समाचार
७ असार, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा करिब २ बर्षदेखि अडि्कएको नागरिकता विधेयकको एउटा विवादित विषय थियो- नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषलाई पनि अंगीकृत नागरिकता दिनुपर्ने प्रस्ताव । खासगरी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का यशोदा सुवेदी गुरुङ, रेखा शर्मालगायतका महिला सांसदहरुले यो विषयलाई उठाउँदै आएका थिए । त्यही बहसका क्रममा […]
७ असार, काठमाडौं । नेपाली सेनाले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध राम्रो काम गर्दागर्दै विवादमा मुछिएको भन्दै असन्तुष्टि जनाएको छ । सैनिक नीति तथा योजना तय गर्न छलफल गरिने ‘पृतनापति समन्वयात्मक बैठक’मा महामारीमा सेनाले गरेका कामकारबाहीबारे छलफल भएको थियो । जङ्गी अड्डामा दुई दिनसम्म चलेको बैठकमा सहभागी एक उच्च सैन्य अधिकृतका अनुसार कोरोना महामारीमा राम्रो काम […]
६ असार, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका वडा नं १ को वडा कार्यालयमा स्थानीय वासिन्दाले तालाबन्दी गरेका छन् । वडाबासीलाई अपायक पर्ने ठाउँमा स्वास्थ्य चौकी बनाउन लागेको भन्दै उनीहरुले विरोधमा वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरुको विरोधका कारण आइतबार स्वास्थ्य चौकी भवन गाउँपालिका अध्यक्ष पीएल श्रेष्ठले शिलान्यास कार्यक्रम समेत स्थगित भएको छ । स्वास्थ्य […]
७ असार, काठमाडौं । सर्वोच्च अदालले समावेशी सिद्धान्तका आधारमा मात्र न्यायाधीश नियुक्त हुन नसक्ने भन्दै न्यायाधीश बन्न सक्षमता नै पहिलो शर्त हुने ठहर गरेको छ । न्यायपरिषदले २०७० जेठ २६ गते गरेको तत्कालीन पुनरावेदन अदालतका विभिन्न समूहका न्यायाधीशहरुको नियुक्तिको सिफारिस र २०७४ चैत १९ गते गरेको सर्वोच्च अदालतका ५ र उच्च अदालतका १८ न्यायाधीश नियुक्तिको […]
७ असार, कैलाली । गत चैत्र ११ गतेदेखि भारतबाट आएका नेपालीको उद्धारमा सक्रिय थिए कैलालीको गोदावरी नगरपालिकाका– १ का वडाध्यक्ष शर्मानन्द भट्ट । सीमा क्षेत्रमा अलपत्र नेपालीको उद्धार र उनीहरुको व्यवस्थापनमा खटिएका भट्टलाई जेठ २४ गते कोरोना संक्रमणको पुष्टि भयो । भट्ट गोदावरी नगरपालिकाका पहिलो संक्रमित हुन् । त्यसयता शनिबार सम्म २२ जनामा संक्रमण पुष्टि […]
७ असार, काठमाडौं । अर्घाखाँचीमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ अनुसार अर्घाखाँचीमा ७४ जनामा संक्रमण पुष्टि भएको हो । तर अर्घाखाँचीका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जिल्लामा आइतबार ६५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको बताए । भूमिकास्थान नगरपालिकाका ९ जनामा शुक्रबार नै संक्रमण […]
७ असार, हेटौडा । वागमती प्रदेशको १० जिल्लाका वालीमा अमेरिकी फौजी किराको प्रकोप देखिएको छ । गत बर्षदेखि देखिन थालेको फौजी किरोको प्रकोप यसबर्ष मकैबालीसहित अन्य उत्पादनमा पनि देखिएको छ । काठमाडौं उपत्यकाबाहेक अन्य क्षेत्रमा किराको प्रकोप बढ्दो देखिएको कृषि विकास निर्देशनालयकी बाली संरक्षण अधिकृत सुलोचना श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार फौजी किराले मकै, […]
७ असार, गुल्मी । गुल्मीमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा सत्यवती गाउँपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए । कोरोना संक्रमण पुष्टि हुनेमा वडा नम्बर–३ का १८ र ५० वर्षीय दुई जना पुरुष तथा ४४ वर्षीया एक जना महिला […]
७ असार, डोटी । करीव चार महिनादेखि सुदूरपश्चिम प्रदेशमा रहेका चिकित्सा क्षेत्रमा सुधारका अभियन्ता डा. गोविन्द केसी निशुल्क उपचार प्रदान गर्न बाजुरा पुगेका छन् । निशुल्क स्वास्थ्य सेवा दिने भन्दै गत फागुन २० गते डडेल्धुरा अस्पताल पुगेका डा केसीले बिभिन्न जिल्लामा स्वास्थ्य उपचार दिँदै आएका छन् । बझाङ, बैतडी, दार्चुलाको बसाइपछि उनले आइतबार बाजुरा जिल्ला […]
७ असार, सुर्खेत । सुर्खेत वीरेन्द्रनगरको अमरज्योति माध्यमिक विद्यालयले पठनपाठन सुरु गरेको छ । लकडाउन खुकुलो बनाए पनि सरकारले विद्यालयलाई तत्काल खुला नगर्ने क्षेत्रमा राखेको छ । तर आफूहरूले सामाजिक दुरी कायम गरेर पठन पाठन सुरु गरेको प्रधानाध्यापक खगेन्द्र थापाले जानकारी दिए । विद्यार्थीको सिकाइलाई निरन्तरता दिन स्वास्थ्य सुरक्षामा पनि ध्यान दिएर पढाइ सुरु गरिएको […]
७ असार, जनकपुरधाम । सर्लाहीमा टिपरले भाँचेको रुखको हाँगाले लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्रह्मपुरी गाउँपलिका-६ की ४५ वर्षीया कैलासीय देवी रहेकी छन् । ब्रम्हपुरी गाउँपालिका-६ नोकैलवास्थित भित्री सडक खण्डमा ना ४ख५४४८ नम्बरको टिपरले ग्राभेल झारेर हाइड्रोलिक डाउन गर्ने क्रममा पिपलको हाँगा भाँचिएर खस्दा छहारीमा बसिरहेकी कैलासीय देवीको शरीरमा खसेको थियो […]
७ असार, चितवन । चितवनमा लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले गोप्य सूचनाको आधारमा शुक्रबार राति भरतपुर महानगरपालिका–२ बिक्रम मार्गबाट जिपसहित पाँच जनलाई नियन्त्रणमा लिएको हो । ना ४ प ४४३९ नम्बरको जिप चेकजाँच गर्ने क्रममा लुकाईछिपाई ल्याइएका विभिन्न प्रकारका लागूऔषधसहित पाँच जनालाई पक्राउ गरिएको चितवनका प्रहरी प्रवक्ता सूर्य थापाले […]
७ असार, गुल्मी । गुल्मीको रिडी खोला किनारमा फेला परेको बेवारिसे शवको पहिचान भएको छ । मृतक युवक पाल्पा जिल्ला रैनादेवी गाउँपालिका छहरा वडा नम्बर–१ का १४ वर्षीय राजुकुमार रहेको जिल्ला प्रहरी कर्याालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले बताए । असार ४ गते घरबाट माछा मार्न हिँडेका युवक राजुकुमार रुरु क्षेत्र गाउँपालिकाको वडा नम्बर–१ को […]
७ असार, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)बाट एउटै विमानमा ९४ जना गर्भवती शुक्रबार काठमाडौं उत्रिए । यूएईबाट अहिलेसम्म १२० जना गर्भवती फर्किसकेका छन् । अन्य देशबाट पनि गर्भवतीहरू फर्कंदैछन् । नियमित उडान बन्द रहेका बेला चार्टर विमानबाट देश फर्किएका गर्भवतीहरूलाई लक्षित गरेर अमर्यादित टिप्पणी पनि हुने गरेको पाइएको छ । यसरी टिप्पणी गर्नेमध्ये कतिपयले […]
७ असार, जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने पार्टी सचिवालय समितिको निर्णयको विरोध गरेका छन् । संसदको राज्य व्यवस्था समितिले नागरिकतासम्बन्धी विधेयकमा नेकपा सचिवालय समितिले असार ६ गते गरेको निर्णय अनुमोदन गर्न खोज्नु जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनको […]
७ असार, गुल्मी । समाजमा अपराधिक क्रियाकलाप र घरेलु हिंसा बढाउने भन्दै जिल्ला प्रहरी कार्यालय गुल्मीले घरेलु मदिरा नियन्त्रण अभियान चलाएको छ । कोरोना भाइरस -कोभिड-१९) को संक्रमण बढिरहेका बेला मदिराले समाजमा नकरात्मक प्रभाव पार्ने भन्दै प्रहरीले जिल्लाभर घरेलु मदिरा नियन्त्रण अभियान चलाएको हो । जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएको पाँचसय लिटर र २५ किलो […]
७ असार, काठमाडौं । पास नलिएरै काठमाडौं उपत्यका प्रवेश गर्न लागेका सार्वजनिक सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनको नयाँ मोडालिटीको नियम पालना नगरी प्रवेश गर्न खोजेपछि नेपालगञ्ज र झापाबाट आएका तीनवटा बस र एउटा हाइससहित चालकलाई नागढुंगा नाकाबाट नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । नेपालगञ्जबाट आएको बा४ख ७३६३, ना७ख ५३९५ नम्बरको […]
७ असार, काठमाडौं । दाङमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपरासी रामग्राम नगरपालिका–१४ घर भएका २७ वर्षीय जितेन्द्र चौधरी रहेका छन् । तुलसीपुर उपमहानगरपलिका–२ स्थित कुमलगढीमा रा १ त ७५७ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको लु ५८ प १८४३ नम्बरको मोटरसाइकललाई आइतबार ठक्कर दिँदा चौधरी […]
७ असार, काठमाडौं । नेपाल भारत सीमानामा तारबार लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । आइतबार अधिवक्ता शालिकराम सापकोटा, नवल खड्का, गीता सापकोटा, सुवास विश्वकर्माले नेपाल- भारतबीचको १८८० किलोमिटर सीमाना रक्षा र संरक्षणका निम्ति चरणवद्ध रुपमा यसै अर्थिक वर्षदेखि तारजाली लगाउन सुरु गर्न सरकारको नाममा परमादेशको आदेश माग गर्दै रिट दायर गरेका […]
७ असार, जनकपुरधाम । प्रदेश २ मा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका ७ महिलासहित ७८ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश २ मा पछिल्लो पटक सबैभन्दा बढी संक्रमित सिराहा जिल्लामा देखा परेका छन् । सिराहामा ४ महिलासहित ५२ जना नयाँ संक्रमित देखापरेका […]
७ असार, वीरगञ्ज । पर्साबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको ६ लाख नेपाली रुपैयाँ बरामद गरेको छ । सीमावर्ती भारतीय बजारबाट भिस्वा नाका हुँदै नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको ६ लाख नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । गस्ती टोलीलाई देखपछि पैसा बोकेर आउँदै गरेका व्यक्ति झोला फालेर भारततर्फ नै भागेकाे सशस्त्र प्रहरीको […]
from समाचार – Online Khabar https://ift.tt/3esDT0o
via IFTTT






















