समाचार
८ मंसिर, काठमाडौं । ट्राफिक प्रहरीले प्रायोजन विपरीत मोटरसाइकल चलाएको आरोपमा टुटल र पठाओका चालकलाई कारबाही थालेको छ । आइतबार बिहान पठाओका चालक विकास तामाङ कारबाहीमा परेका हुन् । महानगरीय ट्राफिक प्रहरी वृत्त, स्वयम्भुका प्रहरी जवान विजय मण्डलले बा ७७ प ८१९९ नम्बरको मोटरसाइकलबाट भाडामा यात्रु ओसारेको आरोपमा जरिवाना लिएको छ । जरिवानाको चिटमा प्रयोजनविपरीत […]
८ मंसिर, पोखरा । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कालापानी क्षेत्रको अतिक्रमण हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक पहल नगरेको आरोप लगाएका छन् । बाहिर राष्ट्रवादको नारा लगाएका शासकहरु आन्तरिक रुपमा सत्ताको डरमा लत्त्रिने गरेको उनको दाबी छ । कास्की २ का समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङको चुनावी सभामा भट्टराईले प्रधानमन्त्री ओली […]
८ मंसिर, भैरहवा । लुम्बिनी प्रेस क्लबले यसैसाता आयोजना गरेको ‘न्युज फेस्टिबल’ मा सहभागी हुन राजधानीबाट आएका पाहुनाहरु एकाबिहानै मायादेवी मन्दिर अवलोकन गर्न गए । मन्दिर दर्शनपछि सोधखोज गर्दै पिसाव फेर्ने ठाउँमा पुग्दा पथप्रदर्शकले भने, मुख्यमन्त्री शंकर पोखरेलज्यूले उदघाटन गरेको ट्वाइलेट यही हो ! मुख्यमन्त्रीबाट यति सानो ट्वाइलेटको उदघाटन ? जवाफ आयो- ई-ट्वाइलेट हो नि […]
८ मंसिर, चितवन । मेडिकल सिटीको उपमा पाएको चितवनमा औषधि उद्योगहरू खुल्ने क्रम बढ्न थालेको छ । देशको मध्यभाग, औषधिको बजार, भन्सार नाकाहरु नजिक, समथर भूभाग र पानीको सहज पहुँच भएकाले जिल्लामा औषधि उत्पादन गर्ने उद्योग खोल्ने प्रतिस्पर्धा नै चलेको छ । चितवन र गैंडाकोटमा गरी झण्डै एकदर्जन औषधि उद्योग छन् । केही उद्योगहरु सञ्चालनमा […]
८ मंसिर, काठमाडौं । दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौं भक्तजन आइतबार पशुपति क्षेत्रमा जम्मा भएका छन् । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । आज दीपदान गरी सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने शास्त्रीय विधि छ […]
८ मंसिर, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले दण्डहीनता राज्य प्रणालीको अंग भइसकेको टिप्पणी गरेका छन् । राजधानीमा आइतबार पि|mडम फोरमद्वारा आयोजित ‘पत्रकारको सुरक्षा र दण्डहीनता’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानन्यायाधीश एवं आयोगका अध्यक्ष शर्मा प्रमुख अतिथिका रुपमा उपस्थित थिए । पूर्वप्रधानन्यायाधीशसमेत रहेका शर्माले कार्यक्रममा राजनीतिक नेताको जस्तै क्रान्तिकारी भाषण गरे । कार्यक्रममा बोल्दै […]
८ मंसिर, काठमाडौं । गीतमा दाँतको सौन्दर्यको बखान यसरी गरिन्छ, ‘मिलेका ती दाँतका पंक्ति ।’ साहित्यमा मोहक दाँतलाई ‘अनारका दानाजस्ता’ लेखिन्छ । तर सञ्जय महतले मिलेका दाँतमा दाह्रा थपेका छन् । नजिकबाट हेर्दा अनौठो र डरलाग्दा देखिन्छन् । यो अरुको हेराइ भो । उनको हेराइमा उनी डरलाग्दा छैनन् । अरुले कस्तो देख्छन् ? त्यसमा कुनै […]
८ मंसिर, कास्की । पोखरामा एउटा चुनावी आमसभालाई सम्वोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भिर आरोप लगाए । प्रधानमन्त्री ओलीसँग सल्लाह गरेरै लिपुलेकलाई भारतले आफ्नो भूभागमा पारेर नयाँ नक्शा निकालेको देउवाको दावी थियो । देउवाको यस्तो भनाइले ल्याएको तरंगका बीच सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले उनलाई […]
८ मंसिर, जनकपुरधाम । आइतबार साँझ जनकपुर विमानस्थलमा काठमाडौंबाट आएको विमानबाट प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र केही दिनअघि मन्त्री पदबाट हटाइएका रघुवीर महासेठ र मातृका यादव ओर्लिए । तीन जनालाई स्वागत गर्न हातमा फूल लिएर सयौं व्यक्ति विमानस्थलमा भेला भएका थिए । कर्मचारी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरु मुख्यमन्त्री र नेकपाका […]
८ मंसिर, काठमाडौं । सीमा बचाऊ अभियानले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ । अभियानको नक्सा समितिले आइतबार काठमाडौैंमा पत्रकार सम्मेलन गर्दै नेपालको राजनीतिक नक्सा तयार गरी सार्वजनिक गरेको हो । अभियानले सार्वजनिक गरेको नक्सा डिजिटल एलिभेसन मोडेलबाट रेखांकन गरेको बताएको छ । नक्सामा काली नदीको मुहानबारे र लिम्पियाधुरालाई पश्चिमी नेपालको […]
८ मंसिर, लहान । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टीसँग तत्काल पार्टी एकता हुने सम्भावना नरहेको बताएका छन् । पार्टीको कार्यक्रमका लागि सिरहा आइपुगेका संयोजक महतोले आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै समाजवादी पार्टी सरकारबाट नबाहिरिएकाले तत्काल एकताको सम्भावना नरहेको बताए । लोकतान्त्रिक वैकल्पिक शक्ति निर्माणका लागि अहिले पनि समाजवादीलगायतका […]
८ मंसिर, वीरगञ्ज । सडकको नाला बनाउने काममा खटाइएका तीन बालकको वीरगञ्जमा उद्धार गरिएको छ । वीरगञ्ज महानगरपालिका २४ रामगढवामा नाला बनाउने काममा खटाइएका तीन जना बालकको नगर प्रमुख विजय कुमार सरावगीसहितको टोलीले उद्धार गरेको हो । भारतको बिहार राज्य अन्तर्गत गंगापुर भेलाही घर भएका १४, १५ र १६ बर्षका बालकलाई ठेकेदारले सडक बनाउने काममा […]
८ मंसिर, काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीयताको अनुभूति गर्न अझै दुई तीन वर्ष लाग्ने बताएका छन् । जिल्ला समन्वय समिति महासंघ अन्तर्गत प्रदेश ३ को भेलालाई आइतबार चितवनमा सम्वोधन गर्दै मुख्यमन्त्री पौडेलले संक्रमणकाल नसकिदासम्म संघीयताको अनुभूति गर्न नसकिने बताएका हुन् । त्यसका लागि अझै दुई तीन वर्ष लाग्ने उनको भनाइ छ […]
८ मंसिर, काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका–२ कालेखोलीस्थित एक घरमा आइतबार आगलागी हुँदा एक घर जलेर पूर्ण रुपमा क्षति भएको छ । आगलागीबाट विष्णु भण्डारीको तीन तले घर जलेर पूर्ण रुपमा क्षति भएको जुम्लाका प्रहरी निरीक्षक नविन वलीले अनलाइनखबरलाई जानकारी दिइन् । तीन तलाको घरमा रहेका १४ वटा कोठा मध्ये भण्डारीले एउटा कोठा आफैले प्रयोग […]
८ मङ्सिर, देहरादून (भारत) । शहीद बलभद्र कुँवरको सम्झनामा आज नालापानीमा विशेष कार्यक्रम गरिएको छ । अङ्ग्रेज सेनाका विरुद्ध उनको नेतृत्वमा गरिएको युद्धको सम्झनामा यहाँ रहेका नेपालीले नालापानी किल्लामा पदयात्रा गर्नुका साथै मेला आयोजना गरेका छन् । नेपालीले अङ्ग्रेजविरुद्ध युद्ध लडेको सम्झनामा हरेक वर्ष पर्वका रूपमा नै कार्यक्रम गरेर बलभद्रको सम्झना गरे पनि नेपालमा कुनै […]
८ मंसिर, काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा नेपालका सांसद प्रमोद साहले आफूलाई जनकपुर विमानस्थलमा बुद्व एयरका कर्मचारीहरुले सांसदको जस्तो व्यवहार नगरेको गुनासो गरेका छन् । आइतबार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसद शाहले विमानस्थल सुधार गर्नुपर्छ भनेर पटक–पटक कुरा उठाएको र सरकारको ध्यानाकर्षण गराउने आफू नै अपमानजनक व्यवहार […]
८ मंसिर, सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेकपा कर्णाली प्रदेशको जिल्ला नेतृत्वबाट सुझाव लिएका छन् । सबै जिल्लाका इञ्चार्ज, सह-इञ्चार्ज, अध्यक्ष र सचिवबाट सुझाव संकलन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिबार र आइतबार २ दिनसम्म अन्तरक्रिया गरी सरकार सञ्चालन सम्बन्धी सुझाव संकलन गरिएको हो । अन्तरक्रियामा सरकार र पार्टीका […]
८ मंसिर, काठमाडौं । दिगो विकासको लक्ष्य प्राप्तिको प्रगति हेर्न सिंहदरबारमा स्रोत केन्द्र स्थापना गरिएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युनडिपी)को सहयोगमा राष्ट्रिय्सभाको दिगो विकास तथा सुशासन समितिले आफ्नै कार्यकक्षमा दिगो विकास स्रोत केन्द्र (एसडीजी रिर्सोस कर्नर) को स्थापना गरेको हो । आइतबार एक कार्यक्रमका बीच राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले उक्त कर्नरको […]
८ मंसीर, बर्दिया । प्रहरीले बर्दियाबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कालीकोट जिल्ला खाडाचक्रमणि नगरपालिका–२ स्थायी घर भई बर्दियाको बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीका २८ वर्षीय रमेश विक र सोही ठाउँ बस्ने २७ वर्षीय सन्जु चौधरी रहेका छन् । विशेष सुराकीको आधारमा उनीहरुलाई शनिबार राति पक्राउ गरेको बर्दिया […]
८ मंसिर, काठमाडौं । यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट फेल भएका व्यक्तिलाई पास बनाएको आरोपमा तत्कालीन प्रमुख उपसचिव आनन्द केशरी पोखरेलसहित ३८ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले पोखरेलसहित प्रहरी निरीक्षक मुरारी मिश्र, तत्कालीन प्रहरी निरीक्षक हाल नायब उपरीक्षक नवराज थापा, शाखा अधिकृत राममणि पोखरेल, ईश्वरराज रेग्मी, शम्भुप्रसाद थपलिया, तत्कालीन शाखा […]
८ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा आइतबार पुनः ग्राण्डी अस्पताल पुगेका छन् । परीक्षणपछि आजै निवास फर्किने योजना रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । पछिल्लो समय प्रधानमन्त्रीको मिर्गौलाको नियमित डायलसिस ग्राण्डी अस्पतालमा भइरहेको छ । डायलसिस प्रक्रिया बाहेक अन्य विकल्पको बारेमा समेत प्रधानमन्त्रीका चिकित्सकहरुले छलफल गरिरहेका छन् […]
from समाचार – Online Khabar https://ift.tt/33jsRE2
via IFTTT






















