समाचार
८ असोज, काठमाडौं । सशस्त्र प्रहरी बलका ११ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) काज सरुवा भएको छ। गृह मन्त्रालयले बिहीबार डिआइजी काज सरुवा निकालेको हो। सरुवा अनुसार मन्दीप श्रेष्ठ सशस्त्र प्रहरी बलको प्रमुख कार्यालय सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन् । उनी ३ नम्बर बाहिनजी मुख्यालय मकवानपुरमा कार्यारत थिए । यस्तै राजु अर्याल सशस्त्र […]
८ असोज, धनगढी । कैलाली प्रहरीले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागु गरेको छ । यी चाडपर्वका बेला हुनसक्ने सम्भावित घटना तथा दुर्घटनालाई ध्यानमा राखेर विशेष सुरक्षा योजना बनाउँदै जिल्लाभर लागु गरिएको कैलाली प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले दशैं, तिहार र छठ […]
८ असोज, पर्वत । पर्वतस्थित १० मेगावाट क्षमताको तल्लो मोदी–१ को उत्पादन विगत तीन सातादेखि ठप्प बनेको छ । गत भदौ १७ गते राति आएको बाढीले आयोजना क्षतविक्षत बनाएपछि उत्पादन ठप्प बनेको हो । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित यो आयोजना तत्काल मर्मत गर्न नसकिने गरी क्षतविक्षत बनाएकाले उत्पादन सञ्चालन हुन नसकेको आयोजनाले जनाएको छ […]
८ असोज, काठमाडौं । शंखमूलकी सुजाता बास्तोलाले एक वर्षअघि साथीलाई उपहार दिन भन्दै एक कस्मेटिक ब्राण्डको फाउन्डेसन खोजिरहेकी थिइन् । तर, बजारका पसल–पसल चहार्दा पनि पाउन नसकेको उक्त प्रोडक्ट उनले एक अनलाइन शपिङ साइटमा सजिलै भेट्टाइन् । ‘बजारमा जतिमा पाइन्छ भन्ने सुनेकी थिएँ, त्योभन्दा सस्तो रहेछ’ उनले भनिन्, ‘क्लिक गरेर अर्डर गरेको ८ घण्टामा त […]
८ असोज, विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका १ शान्तिचोकमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । को १ ख ७५ ४८ नम्बरको बसले बिहीबार साँझ सवा ६ बजे ठक्कर दिंदा मोरङकै बेलबारी नगरपालिका ८ का ५१ वर्षीय देवेन्द्र पन्तको मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएक उनको उपचारको क्रममा विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु […]
८ असोज, काठमाडौं । विधान महाधिवेशनको तयारीका लागि नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने छ । केन्द्रीय समिति बैठकबाट विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने एजेण्डा रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । […]
८ असोज, काठमाडौं । स्पेनिस ला लिगाको उपाधि दावेदार बार्सिलोना क्याडिजसँग बराबरीमा रोकिएको छ । क्याडिजको घरेलु मैदानमा शुक्रबार बिहान भएको खेलमा बार्सिलोना गोलरहित बराबरीमा रोकिएको हो । बार्सिलोना ६५औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । फ्रान्की डि जोङ रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना दबाबमा परेको हो । तर क्याडिजले त्यसको फाइदा उठाउन भने […]
८ असोज, काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको कार चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित नाग्दी खोलाबाट त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । ग.२ च ४९१८ नम्बरको कार गएराति साढे १२ बजेतिर अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल त्रिशूली नदीमा खस्दा चालक सहित तीनजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले […]
८ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले विश्वका नेताहरुसँग आगामी वर्षको सेप्टेम्बरसम्म ७० प्रतिशत समग्र जनसंख्यालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पुर्याउन आग्रह गरेका छन् । यद्यपि शोधकर्ताहरुले भने अझै पनि धनी मुलुकले ठूलो मात्रामा कोरोना खोप थुपारिरहेको र यी खोपको म्याद छिटै नै सकिने अवस्थामा पुगेको बताएका छन् । यसै वर्ष इरान जाने […]
८ असोज, काठमाडौं । दशकौंदेखि जारी युद्ध र अशान्ति/उथलपुथलले अफगानी बालबालिकाहरू दीर्घकालीन मानसिक समस्याको जोखिममा परेका छन् । गुलपरी पाँच वर्षकी हुन लागिन् । उनी अफगानिस्तानको सानो शहरमा बस्छिन् । कुनै-कुनै रात उनी आनन्दले सुत्न पाउँछिन् भने कुनै-कुनै रात त्यति आनन्दमय हुँदैनन् । अशान्त रातमा उनी रुँदै उठ्छिन् र सहजताका लागि आफ्ना साना हातले आमालाई […]
७ असोज, काठमाडौं । १४ औं महाधिवेशनको प्रक्रिया सुरु भएदेखि नै नेपाली कांग्रेसको कार्यालय, सानेपामा आन्दोलन र धर्ना कार्यक्रम टुटेको छैन । रौतहट निर्वाचन क्षेत्र नं.–१ का नेता कार्यकर्ता ६३ दिनदेखि अनसनमा छन् भने नेपाल दलित संघ निकट नेता कार्यकर्ताको धर्ना पनि जारी छ । मंगलबारदेखि रामेछाप सुनापति–२ को वडा अधिवेशन बदर गर्न माग गर्दै […]
७ भदौ, काठमाडौं । मंगलबार राति काठमाडौंको कपनमा सडकको खुला ढलमा खसेर एक बालक बेपत्ता भए । बूढानीलकण्ठ नगरपालिका-१० र काठमाडौं महानगरपालिका-६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर बेपत्ता भएका बालक अझै भेटिएका छैनन् । २०७० सालयता मात्रै काठमाडौंमा ढल र खाल्डोको धरापमा १५ जनाले ज्यान गुमाएका छन् । सडकको ढल छोप्ने, सडकको […]
७ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले १८ सदस्यीय पदाधिकारी बनाएको छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले महासचिवसँगै ७ उपाध्यक्ष, तीन उपमहासचिव र चार सचिवको टुंगो लगाएको हो । सात उपाध्यक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ साह र जयन्ती राई छन् । वेदुराम भुसाल महासचिव बन्दा प्रकाश […]
७ असोज, काठमाडौं । बढ्दो आयात र रेमिट्यान्समा आएको गिरावटका कारण मुलुकमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को साउन महिनाको तथ्यांकअनुसार मुलुकबाट बाहिरिने रकम थप बढेको छ भने भित्रने रकम घटेको छ । २०७७ साउनमा ५१ अर्ब ४६ करोड बचतमा रहेको […]
७ असोज, काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन पक्षले केन्द्रीय महाधिवेशन एक महिना पछाडि सार्ने प्रस्ताव गरेको छ । बिहीबार साँझ बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले मंसिर ७ देखि १३ गतेका लागि तोकिएको महाधिवेशन गर्न नभ्याउने बताएका हुन् । बैठक सुरु गरेर प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा हिँडिसकेका थिए । […]
७ असोज, काठमाडौं । नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन असोज १५–१७ सम्म गोदावरीमा आयोजना हुँदैछ । उक्त विधान महाधिवेशनमा प्रस्तुत गर्ने गरी पार्टीले ६९ पृष्ठ लामो राजनीतिक प्रतिवेदनको मस्यौदा छलफलमा ल्याएको छ । दस्तावेज भनेको भाषिक लालित्य नभएर सिङ्गो पार्टी र देशलाई अगाडि बढाउने भिजनसहितको तत्कालीन र रणनीतिक दिशानिर्देश हो । भनिन्छ– गल्ती स्वीकार […]
७ असोज, पोखरा । मध्यदिनको चर्को घाम थाप्लोमाथि छ । असिनपसिन हुँदै उनी एक सहयोगीसँग धमाधम बाँसको टहरा भत्काइरहेका छन् । स्याङ्जा आँधीखोलाका विक्रम सुवेदीले पोखरा महानगरपालिका–४, मासबारमा च्याउ खेतीका लागि करिब ६ रोपनीमा बनाएको सबै टहरा सकेसम्म चाँडो भत्काइसकेर जग्गा छोड्नुछ । ‘हिजो (बुधबार) पानी परेर काम गर्नै पाइएन, आज यस्तो चर्को घाम लागिरहेको […]
७ असोज, काठमाडौं । दशैंमा काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुका लागि असोज ११ गतेदेखि लामोदूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभागले बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भएको हो । यसअघि वर्षाका कारण सडकमा धेरै क्षति […]
७ असोज, काठमाडौं । नेपाली कांग्रेसमा हिमाली जिल्लाको अधिवेशन दशैंअघि नै गर्ने सहमति भएको छ । बिहीबार पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसहितका नेताहरुको बैठकले हिमाली जिल्लामा दशैंअघि नै जिल्ला अधिवेशन गर्ने सहमति गरेको हो । कांग्रेसले हिमाली जिल्लाको सूचीमा ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ,डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, गोरखासहित […]
७ असोज, काठमाडौं । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ । बजेट प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्न बाटो खुलेको छ । बजेट पारित नहुँदा गत भदौ ३० गतेदेखि सरकारी कोषको रकम खर्च गर्न नमिल्ने भएको थियो । प्रतिनिधिसभा र राष्ट्रियसभामा नेकपा एमालेको नाराबाजीबीच विनियोजन विधेयक पारित भएपछि बिहीबार प्रमाणीकरणका […]
७ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब विद्युत् खरिद सम्झौता (पीपीए) प्रतिस्पर्धाकै आधारमा गर्नुपर्ने बताएका छन् । संसदको विधायन व्यवस्थापन समितिमा विद्युत् विधेयकमाथि संसदको विधायन व्यवस्थापन समितिमा जारी छलफलमा घिसिङले भएको छलफलमा घिसिङले उपभोक्तालाई सस्तोमा बिजुली दिनसक्ने अवस्था बनाउनका लागि पनि पीपीए दरमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका हुन् । अहिले प्राधिकरणले […]
from समाचार – Online Khabar https://ift.tt/3ul51Hr
via IFTTT





















