Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

समाजवादीसँग तत्काल एकताको सम्भावना छैन : महतो   

८ मंसिर, लहान ।  राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टीसँग तत्काल पार्टी एकता हुने सम्भावना नरहेको बताएका छन् । पार्टीको कार्यक्रमका लागि सिरहा आइपुगेका संयोजक महतोले आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै समाजवादी पार्टी सरकारबाट नबाहिरिएकाले तत्काल एकताको सम्भावना नरहेको बताए । लोकतान्त्रिक वैकल्पिक शक्ति निर्माणका लागि अहिले पनि समाजवादीलगायतका […]

नाला बनाउन खटाइएका तीन बालकको उद्धार

८ मंसिर, वीरगञ्ज । सडकको नाला बनाउने काममा खटाइएका तीन बालकको वीरगञ्जमा उद्धार गरिएको छ । वीरगञ्ज महानगरपालिका २४ रामगढवामा नाला बनाउने काममा खटाइएका तीन जना बालकको नगर प्रमुख विजय कुमार सरावगीसहितको टोलीले उद्धार गरेको हो । भारतको बिहार राज्य अन्तर्गत गंगापुर भेलाही घर भएका १४, १५ र १६ बर्षका बालकलाई ठेकेदारले सडक  बनाउने काममा […]

कर्मचारी साक्षी राखेर लेखराज भट्टलाई मातृका यादवको ब्रिफिङ

८ कात्तिक, काठमाडौं । निवर्तमान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले आफूलाई पदस्थापन गरेर मन्त्रालय सम्हालेका नवनियुक्त मन्त्री लेखराज भट्टलाई भेटेर बधाई एवं शुभकामना दिएका छन् । मन्त्री भट्टलाई भेट्न निवर्तमान मन्त्री यादव आइतबार मन्त्रालय पुगेका थिए । एउटै राजनीतिक लक्ष्य लिएर हिँडेको व्यक्तिको उदेश्य समान हुने भन्दै यादवले मन्त्री परिवर्तन भाई गएर दाई […]

स‌ंघीयताको अनुभूति गर्न अझै तीन वर्ष लाग्छ : मुख्यमन्त्री पौडेल

८ मंसिर, काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीयताको अनुभूति गर्न अझै दुई तीन वर्ष लाग्ने बताएका छन् । जिल्ला समन्वय समिति महासंघ अन्तर्गत प्रदेश ३ को भेलालाई आइतबार चितवनमा सम्वोधन गर्दै मुख्यमन्त्री पौडेलले संक्रमणकाल नसकिदासम्म संघीयताको अनुभूति गर्न नसकिने बताएका हुन् । त्यसका लागि अझै दुई तीन वर्ष लाग्ने उनको भनाइ छ […]

प्रधानमन्त्रीलाई बाबुरामको प्रश्न – बाहिर राष्ट्रवादको डंका पिट्ने, भित्रभित्रै लत्रिने ?

८ मंसिर, पोखरा । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कालापानी क्षेत्रको अतिक्रमण हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक पहल नगरेको आरोप लगाएका छन् । बाहिर राष्ट्रवादको नारा लगाएका शासकहरु आन्तरिक रुपमा सत्ताको डरमा लत्त्रिने गरेको उनको दाबी छ । कास्की २ का समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङको चुनावी सभामा भट्टराईले प्रधानमन्त्री ओली […]

जुम्लामा आगलागी हुँदा तीन तले घरमा क्षति

८ मंसिर, काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका–२ कालेखोलीस्थित एक घरमा आइतबार आगलागी हुँदा एक घर जलेर पूर्ण रुपमा क्षति भएको छ । आगलागीबाट विष्णु भण्डारीको तीन तले घर जलेर पूर्ण रुपमा क्षति भएको जुम्लाका प्रहरी निरीक्षक नविन वलीले अनलाइनखबरलाई जानकारी दिइन् । तीन तलाको घरमा रहेका १४ वटा कोठा मध्ये भण्डारीले एउटा कोठा आफैले प्रयोग […]

नालापानीमा बलभद्रको सम्झना

८ मङ्सिर, देहरादून (भारत) । शहीद बलभद्र कुँवरको सम्झनामा आज  नालापानीमा विशेष कार्यक्रम गरिएको छ । अङ्ग्रेज सेनाका विरुद्ध उनको नेतृत्वमा गरिएको युद्धको सम्झनामा यहाँ रहेका नेपालीले नालापानी किल्लामा पदयात्रा गर्नुका साथै मेला आयोजना गरेका छन् । नेपालीले अङ्ग्रेजविरुद्ध युद्ध लडेको सम्झनामा हरेक वर्ष पर्वका रूपमा नै कार्यक्रम गरेर बलभद्रको सम्झना गरे पनि नेपालमा कुनै […]

विमानस्थलमा तोडफोड गर्ने सांसदको गुनासो : यो देशमा माननीयको भ्यालू छैन

८ मंसिर, काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा नेपालका सांसद प्रमोद साहले आफूलाई जनकपुर विमानस्थलमा बुद्व एयरका कर्मचारीहरुले सांसदको जस्तो व्यवहार नगरेको गुनासो गरेका छन् । आइतबार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसद शाहले विमानस्थल सुधार गर्नुपर्छ भनेर पटक–पटक कुरा उठाएको र सरकारको ध्यानाकर्षण गराउने आफू नै अपमानजनक व्यवहार […]

कर्णालीका मुख्यमन्त्रीले लिए नेकपा जिल्ला नेतृत्वको सुझाव

८ मंसिर, सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेकपा कर्णाली प्रदेशको जिल्ला नेतृत्वबाट सुझाव लिएका छन् । सबै जिल्लाका इञ्चार्ज, सह-इञ्चार्ज, अध्यक्ष र सचिवबाट सुझाव संकलन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिबार र आइतबार २ दिनसम्म अन्तरक्रिया गरी सरकार सञ्चालन सम्बन्धी सुझाव संकलन गरिएको हो । अन्तरक्रियामा सरकार र पार्टीका […]

दिगो विकास लक्ष्य प्राप्तिको प्रगति हेर्न सिंहदरबारमा स्रोत केन्द्र

८ मंसिर, काठमाडौं । दिगो विकासको लक्ष्य प्राप्तिको प्रगति हेर्न सिंहदरबारमा स्रोत केन्द्र स्थापना गरिएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युनडिपी)को सहयोगमा राष्ट्रिय्सभाको दिगो विकास तथा सुशासन समितिले आफ्नै कार्यकक्षमा दिगो विकास स्रोत केन्द्र (एसडीजी रिर्सोस कर्नर) को स्थापना गरेको हो । आइतबार एक कार्यक्रमका बीच राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले उक्त कर्नरको […]

बर्दियाबाट विप्लव समूहका दुई जना कार्यकर्ता पक्राउ

८ मंसीर, बर्दिया । प्रहरीले बर्दियाबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कालीकोट जिल्ला खाडाचक्रमणि नगरपालिका–२ स्थायी घर भई बर्दियाको बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीका २८ वर्षीय रमेश विक र सोही ठाउँ बस्ने २७ वर्षीय सन्जु चौधरी रहेका छन् । विशेष सुराकीको आधारमा उनीहरुलाई शनिबार राति पक्राउ गरेको बर्दिया […]

उपसचिव र डीएसपीसहित यातायातका ३८ कर्मचारीविरुद्ध मुद्दा दायर

८ मंसिर, काठमाडौं । यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट फेल भएका व्यक्तिलाई पास बनाएको आरोपमा तत्कालीन प्रमुख उपसचिव आनन्द केशरी पोखरेलसहित ३८ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले पोखरेलसहित प्रहरी निरीक्षक मुरारी मिश्र, तत्कालीन प्रहरी निरीक्षक हाल नायब उपरीक्षक नवराज थापा, शाखा अधिकृत राममणि पोखरेल, ईश्वरराज रेग्मी, शम्भुप्रसाद थपलिया, तत्कालीन शाखा […]

चितवनमा औषधि उद्योग खोल्ने प्रतिस्पर्धा

८ मंसिर, चितवन । मेडिकल सिटीको उपमा पाएको चितवनमा औषधि उद्योगहरू खुल्ने क्रम बढ्न थालेको छ । देशको मध्यभाग, औषधिको बजार, भन्सार नाकाहरु नजिक, समथर भूभाग र पानीको सहज पहुँच भएकाले जिल्लामा औषधि उत्पादन गर्ने उद्योग खोल्ने प्रतिस्पर्धा नै चलेको छ । चितवन र गैंडाकोटमा गरी झण्डै एकदर्जन औषधि उद्योग छन् । केही उद्योगहरु सञ्चालनमा […]

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ग्राण्डी अस्पतालमा

८ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा आइतबार पुनः ग्राण्डी अस्पताल पुगेका छन् । परीक्षणपछि आजै निवास फर्किने योजना रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । पछिल्लो समय प्रधानमन्त्रीको मिर्गौलाको नियमित डायलसिस ग्राण्डी अस्पतालमा भइरहेको छ । डायलसिस प्रक्रिया बाहेक अन्य विकल्पको बारेमा समेत प्रधानमन्त्रीका चिकित्सकहरुले छलफल गरिरहेका छन् […]

बैंक अफ काठमाण्डूका पूर्वसीईओ श्रेष्ठलाई १ करोड धरौटीमा छाड्न आदेश

८ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र पूर्वकर्मचारी किरणकुमार बोहरालाई १÷१ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले थुनामा पठाउने आदेश दिएपछि त्यसविरुद्ध उनीहरु सर्वोच्च गएका थिए । आइतबार सर्वोच्चमा न्यायाधीशहरु सपना मल्ल प्रधान र कुमार रेग्मीको संयुक्त […]

२५ हजार घुससहित लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल पक्राउ

८ मंसिर, बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल रत्नेश्वर तिवारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले तिवारीलाई २५ हजार घुससहित कार्यकक्षबाटै पक्राउ परेको हो । विश्वविद्यालयका लागि आवश्यक सामग्री खरिद गर्ने क्रममा घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए । विश्वविद्यालयका उपकुलपति, रजिष्टारसहितका पदाधिकारी कार्यालय […]

कालोबजारी अनुगमन गर्न संसदीय उपसमिति गठन

८ मंसिर, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बजार अनुगमन गर्न उपसमिति गठन गरेको छ । समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले कालोबजारी बढेको निश्कर्ष निकाल्दै बजार अनुगमन गर्ने निर्णय गरेको हो । उपभोक्ताहरुले दैनिक प्रयोग गर्ने खाद्य वस्तुहरुको मूल्य अत्याधिक बढेकाले बजार अनुगमन गर्न समिति सदस्य नरबहादुर धामीको […]

भारतीय हस्तक्षेपविरुद्ध विप्लव निकट विद्यार्थीको बुटवलमा प्रदर्शन

८ मंसिर, बुटवल । भारतले जारी गरेको नयाँ नक्साको विरोधमा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट अनेरास्ववियु क्रान्तिकारीले बुटवलमा आइतबार वृहत प्रदर्शन गरेको छ । प्रहरीको अवरोधको बावजुद बुटवलका आधा दर्जन ठूला क्याम्पसका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । प्रहरीले रोक्न खोजेपनि ठूलो संख्यामा रहेका विद्यार्थीले प्रहरीको अवरोधलाई छिचोल्दै विरोध प्रदर्शन गरे । विद्यार्थीले ‘लिम्पियाधुरा, कालापानी […]

होस्टेलमा पेस्तोल राखेर विद्यार्थीलाई फसाउन खोजेको भन्दै प्रदर्शन

८ मंसिर, चितवन । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज(सीएमसी) को होस्टलमा पेस्तोल र गोली भेटिएको घटनालाई लिएर विद्यार्थी र अभिभावकले आइतबार प्रदर्शन गरेका छन् । कलेज प्रशासन र प्रहरीले आफै होस्टलमा पेस्तोल राखी विद्यर्थीलाई फसाउन खोजेको भन्दै अभिभावकसहित विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । वीरेन्द्र क्याम्पस गेटबाट सुरु भएको प्रदर्शन लाइन्स चोक, शहीद चोक हुँदै पुन: […]

उपचुनावमा एकअर्कालाई सघाउँदै राप्रपा र राप्रपा संयुक्त

८ मंसिर, काठमाडौं । मंसिर १४ मा हुने उपचुनावमा राप्रपा र राप्रपा संयुक्तले आफ्नो उम्मेदवार नभएको ठाउँमा एकअर्कालाई समर्थन गर्ने भएका छन् । प्रतिनिधिसभा सदस्यका लागि कास्की २ र प्रदेशसभा सदस्यका लागि भक्तपुर २ क, दाङ ३ ख र बाग्लुङ २ खका साथै केही स्थानीय तहमा पनि चुनाव हुँदैछ । भक्तपुर २ मा राप्रपा संयुक्तको […]

सत्य निरुपण र बेपत्ता छानबिन आयोगको पदाधिकारी सिफारिस भएन

८ मंसिर, काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको पदाधिकारी सिफारिस गर्न बसेको समितिले आइतबार कुनै निर्णय गर्न सकेन । पदाधिकारीका लागि आवेदन दिएका, सिफारिस भएका र समिति आफैंले थपेका नामहरुमा उजुरी आह्वान गरेपछि सिफारिस समितिको पहिलो बैठक बसेको थियो । सिफारिस समितिकी सदस्य एवं प्रवक्ता शर्मिला कार्कीकाअनुसार समितिमा जम्मा […]



from समाचार – Online Khabar https://ift.tt/35ww7O1
via IFTTT
Powered by Blogger.