समाचार
८ असार, काठमाडौं । ब्राजिलमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । कोरोनाबाट सबैभन्दा धेरै मृत्यु हुने देशहरुको सूचीमा अमेरिकापछि ब्राजिल दोस्रो स्थानमा छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार ब्राजिलमा कोरोना भाइरसका कारण ५० हजार ५ सय ९१ जनाको मृत्यु भएको छ । कोरोना संक्रमितको संख्या १० लाख ८३ हजारभन्दा […]
८ असार, ओखलढुंगा । ओखलढुंगामा पहिलो पटक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लिखु गाउँपालिकाका एक २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । भारतबाट फर्किएका उनको पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै आइतबार साँझ ओखलढुंगामा कोरोना संक्रमित भेटिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए । संक्रमित लिखु गाउँपालिकाको क्वारेन्टिनमा छन् । भारतको […]
७ असार, काठमाडौं । धादिङका टंकबहादुर श्रेष्ठले भाडाको ट्याक्सी चलाउन थालेको २० वर्ष भयो । परिवारको जीविकोपार्जनका लागि एउटै मात्र आम्दानीको स्रोत रहेको उनको ट्याक्सी लकडाउनका कारण लामो समय थन्कियो । सरकारले जेठ ३२ देखि लकडाउन खुकुलो पारे पनि अहिलेसम्म भाडाका ट्याक्सी चलाउन अनुमति दिएको छैन । तर सरकारले अनुमति नदिएर के भो ? जनताका […]
७ असार, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा करिब २ बर्षदेखि अडि्कएको नागरिकता विधेयकको एउटा विवादित विषय थियो- नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषलाई पनि अंगीकृत नागरिकता दिनुपर्ने प्रस्ताव । खासगरी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का यशोदा सुवेदी गुरुङ, रेखा शर्मालगायतका महिला सांसदहरुले यो विषयलाई उठाउँदै आएका थिए । त्यही बहसका क्रममा […]
७ असार, काठमाडौं । विद्यालय सञ्चालकहरूले सरकारको निर्णय विपरीत लकडाउनको समयको पनि शुल्क बुझाउन अभिभावकहरूलाई आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले आइतबार संयुक्त रुपमा शुल्क तिर्न अभिभावकलाई आग्रह गरेको हो । प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन-प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाद्वारा […]
७ असार, काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई कडा आदेश दिएको छ– लकडाउन पूर्णरुपमा खुलेको एक महिनाभित्र कर उठाउनू । सरकारको तर्क छ– लकडाउन असार १ गतेबाटै खुलिसक्यो, अब व्यवसायीले असार मसान्तभित्र कर बुझाइसक्नुपर्छ । सर्वोच्चले दिएको कर तिर्ने ‘टाइमलाइन’ र सरकारले गरेको दाबी एकाआपसमा बाझिएका छन् । सरकारले जेठ मसान्तपछि लकडाउन थपेको घोषणा गरेको छैन […]
७ असार, काठमाडौं । नेपाली सेनाले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध राम्रो काम गर्दागर्दै विवादमा मुछिएको भन्दै असन्तुष्टि जनाएको छ । सैनिक नीति तथा योजना तय गर्न छलफल गरिने ‘पृतनापति समन्वयात्मक बैठक’मा महामारीमा सेनाले गरेका कामकारबाहीबारे छलफल भएको थियो । जङ्गी अड्डामा दुई दिनसम्म चलेको बैठकमा सहभागी एक उच्च सैन्य अधिकृतका अनुसार कोरोना महामारीमा राम्रो काम […]
७ असार, जनकपुरधाम । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने राज्य व्यवस्था समितिको प्रस्तावको विरोधमा प्रदेश २ का जिल्लामा आइतबार प्रदर्शन भएको छ । नेपाली कांग्रेस, उसका भ्रातृ संगठन तरुण दल, जनता समाजवादी पार्टी तथा सीके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयकविरुद्व प्रदर्शन गरेका छन् । प्रदर्शन गर्दै उनीहरुले उक्त […]
६ असार, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका वडा नं १ को वडा कार्यालयमा स्थानीय वासिन्दाले तालाबन्दी गरेका छन् । वडाबासीलाई अपायक पर्ने ठाउँमा स्वास्थ्य चौकी बनाउन लागेको भन्दै उनीहरुले विरोधमा वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरुको विरोधका कारण आइतबार स्वास्थ्य चौकी भवन गाउँपालिका अध्यक्ष पीएल श्रेष्ठले शिलान्यास कार्यक्रम समेत स्थगित भएको छ । स्वास्थ्य […]
७ असार, काठमाडौं । सर्वोच्च अदालले समावेशी सिद्धान्तका आधारमा मात्र न्यायाधीश नियुक्त हुन नसक्ने भन्दै न्यायाधीश बन्न सक्षमता नै पहिलो शर्त हुने ठहर गरेको छ । न्यायपरिषदले २०७० जेठ २६ गते गरेको तत्कालीन पुनरावेदन अदालतका विभिन्न समूहका न्यायाधीशहरुको नियुक्तिको सिफारिस र २०७४ चैत १९ गते गरेको सर्वोच्च अदालतका ५ र उच्च अदालतका १८ न्यायाधीश नियुक्तिको […]
७ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या नौ हजार २६ पुगेको छ । उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने एक हजार ७७२ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १९४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको […]
७ असार, कैलाली । गत चैत्र ११ गतेदेखि भारतबाट आएका नेपालीको उद्धारमा सक्रिय थिए कैलालीको गोदावरी नगरपालिकाका– १ का वडाध्यक्ष शर्मानन्द भट्ट । सीमा क्षेत्रमा अलपत्र नेपालीको उद्धार र उनीहरुको व्यवस्थापनमा खटिएका भट्टलाई जेठ २४ गते कोरोना संक्रमणको पुष्टि भयो । भट्ट गोदावरी नगरपालिकाका पहिलो संक्रमित हुन् । त्यसयता शनिबार सम्म २२ जनामा संक्रमण पुष्टि […]
७ असार, काठमाडौं । अर्घाखाँचीमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ अनुसार अर्घाखाँचीमा ७४ जनामा संक्रमण पुष्टि भएको हो । तर अर्घाखाँचीका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जिल्लामा आइतबार ६५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको बताए । भूमिकास्थान नगरपालिकाका ९ जनामा शुक्रबार नै संक्रमण […]
७ असार, हेटौडा । वागमती प्रदेशको १० जिल्लाका वालीमा अमेरिकी फौजी किराको प्रकोप देखिएको छ । गत बर्षदेखि देखिन थालेको फौजी किरोको प्रकोप यसबर्ष मकैबालीसहित अन्य उत्पादनमा पनि देखिएको छ । काठमाडौं उपत्यकाबाहेक अन्य क्षेत्रमा किराको प्रकोप बढ्दो देखिएको कृषि विकास निर्देशनालयकी बाली संरक्षण अधिकृत सुलोचना श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार फौजी किराले मकै, […]
७ असार, गुल्मी । गुल्मीमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा सत्यवती गाउँपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए । कोरोना संक्रमण पुष्टि हुनेमा वडा नम्बर–३ का १८ र ५० वर्षीय दुई जना पुरुष तथा ४४ वर्षीया एक जना महिला […]
७ असार, डोटी । करीव चार महिनादेखि सुदूरपश्चिम प्रदेशमा रहेका चिकित्सा क्षेत्रमा सुधारका अभियन्ता डा. गोविन्द केसी निशुल्क उपचार प्रदान गर्न बाजुरा पुगेका छन् । निशुल्क स्वास्थ्य सेवा दिने भन्दै गत फागुन २० गते डडेल्धुरा अस्पताल पुगेका डा केसीले बिभिन्न जिल्लामा स्वास्थ्य उपचार दिँदै आएका छन् । बझाङ, बैतडी, दार्चुलाको बसाइपछि उनले आइतबार बाजुरा जिल्ला […]
७ असार, सुर्खेत । सुर्खेत वीरेन्द्रनगरको अमरज्योति माध्यमिक विद्यालयले पठनपाठन सुरु गरेको छ । लकडाउन खुकुलो बनाए पनि सरकारले विद्यालयलाई तत्काल खुला नगर्ने क्षेत्रमा राखेको छ । तर आफूहरूले सामाजिक दुरी कायम गरेर पठन पाठन सुरु गरेको प्रधानाध्यापक खगेन्द्र थापाले जानकारी दिए । विद्यार्थीको सिकाइलाई निरन्तरता दिन स्वास्थ्य सुरक्षामा पनि ध्यान दिएर पढाइ सुरु गरिएको […]
७ असार, जनकपुरधाम । सर्लाहीमा टिपरले भाँचेको रुखको हाँगाले लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्रह्मपुरी गाउँपलिका-६ की ४५ वर्षीया कैलासीय देवी रहेकी छन् । ब्रम्हपुरी गाउँपालिका-६ नोकैलवास्थित भित्री सडक खण्डमा ना ४ख५४४८ नम्बरको टिपरले ग्राभेल झारेर हाइड्रोलिक डाउन गर्ने क्रममा पिपलको हाँगा भाँचिएर खस्दा छहारीमा बसिरहेकी कैलासीय देवीको शरीरमा खसेको थियो […]
७ असार, चितवन । चितवनमा लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले गोप्य सूचनाको आधारमा शुक्रबार राति भरतपुर महानगरपालिका–२ बिक्रम मार्गबाट जिपसहित पाँच जनलाई नियन्त्रणमा लिएको हो । ना ४ प ४४३९ नम्बरको जिप चेकजाँच गर्ने क्रममा लुकाईछिपाई ल्याइएका विभिन्न प्रकारका लागूऔषधसहित पाँच जनालाई पक्राउ गरिएको चितवनका प्रहरी प्रवक्ता सूर्य थापाले […]
७ असार, गुल्मी । गुल्मीको रिडी खोला किनारमा फेला परेको बेवारिसे शवको पहिचान भएको छ । मृतक युवक पाल्पा जिल्ला रैनादेवी गाउँपालिका छहरा वडा नम्बर–१ का १४ वर्षीय राजुकुमार रहेको जिल्ला प्रहरी कर्याालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले बताए । असार ४ गते घरबाट माछा मार्न हिँडेका युवक राजुकुमार रुरु क्षेत्र गाउँपालिकाको वडा नम्बर–१ को […]
७ असार, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)बाट एउटै विमानमा ९४ जना गर्भवती शुक्रबार काठमाडौं उत्रिए । यूएईबाट अहिलेसम्म १२० जना गर्भवती फर्किसकेका छन् । अन्य देशबाट पनि गर्भवतीहरू फर्कंदैछन् । नियमित उडान बन्द रहेका बेला चार्टर विमानबाट देश फर्किएका गर्भवतीहरूलाई लक्षित गरेर अमर्यादित टिप्पणी पनि हुने गरेको पाइएको छ । यसरी टिप्पणी गर्नेमध्ये कतिपयले […]
from समाचार – Online Khabar https://ift.tt/2ANdUlK
via IFTTT






















