समाचार
७ असोज, काठमाडौं । नेपाल प्रहरीले रु १८ लाख ७५ हजार ५०० नगदसहित १३ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले कागेश्वरी मनोहरा नगरपालिका-७ हरमहादेवस्थित कमल दाहालको घरमा जुवा खेलिरहेको अवस्थामा बिहीबार बिहान १३ जनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पैसाको ठूलो […]
७ असोज, काठमाडौं। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३०० ग्राम अवैध सुनसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशहरुवाट फर्किएका कामदारहरुलाई प्रयोग गरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका गर गहनाहरु तस्करी हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। उनीहरुको साथबाट प्रहरीले ३०० […]
७ असोज, रामछाप । रामेछापमा कोरोना परीक्षणको लागि ल्याएको पीसीआर मेसिन जिल्ला अस्पतालको गोदाममा थन्किएको छ । गत साउन २४ गते ल्याएको पीसीआर मेसिन सम्बन्धित निकायको ढिलासुस्तीका कारण गोदाममै थन्किएको हो । कोरोना परीक्षणको दर बढाउन वाग्मती प्रदेश सरकारको सहयोगमा उक्त मेसिन ल्याइएको थियो । मेसिन गोदाममा थन्किँदा कोरोना भाइरसको परीक्षणका लागि यहाँका नागरिक काठमाडौँ, […]
७ असोज, काठमाडौं । गत असार १८ गतेदेखि नेपाल एयरलाइन्सका कर्मचारी आन्दोलित छन् । आन्दोलनका कारण राष्ट्रिय ध्वजाबाहक कम्पनीको काम प्रभावित बन्नुका साथै चरम विकृति पनि शुरु भएको छ । कर्मचारीको आन्दोलनका कारण सञ्चालक समितिको बैठक बस्न सकेको छैन । जसले गर्दा चालु आर्थिक वर्ष २०७८/७९ को बजेट पारित हुन नसक्दा नेपाल एयरलाइन्समा १३ सयभन्दा […]
७ असोज, काठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा धर्ना दिइरहेका सर्लाहीका कार्यकर्ताहरुले बिहीबार नाराबाजी गरेका छन् । जिल्लाबाट पठाइएको क्रियाशील सदस्यको नामावली काटेर केन्द्रबाट थप गरिएको भन्दै उनीहरुले धर्ना दिइरहेका छन् । तर सर्लाहीका प्रदेश सांसद तथा मन्त्री वीरेन्द्र सिंहले आफूहरुमाथि दुर्व्यवहार गरेको भर्नामा बसेकाहरुले बताएका छन् । सर्लाहीका कार्यकर्ताको धर्नामा ऐक्यवद्धता जनाउन कांग्रेस […]
७ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालय खोल्ने निर्णय गरेको छ । महानगरपालिकाको शिक्षा शाखाको बैठकले आइतबारदेखि विद्यालय खोल्ने अनुमति दिने निर्णय गरेको शिक्षा शाखाका प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए । भौतिक रुपमा विद्यालय खोल्न व्यवस्थापन समितिको बैठक बसी अभिभावकको सहमति लिनुपर्ने र सोही अनुसार कार्ययोजना बनाई महानगरमा पेश गर्नुपर्नेछ । विद्यालयले बुझाएको कार्ययोजना […]
७ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले आज सात दिन अवधिको रिपो जारी गर्न लागेको हो । बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्छ । वाणिज्य बैंक, विकास बैंक र वित्तीय […]
७ असोज, काठमाडौं । न्युरोडमा रेडिमेड कपडाको होलसेल पसल चलाउने आकाश श्रेष्ठलाई यो वर्ष चीनबाट तयारी पोशाक नआएकामा कुनै चिन्ता छैन । फिमेल रेडिमेट गार्मेन्टको उनको होलसेलमा अहिले अघिल्लो वर्ष जस्तो चीन र थाइल्याण्डका कपडा छैनन् । कोरोनाका कारण चीनतर्फको नाकामा भएको अवरोध र कडा कोभिड प्रोटोकलका कारण चीन पुग्न मुश्किल भएपछि नेपाली उत्पादन नै […]
७ असोज, विराटनगर । छोरी बलात्कारको आरोप लागेका पुरुषलाई जिल्ला अदालत मोरङले पाँच लाख रुपैयाँ धरौटीमा छाडेको छ । न्यायाधीश तेजेन्द्रबहादुर खड्काको इजलासले १४ वर्षीया छोरी बलात्कारको आरोप लागेका बेलबारीका ५१ वर्षीय पुरुष धरौटीमा छाड्न आदेश दिएको हो । गत माघ २० गते राति बलात्कार भएको भन्दै भदौ ४ गते इलाका प्रहरी कार्यालय बेलबारीमा जाहेरी […]
७ असोज, चितवन । निरन्तरको लगावले हेल्थपोष्टलाई अस्पताल नै बनाउन सकिन्छ भन्ने उदाहरण चितवनको रत्ननगरस्थित बकुलहर रत्ननगर अस्पताल बनेको छ । दुई वर्षमा आमूल परिवर्तन गरेको उक्त अस्पतालबाट चार नगरपालिकाका बासिन्दा प्रत्यक्ष लाभान्वित भइरहेका छन् । दुई वर्ष अघिसम्म स्वास्थ्य बीमाका बिरामीको रिफरल सेन्टर बनेको यस अस्पतालको अधिकांश विभागमा अहिले विशेषज्ञ चिकित्सकसहितको टोली छ । […]
६ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारी हेरफेर भएको छ । अब उपाध्यक्षको संख्या ६ पुगेको छ भने राजेन्द्र राई सचिवमा थपिएका छन् । केन्द्रीय कमिटीमा नेताहरु राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथ साह र जयन्ती राई उपाध्यक्ष, वेदुराम भुसाल महासचिव, गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेललाई उपमहासचिव र केशलवलाल श्रेष्ठ, जगन्नाथ खतिवडा, नागेन्द्र […]
७ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब विद्युत् खरिद सम्झौता (पीपीए) प्रतिस्पर्धाकै आधारमा गर्नुपर्ने बताएका छन् । संसदको विधायन व्यवस्थापन समितिमा विद्युत् विधेयकमाथि संसदको विधायन व्यवस्थापन समितिमा जारी छलफलमा घिसिङले भएको छलफलमा घिसिङले उपभोक्तालाई सस्तोमा बिजुली दिनसक्ने अवस्था बनाउनका लागि पनि पीपीए दरमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका हुन् । अहिले प्राधिकरणले […]
७ भदौ, बलेवा । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेशलाई एक महिनाभित्रै साक्षर प्रदेश घोषणा गर्ने बताएका छन् । बुधबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले मन्त्रालयले प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने तयारी गरिरहेको जानकारी दिए । सरकारका १०० दिनको कामका विषयमा समीक्षा गर्दा साक्षर प्रदेश बनाउने अभियानलाई जोड्नुपर्ने […]
७ असोज, काठमाडौं । आगामी आइतबार (१० असोज) देखि मुक्तिनाथ मन्दिर दर्शन खुला हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले यस्तो निर्णय गरेको हो । कोरोना भाइरसको महामारी फैलिएसँगै मुक्तिनाथ दर्शन बन्द भएको थियो । नजिकिएको दशैंमा आउने दर्शनार्थीलाई लक्षित गरी स्थानीय प्रशासनले मन्दिर खुला गर्ने निर्णय गरेको हो । तर, जिल्लामा प्रवेश गर्ने […]
७ असोज, काठमाडौं । बैतडीमा एक व्यापारी मृत फेला परेका छन् । सुर्नया गाउँपालिका-४ लेकडाणा घर भई सन्सेरीमाडौंमा व्यवसाय गर्दै आएका ४५ वर्षीय कमलसिंह महरा मृत फेला परेका हुन् । महरा पसल अगाडि मृत फेला परेको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । महराको टाउको, छाती र […]
७ असोज, काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । केन्द्रीय कमिटी बैठक असोज ८ गते ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बोलाइएको हो । केन्द्रीय समिति बैठकबाट विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने तयारी रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठक […]
७ असोज, रौतहट। प्रहरीले कटुवा पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुर्गाभगवती गाउँपालिका-२ भलुईया बस्ने २४ वर्षीय संजय साह सोनार रहेका छन् । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले १ […]
७ असोज, काठमाडौं । चाडपर्व नजिकिएसँगै नागरिकलाई सचेत हुन प्रहरीले सतर्क गराएको छ । चाडपर्व लक्षित सचेतना पर्चा जारी गर्दै प्रहरीले यो समय चोरी, डकैती, लुटपाटलगायत अपराधिक कार्य हुनसक्ने भएकोले सचेत हुन आग्रह गरेको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंले सचेतना पर्चा जारी गर्दै घरभेटीहरूलाई डेरावालको विस्तृत जानकारी लिन भनेको छ । पर्चामा आफ्नो घरमा […]
७ असोज, चितवन । चितवनमा कोरोना भाइरस विरुद्धको पूर्ण खोप १ लाख ४९ हजार ७ सय १९ जनाले लगाएका छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले दिएको जानकारी अनुसार हालसम्म जिल्लामा कोभिसिल्ड ३४ हजार ८ सय ७५, भेरोसिल ७६ हजार २ सय ७६, जान्सेन ३८ हजार ५ सय ६८ जनाले खोपको पूर्ण मात्रा लगाएका […]
७ असोज, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य रु.पाँच सयले घटेको छ । बुधबार ९० हजार १ सयमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार रु. ८९ हजार ६०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्क अनुसार तेजाबी सुन बुधबार प्रतितोला रु. ८९ हजार ६५० मा कारोबार भएको थियो । महासंघका अनुसार […]
७ असोज, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-७ हरहरमहादेवबाट करिब १९ लाख नगदसहित १३ जना जुवाडे पक्राउ परेका छन् । हरहरमहादेवस्थित कमल दाहालको घरबाट जुवा खेलिरहेको अवस्थामा प्रहरी प्रभाव काँडाघारीको टोलीले बुधबार राति साढे १२ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा केही महिला पनि रहेका छन् । पक्राउ परेकाहरूको साथबाट १८ लाख ७५ […]
from समाचार – Online Khabar https://ift.tt/3i034eq
via IFTTT






















