Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

‘जलवायु परिवर्तनले खाद्य असुरक्षा र बहुआयामिक गरीबी बढ्ने जोखिम’

नेपालका ३३ प्रतिशतभन्दा बढी मानिस खाद्य असुरक्षाको अवस्थामा छन् । पाँच वर्षमुनिका ३६ प्रतिशत बालबालिकामा पुड्कोपनको समस्या देखिन्छ भने प्रजनन उमेरका ३५ प्रतिशत महिलामा रक्तअल्पता पाइन्छ । यी सबै समस्या जलवायु परिवर्तनसँग जोडिन्छन् ।

जलवायु परिवर्तनको मारमा किसान : विष नहाली तरकारी फल्दैन, रैथाने जातका बीउ मासिंदै

८ असोज, काठमाडौं । कृषिमा निर्भर नेपालको आर्थिक प्रणाली प्रभावित हुने गरी जलवायु परिवर्तनको असर देखिन थालेको छ । आँप, अम्बा र कटहर ढिलो पाक्न थालेका छन् भने रैथाने जातका बीउ अभाव हुँदा खाद्य सुरक्षामै प्रश्न उठ्न थालेको छ ।

मोरङमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

८ असोज, विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका १ शान्तिचोकमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । को १ ख ७५ ४८ नम्बरको बसले बिहीबार साँझ सवा ६ बजे ठक्कर दिंदा मोरङकै बेलबारी नगरपालिका ८ का ५१ वर्षीय देवेन्द्र पन्तको मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएक उनको उपचारको क्रममा विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु […]

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

८ असोज, काठमाडौं । विधान महाधिवेशनको तयारीका लागि नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने छ । केन्द्रीय समिति बैठकबाट विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने एजेण्डा रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । […]

क्याडिजसँग फेरि बराबरीमा रोकियो बार्सिलोना

८ असोज, काठमाडौं । स्पेनिस ला लिगाको उपाधि दावेदार बार्सिलोना क्याडिजसँग बराबरीमा रोकिएको छ । क्याडिजको घरेलु मैदानमा शुक्रबार बिहान भएको खेलमा बार्सिलोना गोलरहित बराबरीमा रोकिएको हो । बार्सिलोना ६५औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । फ्रान्की डि जोङ रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना दबाबमा परेको हो । तर क्याडिजले त्यसको फाइदा उठाउन भने […]

खेर जाला त २४ करोड डोज कोरोना खोप ?

८ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले विश्वका नेताहरुसँग आगामी वर्षको सेप्टेम्बरसम्म ७० प्रतिशत समग्र जनसंख्यालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पुर्‍याउन आग्रह गरेका छन् । यद्यपि शोधकर्ताहरुले भने अझै पनि धनी मुलुकले ठूलो मात्रामा कोरोना खोप थुपारिरहेको र यी खोपको म्याद छिटै नै सकिने अवस्थामा पुगेको बताएका छन् । यसै वर्ष इरान जाने […]

गुलपरी सोध्छिन्- बाबा कहिले आउनुहुन्छ ?

८ असोज, काठमाडौं । दशकौंदेखि जारी युद्ध र अशान्ति/उथलपुथलले अफगानी बालबालिकाहरू दीर्घकालीन मानसिक  समस्याको जोखिममा परेका छन् । गुलपरी पाँच वर्षकी हुन लागिन् । उनी अफगानिस्तानको सानो शहरमा बस्छिन् । कुनै-कुनै रात उनी आनन्दले सुत्न पाउँछिन् भने कुनै-कुनै रात त्यति आनन्दमय हुँदैनन् । अशान्त रातमा उनी रुँदै उठ्छिन् र सहजताका लागि आफ्ना साना हातले आमालाई […]

सानेपामा ‘दुई सिंह’को शक्ति प्रदर्शन

७ असोज, काठमाडौं । १४ औं महाधिवेशनको प्रक्रिया सुरु भएदेखि नै नेपाली कांग्रेसको कार्यालय, सानेपामा आन्दोलन र धर्ना कार्यक्रम टुटेको छैन । रौतहट निर्वाचन क्षेत्र नं.–१ का नेता कार्यकर्ता ६३ दिनदेखि अनसनमा छन् भने नेपाल दलित संघ निकट नेता कार्यकर्ताको धर्ना पनि जारी छ । मंगलबारदेखि रामेछाप सुनापति–२ को वडा अधिवेशन बदर गर्न माग गर्दै […]

मर्मतका नाममा वर्षमा ३० अर्ब कर, तर सडकमा धरापै-धराप

७ भदौ, काठमाडौं । मंगलबार राति काठमाडौंको कपनमा सडकको खुला ढलमा खसेर एक बालक बेपत्ता भए । बूढानीलकण्ठ नगरपालिका-१० र काठमाडौं महानगरपालिका-६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर बेपत्ता भएका बालक अझै भेटिएका छैनन् । २०७० सालयता मात्रै काठमाडौंमा ढल र खाल्डोको धरापमा १५ जनाले ज्यान गुमाएका छन् । सडकको ढल छोप्ने, सडकको […]

यस्तो बन्यो एकीकृत समाजवादीको पदाधिकारी टिम

७ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले १८ सदस्यीय पदाधिकारी बनाएको छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले महासचिवसँगै ७ उपाध्यक्ष, तीन उपमहासचिव र चार सचिवको टुंगो लगाएको हो । सात उपाध्यक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ साह र जयन्ती राई छन् । वेदुराम भुसाल महासचिव बन्दा प्रकाश […]

व्यापार घाटा बढ्यो, रेमिट्यान्स घट्यो

७ असोज, काठमाडौं । बढ्दो आयात र रेमिट्यान्समा आएको गिरावटका कारण मुलुकमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को साउन महिनाको तथ्यांकअनुसार मुलुकबाट बाहिरिने रकम थप बढेको छ भने भित्रने रकम घटेको छ । २०७७ साउनमा ५१ अर्ब ४६ करोड बचतमा रहेको […]

कांग्रेसमा फेरि महाधिवेशन सार्ने प्रयास, पुसमा गर्ने महामन्त्रीको प्रस्ताव

७ असोज, काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन पक्षले केन्द्रीय महाधिवेशन एक महिना पछाडि सार्ने प्रस्ताव गरेको छ । बिहीबार साँझ बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले मंसिर ७ देखि १३ गतेका लागि तोकिएको महाधिवेशन गर्न नभ्याउने बताएका हुन् । बैठक सुरु गरेर प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा हिँडिसकेका थिए । […]

एमाले दस्तावेजमा ओलीले स्थापित गर्न चाहेको तीन भाष्य

७ असोज, काठमाडौं । नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन असोज १५–१७ सम्म गोदावरीमा आयोजना हुँदैछ । उक्त विधान महाधिवेशनमा प्रस्तुत गर्ने गरी पार्टीले ६९ पृष्ठ लामो राजनीतिक प्रतिवेदनको मस्यौदा छलफलमा ल्याएको छ । दस्तावेज भनेको भाषिक लालित्य नभएर सिङ्गो पार्टी र देशलाई अगाडि बढाउने भिजनसहितको तत्कालीन र रणनीतिक दिशानिर्देश हो । भनिन्छ– गल्ती स्वीकार […]

महामारीमा थालेको व्यवसाय डुब्यो, ऋण तिर्न फेरि विदेश

७ असोज, पोखरा । मध्यदिनको चर्को घाम थाप्लोमाथि छ । असिनपसिन हुँदै उनी एक सहयोगीसँग धमाधम बाँसको टहरा भत्काइरहेका छन् । स्याङ्जा आँधीखोलाका विक्रम सुवेदीले पोखरा महानगरपालिका–४, मासबारमा च्याउ खेतीका लागि करिब ६ रोपनीमा बनाएको सबै टहरा सकेसम्म चाँडो भत्काइसकेर जग्गा छोड्नुछ । ‘हिजो (बुधबार) पानी परेर काम गर्नै पाइएन, आज यस्तो चर्को घाम लागिरहेको […]

असोज ११ देखि बसको अग्रिम टिकट बुकिङ खुल्ने

७ असोज, काठमाडौं । दशैंमा काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुका लागि असोज ११ गतेदेखि लामोदूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।  यातायात व्यवस्था विभागले बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भएको हो । यसअघि वर्षाका कारण सडकमा धेरै क्षति […]

कांग्रेसमा हिमाली जिल्लाको अधिवेशन दशैंअघि नै

७ असोज, काठमाडौं । नेपाली कांग्रेसमा हिमाली जिल्लाको अधिवेशन दशैंअघि नै गर्ने सहमति भएको छ । बिहीबार पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसहितका नेताहरुको बैठकले हिमाली जिल्लामा दशैंअघि नै जिल्ला अधिवेशन गर्ने सहमति गरेको हो । कांग्रेसले हिमाली जिल्लाको सूचीमा ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ,डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, गोरखासहित […]

राष्ट्रपतिबाट बजेट प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्यो

७ असोज, काठमाडौं । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ ।  बजेट प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्न बाटो खुलेको छ । बजेट पारित नहुँदा गत भदौ ३० गतेदेखि सरकारी कोषको रकम खर्च गर्न नमिल्ने भएको थियो । प्रतिनिधिसभा र राष्ट्रियसभामा नेकपा एमालेको नाराबाजीबीच विनियोजन विधेयक पारित भएपछि बिहीबार प्रमाणीकरणका […]

कुलमानको प्रस्ताव : कम मूल्यमा बिजुली दिनेसँग पहिले पीपीए गरौं

७ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब विद्युत् खरिद सम्झौता (पीपीए) प्रतिस्पर्धाकै आधारमा गर्नुपर्ने बताएका छन् । संसदको विधायन व्यवस्थापन समितिमा विद्युत् विधेयकमाथि संसदको विधायन व्यवस्थापन समितिमा जारी छलफलमा घिसिङले  भएको छलफलमा घिसिङले उपभोक्तालाई सस्तोमा बिजुली दिनसक्ने अवस्था बनाउनका लागि पनि पीपीए दरमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका हुन् । अहिले प्राधिकरणले […]

अमलेखगञ्जमा पानी पुर्‍याउँछु : मन्त्री शर्मा

७ असोज, वीरगञ्ज । प्रदेश २ को खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्माले बाराको अमलेखगञ्जबासीलाई जसरी भएपनि पिउने पानीको बन्दोबस्त गर्ने बताएका छन् । वीरगञ्जमा बिहीबार प्रदेश सांसदसँगको अन्र्तक्रियामा उनले पोखरिया जीतपुरबाट अमलेखगजमा पानी लैजाने बन्दोबस्त गर्ने बताए । ‘मोतिहारीबाट पेट्रोल ल्याउन सकिन्छ भने पोखरिया जीतपुरबाट अमलेखगञ्ज पानी पु¥याउन किन सकिदैन ?’ उनले भने […]

बालबालिकाको आहारमा सुधार देखिएन, कोरोनाले अझ बढी गम्भीर हुन सक्छ : युनिसेफ

७ असोज, काठमाडौं । पछिल्लो दशकमा बालबालिकाको आहारमा कुनै सुधार नदेखिएको युनिसेफले बताएको छ । युनिसेफले कोभिड-१९ का कारण बालबालिकाको स्थिति अझ बढी गम्भीर हुने सक्ने चेतावनी समेत दिएको छ । युनिसेफले बिहीबार एक प्रतिवेदन सार्वजनिक गर्दै दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई फस्टाउन र राम्रोसँग हुर्कनका लागि आवश्यक खाना वा पोषक तत्त्व प्राप्त नभएको र जसका कारण उनीहरूको विकासमा बाधा पुग्ने गरेको बताएको छ । ९१ देशहरूको विश्लेषण पछिको प्रतिवेदनअनुसार ६ देखि २३ महिनाका बालबालिकामध्ये आधालाई मात्र सिफारिस गरिएको अनुसार दैनिक न्यूनतम खाना खुवाइन्छ । त्यसैगरी एकतिहाइ बालबालिकाले मात्र उनीहरूलाई फस्टाउन आवश्यक पर्ने न्यूनतम खाना समूहहरूको उपभोग गर्दछन् । प्रतिवेदनअनुसार कोभिड-१९ ले अत्यावश्यक सेवामा बाधा […]

वैदेशिक रोजगारीमा जाने बढे, तर घट्यो रेमिट्यान्स

७ असोज, काठमाडौं । कोरोना महामारीका बेला पनि नघटेको रेमिट्यान्स चालु आर्थिक वर्षको पहिलो महिनामा नै घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा ७५ अर्ब ९६ करोड रुपैयाँ भित्रिएको छ । यो अघिल्लो आर्थिक वर्षको पहिलो महिनाको तुलनामा १८.१ प्रतिशतले थोरै हो । अघिल्लो वर्ष वैदेशिक रोजगारीमा जानेको […]



from समाचार – Online Khabar https://ift.tt/3kDtq7S
via IFTTT
Powered by Blogger.