समाचार
८ मंसिर, कास्की । पोखरामा एउटा चुनावी आमसभालाई सम्वोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भिर आरोप लगाए । प्रधानमन्त्री ओलीसँग सल्लाह गरेरै लिपुलेकलाई भारतले आफ्नो भूभागमा पारेर नयाँ नक्शा निकालेको देउवाको दावी थियो । देउवाको यस्तो भनाइले ल्याएको तरंगका बीच सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले उनलाई […]
८ मंसिर, काठमाडौं । सवारी साधनको ठक्करबाट काठमाडौंको नयाँबानेश्वरमा एक जनाको मृत्यु भएको छ । संसद भवनको दक्षिण गेट अगाडि सवारी साधनको ठक्करबाट अन्दाजी ५०-५५ वर्षका पुरुषको मृत्यु भएको बानेश्वर प्रहरीले जनाएको छ । मृतकको नाम ठेगाना खुलेको छैन । ठक्कर दिने सवारी साधनको पनि पहिचान भएको छैन । मृतकको टाउकोमा गम्भीर चोट देखिएको बानेश्वर […]
८ मंसिर, काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र नागरिक लघुवित्त वित्तीय संस्थालाई एक आपसमा गाभिन नेपाल राष्ट्र बेंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । अधिकांश प्रक्रियाहरु सकिएको जानकारी पाए पछि यि दुई संस्थाहरुलाई गाभिन राष्ट्र बैंकले शुक्रबार अन्तिम स्वीकृति प्रदान गरेको हो । २०७५ फागुन अन्तिम साता वोमी र नागरिकले मर्जरमा जान सहमति गरेका […]
८ मंसिर, काठमाडौं । रियल मड्रिडले स्पानिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ । गएराति भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई ३-१ ले पराजित गरेको हो । खेलको दोस्रो मिनेटमा गोल खाँदै पछि परेको रियलले त्यसपछि पुनरागमन गर्दै ३ गोल गरेको हो । जितपछि रियलले १३ खेलबाट बार्सिलोना समान २८ अंक जोडेको […]
८ मंसिर, काठमाडौं । प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा म्यानचेष्टर सिटीले चेल्सीविरुद्ध जित हात पारेको छ । साविक विजेता समेत रहेको सिटीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै चेल्सीलाई २-१ ले हरायो । जितपछि १३ खेलबाट २८ अंक जोड्दै सिटी तेस्रो स्थानमा उक्लेको छ । समान खेलबाट २६ अंक रहेको चेल्सी चौथो स्थानमा झरेको छ […]
८ मंसिर, काठमाडौं । गृह मन्त्रालयले अनुमतिप्राप्त हतियार नजिकको प्रहरी कार्यालयमा बुझाइदिन सबैलाई अनुरोध गरेको छ । यही मंसिसर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यान दिँदै व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार यही मंसिर १० गतेभित्र बुझाउन गृहले आग्रह गरेको हो । उपनिर्वाचन सम्पन्न भएपछि इजाजत प्राप्त हतियार सम्बन्धित व्यक्तिले फिर्ता लैजान सक्ने मन्त्रालयका अधिकारीहरु बताउँछन् । […]
८ मंसिर, काठमाडौं । बालाचतुर्दशीअन्तर्गत आज दिवंगत पितृका नाममा दीपदान गरिँदै छ । साँझ दीपदान गरी भोलिपल्ट बिहानै पितृको सम्झनामा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइन्छ । आइतबार साँझ दीपदान अर्थात् बत्ती बाल्नका लागि काठमाडौंको पशुपतिनाथसहितका शिव मन्दिरहरुमा भक्तजनहरु पुग्नेक्रम जारी छ । प्रत्येक वर्ष मंसिर त्रयोदशीका दिन दीपदान गर्न लाखौं भक्तजनहरु पशुपतिनाथ मन्दिर आउँछन् । […]
८ मंसिर, धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका वडा नं. ६ बैरेनीबजारमा आइतबार बिहान जन्ती बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य ४० जना घाइते भएका छन् । घाइतेमध्ये १७ जनाको अवस्था गम्भीर छ । नुवाकोटको बाँसगडीबाट बाराको अमलेखगञ्जतर्फ जाँदै गरेको बा २ ख ६२६८ नम्बरको बस दुर्घटना भएको हो । […]
८ मंसिर, बागलुङ । साँझ छिपिँदै थियो । कलाकार, पत्रकारलगायत घरेलु पाहुना तोरीखोला छिरे । गाउँलेले स्वागतद्वारमा सेतो अक्षताको टीका लगाइदिए, माला पहिराए । भजन गाउँदै सामुदायिक भवन पुर्याए । बुधबार दिउँसैदेखि तोरीखोला गाउँ बेग्लै सुरसारमा थियो । पाहुनाको सत्कारका लागि स्थानीय आतुर थिए । बागलुङको गलकोट नगरपालिका-२ नरेठाँटीस्थित गाउँ त्यो दिन आधारातसम्म जागै बस्यो […]
८ मंसिर, काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी तीन दिनसम्म बदली, वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशैभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको हो । महाशाखाले […]
८ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनसंगठन जनसांस्कृतिक महासंघ, नेपालले १५१ सदस्यीय एकीकृत केन्द्रीय समिति र घटकीय संस्थाको नेतृत्व टुंगो लगाएको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकतापछि जनसंगठनको इञ्चार्ज, सहइञ्चार्ज, संयोजक र सहसंयोजक तोकिएसँगै दुवै जनसांस्कृतिक मोर्चाले आपसी परामर्शमा केन्द्रीय सदस्यहरु चयन गरेका हुन् । महासंघका र सातैवटा […]
८ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रुस भ्रमणमा गएका छन् । रुसी महासंघ र गणतन्त्र सर्बियाको औपचारिक भ्रमणका निम्ति शनिबार अपराहृन रुसको राजधानी मस्को प्रस्थान गरेका हुन् । उनका साथ परराष्ट्रसचिव शंकरदास वैरागी र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरु सहभागी छन् । मन्त्री ज्ञवालीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा निमित्त सचिव भरतराज पौड्याललगायत परराष्ट्र मन्त्रालयका […]
८ मंसिर, काठमाडौं । लिभरपुलले प्रिमियर लिगमा अपराजित यात्रालाई कायम राखेको छ । यस सिजन १३ खेलसम्म अपराजित रहने क्रममा लिभरपुलले शनिबार क्रिस्टल प्यालेसलाई २-१ ले पराजित गरेको हो । घरेलु मैदानमा क्रिस्टल प्यालेसले लिग लिडर लिभरपुललाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो । मोहम्मद सालाहबिनै मैदान उत्रेको लिभरपुललाई ४९औं मिनेटमा साडियो मानेले गोल गर्दै […]
७ मंसिर, काठमाडौं । सत्तारूढ समाजवादी पार्टीले मन्त्रिपरिषद् पुनगर्ठनप्रति असहमति जनाएको छ । तर पार्टीकै कतिपय नेताहरुले भनेजस्तो बैठकले सरकार छाड्ने निर्णय गरेन । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मन्त्रिपरिषद् पुनगर्ठन गर्दा उपेन्द्र यादवको स्वास्थ्य मन्त्रालय खोसेर कानुन दिइएको थियो भने राज्यमन्त्री सुरेन्द्र यादवलाई पदमुक्त गरिएको थियो । मन्त्रालय हेरफेर हुँदा यादव भारतमा थिए । […]
७ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेरै भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी गरेका छन् । भारतले हालै मात्र नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई पनि समावेश गरेर नक्सा सार्वजनिक गरेपछि नेपालमा यसको विरोध भइरहेको छ । सरकारले पनि भारतको एकपक्षीय नक्सा अस्वीकार्य भएको […]
७ मंसिर, पोखरा । प्रतिनिधिसभा सदस्यका लागि उपचुनाव हुन लागेको कास्की २ को माहौल तातिएको छ । आफ्ना उम्मेदवारलाई भोट माग्न शीर्ष नेताहरुको दौडधुप मात्र बढेको छैन, आरोप-प्रत्यारोपको श्रृंखला पनि चलिरहेको छ । पछिल्लो समय केही दलले नेकपा उम्मेदवार विद्याका पति स्व. रविन्द्र अधिकारीको किरिया कर्मका विषयलाई चुनावी मसला बनाएका छन् । कांग्रेसको अधिकांश चुनावी […]
७ मंसिर, बुटवल । नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले कृषिमा क्रान्ति नभएसम्म समाजवादमा पुग्न नसकिने बताएका छन् । गरिबी निवारण, विकास, उत्पादन र उत्पादकत्व वृद्धि जस्ता कुरा जोडिएकाले कृषि क्षेत्र नै समाजवादको पहिलो खुड्किलो भएको उनले भनाइ छ । मदन भण्डारी अध्ययन केन्द्र तिलोत्तमा नगर कमिटीले शनिबार मणिग्राममा आयोजना गरेको बधाई तथा सम्मान […]
७ मंसिर, बाग्लुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा अब कुनै अलमल नरहेको बताएका छन् । हालै भएको दुई अध्यक्षको कार्यविभाजनसँगै एक अध्यक्ष सरकारतिर र अर्को पार्टीमा केन्दि्रत हुने उनले बताए । बाग्लुङमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले अब कुनै कन्फुजन छैन । बाटो साफ भएको छ । हामी […]
७ मंसिर, काठमाडौं । चारैतिर सेताम्मे चुचुरा । माझमा फराकिलो फाँट । अनि झुरुप्प बस्ती । यो लेकाली बस्तीमा बहने सिरेटो जति चिसो छ, उत्ति नै कञ्चन छ, यहाँबाट देखिने हिमशृंखला । नेपालकै सबैभन्दा उचाइमा रहेको सदारमुकाम, स्वागत छ सिमिकोटमा । हुम्ला जिल्लासम्म पुग्न पैदल हिँड्नुपर्छ । हिँड्न नसक्नेहरुका लागि हवाई मार्गको विकल्प पनि छ […]
७ मंसिर, काठमाडौं । प्रहरीले बलात्कार प्रयास गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोहितप्रसाद ढुंगाना छन् । जागिर लगाइदिने बहानामा फकाएर ढुंगानासम्म पुर्याइदिएको आरोपमा दुई महिला पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा निर्मला शर्मा र मिना रिमाल छन् । ललितपुर प्रहरी परिसर, जावलाखेलले उनीहरुलाई पक्राउ गरेको हो । ललितपुर प्रहरीका […]
७ मंसिर, चितवन । कलेज प्रशासनले लिएको अतिरिक्त शुल्क फिर्ता वा समायोजनको माग गर्दै चितवन मेडिकल कलेजका विद्याथीहरु निरन्तर आन्दोलनमा छन् । त्यहीँबाट सुरु भएको आन्दोलन वीरगञ्ज र भैरहवासम्म पुगिसकेको छ । तर कलेजले शुल्क समयोजन गर्ने सहमति कार्यान्वयन गर्न आलटाल गर्दै आएको छ । त्यसैले भोलि आइतबार अभिभावकसहित वृहत प्रदर्शन गर्ने विद्यार्थीहरुको तयारी थियो […]
from समाचार – Online Khabar https://ift.tt/2rmchpI
via IFTTT






















