समाचार
८ मंसिर, काठमाडौं । ट्राफिक प्रहरीले प्रायोजन विपरीत मोटरसाइकल चलाएको आरोपमा टुटल र पठाओका चालकलाई कारबाही थालेको छ । आइतबार बिहान पठाओका चालक विकास तामाङ कारबाहीमा परेका हुन् । महानगरीय ट्राफिक प्रहरी वृत्त, स्वयम्भुका प्रहरी जवान विजय मण्डलले बा ७७ प ८१९९ नम्बरको मोटरसाइकलबाट भाडामा यात्रु ओसारेको आरोपमा जरिवाना लिएको छ । जरिवानाको चिटमा प्रयोजनविपरीत […]
८ मंसिर, चितवन । भरतपुरस्थित चितवन मेडिकल कलेजको होस्टलभित्र पेस्तोल र गोली भेटिएको घटनाबारे निष्पक्ष छानबिन गरेर दोषीमाथि कारबाही गर्न कलेज प्रशासनले माग गरेको छ । घटनाका सम्वन्धमा आरोप प्रत्यारोप नगरी निष्पक्ष छानविनमा सहयोग गर्न कलेज प्रशासनले अपिल गरेको छ । शनिबार दिउँसो कलेजको छात्रावास नजिकको खेल मैदानमा नीलो झोलामा पेस्तोलसहितका सामग्री प्रहरीले भेटेको थियो […]
८ मंसिर, काठमाडौं । शनिबार एक जहाजले काठमाडौंको आकासमा धुवाँ फाल्दै उड्यो । कतिपयले यसलाई अनौठो मानेर हेरे भने केही सञ्चारमाध्यममा चर्चाको विषय पनि बन्यो । यो जहाजलाई भारतीय लडाकु बिमान वा जासुस बिमान हुन सक्ने अड्कल पनि कतिपयले गरेका छन् । तर, विज्ञहरुका अनुसार आकासमा कलात्मक देखिने गरी धुवाँ फाल्ने जहाजको विषय अर्कै हो […]
८ मंसिर, रौतहट । एक दशक अघिदेखी गैर कानूनी रुपमा सिमावर्ती भारतीय बजार बैरगनियादेखी रौतहट सदरमुकाम गौरसम्म सञ्चालनमा रहेका भारतीय नम्बर प्लेटको तीन पाँग्रे सवारी साधन टेम्पोलाई रोक लगाउन उच्च अदालतले आदेश जारी गरेको छ । भन्सार नियम अनुसार कुनै पनि यात्रुबाहक भाडा उठाउने सवारी साधन भन्सार अनुमति नलिएर एक देशबाट अर्को देशमा गुड्न पाउँदैन […]
८ मंसिर, गुल्मी । गुल्मीको सदरमुकाम तम्घास नजिकै निर्माण भएको ट्री–हाउसको उद्घाटन गरिएको छ । रेसुङ्गा नगरपालिका ७ को उनायचौरको सल्लाको रुखमा ट्री–हाउस निर्माण गरिएको ट्रीहाउसको प्रदेश ५ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले उद्घाटन गरे । गत भदौ ३ गतेखि सञ्चालनमा आएको ट्री–हाउसमा करिब २० हजारले अवलोकन गरिसकेका छन् । ४२ फिट […]
८ मंसिर, गुल्मी । गुल्मी चेम्बर अफ कमर्सको अध्यक्षमा युवराज न्यौपाने चयन भएका छन् । तम्घासमा सम्पन्न प्रथम अधिवेशनले न्यौपानेको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । बरिष्ठ उपाध्यक्षमा वीरेन्द्र भुसाल, उपाध्यक्षमा रेमलाल पाण्डेय र सुशीला पुन, महासचिवमा कृष्णप्रसाद भण्डारी, सचिवमा रामप्रसाद पन्थी, हरिलाल न्यौपाने र खड्गप्रसाद श्रेष्ठ, कोषाध्यक्ष दुर्गाचन्द्र बोहोरा, सहकोषाध्यक्ष रामुसुनार, […]
८ मंसिर, भैरहवा । लुम्बिनी प्रेस क्लबले यसैसाता आयोजना गरेको ‘न्युज फेस्टिबल’ मा सहभागी हुन राजधानीबाट आएका पाहुनाहरु एकाबिहानै मायादेवी मन्दिर अवलोकन गर्न गए । मन्दिर दर्शनपछि सोधखोज गर्दै पिसाव फेर्ने ठाउँमा पुग्दा पथप्रदर्शकले भने, मुख्यमन्त्री शंकर पोखरेलज्यूले उदघाटन गरेको ट्वाइलेट यही हो ! मुख्यमन्त्रीबाट यति सानो ट्वाइलेटको उदघाटन ? जवाफ आयो- ई-ट्वाइलेट हो नि […]
८ मंसिर, काठमाडौं । ललितपुर महानगरपालिकामा बन्ने साइकल लेनका लागि स्ट्याण्ड तयार भएको छ । ललितपुर महानगरपालिकाले कुपण्डोल–पुल्चोक–जावलाखेल–मंगलबजार साइकल लेन निर्माणका लागि ३ ठाउँमा साइकल स्ट्याण्ड तयार पारेको हो । महानगरका प्रवक्ता राजु महर्जनले पुल्चोकस्थित महानगरको कार्यालय परिसरसहित जाउलाखेल र मंगलबजारमा साइकल स्ट्याण्ड तयार भएको जानकारी दिए । प्रवक्ता महर्जनका अनुसार ती स्ट्याण्डमा ५० वटा […]
८ मंसिर, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सीमाका विषयमा सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघले आइतबार चितवनमा आयोजना गरेको सांसदसँग संवाद कार्यक्रममा उनले सरकार, विपक्षी, अन्य दल र आम नेपालीले सीमाका विषयमा एउटै आवाज बनाउनुपर्ने बताए । सार्वभौमसत्ता र जमीन दिने कुरामा नेपालीले […]
८ मंसिर, काठमाडौं । आफूसँग नगद भएर पनि त्यसकोे सही परिचालन गर्न नसक्दा धेरैले दुःख भोगेका छन् । घरजज्गामा लगानी गरौं ठूलो रकम छैन, सेयर बजारमा प्रवेश गरौं हालत खराब छ । बैंकको खातामा जम्मा गरेर राखौं, गतिलो ब्याज पाइदैन । त्यसैले साना लगानीकर्ताहरु अन्योलको अवस्थामा छन् । यदि तपाईं पनि आफूसँग भएको थोरै रकम केमा […]
८ मंसिर, विराटनगर । उद्योगी मोती दुगडलाई उद्योग, वाणिज्य तथा आपूर्ती राज्यमन्त्री बनेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा असन्तुष्टि देखिएको छ । नेकपालाई सहयोग गरेकै आधारमा राज्यमन्त्री बनेका दुगडमाथि श्रम र सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा असहयोग गरेको आरोप छ । राज्यमन्त्री दुगडले भने आफूलाई मन्त्री बन्न छोराले रोकेको तर श्रीमतीले साथ दिएको सुनाएका छन् । […]
८ मंसिर, काठमाडौं । ई-स्टिकरपछि वैदेशिक रोजगार विभागले १५ मंसिरबाट ई-टोकन र म्यासेजिङ सेवा सुरु गर्ने भएको छ । ई-टोकन अर्थात् विद्युतीय पालो प्रणालीबाट श्रम स्वीकृतिका लागि अनलाइन फाराम पेश गर्ने कामदारले आफ्नो पालो कहिले आउँछ भन्ने थाहा पाउनेछन् । विभागका महानिर्देशक भीष्मकुमार भुसालले कामदारले कुन कार्यालयबाट श्रम स्वीकृति लिने भनेर आफैंले रोज्नसमेत पाउने बताए […]
८ मंसिर, काठमाडौं । संकट व्यवस्थापनमा स्नातकोत्तर र विद्यावारिधीका लागि नेपालको इन्स्टिच्युट अफ क्राईसिस म्यानेजमेन्ट स्टडिज (आईसीएमएस) र जापानको एक विश्वविद्यालयले सहकार्य गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्र्तगत आईसीएमएस र जापानको कानागावा विश्वविद्यालय अन्र्तगत इन्स्टिच्युट अफ क्राईसिस म्यानेजमेण्ट स्टडिजबीच सम्झौता भएको हो । आईसीएमएसले काठमाडौंमा पत्रकार सम्मेलन गरी सम्झौताबारे जानकारी गराएको हो । समझदारी […]
८ मंसिर, वीरगञ्ज । आन्दोलनरत नेशनल मेडिकल कलेजका १८औं व्याचका विद्यार्थी, प्रशासन र कलेज व्यवस्थापन पक्षबीच शनिबार पहिलोपटक त्रिपक्षीय वार्ता भयो । विद्यार्थीलाई कुटपिट गर्नेहरुलाई गिरफ्तारी गर्ने कि छानविन समिति बनाउने भन्ने विषयमा कुरा नमिल्दा वार्ता निश्कर्षविहीन बन्यो । वार्तामा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई, नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारी र आन्दोलनरत […]
८ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय नक्साको विषयमा नेपाली कांग्रेस पार्टीका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तुच्छ स्वार्थका लागि अक्षम्य धारणा व्यक्त गरेको बताएका छन् । ‘भारतले नेपालको सीमा मिचेर बनाएको नक्साका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आरोपित गर्दै पूर्वप्रधानमन्त्री देउवाले बोलेको कुराको जति निन्दा र भत्र्सना गरे पनि […]
८ मंसिर, गुल्मी । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले काठमाडौंमा बस्ने गुल्मेलीलाई जिल्ला फर्किन आग्रह गरेका छन् । गुल्मी चेम्बर अफ कमर्शको प्रथम जिल्ला अधिवेशनलाई तम्घासमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले गुल्मी सुन्दर, शान्त, मनमोहक रहेकाले यहाँ बसेरै धेरै प्रगती गर्न सकिने बताए । आफू पहिलो पटक गुल्मी आएको बताउँदै श्रेष्ठले गुल्मी सोचेभन्दा सुन्दर […]
८ मंसिर, तनहुँ । तनहुँको भानु नगरपालिका वडा नं. २ मा स्थानीयले बनाएको खोरमा एक चितुवा परेको छ । मझुवाओख्ले सामुदायिक वन उपभोक्ता समितिले वनमा बनाएको खोरमा चितुवा परेको हो । स्थानीयले खोरमा बाख्रा राखेर पासो थापेका थिए । सो खोरमा वयस्क पोथी चितुवा परेको वडा अध्यक्ष अर्जुन खड्काले जानकारी दिएका छन् । यसअघि पनि […]
८ मंसिर, कास्की । पोखरामा एउटा चुनावी आमसभालाई सम्वोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भिर आरोप लगाए । प्रधानमन्त्री ओलीसँग सल्लाह गरेरै लिपुलेकलाई भारतले आफ्नो भूभागमा पारेर नयाँ नक्शा निकालेको देउवाको दावी थियो । देउवाको यस्तो भनाइले ल्याएको तरंगका बीच सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले उनलाई […]
८ मंसिर, काठमाडौं । सवारी साधनको ठक्करबाट काठमाडौंको नयाँबानेश्वरमा एक जनाको मृत्यु भएको छ । संसद भवनको दक्षिण गेट अगाडि सिभिल अस्पतालमा कार्यरत् चिकित्सक प्रभु जोशीको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाइते भएका जोशीलाई नजिकै रहेको उनी कार्यरत् अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषित गरेका थिए । ठक्कर दिने सवारी साधानको पहिचान भएको छैन […]
८ मंसिर, काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र नागरिक लघुवित्त वित्तीय संस्थालाई एक आपसमा गाभिन नेपाल राष्ट्र बेंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । अधिकांश प्रक्रियाहरु सकिएको जानकारी पाए पछि यि दुई संस्थाहरुलाई गाभिन राष्ट्र बैंकले शुक्रबार अन्तिम स्वीकृति प्रदान गरेको हो । २०७५ फागुन अन्तिम साता वोमी र नागरिकले मर्जरमा जान सहमति गरेका […]
८ मंसिर, काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी तीन दिनसम्म बदली, वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशैभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको हो । महाशाखाले […]
from समाचार – Online Khabar https://ift.tt/34gGaXk
via IFTTT






















