Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रदेश प्रयोगशालामा आयो एक हजार किट

२७ वैशाख, बुटवल । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाका लागि कोरोना परीक्षणका लागि चाहिने ‘आरएनए एक्स्ट्रयाक्सन’ किट आइपुगेको छ । किट अभावमा प्रयोगशालामा बैसाख २२ गतेदेखि कोरोना परीक्षण रोकिएको थियो । ‘किट सकिएको एक सातापछि एक हजार थान आइपुगेको छ’ प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले अनलाइनखबरसँग भने, ‘किट आएपछि रोकिएको परीक्षण सुचारु हुन्छ […]

आइतबारबाट उपत्यकामा सवारी चलाउन ‘टाइम कार्ड’ लागू

२७ वैशाख, काठमाडौं । भोलि आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी चलाउन ‘टाइम कार्ड’ लागू हुने भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरीलगायतका सरोकारवाला निकायहरूबीच भएको छलफलले सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो । अब तोकेको समयमा मात्र चलाउन पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार […]

पिथौरागढबाट हिँडेर जुम्ला

२७ वैशाख, जुम्ला । कोभिड-१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा पनि १२ जना भारतको पिथौरागढबाट पैदल हिँडेर जुम्ला आइपुगेका छन् । हप्ता दिनको पैदलयात्रापछि हिमा गाउँपालिका-२ ओदीगाउँका उनीहरू जुम्ला आइपुगेका हुन् । रोजगारीका लागि उनीहरू तीन महिनाअघि पिथौरागढ गएका थिए । हप्ता दिनको पैदलयात्रा गरेर यसै साता यहाँ पुगेको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले […]

चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने

२७ वैशाख, काठमाडौं । सिंहदरबार अगाडि लकडाउन र निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि नै हातपात गर्ने चार चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले उनीहरूलाई आइतबार अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान गरिने जानकारी दिए । शुक्रबार अपराह्न बन्दाबन्दीका समयमा निषेधित क्षेत्रको उल्लङ्घन गरी […]

भारतले सीमा मिच्दा पनि सरकार लाचार : तरुण दल

२७ वैशाख, काठमाडौं । नेपाल तरुण दलले सीमा रक्षाको निम्ति यथाशीघ्र उचित कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ । भारतले नेपालको भूमि लिपुलेक हुँदै चीनको कैलाश मानसरोवर जोड्ने सडक बनाउँदा नेपाली नागरिकको आत्मामा गहिरो चोट पुगेको भन्दै तरुण दलले भूमि रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको हो । नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले शनिबार विज्ञप्ति […]

दशगजा क्षेत्रमा अवैध बाँध विस्तार गर्दै भारत

२७ वैशाख, रौतहट । लकडाउनको मौका छोप्दै भारतले दशगजा क्षेत्रमा बाँध विस्तार गरेको पाइएको छ । रौतहटको ईशनाथ नगरपालिकासँग जोडिएको नेपाल भारत दशगजा क्षेत्रमा भारतीय पक्षले पाँच फिटभन्दा बढी माटो थपेर बाँधको उचाइ बढाइरहेको छ । जंगे पिलर संख्या ३४७ को पूर्व, मझौला पिलर ३४६-५ हुुँदै बन्जरहासम्म भारतले एक दशक अघि बाँध बनाएको थियो । […]

भारतले क्वारेन्टाइनबाट निकाल्यो, सीमामा एसएसबीले कुटे

२७ वैशाख, कैलाली । भारतको उत्तराखण्डस्थित क्वारेन्टाइनबाट नेपालीहरूलाई निकालिएको छ । उत्तराखण्डस्थित रुऽपुर र काशीपुरका क्वारेन्टाइनबाट १४ दिन बसेका डेढ सय बढी नेपाली निकालिएका हुन् । उनीहरू झण्डै एक सय १५ किलोमिटर पैदल हिडेर शुक्रबार राति नेपाल भारत सीमा क्षेत्रमा पुगेका थिए । त्यहाँबाट भारतीय सीमा सुरक्षा बल -एसएसबी)ले कुटेर लखेटेको डडेल्धुराका पर्शुराम नगरपालिका-१० कुर्मुल्लेका […]

भारतले लिपुलेकमा सडक बनाएकोमा नेपाल सरकारको आपत्ति

२७ वैशाख, काठमाडौं । भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा नेपाल सरकारले आपत्ति जनाएको छ । भारतको यस्तो कदमले नेपाललाई दुःखित तुल्याएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने लिंक रोडको भारतले शुक्रबार उद्घाटन गरेको थियो । […]

भारतीय अतिक्रमणविरुद्ध प्रदर्शन गर्दा पक्राउ

२७ वैशाख, काठमाडौं । भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गर्दै मानसरोवर जाने बाटो बनाएको विरोधमा माइतीघरमा प्रदर्शन भएको छ । युवाहरुको एउटा समूहले प्रदर्शन गरेको हो । नाराबाजी गर्दै माइतिघर पुगेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले ‘ओली सरकार राजिनामा दे, हाम्रो भूमि प्राणभन्दा प्यारो छ । भारतीय विस्तारबाद मुर्दावाद, लिपुलेक हाम्रै हो’ जस्ता […]

चीनले नाप्न थाल्यो सगरमाथाको उचाई

२७ वैशाख, काठमाडौं । चीनले तिब्बती मोहडाबाट सगरमाथाको उचाई नाप्न सुरु गरेको छ । ३० जना आरोही तथा सर्वेयरहरु बुधबार आधार शिविरबाट सगरमाथातर्फ लागेको चिनियाँ सरकारी न्युज एजेन्सी सिन्ह्वाले जनाएको छ । चीनको प्राकृति सांशाधन मन्त्रालयको यो टोलीले ग्लोबल नेविगेसन स्याटलाइट सिस्टम र ग्रेविमिटरको प्रयोग गरेर समुन्द्र सतहबाट सगरमाथाको सर्वेक्षण गर्ने पर्वातारोहण प्रशासनिक केन्द्रका उपाध्यक्ष […]

भारतीय दूतावास नपुग्दै पक्राउ परे विद्यार्थी नेताहरू

२७ वैशाख, काठमाडौं । नेपाली भूमि अतिक्रमण गर्दै भारतले मानसरोवर जाने बाटो बनाएको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन गर्न खोज्नेहरूलाई प्रहरीले पक्राउ परेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध अनेरास्ववियुले प्रदर्शन गर्न खोजेको थियो । तर, उत्तर ढोकामा जम्मा हुनासाथ उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको विद्यार्थी नेता […]

शंकरनगर स्वास्थ्य चौकीलाई बनाइयो आइसोलेसन

२७ वैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित शंकरनगर स्वास्थ्य चौकीलाई आइसोलेसन सेन्टर बनाइएको छ । नियमित सेवालाई वडा नं. २ को कार्यालयमा स्थानान्तरण गरी स्वास्थ्य चौकीलाई आइसोलेसन सेन्टर बनाइएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए । तत्काल दश बेड तयार गरिए पनि आवश्यकताको आधारमा थप दश बेड विस्तार गर्न सकिने उनले बताए । तिलोत्तमा नगरपालिकाले […]

‘भारतले सडक बनाएको जानकारी सरकारलाई दिएका थियौं’

२७ बैशाख, काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चाले भारतले नेपाली भूमि अक्रिमण गरेर सडक निर्माण गरेको विषय आफूहरुले सरकारलाई जानकारी गराएको दाबी गरेको छ । नेपाली भूमि हुँदै तिब्बतको मानसरोवर जाने सडक उद्घाटन भएको भोलिपल्ट मोर्चाका अध्यक्ष सीपी गजुरेलले विज्ञप्तीमार्फत यस्तो दाबी गरेका हुन् । ‘नेपालको सीमाभित्र भारतीय सेनाले सडक बनाउँदै छ भन्ने जानकारीसहित हामीले उक्त […]

रेमिट्यान्स : सबै देशबाट भित्रिन्छ ८७९ अर्ब, भारतले नेपालबाटै लैजान्छ ३६३ अर्ब

२७ वैशाख, काठमाडौं । सरकारको अनुमान छ— कोरोनाको संक्रमणका कारण विदेशबाट करिब पाँच लाख श्रमिक तुरुन्तै नेपाल फर्किन्छन् । अन्तर्राष्ट्रिय उडान खुलेपछि भिसा अवधि सकिएका र अवैध रुपमा बसिरहेका करिब एक लाख २७ हजार र जागिर गुमाएर फर्किने करिब दुई लाख ८० हजार श्रमिक तुरुन्तै नेपाल आउने वैदेशिक रोजगार बोर्डको अनुमान छ । यसरी विदेशबाट […]

नेकपा सांसद कृष्ण थापालाई कारवाही गर्न पार्टीभित्रैबाट उजुरी

२७ वैशाख, पोखरा । जातीय विभेदको विषयमा पीडक पक्षको पक्षपोषण गरी प्रेस विज्ञप्ति जारी गरेको भन्दै नेकपा नेता एवं गण्डकी प्रदेशसभा सांसद कृष्ण थापालाई पार्टीभित्रैबाट कारवाहीको माग गरिएको छ । कास्की क्षेत्र नम्बर २ ‘क’ का सांसद तथा नेकपा जिल्ला अध्यक्षसमेत रहेका थापालाई कारबाही गर्न पार्टीभित्रैबाट उजुरी परेको हो । नेकपानिकट दलित नेता एवं संगठनले […]

‘नेपाली भूमि मिचिँदा जनता टुलुटुलु हेरेर बस्न बाध्य’

२७ बैशाख, काठमाडौं । सीमा बचाऔं अभियानले नेपाली भूमिको रक्षा गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । प्रभावकारी कूटनीतिक पहल नहुँदा नेपाली भूमिमा विदेशीले परेड खेल्दा समेत टुलुटुलु हेरेर बस्नु परेको अभियानको निश्कर्ष छ । ‘नेपालको छातीमा भारतीय गाडीहरू गुड्न सुरु भएको छ र सरकारको नालायकीपनका कारण नेपाली जनता आफ्नो भूमिमा विदेशीले परेड खेलेको टुलुटुलु […]

उद्योगीको प्रश्न : कच्चा पदार्थ छैन, कारखाना कसरी चलाउनु ?

२७ बैशाख, विराटनगर । लकडाउनका कारण डेढ महिनादेखि ठप्प रहेका सुनसरी–मोरङ औद्योगिक कोरिडोरका केही उद्योगहरु सञ्चालनमा आउन थालेका छन् । तर, सरकारले गरेको आंशिक रुपमा उद्योग खोल्ने निर्णयबाट आफूहरु अलमलमा परेको उद्योगीहरुको गुनासो छ । खाद्यान्न लगायत अत्यावश्यक वस्तु तथा सेवाका उद्योग सञ्चालन गर्ने सरकारी निर्णयसँगै सुनसरी मोरङ औद्योगिक कोरिडर क्षेत्रका केही उद्योग आंशिकरुपमा सञ्चालनमा […]

जातीय विभेदमा कार्यकर्ता थुनिने, सांसद रिहाइ माग्ने

विश्व स्वास्थ्य संगठन र नेपालको स्वास्थ्य मन्त्रालयले कोरोनाका विरामीको संख्या गनिरहेको बेला जातीय विभेदको घटनाबारेको ग्राफ केलाउनु आफैंमा दुखद विषय हो । तर, पीडितले उजुरी दिएको पाँच दिनमा बल्ल–तल्ल प्रहरीले जाहेरी दर्ता गर्छ । अनि प्रदेश सभा सदस्यले सारा काम छाडेर हतार–हतार विभेदका दोषीलाई आफ्नो पार्टीको नेता भन्दै निसर्त रिहाइको मागसहित प्रेस विज्ञप्ति जारी गर्छन् […]

किराना पसल चलाउँथे पर्साका ६२ वर्षीय कोरोना संक्रमितले

२७ वैशाख, वीरगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान सार्वजनिक गरेका सात जना कोरोना संक्रमितहरूमध्ये पर्साका ६२ वर्षीय पुरुष किराना पसल सञ्चालक रहेको खुलेको छ । कोरोना पुष्टि भएलगत्तै उनलाई नारायणी कोभिड अस्पतालको आइसोलेसनमा राखिएको छ । उनी यसअघि भेटिएका संक्रमित परिवारका सदस्यको सम्पर्कमा रहेको बताएको छ। छपकैयामा यसअघि एकै परिवारका १८ जनामा कोरोना संक्रमण […]

एमसीसी स्विकार नगरौंः जनमोर्चा

२७ बैशाख, काठमाडौं । राष्ट्रिय जनमोर्चाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्न नहुनेमा जोड दिएको छ । नेकपा कार्यदलले सुझाव दिए जसरी संशोधन गरेर पनि सम्झौतालाई स्विकार गर्न नसकिने जनमोर्चाको निश्कर्ष छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘त्यो संशोधन गरेर पनि स्विकार गर्न नसकिने सम्झौता […]

निजामती कर्मचारी अस्पतालको सेवा नियमित

२७ बैशाख, काठमाडौं । मुलुकभर लकडाउन जारी रहेको अवस्थामा निजामती कर्मचारी अस्पतालले बहिरङ्ग (ओपीडी) सेवा नियमित गरिरहेको छ । लकडाउनको अवस्थामा पनि बिरामीको स्वास्थ्य उपचारलाई ध्यानमा राखी अस्पतालले आफ्ना अत्यावश्यक सेवा सञ्चालन गरिएको हो । अस्पतालले दुई सातादेखि ओपिडी नियमितरूपमा सञ्चालन गरिरहेको छ भने अन्य जटिल प्रकारका बिरामीको पनि उपचार गर्दै आएको छ । स्वास्थ्य […]



from समाचार – Online Khabar https://ift.tt/2WDvM9v
via IFTTT
Powered by Blogger.