Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

विमानस्थलमा तोडफोड गर्ने सांसदको गुनासो : यो देशमा माननीयको भ्यालू छैन

८ मंसिर, काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा नेपालका सांसद प्रमोद साहले आफूलाई जनकपुर विमानस्थलमा बुद्व एयरका कर्मचारीहरुले सांसदको जस्तो व्यवहार नगरेको गुनासो गरेका छन् । आइतबार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसद शाहले विमानस्थल सुधार गर्नुपर्छ भनेर पटक–पटक कुरा उठाएको र सरकारको ध्यानाकर्षण गराउने आफू नै अपमानजनक व्यवहार […]

कर्णालीका मुख्यमन्त्रीले लिए नेकपा जिल्ला नेतृत्वको सुझाव

८ मंसिर, सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेकपा कर्णाली प्रदेशको जिल्ला नेतृत्वबाट सुझाव लिएका छन् । सबै जिल्लाका इञ्चार्ज, सह-इञ्चार्ज, अध्यक्ष र सचिवबाट सुझाव संकलन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिबार र आइतबार २ दिनसम्म अन्तरक्रिया गरी सरकार सञ्चालन सम्बन्धी सुझाव संकलन गरिएको हो । अन्तरक्रियामा सरकार र पार्टीका […]

दिगो विकास लक्ष्य प्राप्तिको प्रगति हेर्न सिंहदरबारमा स्रोत केन्द्र

८ मंसिर, काठमाडौं । दिगो विकासको लक्ष्य प्राप्तिको प्रगति हेर्न सिंहदरबारमा स्रोत केन्द्र स्थापना गरिएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युनडिपी)को सहयोगमा राष्ट्रिय्सभाको दिगो विकास तथा सुशासन समितिले आफ्नै कार्यकक्षमा दिगो विकास स्रोत केन्द्र (एसडीजी रिर्सोस कर्नर) को स्थापना गरेको हो । आइतबार एक कार्यक्रमका बीच राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले उक्त कर्नरको […]

बर्दियाबाट विप्लप समूहका दुई जना कार्यकर्ता पक्राउ

८ मंसीर, बर्दिया । प्रहरीले बर्दियाबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कालीकोट जिल्ला खाडाचक्रमणि नगरपालिका–२ स्थायी घर भई बर्दियाको बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीका २८ वर्षीय रमेश विक र सोही ठाउँ बस्ने २७ वर्षीय सन्जु चौधरी रहेका छन् । विशेष सुराकीको आधारमा उनीहरुलाई शनिबार राति पक्राउ गरेको बर्दिया […]

उपसचिव र डीएसपीसहित यातायातका ३८ कर्मचारीविरुद्ध मुद्दा दायर

८ मंसिर, काठमाडौं । यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट फेल भएका व्यक्तिलाई पास बनाएको आरोपमा तत्कालीन प्रमुख उपसचिव आनन्द केशरी पोखरेलसहित ३८ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले पोखरेलसहित प्रहरी निरीक्षक मुरारी मिश्र, तत्कालीन प्रहरी निरीक्षक हाल नायब उपरीक्षक नवराज थापा, शाखा अधिकृत राममणि पोखरेल, ईश्वरराज रेग्मी, शम्भुप्रसाद थपलिया, तत्कालीन शाखा […]

चितवनमा औषधि उद्योग खोल्ने प्रतिस्पर्धा

८ मंसिर, चितवन । मेडिकल सिटीको उपमा पाएको चितवनमा औषधि उद्योगहरू खुल्ने क्रम बढ्न थालेको छ । देशको मध्यभाग, औषधिको बजार, भन्सार नाकाहरु नजिक, समथर भूभाग र पानीको सहज पहुँच भएकाले जिल्लामा औषधि उत्पादन गर्ने उद्योग खोल्ने प्रतिस्पर्धा नै चलेको छ । चितवन र गैंडाकोटमा गरी झण्डै एकदर्जन औषधि उद्योग छन् । केही उद्योगहरु सञ्चालनमा […]

बैंक अफ काठमाण्डूका पूर्वसीईओ श्रेष्ठलाई १ करोड धरौटीमा छाड्न आदेश

८ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र पूर्वकर्मचारी किरणकुमार बोहरालाई १÷१ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले थुनामा पठाउने आदेश दिएपछि त्यसविरुद्ध उनीहरु सर्वोच्च गएका थिए । आइतबार सर्वोच्चमा न्यायाधीशहरु सपना मल्ल प्रधान र कुमार रेग्मीको संयुक्त […]

२५ हजार घुससहित लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल पक्राउ

८ मंसिर, बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल रत्नेश्वर तिवारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले तिवारीलाई २५ हजार घुससहित कार्यकक्षबाटै पक्राउ परेको हो । विश्वविद्यालयका लागि आवश्यक सामग्री खरिद गर्ने क्रममा घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए । विश्वविद्यालयका उपकुलपति, रजिष्टारसहितका पदाधिकारी कार्यालय […]

कालोबजारी अनुगमन गर्न संसदीय उपसमिति गठन

८ मंसिर, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बजार अनुगमन गर्न उपसमिति गठन गरेको छ । समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले कालोबजारी बढेको निश्कर्ष निकाल्दै बजार अनुगमन गर्ने निर्णय गरेको हो । उपभोक्ताहरुले दैनिक प्रयोग गर्ने खाद्य वस्तुहरुको मूल्य अत्याधिक बढेकाले बजार अनुगमन गर्न समिति सदस्य नरबहादुर धामीको […]

भारतीय हस्तक्षेपविरुद्ध विप्लव निकट विद्यार्थीको बुटवलमा प्रदर्शन

८ मंसिर, बुटवल । भारतले जारी गरेको नयाँ नक्साको विरोधमा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट अनेरास्ववियु क्रान्तिकारीले बुटवलमा आइतबार वृहत प्रदर्शन गरेको छ । प्रहरीको अवरोधको बावजुद बुटवलका आधा दर्जन ठूला क्याम्पसका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । प्रहरीले रोक्न खोजेपनि ठूलो संख्यामा रहेका विद्यार्थीले प्रहरीको अवरोधलाई छिचोल्दै विरोध प्रदर्शन गरे । विद्यार्थीले ‘लिम्पियाधुरा, कालापानी […]

होस्टेलमा पेस्तोल राखेर विद्यार्थीलाई फसाउन खोजेको भन्दै प्रदर्शन

८ मंसिर, चितवन । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज(सीएमसी) को होस्टलमा पेस्तोल र गोली भेटिएको घटनालाई लिएर विद्यार्थी र अभिभावकले आइतबार प्रदर्शन गरेका छन् । कलेज प्रशासन र प्रहरीले आफै होस्टलमा पेस्तोल राखी विद्यर्थीलाई फसाउन खोजेको भन्दै अभिभावकसहित विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । वीरेन्द्र क्याम्पस गेटबाट सुरु भएको प्रदर्शन लाइन्स चोक, शहीद चोक हुँदै पुन: […]

उपचुनावमा एकअर्कालाई सघाउँदै राप्रपा र राप्रपा संयुक्त

८ मंसिर, काठमाडौं । मंसिर १४ मा हुने उपचुनावमा राप्रपा र राप्रपा संयुक्तले आफ्नो उम्मेदवार नभएको ठाउँमा एकअर्कालाई समर्थन गर्ने भएका छन् । प्रतिनिधिसभा सदस्यका लागि कास्की २ र प्रदेशसभा सदस्यका लागि भक्तपुर २ क, दाङ ३ ख र बाग्लुङ २ खका साथै केही स्थानीय तहमा पनि चुनाव हुँदैछ । भक्तपुर २ मा राप्रपा संयुक्तको […]

सत्य निरुपण र बेपत्ता छानबिन आयोगको पदाधिकारी सिफारिस भएन

८ मंसिर, काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको पदाधिकारी सिफारिस गर्न बसेको समितिले आइतबार कुनै निर्णय गर्न सकेन । पदाधिकारीका लागि आवेदन दिएका, सिफारिस भएका र समिति आफैंले थपेका नामहरुमा उजुरी आह्वान गरेपछि सिफारिस समितिको पहिलो बैठक बसेको थियो । सिफारिस समितिकी सदस्य एवं प्रवक्ता शर्मिला कार्कीकाअनुसार समितिमा जम्मा […]

प्रदेश १ मा पर्यटन प्रवर्द्धनका लागि ‘यात्रा पूर्व’को शुभारम्भ 

८ मंसिर, विराटनगर । प्रदेश १ का मुख्य पर्यटकीय गन्तव्यस्थलको प्रचारप्रसार तथा प्रवर्द्धनका लागि ‘यात्रा पूर्व’को शुभारम्भ भएको छ । प्रदेश १ सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ’इमाजिन नेपाल’को सहकार्यमा सुरु भएको एक हप्ते यात्रामा बैंकरदेखि पूर्वमिस एसियासहित विभिन्न क्षेत्रका ७० जना व्यक्तित्वको यात्रामा सहभागी रहेको छ । यात्रा पूर्वकोमा सहभागी भएका अतिथिलाई […]

गाउँमै आँखाको निशुल्क शल्यक्रिया : गुमेको आँखाको दृष्टि फेरि पाउँदा वृद्ध-वृद्धामा खुसी

८ मंसिर, रामेछाप । सुतापती गाउँपालिका–३ हिलेदेवीकी वादी तामाङको एक वर्षदेखि दुवै आँखा बन्द भएका थिए । लट्ठीको भरमा छामछाम छुमछुम गरेर हिँड्नु पर्ने उनको बाध्यता थियो । ‘आँखा नदेखेपछि के गर्नु, कति खेर भिरबाट खसिएला भन्ने  डर, पानी खाँदा पनि फोहोर खाइला भन्ने त्रास, शरीरको सबै भन्दा ठूलो अंग भनेकै आँखा रहेछ’, उनले आफ्नो […]

नेपाल एयरलाइन्सका सबै जहाजमा भ्रमण वर्षको लोगो

८ मंसिर, काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना सबै जहाज र अन्य सवारीसाधनमा नेपाल भ्रमण वर्षको लोगो राख्ने भएको छ । निगम कार्यकारी समितिको वैठकले उक्त निर्णय गरेको सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए । वैठकले नेपाल सरकारद्वारा घोषित नेपाल भ्रमण वर्षलाई सफल बनाउन रणनीतिक कार्ययोजनालाई थप परिष्कृत एवम् परिणाममुखी बनाउने निर्णय गरेको उनले बताए । […]

जुम्ली घोडा बिक्री भएनन्   

८ मंसिर, दार्चुला । एक महिना लगाएर बाजुरा र जुम्लाबाट दार्चुलाको जौलजीवी मेलामा ल्याइएका जुम्ली घोडाको व्यापार ह्वात्तै घटेको छ । घोडा व्यापारका लागि प्रसिद्ध मानिएको जौलजीवी मेलामा यो वर्ष घोडा खरिद गर्न व्यापारी नै नआएपछि जुम्ली घोडाको व्यापार घटेको हो । बूढीनन्दा नगरपालिका–३ बाजुराका कर्ण बिटोलाका अनुसार विगतमा सयौँ घोडाको व्यापार हुँदै आएको जौलजीवी […]

सागमा महिला फुटबल : भारतसँग बदला लिने मौका !

८ मंसिर पोखरा । पछिल्ला वर्षहरुमा नेपाली महिला फुटबलले आशावादी बनाएको छ । प्रतियोगिताहरुको संख्या मात्र बढेको छैन, प्रदर्शन पनि सुधारिएको छ । त्यसकै प्रमाण हो, हिरो कप महिला फुटबलमा भारतलाई पन्छाउँदै फाइनलसम्मको यात्रा । नेपाली फुटबलरहरुले अन्तराष्ट्रिय लिगमा पनि अवसर पाउन थालेका छन् । स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ र अनिता बस्नेतले भारतको हिरो लिग […]

मेडिकल कलेजलाई अनेरास्ववियुको आग्रह : सरकारको निर्देशन समयमै पालना गर

८ मंसिर, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले सरकारले दोस्रो पटक दिएको निर्धारित समयभित्र शुल्क समायोजन गरी कार्यान्वयन गर्न मेडिकल कलेजहरुसँग आग्रह गरेको छ । अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले संयुक्त रुपमा आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा सरकारले दोस्रो पटक दिएको १५ दिनको समयभित्र सहमतिको कार्यान्वयन नगरिए मेडिकल कलेजहरुको […]

पाटे बाघको छालासहित धादिङमा ६ जना पक्राउ

८ मंसिर, काठमाडौं । जिल्ला प्रहरी कार्यालय धादिङले पाटे बाघको छालासहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गजुरी-३ का ३८ वर्षीय भाइराम प्रजा, २१ वर्षीय ज्ञानबहादुर बि.क., ३४ वर्षीय राजेन्द्र तामाङ, वडानम्बर ४ का २५ वर्षीय आशिष तामाङ, बेनिघाट रोराङ गाउँपालिका-२ का ५७ वर्षीय सन्त तामाङ र वडानम्बर ३ का २१ वर्षीय राजकुमार […]

बसरुद्धिनलाई पक्राउको माग गर्दै अनेरास्ववियूको प्रदर्शन

८ मंसिर, वीरगञ्ज । नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धिन अन्सारीलाई पक्राउ गर्न माग गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले वीरगञ्जमा प्रदर्शन गरेको छ । मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि अन्सारीकै संलग्नतामा कुटपिट भएको भन्दै अनेरास्ववियूले उनलाई पक्राउको माग गरेको हो । गत शुक्रबार प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि […]



from समाचार – Online Khabar https://ift.tt/2qFnZfj
via IFTTT
Powered by Blogger.