समाचार
७ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले १८ सदस्यीय पदाधिकारी बनाएको छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले महासचिवसँगै ७ उपाध्यक्ष, तीन उमहासचिव र चार सचिवको टुंगो लगाएको हो । सात उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ साह र जयन्ती राई छन् । वेदुराम भुसाल महासचिव बन्दा प्रकाश […]
७ असोज, काठमाडौं । सरकारले भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशकमा डा. पुकारचन्द्र श्रेष्ठलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. श्रेष्ठलाई मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशकमा नियुक्त गरेको हो । उनले बिहीबार नियुक्ति पत्र बुझेका छन् ।
७ असोज, बैतडी। बैतडीमा एक व्यापारीको हत्या आशंकामा प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ । सुर्नया गाउँपालिका-४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौँमा मासु पसल सञ्चालन गर्दै आएका ५५ वर्षीय कमलसिंह महरा बिहीबार बिहान मृत फेला परेका थिए । उनको टाउको, छाती र शरीरका अन्य भागमा चोट देखिएको र अनुसन्धानका क्रममा हत्यामा सम्लग्न भएको आशङ्कामा पाँचै […]
७ असोज, रौतहट । प्रदेश-२ का डीआइजीको नाममा रकम उठाएको आरोपमा रौतहटमा एक महिला पक्राउ परेकी छिन् । रौतहटको गरुडा नगरपालिकामा विर्तामा रहेको प्रहरी विद्यालयमा स्थायी जागिर लगाइदिने भन्दै २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश रंजितकारको नाममा पैसा उठाएको आरोपमा सर्लाही हरिवन नगरपालिका-११ की शुसिला थापा दहाललाई पक्राउ गरिएको इलाका प्रहरी […]
७ असोज, काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजारमा झिनो अंकले बढेको छ । दिनभरको तीव्र उतारचढावपछि कारोबार बन्द हुँदा बजार सकारात्मक देखिएको हो । शेयर कारोबार मापक नेप्से परिसूचक २ दशमलव ७० अंकले बढेर २ हजार ८ सय १९ दशमलव ६५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटि इन्डेक्स […]
७ असोज, पर्वत । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र र समाजवादलाई बलियो बनाउन कांग्रेस सधैं प्रतिबद्ध रहेको बताएका छन् । पर्वतको कुश्माबजारस्थित बीपी स्मृति भवनको बिहीबार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्र र समाजवादलाई बलियो बनाउने बताए । सभापति देउवाले पछिल्लो समय मुलुकभर पार्टी कार्यालय भवन निर्माण हुने क्रममा […]
७ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सम्झौताका कारण सत्तारुढ गठबन्धन नटुट्ने बताएका छन् । बिहीबार काभ्रेमा आयोजित कार्यक्रममा उनले सत्तारुढ गठबन्धनका लागि एमसीसी सम्झौता भन्दा गठबन्धन मुख्य भएको बताए । ‘गठबन्धनमा के सहमति छ भने एमसीसी हाम्रा लागि मुख्य होइन गठबन्धन मुख्य हो । यसमा हामी सहमत भएर हिँडेका […]
७ असोज, काठमाडौं । नेपाल प्रहरीले रु १८ लाख ७५ हजार ५०० नगदसहित १३ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले कागेश्वरी मनोहरा नगरपालिका-७ हरमहादेवस्थित कमल दाहालको घरमा जुवा खेलिरहेको अवस्थामा बिहीबार बिहान १३ जनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पैसाको ठूलो […]
७ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी गठनमा आफूहरुको पनि मेहनत परेको बताएका छन् । बिहीबार काभ्रेमा आयोजित कार्यक्रममा उनले सो पार्टीसँग सहकार्य बढाउन कार्यकर्तालाई निर्देशन दिए । ‘माधवजी, झलनाथजीको अर्को पार्टी बनेको छ । त्यो पार्टी बनाउनमा हाम्रो कम मेहनत छैन’ उनले भने, ‘तपाईंहरु पनि ….ती साथीहरुसँग […]
७ असोज, काठमाडौं । राष्ट्रियसभाले विनियोजन विधेयक (बजेट) २०७८ पारित गरेको छ । राष्ट्रियसभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको विनियोजन विधेयकलाई बहुमतले पारित गरेको हो । अब विनियोजन विधेयकलाई राष्ट्रियसभाले आजै सन्देशसहित प्रतिनिधिसभामा पठाउने छ । आजै बस्ने प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयकलाई ग्रहण गरी सभामुखले प्रमाणित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने संसद सचिवालयको तयारी छ […]
७ असोज, काठमाडौं। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३०० ग्राम अवैध सुनसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशहरुवाट फर्किएका कामदारहरुलाई प्रयोग गरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका गर गहनाहरु तस्करी हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। उनीहरुको साथबाट प्रहरीले ३०० […]
७ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता यथास्थितिमा संसदबाट अनुमोदन गर्न नसकिने बताएको छ । केन्द्रीय कमिटीको बिहीबार सकिएको बैठकले एमसीसी सम्झौता राष्ट्रिय हित अनुकुल नभएको ठहर गरेको छ । यसलाई राष्ट्रिय हित अनुकुल बनाएर राष्ट्रिय सहमतिका आधारमा मात्र अगाडि बढाउन सकिने एकीकृत समाजवादीले बताएको छ ।
७ असोज, रामछाप । रामेछापमा कोरोना परीक्षणको लागि ल्याएको पीसीआर मेसिन जिल्ला अस्पतालको गोदाममा थन्किएको छ । गत साउन २४ गते ल्याएको पीसीआर मेसिन सम्बन्धित निकायको ढिलासुस्तीका कारण गोदाममै थन्किएको हो । कोरोना परीक्षणको दर बढाउन वाग्मती प्रदेश सरकारको सहयोगमा उक्त मेसिन ल्याइएको थियो । मेसिन गोदाममा थन्किँदा कोरोना भाइरसको परीक्षणका लागि यहाँका नागरिक काठमाडौँ, […]
७ असोज, काठमाडौं । गत असार १८ गतेदेखि नेपाल एयरलाइन्सका कर्मचारी आन्दोलित छन् । आन्दोलनका कारण राष्ट्रिय ध्वजाबाहक कम्पनीको काम प्रभावित बन्नुका साथै चरम विकृति पनि शुरु भएको छ । कर्मचारीको आन्दोलनका कारण सञ्चालक समितिको बैठक बस्न सकेको छैन । जसले गर्दा चालु आर्थिक वर्ष २०७८/७९ को बजेट पारित हुन नसक्दा नेपाल एयरलाइन्समा १३ सयभन्दा […]
७ असोज, काठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा धर्ना दिइरहेका सर्लाहीका कार्यकर्ताहरुले बिहीबार नाराबाजी गरेका छन् । जिल्लाबाट पठाइएको क्रियाशील सदस्यको नामावली काटेर केन्द्रबाट थप गरिएको भन्दै उनीहरुले धर्ना दिइरहेका छन् । तर सर्लाहीका प्रदेश सांसद तथा मन्त्री वीरेन्द्र सिंहले आफूहरुमाथि दुर्व्यवहार गरेको भर्नामा बसेकाहरुले बताएका छन् । सर्लाहीका कार्यकर्ताको धर्नामा ऐक्यवद्धता जनाउन कांग्रेस […]
७ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालय खोल्ने निर्णय गरेको छ । महानगरपालिकाको शिक्षा शाखाको बैठकले आइतबारदेखि विद्यालय खोल्ने अनुमति दिने निर्णय गरेको शिक्षा शाखाका प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए । भौतिक रुपमा विद्यालय खोल्न व्यवस्थापन समितिको बैठक बसी अभिभावकको सहमति लिनुपर्ने र सोही अनुसार कार्ययोजना बनाई महानगरमा पेश गर्नुपर्नेछ । विद्यालयले बुझाएको कार्ययोजना […]
७ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले आज सात दिन अवधिको रिपो जारी गर्न लागेको हो । बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्छ । वाणिज्य बैंक, विकास बैंक र वित्तीय […]
७ असोज, काठमाडौं । न्युरोडमा रेडिमेड कपडाको होलसेल पसल चलाउने आकाश श्रेष्ठलाई यो वर्ष चीनबाट तयारी पोशाक नआएकामा कुनै चिन्ता छैन । फिमेल रेडिमेट गार्मेन्टको उनको होलसेलमा अहिले अघिल्लो वर्ष जस्तो चीन र थाइल्याण्डका कपडा छैनन् । कोरोनाका कारण चीनतर्फको नाकामा भएको अवरोध र कडा कोभिड प्रोटोकलका कारण चीन पुग्न मुश्किल भएपछि नेपाली उत्पादन नै […]
७ असोज, विराटनगर । छोरी बलात्कारको आरोप लागेका पुरुषलाई जिल्ला अदालत मोरङले पाँच लाख रुपैयाँ धरौटीमा छाडेको छ । न्यायाधीश तेजेन्द्रबहादुर खड्काको इजलासले १४ वर्षीया छोरी बलात्कारको आरोप लागेका बेलबारीका ५१ वर्षीय पुरुष धरौटीमा छाड्न आदेश दिएको हो । गत माघ २० गते राति बलात्कार भएको भन्दै भदौ ४ गते इलाका प्रहरी कार्यालय बेलबारीमा जाहेरी […]
७ असोज, चितवन । निरन्तरको लगावले हेल्थपोष्टलाई अस्पताल नै बनाउन सकिन्छ भन्ने उदाहरण चितवनको रत्ननगरस्थित बकुलहर रत्ननगर अस्पताल बनेको छ । दुई वर्षमा आमूल परिवर्तन गरेको उक्त अस्पतालबाट चार नगरपालिकाका बासिन्दा प्रत्यक्ष लाभान्वित भइरहेका छन् । दुई वर्ष अघिसम्म स्वास्थ्य बीमाका बिरामीको रिफरल सेन्टर बनेको यस अस्पतालको अधिकांश विभागमा अहिले विशेषज्ञ चिकित्सकसहितको टोली छ । […]
६ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारी हेरफेर भएको छ । अब उपाध्यक्षको संख्या ६ पुगेको छ भने राजेन्द्र राई सचिवमा थपिएका छन् । केन्द्रीय कमिटीमा नेताहरु राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथ साह र जयन्ती राई उपाध्यक्ष, वेदुराम भुसाल महासचिव, गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेललाई उपमहासचिव र केशलवलाल श्रेष्ठ, जगन्नाथ खतिवडा, नागेन्द्र […]
from समाचार – Online Khabar https://ift.tt/3hZtaOw
via IFTTT






















