्रम सञ्चालन गरेको थियो । सो कार्यक्रममा खर्च भएको रकमलाई महालेखाको प्रतिवेदनमा बेरुजु देखिएको छ । उद्योग […]

वालिङका एक सय घरमा धारा जडान

७ भदौ, वालिङ । व्यवस्थित र शुद्ध खानेपानीको अभाव झेल्दै आएका स्याङ्जाको वालिङका बासिन्दाले घर–घरमा खानेपानीको धारा जडान गरिएपछि राहत महसुस गरेका छन् । वालिङ नगरपालिका–२ का राक्से, सिमलचौपारी र फुटेढुंगाका एक सय घरधुरीमा एक घर, एक धारा निर्माण गरिएसँगै खानेपानीको सहजता भएको हो । नगरपालिकाको ३२ लाख ५० हजार र स्थानीय उपभोक्ताबाट नौ लाख […]

३२ मध्ये २७ ठेकदारले ल्याएनन् समयमै रासायनिक मल

७ भदौ, काठमाडौं । सरकारले अनुदानमा किसानलाई बिक्री गर्ने रासायिनक मल पछिल्लो साढे तीन वर्षदेखि समयमै नल्याउने क्रम मौलाएको छ । यो अवसधिमा मल खरिदका लागि कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले गरेको ३२ वटा ठेक्कामा ५ वटा ठेकदारले मात्रै समयमै मल नेपाल ल्याइपुर्‍याएको महालेखा परिक्षकको ५८औं प्रतिवेदनमा उल्लेख छ । समयमै मलको आपूर्ति […]

लुम्बिनी प्रदेशसभामा एमालेको नाराबाजी

७ भदौ, बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले सोमबार पनि अवरुद्ध पारेको छ । एमालेले आफ्नो दलबाट निर्वाचित अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न गरेको आग्रह सभामुख पूर्णबहादुर घर्तीले अस्वीकार गरेपछि एमालेले संसद बैठक अवरुद्ध पारेको हो । सभामुख घर्तीले भने उनीहरु एमाले रहेको प्रमाण नभएकाले एमाले संसदीय दलले […]

रौतहट घटनामा सीसी टीभी फुटेज मेटाउने प्रहरीको प्रयास

७ भदौ, रौतहट । पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर निर्दोषलाई फसाएको आरोप लागेको घटनामा प्रहरीले सीसी टीभी फुटेज मेटाउने प्रयास गरेको खुलेको छ । हालै सार्वजनिक भएको एक अडियो रेकर्डमा ‘सीसी टीभी भिडियो रहेछ, एउटा असई सा’बलाई ल्याएको छु, डिलिट गराउन’ भनिएको छ । रौटहट प्रहरीले ३२ साउनमा पत्रकार मोहम्मद मोजुबुल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको जनाएको […]

इम्बोस्ड नम्बर प्लेट जडानमा लक्ष्यअनुसार भएन प्रगति

७ भदौ, काठमाडौं । सवारीसाधनको सुरक्षाका लागि इम्बोस्ड नम्बर प्लेट जडान गर्न तोकिएको अवधि सकिँदासम्म प्रगति एक प्रतिशतभन्दा कम छ । सरकारले पाँच वर्षमा २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानको लक्ष्य लिएकोमा हालसम्म १९ हजार १२१ सवारीसाधनले मात्रै लिएको तथ्यांक छ । सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने गरी ठेक्का सम्झौता गरेको पाँच वर्ष […]

सत्तारुढ गठबन्धनले भन्यो : ओलीले सभामुखविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिनु आपत्तिजनक

७ भदौ, काठमाडौं । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले सभामुखविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै सत्तारुढ गठबन्धनले आपत्ति जनाएको छ । नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, जसपाका प्रदीप यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले सोमबार संयुक्त वक्तव्य जारी गर्दै सभामुखविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको […]

हास्यकलाकारको पलायन नियति

‘हामी आफू रोएर पनि दर्शक हँसाउने कलाकार । १८ दिन लामो अस्पताल बसाइपछि आज दर्शकमाझ प्रस्तुति दिन नपाउँदा धेरै दुःख लागेको छ । तर, मैले हार मानेको छैन ।’ कुनै बेला अमेरिकामा आफ्ना शुभचिन्तकमाझ घेरिएका साम्दे शेर्पाले मञ्चमा उभिएर यसै भनेका थिए । दर्शकको अपेक्षा थियो, अब साम्देले पेट बटारिने गरी हँसाउनेछन् । तर, उनी […]

१५औं आवधिक योजनाका लक्ष्य भेटाउन पहिलो वर्षमै ठेस

७ भदौ, काठमाडौं । कोरोना महामारी र यसको बाहनामा हुने काममा अवरोधको प्रभाव १५ औं आवधिक योजनाका लक्ष्य प्राप्तीमा असर पर्ने भएको छ । १५ औं योजनाका धेरैजसो सूचक घटेका छन् । सुधार हुने आर्थिक सूचकांकको संख्या निकै कम छ । राष्ट्रिय योजना आयोग, १५ औं योजना र आर्थिक सर्वेक्षणको प्रतिवेदनलाई आधार मानेर महालेखा परीक्षक […]

नेपाल र भारतका सुरक्षाकर्मीले एकअर्कालाई लगाइदिए राखी

७ भदौ, जनकपुरधाम । आइतबार जनैपूर्णिमाको दिन नेपाल र भारतका सुरक्षाकर्मीले आपसमा राखी बाँधेर मनाए । नेपालका महिला सुरक्षाकर्मीले भारतीय पुरुष सुरक्षाकर्मीलाई र भारतीय अधिकारकर्मी महिलाले नेपालका पुरुष सुरक्षाकर्मीलाई राखी बाँधे । भारतको जयनगरस्थित महिला विकास मञ्चले गरेको कार्यक्रममा महिला सुरक्षाकर्मीले पुरुष सुरक्षाकर्मीलाई मिठाई खुवाउँदै हातमा राखी बाँधिदिएका थिए । त्यस्तै मिथिला परम्परा अनुसार पाग […]

काठमाडौंमा मास्क लगाएर गाईजात्रा (फोटो फिचर)

७ भदौ, काठमाडौं । आज भाद्र कृष्ण प्रतिपदा अर्थात गाईजात्रा पर्व । विशेष गरी नेवारी समुदायले दिवंगत आफन्तको सम्झनामा यो पर्व मनाउने गर्दछन् । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन लगातार गाईजात्रा पर्व विभिन्न कार्यक्रम गरेर काठमाडौं लगायत देशभर मनाउने गरिन्छ । कोरोना महामारीका कारण यस वर्षको गाईजात्रा स्वास्थ्य मापदण्ड पालना गर्दै सामाजिक दूरी कायम […]

सार्क राष्ट्रका सरकार प्रमुखहरुको बैठक बोलाउन प्रधानमन्त्रीलाई आग्रह

७ भदौ, काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले सार्क राष्ट्रका सरकार प्रमुखहरुको बैठक तत्काल आयोजना गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ । मानवअधिकार तथा शान्ति समाजको प्रतिनीधिमण्डल सोमबार प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा आणविक अस्त्रको विकास, परिक्षण, उत्पादन-निर्माण, भण्डारण आदीलाई निषेध गरेको आणविक हतियार निषेध सन्धिलाई तत्काल अनुमोदन गर्न आग्रह गरेको हो । यसैगरी […]

हाम्रा राजा सूर्योधन; प्राणभन्दा प्यारा छन् !

राजा सूर्योधन दुनियाँभरको निन्दा र भर्त्सनामा दिनको १८ घण्टा समय खर्च गर्थे। तर आफ्नो आलोचना सुन्यो कि उनको कन्सिरी तातिहाल्थ्यो। चाहे त्यो स्वस्थ आलोचना होस् वा अस्वस्थ। प्रशंसा चाकडी सुन्यो भने चाहिं ढुकुटीबाट सुनका सिक्काको फोहोरा बर्साउँथे।

कर नतिर्नेको घर-आँगन र कार्यालयमा पञ्चेबाजासहित नाचगान गरिने

७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पत्ति कर नतिर्नेहरुको घर आँगन तथा कार्यालय परिसरमा पञ्चेबाजा बजाउने भएको छ । महानगरपालिकाले यसअघि नै घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गरिसकेको छ । यसअघि २० जना करदाताको नाम सार्वजनिक गरेको थियो । तीमध्ये कर तिर्ने गरी प्रक्रियामा नआउने करदाताको कार्यालय […]

सभापतिको साझा उम्मेदवार छान्न पौडेल समूहले थाल्यो छलफल

७ भदौ, काठमाडौं । नेपाली कांग्रेसमा रामचन्द्र पौडेल समूहले सभापतिको साझा उम्मेदवार छनोटको प्रयास तीव्र बनाएको छ । क्रियाशील सदस्यता विवाद लगभग टुंगिएपछि पौडेल समूहका सभापतिका आकांक्षीहरुले मंगलबार छलफल गरेका हुन् । वत्तिसपुतलीस्थित अनुपम फुड्ल्याण्डमा भएको छलफलमा पौडेलसँगै महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, शेखर कोइराला, डा. रामशरण महत लगायतको सहभागिता थियो । […]

शाही र खत्रीलाई पदमुक्त नगरेसम्म सदन चल्दैन : एमाले

७ भदौ बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्य एवं विना विभागीय मन्त्री अजय शाही र सांसद विमला खत्रीलाई पदबाट नहटाएसम्म सदन चल्न नदिने बताएको छ । प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीमगरलाई सोमबार पत्र बुझाउँदै प्रमुख सचेतक भूमिश्वर ढकालले सभामुखले पटक-पटक पद अनुकुलको आचरण नगरी प्रदेशसभाको गरिमामा आँच आउने काम गरेकाले संविधानको धारा […]

ओलीलाई अल्टिमेटम दिएका नेताहरु बालकोटमा

७ भदौ, काठमाडौं । १०बुँदे सहमति कार्यान्वयनका लागि अल्टिमेटम दिएका नेकपा एमालेका नेताहरु अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट लगायतका नेताहरु बालकोट पुगेका हुन् । लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर नयाँ पार्टीमा नगएका उनीहरुले भोलि निर्वाचन आयोगमा माधवकुमार नेपाल समूहको नयाँ […]



from समाचार – Online Khabar https://ift.tt/3gpi5FG
via IFTTT
Powered by Blogger.